Posts

Showing posts from February, 2022

विचार - जनगणनाले उठाएका केही सवाल

Image
  फाल्गुन १६, २०७८ सम्झना शर्मा कुनै पनि देशका नीति, योजना र बजेटको जनसंख्यासँग प्रत्यक्ष–अप्रत्यक्ष सरोकार हुने गर्छ । त्यसैले नेपालले पनि जनसंख्याको अवस्था यकिन गर्न प्रत्येक दस वर्षको अन्तरालमा जनगणना गर्दै आइरहेको छ । जनसंख्याको आकारमा आउने परिवर्तन र यसबाट देशको समग्र क्षेत्रमा पर्ने प्रभावहरूबारे विभिन्न कोणबाट विश्लेषण गरी सम्बद्ध नीति, योजना र कार्यक्रमहरूमा समयसापेक्ष बदलाव ल्याउन जनगणना महत्त्वपूर्ण हुन्छ । २०७८ को जनगणनाको प्रारम्भिक नतिजा केहीअघि सार्वजनिक भएको छ, जसले जनसंख्या वृद्धिदरका सम्बन्धमा केही तरंग उत्पन्न गरेको देखिन्छ । २०६८ को जनगणनामा १.३५ प्रतिशत रहेको जनसंख्या वृद्धिदर दस वर्षको अन्तरालमा ०.९३ प्रतिशतमा झरेको छ । नेपालजस्तो विकासोन्मुख देशमा यति छिटै जनसंख्या वृद्धिदरमा कमी आउनु त्यति राम्रो संकेत नभएका धारणाहरू सार्वजनिक भइरहेका छन् । वृद्धि सामान्यतया १ प्रतिशतभन्दा कम हुनुलाई जनसंख्याको घट्दो वृद्धिदरका रूपमा लिने गरिन्छ । जनसंख्याको असमान वितरण यसपालि जनसंख्या वितरणमा पनि असमानता देखिएको छ । नेपालको माटोसुहाउँदो विकासको उपयुक्त मोडल अवलम्बन गर्न नसक्दा ज

सम्पादकीय - भाषाहरू जोगाऔं, विविधता बचाऔं

Image
  फाल्गुन १०, २०७८ सम्पादकीय मुलुकमा बोलिने करिब सयवटा मौलिक भाषामध्ये ४० प्रतिशतजति संकटमा हुनु परम चिन्ताको विषय हो । हजारभन्दा कम वक्ता रहेका ३७ वटै भाषा संकटमा छन् । विद्यालयमा नपढाइने राउटे, साम, मनाङे, धुलेसी, फाङ्दुवाली, सुरेल, मालपाँडे, खरिया, कुर्माली, बराम, लुङखिम, सधनी, कागते, वनकरिया, काइके लगायतका भाषाहरू सार्वजनिक जीवनमा पनि कम प्रयोग हुँदै गइरहेका छन्; पीर मान्नुपर्ने कारण यही हो । विश्वभरै एकतिहाइजति भाषाका वक्ता हजारभन्दा कम छन्, र तीमध्ये हरेक दुई सातामा एउटा भाषा मर्दै गैरहेको छ । यही रीतले मृत भाषाहरूको सूचीमा नेपालका यी प्राचीन भाषाहरू पनि नचढून् भनेर हाम्रा नीतिनिर्माताहरू चिन्तित हुनैपर्छ । आजसम्म अस्तित्वमा रहेका भाषाहरू भोलिका दिनमा लोप हुँदै गए भने त्यो वर्तमान पुस्ताको एउटा ठूलो अपराध ठहरिनेछ । त्यसमा सम्बन्धित समुदायभन्दा बढी सिंगै राज्य तथा सरकार दोषी हुनेछ । तसर्थ, सम्बद्ध सरकारी संयन्त्र लगायत सरोकारवाला सबैले जोखिममा रहेका भाषा बचाउने यथोचित उपाय अवलम्बन गर्नैपर्छ । संकटापन्न भाषा संरक्षणका लागि सरकारले पर्याप्त इच्छाशक्ति देखाएर उचित रणनीति अंगीकार गर्न

आफ्नै भाषा, आफ्नै सिर्जना

Image
  फाल्गुन ९, २०७८ कान्तिपुर संवाददाता काठमाडौँ — कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार देशभरीबाट सहभागी विभिन्न जातिजातिका समूहले आफ्नै संस्कृति तथा पहिचान झल्काउने प्रस्तुति दिए । विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिसँगै कविहरुले आफ्नै भाषामा कवितामार्फत आफ्नोपनको भावसमेत पोखे । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७८ का अवसरमा प्रतिष्ठानद्वारा गरिएको ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७८’ मा साढे तीन दर्जनभन्दा बढी कविहरुले कविता प्रस्तुत गरे । कविता महोत्सवमा तामाङ, अछामी, अवधि, जिरेल, गुरुङ, डोटेली, थामी, दनुवार, थुलुङ, दुरा, धिमाल, नाछिरिङ, नेपाल भाषा, चाम्लिङ राई, खस, वाम्बुले राई, बान्तवा राई शेर्पा, हायु, सन्थाली, मेचे, मैथिलीलगायतका४२ भाषाका ४६ जना कविहरु सहभागी थिए । उनीहरुले कवितामार्फत नै जातीय पहिचान, संस्कृति, परम्परा लगायतका पक्षहरुलाई उठान गरेकाथिए । कार्यक्रममा घले, तामाङ, गुरुङ, सुनुवार, मगर, राई, शेर्पा जातिको संस्कृति झल्काउने झाँकीसहित सुदूर पश्चिमको देउडा झल्काउने एक दर्जनभन्दा बढी विभिन्न जातिका सांस्कृतिक समूहले आ–आफ्ना जातीय पहिचान झल्काउने नृत्य तथा झाँक

भाषा संस्कृति उत्थान समावेशिताबाट

Image
  फाल्गुन १०, २०७८ कान्तिपुर संवाददाता काठमाडौँ — प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काइँलाले समावेशिता नभए मुलुकका सबै जातजातिलाई न्याय गर्न गाह्रो हुने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको मातृभाषा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि उनले उक्त अभिव्यक्ति दिएका हुन् । ८२ वर्षीय काइँला गत असारमा मस्तिष्कघात भएपछि सोमाबार पहिलो पटक सार्वजनिक समारोहमा सहभागी भएका हुन् । सरकारले २०५० मा काइँलाको अध्यक्षतामा राष्ट्रिय भाषा नीति सुझाव आयोग गठन गरेको थियो । साहित्यकारको पक्षबाट उनले २०६२/६३ जनआन्दोलनमा अगुवाइ गरेका थिए । ‘बहुलवादी समाज, बहुजातीय, बहुसांस्कृतिक छ । समाजमा असन्तुलन, अमेल, भेदभाव छ । यो आर्थिक, राजनीति कारण मात्रै होइन । सांस्कृतिक पृष्ठभूमि ठूलो छ । सांस्कृतिक भेदभाव ठूलो छ,’ उनले भने, ‘त्यसलाई हामी भाषा सेवामा लागेकाहरूले ध्यानमा राखेर अगाडि बढ्नुपर्छ । हामीले सम्पूर्णता लेख्नुपर्छ । सम्पूर्णता भनेको त्यो चीज हो, जहाँ कुनै चीज पनि बाहिर परेको हुँदैन । एउटा चीज बाहिर परेमा त्यो सम्पूर्णता नै हुँदैन । त्यही चीज

४० प्रतिशत भाषा संकटमा

  फाल्गुन ९, २०७८ कान्तिपुर संवाददाता काठमाडौँ — मुलुकभर १ सय २३ वटा भाषा बोलिन्छन् । करिब सय वटा भाषा नेपालका मौलिक भाषा हुन् । जसमध्ये एक हजारभन्दा कम वक्ता रहेका भाषा ३७ वटा छन् । यी सबै भाषा संकटमा रहेको भाषा आयोगले जनाएको छ । ‘नेपालमा बोलिने करिब ४० प्रतिशत भाषा संकटमा छन्,’ आयोग अध्यक्ष लवदेव अवस्थीले भने, ‘आदिम समुदायका मातृभाषा विद्यालयको प्रयोगमा छैनन् । सार्वजनिक जीवनमा प्रयोगबाट छुट्दै गएका छन् ।’ संकटमा रहेका भाषामा राउटे, साम, मनाङे, धुलेसी, फाङ्दुवाली, सुरेल, मालपाँडे, खरिया, कुर्माली, बराम, लुङखिम, सधनी, कागते, वनकरिया, काइकेलगायत छन् । ‘ती भाषामध्ये यसअघि तथ्यांकमा समेटिएका २३ वटा र आयोगले पछिल्लो पटक पहिचान गरेका ८ वटासहित ३१ भाषा संवेदनशील अवस्थामा छन्,’ अवस्थीले भने, ‘२०७८ को जनगणना र तथ्यांक विश्लेषणले यी भाषा पहिचान गर्ने ठानेका छौं ।’ स्थानीय तह, प्रदेश र संघीय सरकारले संकटापन्न भाषा पहिचान गरी संरक्षणका लागि प्राथमिकतामा राख्न जरुरी रहेको उनको भनाइ छ । संविधानमा उल्लेख भाषासम्बन्धी व्यवस्था कार्यान्वयन हुन सके संकटापन्न अवस्थाका भाषा बचाउन सम्भव हुने उनले सुझाए ।