Posts

Showing posts from May, 2019

सिंगो माला उन्नै बाँकी छ

Image
64 Shares   Share   Tweet   Share आभास २०७६ बैशाख ७ शनिबार १२:५४:०० अहिलेको राष्ट्रगान बन्ने बखत केहीलाई त अभियुक्त नै ठान्ने बतास चलेको थियो । त्यो बतासले उडाएको धुलोभित्र म पनि थिएँ । गणतन्त्रमा आफ्नो स्वमूल्यांकन यस कोणबाट पनि गर्ने आँट गर्नुपर्छ झैँ लागेर यसो लेख्दै छु । मैले आफैँलाई किन अभियुक्त भन्नुपर्ने अवस्था आइप‍-यो ? त्यसभित्र धेरै अन्तरकथा लुकेका छन् । हुन त वर्तमान यथार्थमा अब ती कथाको त्यति ठूलो अर्थ छैन भन्ने लाग्छ । तर, हामीले हाम्रो विगतबारे सबै कुरा लुकाएर राखिराख्नु पनि उचित हुँदैन । लाग्छ, भन्न मिल्नेसम्म भन्नुपर्छ । भन्दै जानुपर्छ । तर, विगतको धुलोलाई उधिनेर फेरि धुलो उडाउने नियतले भने होइन, अनुभवबाट केही सिक्ने अभिप्रायले । त्यसैले सर्वप्रथम म भन्छु– हाम्रो वर्तमान राष्ट्रगानलाई म एक निमेष पनि अपमान गर्दिनँ । त्यसैले सभा समारोहमा राष्ट्रगान बज्दा जुरुक्कै उठेर यसप्रति सम्मान अर्पण गर्छु । तर, यसलाई बुन्ने अथवा चुन्ने वेलाको प्रक्रियासँग भने म शतप्रतिशत असहमत थिएँ । मलाई लागेको थियो– राष्ट्रगान लेख्ने सिर्जनाकर्म प्रतियोगिताको विष

राष्ट्रगानको राजनीति

Image
59 Shares   Share   Tweet   Share आहुति २०७६ बैशाख ७ शनिबार १२:४९:०० ६२/६३ को जनआन्दोलनपछि सामन्ती राजतन्त्रसँग जोडिएका पुराना परिचय हटाउने विषय जनस्तरबाटै सुरु भएको थियो । चोक, क्याम्पस आदिका नामबाट राजाहरूका नाम हटाएर गणतन्त्रलाई व्यक्त गर्ने नामहरू राख्ने लहर नै केही समय चल्यो । त्यही वेला स्वाभाविक रूपमा नेपालको पुरानो राष्ट्रगान पनि फेर्नुपर्ने आवश्यकता जन्मियो । किनभने बुझिएकै कुरा हो, ‘श्रीमान् गम्भीर ...’ वाला पुरानो राष्ट्रगान ‘भूपति’ अर्थात् राजाको स्तूतिगीत थियो । सरकारले हतार–हतार नयाँ राष्ट्रगान तयार पार्न प्रशासनिक तरिका अपनाउन सुरु गरेको थियो । पुरानो मानसिकताको मन्त्रालयको कर्मचारीतन्त्र त्यस कार्यमा निकै सक्रिय देखिन्थ्यो । गणतन्त्रका निम्ति लडेका साहित्यिक क्षेत्रलाई त्यो अपारदर्शी तरिकाद्वारा नयाँ राष्ट्रगान बनाउन लागेको प्रकरण पटक्कै स्वीकार्य हुनै सक्दैनथ्यो । त्यसैले त्यस प्रकरणको गम्भीर विरोध सुरु भयो । तत्कालीन माहोल यस्तो थियो, आन्दोलनकारी जमात बोल्न थालेपछि सरकार तुरुन्त सहमत हुनैपथ्र्यो ।  त्यसपछि नै नयाँ राष्ट्रगान तयार पार

बहस - राष्ट्रगानमा किन यस्तो राजनीति ?

Image
बहस 1.1k Shares   Share   Tweet   Share स्वागत नेपाल २०७६ बैशाख १४ शनिबार ०८:१५:०० | काठमाडाैं झन् नयाँ’ (७ वैशाख ०७६) को अघिल्लो अंकमा आदरणीय सर्जकद्वय आहुति र आभासको नेपालको राष्ट्रगानमाथि लेखिएको आलेख पढेपछि राष्ट्रगानसम्बन्धी विश्वका केही अभ्यास हेर्न र हाम्रै नेपालमा एकैपटक दुई–तीनवटा राष्ट्रगान चलनमा रहेका केही पाटा सम्झन मन लाग्यो ।   पञ्चायतकालमा हामी हलमा सिनेमा हेर्न जाँदा पहिले ‘श्रीमान् गम्भीर नेपाली...’ बजाइन्थ्यो । सबैले उठेर सम्मान जनाउनुपथ्र्यो । नउठ्नेलाई सादा पोसाकका प्रहरीले पक्राउ गर्थे । हलभित्र पञ्चायत व्यवस्थाविरोधीले फिल्म हेर्ने निहुँमा फिल्म हेरिसक्दा सुटुक्क मिटिङ पनि गरिसक्थे ।  केही समयअघि भारतको सिनेमा हलमा राष्ट्रगान अनिवार्य रूपमा बजाउन अदालतले २०१६ नोभेम्बर ३० मा दिएको आदेशलाई आफैँ सुधार गर्दै २०१८ जनवरी ९ मा सिनेमाहलमा राष्ट्रगान बजाउन अनिवार्य नहुने फैसला ग¥यो । हलमा राष्ट्रगान अनिवार्य गरिने हो भने हरेक बिहान अदालतका इजलासमा पनि राष्ट्रगान अनिवार्य बजाउनुपर्ने भन्दै रिट दायर भएपछि त्यहाँका प्रधानन्यायाधीश दीपक मिश

'आदिवासी’ शब्दको पहिलो प्रयोग

Image
573 Shares   Share   Tweet   Share राजकुमार दिक्पाल २०७५ चैत ३० शनिबार ०८:३०:०० | काठमााडाैं ‘साम्प्रदायिक’ भनी निधार खुम्च्याउनेहरू धेरै छन्, जब उनीहरू सुन्छन्, ‘आदिवासी’ र ‘जनजाति’ शब्द । तर, सामाजिक र सांस्कृतिक सवालसँग मात्र होइन, सामुदायिक अधिकारवादी राजनीतिक मुद्दासँग पनि ‘आदिवासी’ र ‘जनजाति’ शब्दको सम्बन्ध स्थापित भइसकेको छ । नेपालको संविधानले पनि संवैधानिक रूपमा आदिवासी–जनजाति शब्द प्रयोग गरिसकेको छ । सम्बन्धित आदिवासी–जनजातिका संघहरूले मात्र नपुगी महासंघ सक्रिय छ । राजनीतिक दलहरूले भातृसंस्थाका रूपमा आदिवासी जनजातिका महासंघ निर्माण गरेका छन् । कतिपय राजनीतिक दल त आदिवासी जनजाति सवालमै केन्द्रित छन्, चाहे तिनीहरू मत प्राप्तिका हिसाबले आकारमा सानै दल किन नहुन् ? आदिवासी जनजाति महिला, सञ्चारकर्मी, विद्यार्थी आदिले पनि महासंघ सक्रिय गराएका छन् । आदिवासी जनजाति कानुन–व्यवसायी पनि उत्तिकै सक्रिय छन् । पहिलो आदिवासी दूत आदिवासी जनजातिको अधिकारको आन्दोलनको पहिलो दूत मानिन्छन्, क्यानडाका इरोकी आदिवासीमध्येका कयुगा मुखिया देशकाहे । उनले सन् १९२३ मा आ

लैनसिंह वाङ्देल - सिद्धिचरणजीको न्यानो ओभरकोट

Image
लैनसिंह वाङ्देल २०७६ जेठ ११ शनिबार ०८:२०:०० | काठमाडाैं सन् १९५१ को अप्रिल महिना । कलकत्ताबाट म ‘प्रभात’ नामको मासिक पत्रिका निकाल्ने तयारीमा थिएँ । ‘प्रभात’मा प्रकाशन गर्न एउटा कविता पठाउन मैले कवि सिद्धिचरण श्रेष्ठलाई चिठी लेखेको थिएँ । उनले मेरो अनुरोध सहृदयताका साथ स्विकारे र ‘प्रभात’ शीर्षकमै एउटा कविता पठाए । उनले आफ्नो शुभकामना र आशीर्वादसहित त्यो कविता पठाएका थिए । उनको त्यो कविताले मलाई निकै खुसी र उत्साहित बनाएको थियो, किनभने उनी मेरा प्रिय कवि थिए । ‘प्रभात’का निम्ति उनको आशीर्वाद समयमै प्राप्त भयो र कवितामा उनले यसप्रकार आफ्नो भावना व्यक्त गरेका थिएः ‘प्रभात रे, प्रभात रे, नवीन ज्योति खुल्छ रे,शताब्दीदेखि मुर्छित, अचेतन प्राण उठ्छ रे ।’ उनी निकै प्रतिभाशाली कवि भएको कुरा मलाई थाहा थियो । तर, उनको बहुमुखी प्रतिभाबारे मलाई सूर्यविक्रम ज्ञवालीको लेख ‘नेपालका दुई तारा’ पढेपछि अझ बढी थाहा भयो । त्यो लेखमा ज्ञवालीले नेपालका दुई कवि लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरणलाई ‘नेपालका दुई तारा’ भनेका थिए । वास्तवमा दार्जिलिङमा बस्ने कसैले यस्तो विषयमा लेखेको त्यो नै पहि