Posts

Showing posts from April, 2021

जनगणना २०७८ : चर्पीदेखि स्मार्ट फोनसम्मका प्रश्न

Image
वैशाख १६, २०७८ गणेश राई काठमाडौँ — ‘तपाईंको परिवारले प्रयोग गर्ने चर्पी कस्तो छ ?’ यो प्रश्नको जवाफ दिन तपाईं तयार भएर बस्नुपर्नेछ किनकि जेठ २५ देखि गणकहरू यस्तै प्रश्न लिएर तपाईंको घर आइपुग्नेछन् । जवाफ भने उनीहरूले कोड नम्बरमा लेख्नेछन् । फ्लस भएको र सार्वजनिक ढलसँग जोडिएको भए १ लेखिनेछ । फ्लस भएको तर सेफ्टी ट्याङ्कीमा जमाइएको भए २, साधारण भए ३, सार्वजनिक भए ४ र नभएमा ५ नम्बर प्रयोग हुनेछ । चर्पी नबनाउने र छोरोछोरी विद्यालयमा पढ्न नपठाउने परिवारलाई सुविधाबाट वञ्चित गर्न सकिने भन्दै सरकारले सूचित गरेको धेरै समय भयो । ‘खुला दिसा मुक्त क्षेत्र’ घोषणा अभियान पनि पुरानो भइसकेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको तथ्यांकअनुसार ५६ लाख ६० हजार घरधुरीमा शौचालय बनिसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का अनुसार २०७२ को भूकम्पपछि बनेका विद्यालयमा ५ हजार ३६ शौचालय छन् । यसपटक देशभर अनुमानित ७० लाख परिवार, ३ करोडभन्दा बढी जनसंख्याको गणना हुनेछ । यसमा मुख्य ८० वटा प्रश्न रहनेछन् । ‘जनगणना सुरु हुन अब ६ सातामात्र बाँकी छ,’ केन्द्रीय तथ्यांक विभागका

साहित्यकार शर्मा अभिनन्दित

Image
  चैत्र २२, २०७७ कान्तिपुर संवाददाता काठमाडौँ — साहित्यकार एवं पत्रकार नगेन्द्रराज शर्मालाई अभिनन्दन गरिएको छ । शर्मा ५१ वर्षदेखि प्रकाशित ‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिकका संस्थापक प्रधान सम्पादक हुन् । वि.सं.१९९४ चैत २२ गते रामेछापमा जन्मिएका शर्मालाई ८४औं जन्मोत्सवका अवसरमा विभिन्न साहित्यिक संस्थाले आइतबार राजधानीमा अभिनन्दन गरेका हुन् ।  वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई अभिनन्दन गर्दै शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी । तस्बिर : गणेश राई/कान्तिपुर शर्माको योगदानबारे श्रीओम श्रेष्ठ ‘रोदन’, किशोर पहाडीलगायतले चर्चा गरेका थिए भने ४५ वटा विभिन्न साहित्यिक संस्थाले अभिनन्दन गरेको अध्यक्ष आलोकले जनाएका छन् । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले साहित्यकार शर्मा र उनकी पत्नी कमला शर्मालाई अभिनन्दन प्रदान गरेका हुन् । साहित्यकार पवन आलोकका अध्यक्षतामा गठित ‘वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा अभिनन्दन मूल समारोह समिति’को तर्फबाट अभिनन्दन गरिएको हो । अभिनन्दित शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ उपन्यास कृति, ‘पीपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कथासंग्

बढ्दो जनसंख्याको व्यवस्थापन : जायदा खातुन

Image
  बढ्दो जनसंख्याको व्यवस्थापन जनसंख्या नियन्त्रणमा मात्र एकोहोरो ध्यान दिइरहँदा जनसंख्या र साधनको विकासमा समुचित सन्तुलन कायम राख्न पनि उत्तिकै पहल हुनुपर्छ । आर्थिक विकास दर र जनसंख्या वृद्धिदरमा सामञ्जस्य हुनु आवश्यक छ किनकि जनसंख्या आफैंमा समस्या अवश्य होइन । चैत्र २३, २०७७ जायदा खातुन राष्ट्रिय जनगणना–२०७८ मा नेपालको जनसंख्या लगभग ३ करोड पुग्ने अनुमान गरिएको छ । एघारौं जनगणना–२०६८ का अनुसार जनसंख्या वृद्धिदर १.३५ प्रतिशत प्रतिवर्ष छ । यसपालिको जनगणना कोरोना महामारीबीच हुँदै छ । क्षेत्रफलअनुसार नेपालको जनसंख्याको आकार त्यति ठूलो होइन । तैपनि देशको भौगोलिक बनावट, उपलब्ध स्रोतसाधन, उत्पादन दर, उपलब्ध कृषियोग्य भूमि र आर्थिक वृद्धिदरलाई हेर्ने हो भने बढ्दो जनसंख्याले समस्या ल्याउन सक्छ । त्यसो हुन नदिन बढ्दो जनसंख्याबाट कसरी फाइदा उठाउने भन्नेबारेका योजनाहरू बेलैमा बनाउनुपर्छ । अर्थतन्त्र उकास्न युवा वर्गलाई कृषिलगायत उत्पादन र निर्माणका विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिन्छ । बढ्दो जनसंख्यालाई देश विकासमा उपयोग गर्न सकिन्न भने नियन्त्रणको बाटोमा लाग्नुपर्छ । जनसंख्या वृद्धिले सामाजिक,

खुवालुङ पुगेर मुख्यमन्त्री राईले भने- फुटाउने होइन, संरक्षण गरी पर्यटकीय क्षेत्र बनाउने हो

Image
प्रकाशित मिति : Mar 31, 2021 विराटनगर, १८ चैत ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किरात समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताउनुभएको छ । उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै उहाँले विश्वमा रहेका नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी आकर्षक केन्द्रका रूपमा विकास गरी पर्यटकको आगमन वृद्धि गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जलयात्राका सम्बन्धमा विज्ञहरुद्वारा विस्तृत अध्ययन गरी खुवालुङ दायाँबायाँ पानीजहाज सञ्चालन गर्ने सम्बन्धमा काम भइरहेको बताउँदै उहाँले यस क्षेत्रका बृहत् विकास योजनाका लागि सङ्घीय सरकारले सहयोग गर्ने बताउनुभयो । मुख्यमन्त्री राईले सङ्घीय र प्रदेश सरकारले खुवालङ (ढुङ्गा) फुटाउने सम्बन्धमा कुनै निर्णय नगरेको प्रष्ट पार्दै यस सम्बन्धमा भएका गलत प्रचार र भ्रममा नपर्न नागरिकसँग आग्रह गर्नुभयो । उहाँले समृद्धिको आधार कोशी नदी भएको चर्चा गर्दै धार्मिक, संस्कृतिक र यस क्षेत्रका सम्पदाको उत्थान गरी जलयात्रालाई किमाथाङ्का पुर्याउ

यायोक्खाको निप्सुङ ३८ औ अंक सार्वजनिक

Image
  रातो कलम     चैत १९, २०७७ बिहिबार 8 Shares अ   अ   अ मोरङ ।  किरात राई यायोक्खाको केन्द्रीय समितिले प्रकाशन गर्दै आएको निप्सुङ ३८ औ अंक बुधबार सुनसरीको धरानबाट सार्वजनिक भएको छ ।  केन्द्रीय तथ्याङ्क बिभागले आगामी जेठ २५ देखि असार ८ गते सम्म १२ औ राष्ट्रिय जनगणना गर्दैछ । गणनामा राई समुदायको सहि तथ्याङ्कको लागि किरात राई यायोक्खाले प्रदेश ब्यापी अभियान सञ्चालन गर्दै आएको छ ।  निप्सुङ ३८ औं अंक जनगणना विशेषाङ्कको रुपमा प्रकाशन भएको हो । धरानको यलम्बर स्मृर्ति भवनमा आयोजित निप्सुङ सार्वजनिक तथा प्रशिक्षण कार्यक्रममा यायोक्खा केन्द्रीय अध्यक्ष दिबस राई, १ नम्बर प्रदेश समिति संयोजक पारशमणी राई, महासचिव जनक राई, उपमहासचिव शुभचन्द्र राई, सचिव तथा निप्सुङको प्रधान सम्पादक अर्जुन जम्नेली राई, सचिव दोर्पध्वज राई पूर्ब पदाधिकारी सदर राई लगायतको उपस्थितिमा सार्वजनिक भएको हो ।  निप्सुङमा डा. तारामणी राई, पत्रकार गणेश वाम्बुले राई, किरात राई प्राज्ञ परिषदको कुलपति जयकुमार राई, राष्ट्रिय आदिबासी जनजाति उत्थान प्रतिष्ठानको पूर्ब उपाध्यक्ष जितपाल किरात, यायोक्खा पूर्ब केन्द्रीय उपाध्यक्ष दुर्गा राई,