Posts

Showing posts from December, 2018

विचार - सिकाइको कमजोर धरातल

Image
नवराज खतिवडा काठमाडौँ — एक प्रतिष्ठित निजी उच्चमाध्यमिक विद्यालयमा ‘ग्रोथ माइन्डसेट’ शीर्षकमा गोष्ठी आयोजना गरिएको थियो । गोष्ठीमा २ सय अभिभावक र १ सय जना शिक्षकशिक्षिका थिए । गोष्ठीका संयोजकले फोन गरेर गोष्ठीमा प्रमुख वक्ता बन्न प्रस्ताव रँख्दै भनेका थिए, ‘प्रवचनलाई साढे एक घण्टा समय उपलब्ध हुनेछ ।’  यस्तो कार्यक्रममा म स्लाइड प्रस्तुत गर्ने गर्छु । ३ सय जना श्रोतालाई डेढ घण्टा त्यस्तो गहन विषयमा प्रवचन दिनु चानचुने थिएन । ‘सर, केही समयअघि यस्तै कार्यक्रममा एक जना डाक्टरसाबले स्लाइड प्रस्तुत गर्दा अभिभावकले खल्लो अनुभव गरे । प्रवचनतिरै जाँदा कसो होला ?’ ‘प्रस्तुतिबारे चिन्ता नलिनोस् । बरु श्रोता र सभाकक्षको व्यवस्थापन मिलाउनुस्,’ मैले भनेँ । समकालीन नेपालका विज्ञ पगरी गुथेका अधिकांश अध्येतालाई वक्ता बन्न निम्तो आउँछ । तर, श्रोताको स्तर र रुचि पर्वाह नगर्दा पहिलो निमन्त्रणा अन्तिम बन्न पुग्छ । यस्तो पटके प्रवचनको बजार ठूलो छ । गोष्ठीमा मलाई मेरा समकक्षीले बिगारेको छवि सुधारगर्नुपर्ने थप चुनौती थियो । म एक दिनअघि नै विद्यालय पुगेँ । कार्यक्रम हुने प्रज्ञा–कक्षको न

सम्पादकीय - एउटै पारा एउटै पोसाक

Image
काठमाडौँ — हिजो जे लगाएको थियो, आज त्यही । भोलि पनि उही कमिज, उही पाइन्ट । सादा र सामान्य । समानता देखाउन एउटै पोसाक जरुरी पर्ने ठानियो ।  बेलायतमा केटाकेटीलाई अनुशासन सिकाउन सार्वजनिक विद्यालयमा एकै प्रकारको पोसाक लगाउने व्यवस्था गरियो । अहिले त्यो इतिहास भइसक्यो । देशको कानुनले केही भन्दैन, विद्यालय आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । ब्रिटिस स्कुल हेरौं, पोसाक छैन । लिंकन स्कुल हेरौं, पोसाक छैन । किनभने अमेरिकाका सार्वजनिक विद्यालयमा पोसाक छैन । विद्यालयहरू अभिभावक र शिक्षकसहित परामर्शमा पहिरन संहिता तय गर्छन् । संसारको सर्वोत्कृष्ट विद्यालय शिक्षा मापनमा पर्दै आएको फिनल्यान्डमा कति हाइसञ्चो छ भने विद्यालय भर्ना हुन प्रतिस्पर्धा हुँदैन, पोसाक छैन, परीक्षा छैन, महसुल छैन । मुख्य जोड शिक्षक–शिक्षिकाको गुणस्तरमा दिइएको छ । जर्मनीमा पोसाक छैन । फ्रान्सले पनि प्राय: सबैमा सन् १९६८ देखि हटायो । विद्यालयमा पोसाकको अवधारणा सैनिकीकरणसित जोडिन्छ । पोसाकमार्फत एकै प्रकारको सामूहिक भावना विद्यार्थीमा विकास गर्न चाहनेहरूले त्यही गरे । देशपिच्छे फरक अभ्यास छ । काठमाडौंमा केही

विचार - स्कुलमा बर्दी होइन, पोसाक

Image
मेदिनबहादुर लामिछाने काठमाडौँ — विद्यालयमा बर्दीको लिखित इतिहास छैन । सन् १२१२ मा तत्कालीन केन्टरवरीका आर्क विशपले विद्यालयमा विद्यार्थीलाई ‘कप्पा क्लाउजा’ (एक प्रकारको बर्दी) लगाउनुपर्ने नियम बनाएका थिए । त्यसपछि विद्यालयमा बर्दी सुरु भएको मानिन्छ । आधुनिक विद्यालय शिक्षामा बर्दीको प्रयोग १६आैं शताब्दीबाट भएको पाइन्छ ।बेलायतको एक क्रिस्चियन अस्पतालको आवासीय विद्यालयमा अध्ययनरत विपन्न तथा असहाय बालबालिकालाई चर्च प्रशासनले बर्दी व्यवस्था गरेको थियो । विद्यालयमा बर्दी संसारभर फैलिएको छ । बर्दीको आवश्यकताबारे चर्चा, बहस, छलफल, अध्ययन, अनुसन्धान तीव्र रूपमा भइरहेको छ । यसको उपयोगिता पनि घट्दै गएको पाइन्छ । धेरै विकसित राष्ट्रले यसलाई त्यागिसकेका छन्, कतिपय त्याग्ने क्रममा छन् । हामीकहाँ भने यो अझ बलियो रूपमा उपस्थित हुँदै गएको पाइन्छ । राज्यले नै यसलाई मलजल गर्ने क्रम रोकिएको छैन । काठमाडौं महानगरपालिका र प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले आफ्नो मातहतका सबै विद्यालयमा विद्यार्थीका लागि एउटै पोसाक व्यवस्था गर्न लागेको समाचार आएका छन् । सार्वजनिक र निजी दुवै प्रकारका

विचार - सरकारी स्कुल सिध्याउने खेल

Image
पूर्ण पी राई काठमाडौँ — भोजपुरको सिद्धेश्वर मावि दाँवामा प्रधानाध्यापक बद्रीनाथ अधिकारी उमेर हदले गएको साउनमा अवकाश भए । विद्यालय व्यवस्थापन समितिले सर्वसम्मत गरेको सिफारिसलाई जिल्ला शिक्षा समन्वय एकाइले मानेन । कैयौं दिन कक्षा अवरुद्ध भयो । शिक्षक, अविभावक र विद्यार्थीको रायबुझ्ने नाममा स्थानीय जनप्रतिनिधि र शिक्षाका हाकिमको उपस्थितिमा बैठकका बैठक भए । विद्यालयले निमित्त प्रअ पाउन तीन महिना लाग्यो । भोजपुरकै अरूण मावि दिङ्लामा दुई वर्षअगाडि गणित विज्ञान शिक्षक रामचन्द्र महतोको मृत्यु भयो । खाली पदमा कोही मान्छे आएका छैनन् । तिम्मा माविमा कक्षा १० चलेको दस वर्ष भयो । मावि तहको एउटा पनि दरबन्दी छैन । गणित विज्ञानका शिक्षक एक वर्षभन्दा ज्यादा बसेको अभिलेख छैन । गएको भदौमा जिल्लाका प्रअहरूलाई बोलाएर प्रमुख जिल्ला अधिकारी, भोजपुर नगरपालिकाका मेयर र जिल्ला शिक्षाका हाकिमहरूले विद्यालयको नतिजा राम्रो गर्न नसकेको भन्दै सातो लिन खोजे । प्रअहरूले गणित र विज्ञानका शिक्षक वर्ष दिनदेखि खाली रहेको नदेख्ने अनि अहिले आएर नतिजा खोज्ने भनेर प्रतिवाद गरेपछि नीतिगत कुरामा नजाआाैं भन

विचार - त्रिविलाई पुनर्जीवन

Image
लालु पाैडेल काठमाडौँ — संघीय संरचनामा आधारित शिक्षाको भावी नीति, रणनीति र संरचना सहितको विस्तृत प्रतिवेदन तयार गर्नेगरी सरकारले २०७५ असार ३२ गते गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको ४ महिने म्याद सकिइसकेको छ । आगमी दिनहरूमा उच्चशिक्षाको संरचना कस्तो बनाउने भन्ने उच्चशिक्षाको लगभग ८० प्रतिशत हिस्सा धानिरहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी गन्तव्य के तय गरिन्छ ? सञ्चालन गर्ने मार्गचित्र कस्तो कोरिन्छ ? त्यसले निर्धारण गर्नेछ । २०१६ सालमा ‘त्रिवि ऐन २०१६’ अन्तर्गत शैक्षणिक र सम्बन्धक दुवै प्रकारको भूमिका बहन गर्नेगरी स्वशासित संस्थाका रूपमा स्थापित त्रिवि २०३२ सालसम्ममा देशभरिका सरकारी तथा गैरसरकारी गरी ८२ क्याम्पस र ११ अध्ययन संस्थानहरू सङ्गठित गर्ने शैक्षिक संस्थाको रूपमा स्थापित हुनपुग्यो । स्थापनाको ५९ वर्ष पार गर्दा ५ वटा अध्ययन संस्थान, ४ वटा संकाय, ४ अनुसन्धान केन्द्र, ६१ वटा आंगिक क्याम्पस, ३९ वटा केन्द्रीय विभाग, एउटा प्राकृतिक विज्ञान संग्रहालय, १०८५ वटा सम्बन्धन प्राप्त क्याम्पस, ८०६५ शिक्षक र ७२९२ कर्मचारी, २०९ शैक्षिक कार्यक्रम, अन्दाजी ३

सम्पादकीय - साखबिनाको साझा

Image
काठमाडौँ — साहित्यिक हुन् या पाठ्यपुस्तक, कुनै बेला प्राय: सबैका हातमा हुन्थे साझा प्रकाशनका किताब । लेखकहरू साझाबाट आफ्ना सिर्जना आउनुलाई गौरव मान्थे । अचेल यहाँबाट नयाँ किताब विरलै छापिन्छन् । जे छापिन्छन् ती पनि खासै स्तरीय हुँदैनन् । बरु उल्टै वात लाग्छ– लोगो मात्रै साझाको, प्रकाशन भएको त बाहिरै हो । बजारमा मनग्य माग भएका पुराना किताब पनि यहाँबाट छापिन छाडेका छन् । साझाका पुरस्कारहरू पनि २०७३ सालयता घोषणामात्र भएको छ, दिइएको छैन । साझा पुरस्कार, लोकसाहित्य पुरस्कार, साझा संस्कृति पुरस्कार, साझा बालसाहित्य पुरस्कार र गरिमा सम्मान पुरस्कार दिन छाडेको २ वर्ष भइसक्यो । पछिल्ला वर्षहरूमा साझादेखि पाठकको अपेक्षा मात्र खरानी भएको छैन, कवि, लेखक र साहित्यकारहरूको समेत मोहभंग भएको छ । स्रष्टाहरूको बाहुल्य रहँदै आएको यो संस्था लथालिङ्ग हुन थालेसँगै केहीले छाडिसके, अन्यले पनि क्रमश: छाड्दैछन् । किताब खोज्दै ललितपुरको पुल्चोकस्थित मुख्य कार्यालय र देशका विभिन्न भागमा रहेका बिक्री कक्षमा पुग्ने जो कोहीलाई थाहा हुन्छ, साझामा चरम भद्रगोल छ । आफ्नो खास उद्देश्यबाट विचलित छ । बचाउ