Posts

Showing posts from December, 2020

परिवर्तित नेपालको जनसङ्ख्या नीति

Image
  विचार/दृष्टिकोण | गोरखापत्र अनलाइन       पुष २, २०७७ बिहीबार        11 घण्टा अगाडि भगवती सेढाई नेपालमा जनसङ्ख्या व्यवस्थापनलाई राष्ट्रिय विकास नीतिको अभिन्न अङ्गका रूपमा लामो समयदेखि व्यवहारमा प्रयोग गरिँदै आएको भए पनि राष्ट्रिय जनसङ्ख्या नीतिकै रूपमा निर्माण र अभ्यास गर्न लागेको पाँच वर्षजति मात्र भएको छ । कायरो सम्मेलन भनेर चिनिएको, विश्वस्तरमा जनसङ्ख्या र विकासका लागि मार्गदर्शक कार्ययोजना सम्पन्न भएको २६ वर्ष पूरा भइसकेको छ । आईसीपीडी ९४ पनि भनिने उक्त विशाल विश्व सम्मेलनले त्यसताकाको विश्व परिदृश्यमा परिवारनियोजन सेवाका अतिरिक्त गुणस्तरीय यौन र प्रजनन स्वास्थ्य सेवामा पहुँचको सन्दर्भमा दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा अगाडि सारेर यौन र प्रजननसम्बन्धी परम्परागत र प्रगतिशील धारणा राख्ने सबैखालका समूह र संस्थाहरूमा तरङ्ग ल्याएको थियो । यसका अतिरिक्त शिशु एवम् बाल मृत्युदर न्यूनीकरण, मातृ मृत्युदर न्यूनीकरणका लागि २० वर्षे लक्ष्यहरू पनि निर्धारण गरेर संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई ती लक्ष्य प्राप्तिका लागि राष्ट्रिय नीति र रणनीतिहरू तयार गरी कार्यान्वयन गर्न आईसीपीडीले अ

अक्सर बसोबास, घरघरमा प्रश्नावली, विदेशी नियोग समेटिने

Image
  राष्ट्रिय | गोरखापत्र अनलाइन       मंसिर १५, २०७७ सोमबार        2 दिन अगाडि शान्ति लामा  काठमाडौँ, मङसिर १५ गते ।  राष्ट्रिय जनगणना नेपालको एकीकृत राष्ट्रिय तथ्याङ्क प्रणालीको एक हिस्सा हो । जनगणना प्रत्येक १० वर्षमा हुने महत्वपूर्ण राष्ट्रिय घटना हो । अब २०७८ सालमा हुने राष्ट्रिय जनगणना बाह्रौँ राष्ट्रिय जनगणना हो । आगामी जनगणना वि. सं. २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म पन्ध्र दिन हुनेछ । ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित हुन लागेको बाह्रौँ राष्ट्रिय जनगणना संघीय नेपालको पहिलो जनगणना पनि हो । त्यसकारण पहिले जिल्लास्तरसम्म मात्र उपलब्ध हुने तथ्यांकहरु अब वडास्तरसम्मकै पूर्ण तथ्यांक उपलब्ध गराइने केन्द्रीय तथ्यांक विभाग, जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो । विगतमा जनगणना मिश्रित प्रणालीअनुसार पूर्ण र छनौट विधि गरी दुई प्रणालीमा गरिन्थ्यो भने यसपटक पूर्ण गणना हुनेछ । छनौट विधिमा विगतमा केही ठाउँमा केही घरको समूहलाई नमूना मानी एक घरमा प्रश्नावली सोधिएको थियो । तर यस पटक भने जनगणनाका लागि तयार पारिएका सबै प्रश्नावली सबै घरमा सोधिनेछन् । अक्सर बसोबास अक्सर बसोबास भ