Posts

Showing posts from August, 2017

किराती चुलाको बहस

Image
कान्तिपुर संवाददाता , काठमाडौं भाद्र ६, २०७४- किरात राई जातिभित्र तीनचुला सर्वाधिक महत्व रहेको संस्कृतिविद्ले बताएका छन् । ‘किरात राई जातिको माङखिम (पितृथलो) नै तीन चुला हो,’अनुसन्धाता तथा संस्कृतिकर्मी चन्द्रकुमार हतुवालीले भने, ‘मुन्दुमको स्रोत केन्द्रका रुपमा चुला रहेको छ । हामी सबै किरात राई जातिको साझा विशेषता नै तीनचुला पुज्नु हो ।’ किरात राईको घरमा दैनिक खाना पकाउने र अर्को पितृपूजा गर्ने दुई किसिमका चुला रहेको हुन्छ । चुलालाई पवित्र पितृस्थानका रुपमा रहने तीनवटा ढुंगाको चुलालाई घरपरिवार र दाजुभाइबाहेक अन्यले जथाभावी छुन नहुने बताइएको छ । ‘यी तीन चुलालाई चासुलुङ, छेन्मीलुङ र सायालुङ भनिन्छ, जसमा घरमुलीबाहेक मर्चापानी चढाउन मिल्दैन,’अनुसन्धाता हतुवालीले भने, ‘अन्न चढाउने, पैसा चढाउने र समाजमा परिवारको प्रतिष्ठा उठाउने चुलाको मर्म हो ।’ राजधानीको कोटेश्वरस्थित किरात राई यायोक्खामा आयोजित ‘किरात राईहरूको चुला मुन्धुम’विषयक बहसमा उक्त विचार व्यक्त गरेका हुन् । बुङवाखा मासिक पत्रिकाको १५०औं अंक ‘चुला विशेषाङ्क’का रुपमा प्रकाशित छ । त्यसै गरी मुन्दुमका शोधार्थी भोगिराज चाम्लिङ

सुब्बाका प्रतिनिधि कविता

Image
कान्तिपुर संवाददाता , काठमाडौं श्रावण ३२, २०७४- मनप्रसाद सुब्बा आधुनिक भारतीय नेपाली कविताको फाँटमा एक स्थापित कवि हुन् । सुब्बाले विभिन्न समयमा लेखेका केही कविताहरूलाई समेटेर तयार गरिएको ‘मनप्रसाद सुब्बाका प्रतिनिधि कविता’ संग्रह मंगलबार काठमाडौंमा लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार बैरागी काइँला, गीतकार दिनेश अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानकी अनुवाद विभाग प्रमुख डा. उषा ठाकुर, प्रा.डा. गोविन्दराज भट्टराईलगायतले कृति लोकार्पण गरेका हुन् । साहित्यकार काइँलाले सुब्बालाई होनहार र प्रतिभाशाली कविको रूपमा व्याख्या गरे । सुब्बाले उत्तर आधुनिक चिन्तनको प्रयोग वा किनारीकृतहरूको अधिकारलाई नेपाली कवितामा समेट्ने प्रयास गरेको उनले बताए । सुब्बाले कवितामा प्रकृतिलाई मानवअधिकार, मानवता, संघर्षसँग जोडेर लेख्ने गीतकार अधिकारीको तर्क थियो । भारतीय नेपाली कविहरूको लिस्टमा सुब्बा अग्रपंक्तिमा आउने उनले दाबीसमेत गरे । समालोचक महेश पौड्यालले सुब्बाको सम्पूर्ण काव्यकारिता अपारम्पारिक र प्रयोगशील रहेको बताए । आफ्नो ४० वर्ष लामो कविता–यात्रालाई चिनाउन यो कृतिले कोसिस गरेको कवि सुब्बाले बताए । पुस

विभिन्न स्रष्टालाई पन्त स्मृति सम्मान र पुरस्कार

Image
कान्तिपुरकर्मी राईलाई ‘मैया–वासु पन्त स्मृति सम्मान’ कान्तिपुर संवाददाता , काठमाडौं भाद्र २, २०७४- पन्त स्मृति प्रतिष्ठानले नेपाली भाषा, साहित्य, लोकसंस्कृति, धार्मिक, नृत्यकला, ललितकला क्षेत्रमा योगदान दिने विभिन्न साधक तथा प्रतिभालाई सम्मान र पुरस्कार प्रदान गरेको छ । जसअनुसार साहित्यकार भुवनहरि सिग्देललाई ‘रामराज पन्त स्मृति सम्मान’ प्रदान गरिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र प्रतिष्ठानकी अध्यक्ष गीता केशरीले शुक्रबार राजधानीमा आयोजित समारोहमा सम्मान प्रदान गरेका हुन् । पूर्वसहसचिव रामप्रसाद पन्तको स्मृतिमा स्थापित कोषबाट नेपाली साहित्य उपन्यास विधामा दिइँदैआएको छ । सम्मानको राशि २५ हजारसहित ताम्रपत्र रहेको छ । सम्मानित सिग्देलको तीन खण्डकाव्य, एक महाकाव्य, नाट्यकाव्य र एक उपन्यास प्रकाशित छ । त्यसै गरी हास्य कलाकार गोपालराज पन्त स्मृति पुरस्कार रेडियो कलाकार लक्ष्मी भूसाल (बूढीआमै)लाई प्रदान गरिएको छ । शदिच्छा बालप्रतिभा पुरस्कार नृत्यतर्फकी आशा बालिकालाई, सीताश्री प्रतिभा पुरस्कार ललितकलाका विद्यार्थी मनबहादुर गुरुङलाई र बन्धु पन्ध स्मृति पत्रकारिता पुरस्कार ‘ब

किरातकालदेखि नै चल्दै आएको मेला

प्रशान्त माली , ललितपुर श्रावण २३, २०७४- हिन्दु धर्मावलम्बीहरुले सोमबार जनैपूर्णिका दिन कुम्भेश्वरको मन्दिरमा पुजाअर्चना गरेर मनाएका छन् । यसपाली जनैपूर्णिमामा चन्द्रग्रहण परेकाले १३ गते शुक्रबार नागपञ्चमीका दिन नै रक्षाबन्धन गरिएको थियो । जनैपूर्णिका दिन पाटनको बंगलामुखीमा भव्य मेला लागेको छ । मेलाको लागि आइतबार नै कुम्भेश्वर मन्दिरबाट पञ्चमुखी महादेवको मूर्तिलाई मन्दिर परिसरको पोखरीमा बनाइएको  कलात्मक खटमा राखिएको थियो । कुम्भेश्वरमा गोसाइकुण्ड (शिवलुती), मणिचूड दहबाट पानी आइराखेको जनविश्वास छ । प्राचिनकालमा कुम्भ ऋषीले तपस्या गरेकाले उनकै नामबाट कुम्भेश्वर नामले प्रसिद्ध भएको उक्त तीर्थस्थलमा गोसाइकुण्ड जान नसकेकाहरूले स्नान गरेर महादेवको पूजा अर्चना गर्दछन् । प्रकाशित: श्रावण २३, २०७४ http://kantipur.ekantipur.com/news/2017-08-07/20170807204941.html

जन्तरेका कविता

कान्तिपुर संवाददाता , काठमाडौं असार ३१, २०७४- कवि दिलदु:खी जन्तरेको पहिलो कवितासंग्रह आएको छ । ‘पालामको राजकुमारी’ शुक्रबार वरिष्ठ साहित्यकार बैरागी काइँला, प्राज्ञ डा. अमर गिरीलगायतले लोकार्पण गरे । जन्तरेले आफ्ना कवितामा लिम्बू जातिगत मिथक, विम्बहरू प्रयोग गरेको काइँलाले दाबी गरे । भने, ‘अहिले यस्तो ट्रेन्ड मौलाएको छ । यसलाई नराम्रो ठान्नुहुन्न । यसले एकअर्काको समुदायलाई चिन्ने मौका मिल्छ ।’ कवितामा परदेसिनुको पीडा, सत्ता, राजनीतिमा भएका विसंगतिहरू समेटिएको डा. गिरीले बताए । कृति सांस्कृतिक चेतना र पहिचान प्रधान रहेको बताए । कृतिबारे कवि चन्द्र रानाहँछा र टंक भट्टराईले टिप्पणी गरे । जन्तरेले कवितामा मुन्धुमी दर्शन, किराँती सभ्यता र सांस्कृतिक लयलाई सरल, सरस र शालीनसँगै सशक्त रूपमा उठाएको रानाहँछाले दाबी गरे । ‘पालामको राजकुमारी’ मा जन्तरेका तीस कविता समावेश छन् । प्रकाशित: असार ३१, २०७४ http://kantipur.ekantipur.com/news/2017-07-15/20170715083849.html

दुई साहित्यिक अभियन्ताको निधन

रमेशचन्द्र अधिकारी, धनकुटा असार २९, २०७४- जिल्लाका दुई अग्रणी समाजसेवी तथा लेखकको मंगलबार निधन भएको छ । लेखक/शिक्षाविद् शिवकुमार श्रेष्ठको ८२ वर्षको उमेरमा राजधानीमा निधन भएको हो । यसै गरी समाजसेवी तथा साहित्यिक अभियन्ता ओमकार श्रेष्ठको ६८ वर्षको उमेरमा विराटनगरमा निधन भएको हो । धनकुटा–६, सिरानबजार घर भएका श्रेष्ठ क्यान्सरपीडित थिए । परिवारका अनुसार, उनी राजधानीमा उपचाररत थिए । ६ दशकसम्म निरन्तर लेखन साहित्य सृजनामा समेत सक्रिय श्रेष्ठले लोक साहित्यमा कमल चलाउँदै आएका थिए । धनकुटा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख उनका ‘लिम्बूवान्को पहिलो ऐतिहासिक अध्ययन,’ ‘किराती लोककथाहरू,’ ‘किराती कथा’, ‘प्राचीन मानव सभ्यताको अध्ययन,’ ‘विश्वको इतिहास,’ ‘आठपहरिया जातिको ऐतिहासिक आर्थिक, सामाजिक अवस्था’ सहित आठ पुस्तक प्रकाशित छन् । ‘किराती लोककथाहरू’ ले लोक साहित्य पुरस्कार, लोक साहित्य परिषदबाट करुणाकर सिरपालगायतका पुरस्कार प्राप्त गरेको थियो । श्रेष्ठले किरात शिरिजंगा, धनकुटा प्रतिभा पुरस्कार, किरात धर्म संरक्षण समितिको अभिनन्दन, क्षेत्रीय प्रतिभा पुरस्कार पनि पाएका थिए । उनका २ छोरा र

साहित्य - ‘रेमिटल्यान्ड’ को चिरफार

Image
कान्तिपुर संवाददाता , धरान श्रावण १७, २०७४- पति वा पत्नीलाई घरमा छाडेर वैदेशिक रोजगारमा जानेहरूको पारिवारिक प्रेममा आएको मानसिक र शारीरिक विचलनको कथा–व्यथा बोकेको उपन्यास ‘रेमिटल्यान्ड’ को धरानमा चर्चा भइरहँदा उपन्यासकार श्याम सिंगक निकै उत्साहित देखिए। साहित्यकार मनु मञ्जिलले रेमिट्यान्सले बाँचेको देशको समाज छरपष्ट भइरहेको उदाहरण पेस गर्दै भने, ‘उपन्यासमार्फत सिंगकले राज्यमाथि नै प्रश्नचिह्न लगाएका छन्। पढ्दा त्रिकोणात्मक प्रेमकथाजस्तो लाग्छ। तर रेमिट्यान्सका लागि वैदेशिक रोजगारमा दौडने युवायुवती र उनीहरूको परिवारसँग जोडिएको कथा हो यो।’ उनले शारीरिक/मानसिक यौन प्यासको कारण समाज कस्तो भएको छ र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उपन्यासले तेस्र्याएको जिकिर गरे। मनु मञ्जिलले ‘रेमिटल्यान्ड’ उपन्यासकारको अटोबायोग्राफी र आम पाठकको बायोग्राफी बनेको बताए। कवि सीमा आभासले उपन्यासले आजको पुस्ता बाँचिरहेको नेपाली समाजको जरा पूरै हल्लाइदिएको टिप्पणी गरिन्। भनिन्, ‘आज नेपालबाट ५० लाखभन्दा बढी युवा–युवतीहरू वैदेशिक रोजगारमा छन्। लेखकले सामाजिक मनोविज्ञानलाई राम्रोसँग उतार्न सफल भएक

सम्झना : लिम्बूलाई किपट अर्थ्याउने इतिहासकार

Image
बसन्त बस्नेत श्रावण ७, २०७४- पञ्चायत सरकारले किपट बिर्ता खोस्नेगरी २०२१ सालमा भूमिसुधार योजना ल्याएपछि पूर्वका लिम्बू अगुवाहरू चर्कै रिसाए। तिनीहरूले राजा पृथ्वीनारायण शाहबाट १८३१ साउन २२ मा पाएको लालमोहर प्रमाणका रूपमा पेस गरे। त्यसैलाई आधार मान्दै राणाहरूबाट पाएको सनद पनि ठीकठाक तयार राखे। सरकार भने किपटियाहरूमार्फत् समुदायले भोगचलन गरिआएको जमिन अब रैकरमा बदल्ने योजनामा थियो। सुब्बाहरू राज्यले दिएको दस्तावेज देखाएर राज्यसँगै लड्ने मनस्थितिमा पुगे। तेह्रथुमका भूपू गभर्नर ललितबहादुर तुम्बाहाङ्फे (पूर्वसांसद विजय सुब्बाका बुवा) को घरमा सबैतिरका सुब्बाहरूले संकलन गरेको दस्तावेज संग्रह गरियो। अगाडिका सरकारहरूले भूमि व्यवस्थाबारे जेसुकै नीति लिएको भए पनि पञ्चायतले आफ्नो नयाँ योजना लागू गरिछाड्यो। इतिहासकार शिवकुमार श्रेष्ठले तुम्बाहाङ्फेकहाँ गएर सबै दस्तावेज केलाए। साझा प्रकाशनले प्रकाशन गरेको ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’ को परिशिष्ट खण्डमा यी बहुमूल्य लेखोटहरू पढ्न पाइन्छ। ८२ वर्षको उमेरमा अघिल्लो बुधबार, २८ असारमा देहान्त भएका धनकुटा क्याम्पसका पूर्वप्रमुख श्रेष्ठ १९९२ असार ३० ग

डिनाको सम्झना

Image
कान्तिपुर संवाददाता , काठमाडौं श्रावण २४, २०७४- कला इतिहासकार, लेखक एवं क्युरेटर डा. डिना बाङ्देलले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरेको योगदानको राजधानीमा चर्चा गरियो । बबरमलस्थित आर्ट काउन्सिलमा आइतबार उनको १३ औं दिनको तिथिमा श्रद्धाञ्जलि सभासमेत गरियो । काउन्सिल उपाध्यक्ष सागरशमशेर राणाले डिनाको कलाप्रतिको गहिरो रुचि लोभलाग्दो रहेको बताए । नेपाली कलालाई अन्तर्राष्ट्रियजगत्मा परिचित गराउन पनि डिनाले उत्तिकै योगदान दिएको उनले सुनाए । संस्कृतिविद् एवं काउन्सिल अध्यक्ष सत्यमोहन जोशीले डिनासंगै नेपालको एउटा महत्त्वपूर्ण कला इतिहास संकटमा परेको बताए । श्रद्धाञ्जलि सभामा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले डिनाको देहान्तले कला क्षेत्रमा अँध्यारो छाएको बताए । त्यस्तै, कला समीक्षक मदन चित्रकारले डिनालाई आर्ट आइकनको रूपमा लिनुपर्ने सुनाए । ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले डिनाको स्वभाव र उनको कला क्षमतामाथि आफू नतमस्तक रहेको बताइन् । भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा कला विभागकी प्रमुख भएर काम गर्नुका साथै ने

कोसेली - बाङ्देलका बीपी–चित्र

Image
जनकराज सापकोटा पुस १६, २०७३- कानको नजिकै गएर सोधें, ‘सन्चै हुनुहुन्छ ?’ उमेरले आठ दशक कटेकी मानुले टाठो स्वरमा भनिन्, ‘आम गुड । हाउ अबाउट यू ?’ मानु अर्थात् लैनसिङ बाङ्देलकी पत्नी । उमेरको उपल्लो डाँडोमा उभिएकी उनीसँग धेरै सोध्नुपर्ने कुरा थिएनन् । तर जान्नुपर्ने कुरा अजिबोगरिब थियो । कसैले सुनाएको थियो, अकस्मात हृदयाघातका कारण जीवन गुमाएकाले बाङ्देलका कैयन पेन्टिङहरू अधुरै रहे । त्यस्ता अधुरा पेन्टिङमध्ये सबैभन्दा धेरैचाहिं बीपी कोइरालाका पोट्रेट छन् रे ? मानुले पनि त्यसको पुष्टि गरिन् र कारण खोतल्दै उस्तै टाठो स्वरमा भनिन्, ‘बीपीसँग सबैभन्दा धेरै मिल्ती भएका कारण पनि त्यस्तो भएको हो ।’ तर ती पेन्टिङहरूको बारेमा सबै कुरा मानुलाई उति सम्झना छैन । उनलाई थाहा भएको तथ्य यतिमात्रै हो, पतिको बीपीसँगको दोस्ती । मानुका अनुसार त्यस्तो दोस्तीका सूत्रधार थिए, दार्जिलिङमा बसेर साहित्य साधना गरिरहेका सूर्यविक्रम ज्ञवाली । बाङ्देलकी छोरी डिना जो कतारको भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको आर्ट हिस्ट्री विभागकी एसोसियट प्रोफेसर छिन्, उनी घर आएको सुखद संयोग पर्‍यो । डिनाले आफ्ना बाबुको बी

डिना बाङ्देल - बिर्सन गाह्रो छ...

Image
डिना बाङ्देल नेपाली कला सम्पदाका बारेमा लेखेर, बोलेर वा प्रदर्शनी गराएर अन्तर्राष्ट्रिय मञ्चमा लैजाने अथक साधक थिइन् । उनका कैयौं योजना थिए । तर, एकाएक ५४ वर्षे उमेरको सक्रियतामा उनी चिरनिद्रामा गइन्, सबै योजना र सपना अधुरै छाडेर । - देवेन्द्र भट्टराई श्रावण १४, २०७४- भाइ, इन्डिया आर्ट फेयरका अवसरमा म दिल्ली आउँदै छु । भेटौं है...’, २०१४ को फेब्रुवरी अन्तिममा डा.डिनाको इमेल आयो, कतारको भर्जिनिया कमनवेल्थ युनिभर्सिटी ठेगानाबाट । धेरै कुरा थाहा भएन । लगत्तै केही दिनमा जनपथको ले–मेरिडियन होटलमा भेट भयो । साथमा थिए, आर्ट क्युरेटर पूर्ण शाक्य । गोविन्दपुरीस्थित विशाल मैदानमा जारी आर्ट फेयरमा दक्षिण एसियाली पाकिस्तान, श्रीलंका, बंगालादेशसहित झन्डै ३० मुलुक सहभागी थिए । तर, त्यहाँ नेपाल थिएन । कलारंग जगत्को एसियाली ठूलो उत्सव मानिने त्यो ‘आर्ट फेयर’ मा आमन्त्रित सदस्य भएर पहिलोपटक डिना आएकी थिइन् । ‘योपटक म लाजले पानी भएँ । यत्रो उत्सव चलिरहँदा एकैपटक थुप्रै देश घुमेजस्तो भयो तर, आफ्नै देशमा नपुगेजस्तै भयो,’ डिनाले कुरा झिकिन्, ‘मलाई त अरूको रमिता हेर्न बोलाएजस्तो मात्रै भयो ।

२३औं विश्व आदिवासी दिवस - जनजाति अधिकारसहित संविधान संशासेधन ः प्रधानमन्त्री

अब बन्ने जनजाति आयोगलाई राष्ट्रिय आयोग बनाइयोस् गणेश राई श्रावण २५, २०७४ काठमाडौं–  प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गरी आदिवासी जनजाति अधिकारलाई स्थापित गर्ने बताएका छन् । ‘संविधानले संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र र विशेष क्षेत्र किटान गर्न भनेको छ,’ राजधानीको राष्ट्रिय सभागृहमा आयोजित २३औं विश्व आदिवासी दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘पछाडि परेका दलित, महिला, जनजाति, मधेसीको अधिकारलाई सुनिश्चित गर्ने प्रतिवद्धता जनाउदछु ।’ उनले स्थानीय तहको निर्वाचनमा समावेशी बनाउने प्रयास भएको जनाए । प्रधानमन्त्री देउवाले नेपाल आदिवासी जनजाति महासंघले २३औं विश्व आदिवासी दिवसका अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् । आफू प्रधानमन्त्री रह“दा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी गरेकोसमेत वर्तमान प्रधानमन्त्री देउवाले बताए । ‘अब बन्ने जनजाति, महिला, मुस्लिम, दलित लगायत आयोगलाई राष्ट्रिय आयोग बनाउन पहल गर्नेछु,’ विश्व आदिवासी दिवस पहिचान र अधिकारको कडी भएको उल्लेख गर्दै उनले भने, ‘संस्कृतिका निम्ति संसारकै धनी आ

समाचार - गुञ्जन प्रतिभा पुरस्कार प्रदान

Image
कान्तिपुर संवाददाता , काठमाडौं श्रावण २७, २०७४- यो वर्षको गुञ्जन प्रतिभा पुरस्कार कवि बिमला तुम्खेवालाई प्रदान गरिएको छ । गुञ्जन नारी साहित्यिक संस्थाको २०औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित समारोहमा प्रदान गरिएको हो । पुरस्कारको राशि १५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । त्यसैगरी रेनुका बाहिङ राईलाई ‘गुञ्जन बहुभाषिक स्रष्टा सम्मान’ प्रदान गरिएको छ । पुरस्कारको राशी १० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । उक्त पुरस्कार र सम्मान नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र गुञ्जनकी अध्यक्ष गीताकेशरीले उक्त सम्मान प्रदान गरेका हुन् । त्यस अवसरमा रेवती राजभण्डरीको कथासंग्रह ‘संरक्षण’ र विभिन्न २१ जनाको संयुक्त संकलन ‘बहुभाषी उखानटुक्का संग्रह’ सार्वजनिक गरिएको थियो । प्रकाशित: श्रावण २७, २०७४ http://kantipur.ekantipur.com/news/2017-08-11/20170811193102.html

समाचार - आदिवासी पत्रकारिता पुरस्कार प्रदान

Image
कान्तिपुर अनलाइनका सम्पादक खिम घले पुरस्कृत साप्ताहिकका सञ्जयसन्तोषी राई र रेडियो नेपालका सञ्चारकर्मी रमिता लामा पनि पुरस्कृत - कान्तिपुर संवाददाता , काठमाडौं काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार तीन वरिष्ठ पत्रकारलाई प्रदान गरेको छ । २३औं विश्व आदिवासी दिवसको सन्दर्भमा शुक्रबार आयोजित फोनिजको १८ औं वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुनेमा कान्तिपुर दैनिकको अनलाईन संस्करण ईकान्तिपुर डटकमका सम्पादक खिम घले, जनविश्वस साप्ताहिकका सम्पादक सन्जय सन्तोषी राई र रेडियो नेपालका वरिष्ठ ञ्चारकर्मी रमिता लामा छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठाका उपाध्यक्ष चन्द्र वहादुर गुरुङ र फोनिजका अध्यक्ष डण्ड गुरुङले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि जनही २० हजार रुपैया“ र ताम्रपत्र रहेको छ । प्रकाशित: श्रावण २७, २०७४ http://kantipur.ekantipur.com/news/2017-08-11/20170811152657.html

साहित्य/विविध - लोहोरूङ राईबारे खोजीनिती

Image
कान्तिपुर संवाददाता , काठमाडौं श्रावण ३०, २०७४- अनुसन्धानमूलक पुस्तक ‘किरात लोहोरुङ राई चिनारी’ सार्वजनिक गरिएको छ । लीलानाथ लोहोरुङ राई (एलएन ठुले) ले उक्त कृति लेखेका हुन् । सिंगापुर पुलिस फोर्सबाट अवकाशप्राप्त लीलानाथको पुस्तक संस्कृतिविद् सत्यमोहन जोशीले राजधानीमा सार्वजनिक गरे ।  किरात राई लोहोरुङ समाजका लागि गंगाकुमारी राई प्रकाशक रहेको पुस्तकमा लोहोरुङ राई जातिको समग्र पहिचान समेटिएको छ । लोहोरुङ भाषा, पाछा, सामेक, चावा, पाछा किंवदन्ती, साइनो र नाता सम्बन्धको उल्लेख छन् । संस्कृतिविद् जोशीले उक्त पुस्तक युनेस्कोको अवधारणा र नेपालको संस्कृति मन्त्रालयको मापदण्डअनुसार महत्त्वपूर्ण रहेको बताए । त्यस्तै, भाषाविद् प्रा. विष्णुसिंह राईले बन्दुक चलाउने व्यक्ति लेखनमा लागेकोमा प्रशंसा गर्दै भाषासंस्कृति जोगाउन सम्बन्धित जाति समुदाय नै लाग्नुपर्ने धारणा राखे । लीलानाथका यसअघि ‘सम्झनामा किम्बर्ली क्रस’ र ‘सम्झनामा कराँते यात्रा’ नियात्रा कृति प्रकाशित छन् ।  प्रकाशित: श्रावण ३०, २०७४ http://kantipur.ekantipur.com/news/2017-08-14/20170814085430.html

त्रिवि सभा - दुई मेडिकल कलेज खोल्ने निर्णय

कान्तिपुर संवाददाता , काठमाडौं श्रावण ३०, २०७४- त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभाले बर्दिबास र बुटवलमा आंगिक मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार बसेको त्रिवि सभाले दुई ठाउँमा मेडिकल कलेज खोल्ने निर्णय गरेको हो । सरकारले आर्थिक वर्ष २०७३/७४ को नीति तथा बजेट वक्तव्यको प्रकरण २२४ मा महोत्तरीको बर्दिबास र रूपन्देहीको बुटवलमा त्रिविअन्तर्गत आंगिक मेडिकल कलेज स्थापना गर्ने’ उल्लेख छ । त्यसैअनुसार त्रिवि सभाले मेडिकल कलेज स्थापनाका लागि जग्गा, शिक्षक तथा कर्मचारीको दरबन्दी र बजेट उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो । त्रिवि उपकुलपति तीर्थ खनियाँका अनुसार चालु आर्थिक वर्ष २०७४/७५ मा मेडिकल कलेज सञ्चालनका निम्ति ६ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । ‘त्रिविअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने सरकारको निर्णय हो,’ खनियाँले भने, ‘आवश्यकताअनुसार सरकारले जनशक्ति र स्रोत साधन त्रिविलाई दिएलगत्तै मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढ्नेछ । त्यसनिम्ति आइतबारको त्रिवि सभाले निर्णय गरेको छ ।’

कला र शैली - गायिका मुकारूङलगायत पुरस्कृत

Image
कान्तिपुर संवाददाता  , काठमाडौं श्रावण २४, २०७४- किरात राई यायोक्खाले ३० औं वार्षिकोत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र यायोक्खाका अध्यक्ष तिलक राईले राजधानीमा आयोजित समारोहमा गायिक आभा मुकारुङलाई १५ हजार राशिको किरात संगीत पुरस्कार, पत्रकार पदम राईलाई २५ हजार रुपैयाँ रहेको किराया धनकेशरी अतम्बरी राई स्मृति पत्रकारिता पुरस्कार, लेखक एलएन ठुलेलाई १५ हजार रुपैयाँ रहेको किराया छत्रविष्णु राई कृति सम्मान प्रदान गरे ।   त्यसै गरी अनुसन्धाता चन्द्रकुमार राई ‘हतुवाली’ लाई १५ हजार राशिसहितको किराया मदनेश्वरी राई स्मृति पुरस्कार, पत्रकार गणेश वाम्बुले राईलाई आठ हजार रुपैयाँ रहेको किराया दुर्गादेवी मोहनसिंह भाषिक पत्रकारिता पुरस्कार दिइयो । विद्यावारिधिप्राप्त डा. खगेन्द्र साम्पाङ राईलाई समेत सम्मान गरियो । त्यस्तै, एसईई, कक्षा १२ र स्नातक तहमा राई समुदायबाट उत्कृष्ट विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गरिएको थियो ।  प्रकाशित: श्रावण २४, २०७४ http://kantipur.ekantipur.com/printedition/news/2017-08-08/

किरातीले मनाए ढोङकुमो चाड

Image
कान्तिपुर संवाददाता  , ललितपुर श्रावण २४, २०७४-  किराती वाम्बुले राईहरुले परम्परागत चाड ढोङकुमो सोमबार धुमधासाथ मनाएका छन् । हरेक वर्ष भदौपूर्णिमाका दिन वाम्बुले राईहरुले यो चाड मनाउदछन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले परम्परागत चाड ढ्वाङुमो चाडको अवसरमा राजधानीको इमाडोलमा भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।  आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यसचिव गोविन्दलाल माझी, किरात राई यायोक्खाका उपाध्यक्ष दिवस राई र वाम्रासका अध्यक्ष तथा पत्रकार गजुरधन राईले २०७३ सालको एसईईमा उत्तीर्ण विद्यार्थीलाई कदरपत्र प्रदान गरेका थिए । त्यसैगरी वाम्बुले महिला तथा पुरुषले लोकसंस्कृति संगीना नाच प्रस्तुत गरेका थिए भने वाम्बुले युवाले बासुरी बजाएर प्रदर्शनी गरेका थिए । ओखलढुंगाको उबुगाउ ढ्वाङुमटारमा ढ्वाङुमो पूजा हुने मुख्य ठाउ देवस्थल रहेको छ । समाजका हरेक घरपरिवार सार्वजनिक स्थलमा भेला भएर कुलदेउता लिब्जु बाजेको पूजाआजा गर्दछन् । चार किसिमका कलुपूजारी जसलार्य ढ्वाङुर्मो नाक्सो, सिसि नाक्सो, काउर्मो नाक्सा, बुलु नाक्सोको विशेष भूमिका रहन्छ । त्यसैगरी खोटाङको झाप्

विशेष शिक्षामा कोरियाको थप सहयोग

-  कान्तिपुर संवाददाता  , काठमाडौं श्रावण २०, २०७४- विशेष शिक्षाका निम्ति दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीले थप सहयोग गर्ने भएको छ। उक्त युनिभर्सिटीले हालसम्म त्रिभुवन विश्वविद्यालयसित सहमति गरी विशेष शिक्षाका निम्ति शैक्षिक जनशक्ति विकासमा सहकार्य गरिरहेको छ। छाङओनअन्तर्गत लिडिङ युनिभर्सिटी प्रोजेक्ट इन्टरनेसनल कोअपरेसन (लुपिक) ले अपांगता भएका क्षेत्रको शैक्षिक भविष्य सुनिश्चित गर्न प्रवद्र्धन गर्दै आएको छ। अपांगता भएकाहरूको विशेष शिक्षणका निम्ति शिक्षक उत्पादन गर्ने उद्देश्य लुपिकको छ। त्यसनिम्ति त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक, स्नातकोत्तर तहमा छात्रवृत्तिसहित पठनपाठनको व्यवस्था गरिएको छ। साथै आधा दर्जन विद्यार्थी कोरियामा विद्यावारिधि (पीएचडी) गर्दै छन्। युनिभर्सिर्टीका प्राध्यापक दाय योङ जङले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसित समेत विशेष शिक्षाका निम्ति दुईपक्षीय सहमति गर्ने तयारी गरेको जनाएका छन्। अपांगता भएका विद्यार्थीलाई अध्यापनरत शिक्षकलाई तालिम, शैक्षिक सामग्री, प्राविधिक तथा व्यावसायिक तालिम, पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, पुस्तकालय विस्तारलगायत पक्

अन्तक्र्रिया - यस्तो होस्, १९औं वाम्बुले भाषा कविता गोष्ठी

अन्तक्र्रिया - यस्तो होस्, १९औं वाम्बुले भाषा कविता गोष्ठी ओखलढुंगाको हिलेपानी गाउँमाझ श्री महादेवस्थान माविको आँगनमा २०५५ कात्तिक १ गते पहिलो पटक वाम्बुले राई भाषाको कविता गोष्ठी सम्पन्न भएको थियो । त्यसपछि हरेक वर्ष (२०६० सालबाहेक) ओखलढुंगा र खोटाङ दुधकोसी वारिपारि कविता गोष्ठी हुँदैआएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको स्थापना दिवस (मंसिर २० गते) यो कविता गोष्ठी गरिन्छ । ओखलढुंगाको उदैपुर गाउँमा सम्पन्न १८औं वाम्बुले राई भाषाको कविता गोष्ठी समारोहमा वाम्रास, उदयपुर जिल्ला कार्यसमितिका अध्यक्ष शुभराज राई (काजी)ले ‘१९औं वाम्बुले राई भाषाको कविता गोष्ठी’ कटारी नगरपालिकामा सम्पन्न गर्ने घोषणा गर्नुभएको छ । अब हुने उक्त कविता गोष्ठी कस्तो हुने भन्नेबारेमा २०७४ वैशाख २९ गते सोक्मटारमा गरिएको अन्तरक्र्रियाको सम्पादित अंशः हाम्रा धरोहरबारे शीर्षक दिनसके राम्रो मोतीराज राई, समाजसेवी हामी वाम्बुले राईले हाम्रो पहिचानलाई लिएर भाषा, संस्कृतिबारे छलफल थालेको हो । भेला भएर सामूहिक रुपमा सुनाउने, सुन्ने गरेको लामो समय भइसक्यो । १८औं वाम्बुले भाषाको कविता गोष्ठी मेरै प्रमुख आत

संस्मरण - १८ औँ वाम्बुले कविता गोष्ठी र म

Image
गगनबहादुर राई महिना दिन अगाडि मेरो फेसबुक वालमा पत्रकार गणेश राईले पोष्ट गर्नुभएको एउटा सूचना पढेको थिएँ, वाम्बुले राई भाषाको १८औँ कविता गोष्ठीको । वाम्रास नेपालको स्थापना दिवसको दिन मंसिर २० गते मानेभन्ज्याङ गाविसको उदैपुर गाउँमा हुने गोष्ठीमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्थानका प्राज्ञ कवि श्रवण मुकारुङ आउनु हुने व्यहोरा उल्लेख थियो । गोष्ठी सदाझैँ हुने थियो । सूचनाले केही कल्पना गरायो । विगतको गोष्ठीमा चार–पाँच पटक मै पनि कविता वाचन गरेको थिएँ । यस पटक अप्रतियोगी कविका रुपमा सहभागी हुने सोचें । केन्द्रबाट आउनु हुने दाइहरु र विशेषगरी चर्चित गीतकार श्रवण मुकारुङ दाइलाई भेटेर केही खुराक लिने सोचें । म प्रायः गीत, गजल अनि मुक्तक लेख्छु, नेपाली अनि मातृभाषा वाम्बुलेमा । साहित्य पढ्ने र आनन्द लिने क्रम जारी छ । मलाई साहित्यका सबै विधा मनपर्छ । साहित्य भनेको विचारको कलात्मक प्रस्तुती हो । यसको माध्ययमबाट हामी समाज परिवर्तन गर्न सक्छौँ । सिँगो विश्व बदल्ने शक्ति साहित्यमा छ । त्यसैले पनि लाग्छ, साहित्य एउटा हतियार हो । यो हतियार हामी जस्ता युवामा हुनुपर्छ । किनकि समाज अनि देश परिव