Posts

Showing posts from February, 2018

समाचार - विभेद खेप्दै सांकेतिक भाषाका शिक्षक र विद्यार्थी

Image
माघ २६, २०७४ गणेश राई काठमाडौं– बहिरा विद्यार्थीका निम्ति ईशारामा पढ्नु एकमात्र उपाय हो । कक्षा कोठामा छिर्दा हातमा किताब, कापी, कलम हुने नै भयो । गुरु–गुरुआमाले ह्वाइट बोर्डमा पढाउने सामान्य हो । लेखेर बुझाउ“छन् । हातैको इशारा अनि हाउभाउले परिचय गर्न, गराउनु महत्वपूर्ण हो । जे विषयमा पढाउन लागेको हो त्यो हेर्ने सामग्री भएन भने खल्लो हुन्छ । त्यसनिम्ति ओभरहेड प्रोजेक्टरमार्फत् दृश्यात्मक सामग्री, चित्र आदि लिएर देखाउ“दै सांकेतिक भाषामा पढाउने गरिन्छ । त्यसरी प्रदर्शन गर्दै पढाइने सामग्रीहरु नेपाली सामाजिक, सांस्कृतिक, आर्थिकजस्ता विषय समेटिएका हुन्छ । अन्तर्राष्ट्रिय चलनअनुसार विशेष विद्यालयमा पढाउन एक शिक्षकले ८ विद्यार्थी पढाउनु पर्दछ । नेपाल सरकारले भने एक शिक्षक बराबर १२ विद्यार्थीको प्रावधान राखेको छ । त विशषे विद्यालयमा विद्यार्थीको चाप छ । काठमाडौंको नक्सालस्थिति केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा कक्षा १० को एउटै कक्षामा ३२ विद्यार्थी पढ्छन् । ‘कक्षा १ पुग्नुअघि पूर्वप्राथमिक तहको तीनवटा श्रेणीमा पढाउ“छौं,’ बहिरा विद्यार्थीको स्तरोन्नति र भर्ना प्रक्रियाबारे प्रधान

समाचार - बजेट कटौतीपछि जातीय संस्था संकटमा

Image
प्रत्येक जातीय संस्थाले कार्यालय व्यवस्थापन खर्च मासिक १५ हजार रुपैयाँ पाउँदै आएका थिए माघ २८, २०७४ गणेश राई काठमाडौँ — सरकारले बजेट कटौती गरेपछि आदिवासी जनजातिसम्बद्ध संस्था संकटमा परेका छन् । ती संस्थालाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमार्फत उपलब्ध गराइँदै आएको बजेट सरकारले यसै आर्थिक वर्षदेखि कटौती गरेको हो । प्रत्येक जातीय संस्थाले कार्यालय व्यवस्थापन खर्च मासिक १५ हजार रुपैयाँ पाउँदै आएका थिए । त्यसैगरी प्रस्तावका आधारमा सचेतनामूलक कार्यक्रमसमेत चलाइरहेका थिए । सूचीकृत ५९ आदिवासी जनजातिका अधिकांश केन्द्रीय कार्यालय काठमाडौंमा छन् । प्रदेश ३ मा तामाङ र नेवार जातिको बाहुल्य छ । यी जातिका सामाजिक संगठन नेपाल तामाङ घेदुङ र नेवा राष्ट्रिय दबूका केन्द्रीय कार्यालय काठमाडौंमा छन् । दुवै संस्थाले भाडाका घरमा कार्यालय सञ्चालन गर्दै आएका छन् । पुतलीसडकमा रहेको घेदुङले मासिक २५ हजार रुपैयाँ घरभाडा बुझाएर दुई कर्मचारीसहित कार्यालय सञ्चालन गर्दै आएको छ । ‘सरकारले बजेट कटौती गरेपछि नराम्रो असर परेको छ,’ घेदुङ अध्यक्ष मोहन गोलेले भने, ‘ठूलो जातीय संस्था

समाचार - त्रिवि परीक्षाको सबै काम ‘ईएमआईएसमा’

Image
फागुन दोस्रो सातादेखि विद्यार्थीको रजिस्ट्रेसन, संकाय, विषयको कोडलगायतको विवरण परीक्षा व्यवस्थापन सूचना प्रणालीमा राखिने माघ २२, २०७४ गणेश राई काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी रजिस्ट्रेसनलगायत सम्पूर्ण विवरण ‘परीक्षा व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा राख्ने भएको छ । ६ वर्ष लामो प्रयासपछि त्रिविले यो व्यवस्था आउँदो फागुन दोस्रो साताबाट कार्यान्वयन गर्न लागेको हो । प्रविधिको प्रयोगले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) धाउने विद्यार्थीले सहज ढंगले सेवा पाउने दाबी गरिएको छ ।  अहिलेसम्म केन्द्रीय कार्यालय काठमाडौंबाट मात्र प्रदान गरिएको सेवा अबदेखि सातै प्रदेशबाट प्रदान गरिने त्रिविले जनाएको छ । त्रिविका परीक्षासम्बन्धी क्षेत्रीय कार्यालय पोखरा, विराटनगर, नेपालगन्ज र धनगढीमा छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अब सातै प्रदेशको राजधानीमा कार्यालय विस्तार गरिने छ । विद्यार्थीले परीक्षामा प्राप्त गरेको मार्कसिट, ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल, डिग्रीलगायत प्रमाणपत्र लिन काठमाडौं धाउनुपर्ने बाध्

नेपालमा बोलिने भाषाहरू

Image
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट नेपालको भाषा आधिकारिक भाषा हरु नेपाली  (गोर्खाली) [१] क्षेत्रीय भाषा हरु सम्मिलित  मैथिली ,  नेपाल भाषा  (नेवारी), थारु ,  गुरूङ ,  तामाङ ,  मगर ,  शेर्पा ,  किराँती , भोजपुरी  तथा अन्य भाषाहरु सांकेतिक भाषा हरु नेपाली सांकेतिक भाषा झानकोट सांकेतिक भाषा ,  जुम्ला सांकेतिक भाषा ,  घान्द्रुक सांकेतिक भाषा बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ । [२]  अधिकांशरुपमा नेपालमा  भारोपेली  तथा चीनीया-तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ । नेपालको सरकारी कामकाजको भाषालाई  नेपाली  हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ३४.३६% रहेको छ भने बैतडेली भासा बोल्ने संख्या ४९.५६ छ।। [३]  नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै समुदायका आ-आफ्ना भाषाहरू छन् तर सबै समुदायका मानिसलाई सबै भाषाहरूको ज्ञान छैन तर नेपाली भाष

प्रदेशमा भाषा योजना

Image
दुबिनन्द ढकाल   बिहीबार, साउन १९, २०७४   नेपालको संविधान कार्यान्वयन सन्दर्भमा प्रदेशहरूमा प्रयोगमा आउने भाषाका बारेमा चर्चा हुन थालेका छन् र यो स्वाभाविक छ । ती प्रदेशका सामाजिक तहसम्म कुनकुन भाषा बोलिन्छन् र कुन भाषा सरकारी कामकाज र शिक्षण माध्यमको भाषाको रूपमा प्रयोग हुन सक्लान् भन्ने विषयहरूमा छलफल गर्नु आवश्यक छ । भाषा छनोटका आधारहरू र त्यसक्रममा आउन सक्ने जटिलता आकलन गर्न र त्यसअनुसार निर्णय गर्न आवश्यक छ । संवैधानिक व्यवस्था नेपालको संविधानले नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुकका रूपमा स्विकारेको छ । संविधानले बालबालिकालाई मातृभाषामा शिक्षा दिने संवैधानिक व्यवस्थासमेत गरेको छ । २०६८ को जनगणनामा उल्लेख गरिएअनुसार नेपालमा १२३ भाषा बोलिन्छन् । सांकेतिक नेपाली भाषा, एकल भाषापरिवारको कुसुन्डा भाषाका अतिरिक्त नेपालमा भारोपेली, भोट-बर्मेली, आग्नेय जस्ता पारिवारिक किसिमले भिन्न-भिन्न भाषा परिवारका भाषा बोलिन्छन् । प्रदेशहरूमा कुनै एउटा भाषा बोल्नेहरूको बाहुल्य नभएकाले प्रदेशहरूमा भाषा योजनामा जटिलता रहेका छन् । प्रदेशहरूमा भाषाको स्थिति नेपालको राजनीतिक संरचना प्रादेशिक