Posts

Showing posts from August, 2023

Chasing the ‘lahure’ dream

Image
  Prakash Chandra Timilsena Published at : August 26, 2023 Updated at : August 26, 2023 10:07 Nineteen-year-old Bikram Tamang wakes up every day at five in the morning. He washes up and puts on his running shoes. As the soft rays of the morning sun fall upon the still and quiet of the Valley, he steps out of his house and does some warm-up exercises. Except for women rushing to nearby temples with fresh flowers and half-awaken students slopping away to morning classes, the streets are mostly empty. Savouring in this momentary silence in a city that thrives in its eclectic chaos, Bikram begins running. Bikram Tamang, 19, has already passed the first round of selection for Singapore police. The second round will take place on September 3.  Prakash Chandra Timilsena/TKP From Imadol in Lalitpur, he runs all the way to the ‘Bright Gurkha Training Center in Koteshwar.’ All the while, one single image continuously plays in his mind—getting into the Singapore police and becoming a

अन्तर्वार्ता– प्रज्ञा प्रतिष्ठान भाले जुधाइ गर्ने र गराउने थलो होइनः भुपाल राई

Image
 २०८० श्रावन २७, शनिबार   संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले भुपाल राई लाई नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्त गरेको आगामी भदौ ४ गते ६ महिना पुग्दैछ। राई नेतृत्वको प्रज्ञा प्रतिष्ठानले यसबीचमा नयाँ कामको थालनी मात्र गरेको छैन, पुराना कार्यक्रमहरूको ढाँचा पनि परिवर्तन गरेको छ। प्रज्ञा प्रतिष्ठानले गरेको कतिपय निर्णय विवादमा मात्र परेनन्, सर्वोच्च अदालतमा मुद्दा नै परेका छन्। राई नेतृत्वको प्रज्ञा प्रतिष्ठानले गरेका काम र विवादका सम्बन्धमा उकालो का लागि प्रकाश गुरागाईं ले गरेको कुराकानीः प्रज्ञा प्रतिष्ठानमा तपाईंको समूह नियुक्त भएको करिब ६ महिना भयो। यो अवधिमा धेरै त मुद्दा र विवादमै अल्झिनुभएको हो? काम गर्न थालेदेखि नै अनेकौँ मुद्दा मामिला, झैँझगडा र उल्झन आए। तर हाम्रा काम ओझेलमा परेका छैनन्। हुन त, यसो भन्नु आत्मप्रशंसा होला। तर आत्मप्रशंसाको लागि यसो भनिएको होइन। बाहिरबाट कामै गर्न नसक्ने वातावरण बनाइएको छ। भित्र पनि काम गर्न सहज छैन। यो परिस्थितिमा पनि केही काम गरिएको छ र प्रभाव पनि परेकै छ। मुद्दा र झमेलाका बावजुद नयाँ कामहरू शुरुआत पनि गरिएको छ। दोह

'टोरोन्टो' मा 'गाउँ आएको बाटो' को वर्ल्ड प्रिमियर

Image
  श्रावण २५, २०८० रीना मोक्तान काठमाडौँ — नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' ४८ औं 'टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल' को ‘सेन्टर पिस’ सेक्सनमा छनोट भएको छ । सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने फेस्टिभलमा यो फिल्मको वर्ल्ड प्रिमियर हुने भएको हो । यसअघि दीपक रौनियारको 'सेतो सूर्य' र लघु फिल्मतर्फ राजन कठेतको 'बियर ट्रिज इन्द दि मिस्ट'ले फेस्टिभलमा उपस्थिति जनाएको थियो ।  गाउँमा बाटो आएपछि बाबु र छोराको सम्बन्धमा आउने उतारचढावमाथिको कथा हो, 'गाउँ आएको बाटो' । २०/२२ वर्षअघि विदेश जाँदा विदेसिने नेपालीहरूको दृश्यले सुब्बालाई वैदेशिक रोजगारीमाथिको कथामा फिल्म गर्नुपर्छ भन्ने भएको थियो । 'विदेशलाई आफ्नो सपनाको थलो किन बनाउँछन् भन्ने त हाम्रो लामो परम्परा नै हो । किन हाम्रा मानिसहरू काम खोज्नलाई विदेश नै जानुपर्छ भन्ने विषयले दिमागमा हिर्काइरहेको थियो । हाम्रो सामाजिक, आर्थिक, राजनैतिक संरचनाले उचित तरिकाले काम नगर्दा भविष्यका लागि बाहिर जानुपर्ने बाध्यता छ । भविष्यका लागि मात्रै नभइ जीविकोपार्जनका लागि नै बाहिरिनुपर्ने बाध्यता देखिन्छ

नेपालको नियम कानुनको नजरमा आदिवासी जनजाति

Image
  तस्बिर स्रोत, RSS  ९ अगष्ट २०२३   "आत्म निर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवाहरू" भन्ने नाराका साथ अगस्ट ९ तारिखका दिन नेपालमा पनि विश्व आदिवासी दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू भएका छन्।   नेपालको कानुनले आदिवासी जनजातिलाई “आफ्नै मातृभाषा र परम्परा तथा रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूचीबमोजिमको जाति वा समुदाय”को रूपमा व्याख्या गरेको छ। ‍ राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको पूर्वअध्यक्ष चिनीमाया माझीका अनुसार “परापूर्व कालदेखि भोग चलन गर्दै आएको आफ्नो थातथलो भएका, आफ्नो मातृभाषा भएका, पहिचानसहितको अस्तित्व र अलग परम्परागत प्रथा तथा संस्कृति भएका" समुदाय आदिवासी हुन्।यद्यपि “सबै आदिवासी जनजाति भए पनि सबै जनजाति आदिवासी नहुने” उनको तर्क छ। नेपालको जनगणना २०६८ का अनुसार नेपालको जनसङ्ख्याको झन्डै ३५ प्रतिशत आदिवासी जनजाति हुन्।  नेपालका आदिवासी जनजातिको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासका लागि बनाइएको भनिएको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ ले नेपालमा पहिलो पटक आदि

काठमाडौंको ढुङ्गेयुग: पृष्ठभूमि– भिक्टर प्रधान

 काठमाडौंको ढुङ्गेयुग: पृष्ठभूमि भिक्टर प्रधान सोमबार, २५ असार, २०८० नेपालको प्राचीन इतिहास सम्बन्धी अध्ययन-अनुसन्धान मूलतः लिच्छविकालदेखिका शिलालेख र वंशावलीमा केन्द्रित र आधारित छ। मौखिक इतिहास-स्रोतको मिहिन अध्ययन र समीक्षाका प्रयत्नलाई प्रायजसो अप्रमाणित, आग्रही प्रस्तुति मानिन्छ। त्यसकारण यहाँका बहुधा इतिहासकार वंशावलीले सङ्केत गरेका लिच्छवि, किरात, महिषपाल र गोपालहरू कहाँबाट कसरी आए भनेर माथापच्ची गरी एकै घेरोमा घुमिरहेका देखिन्छन्, मानौं त्यस बाहेक काठमाडौं वा नेपालमा अरू केही छँदै थिएन र हुनै सक्दैन। हो, वरपरका अन्य ऐतिहासिक तथ्य-प्रमाणबाट पुष्टि नभएका मौखिक पुराना सामग्रीको सतही व्याख्या प्रायः पूर्वाग्रही हुन्छ। तर, यसको मिहिन अध्ययन विना शिलालेख आदि ठोस सामग्रीको अभाव रहेको क्षेत्रको ऐतिहासिकता आकलन गर्न सकिंदैन। खासमा काठमाडौं उपत्यकामा गोपालहरूभन्दा अघिदेखि नै आवादी थियो। त्यतिखेरका सम्भावित अनेक आदिम जातिमध्ये नाग जाति एक रहेको पुराणहरूमा उल्लेख छ। पुराणका कथनमा यो उपत्यका विशाल दह रहेको र नागबारे पनि चर्चा गरिएको पाइन्छ। पुराणका कतिपय कथन इतिहास र विज्ञानको दृष्टिले अपत्

काठमाडौंको ढुङ्गे युगको धरातलीय जाति नाग : भिक्टर प्रधान

  ३ घण्टा पहिले 132 Shares facebook sharing button काठमाडौंको ढुङ्गे युगको धरातलीय जाति नाग [यो लेख ‘काठमाडौंको ढुङ्गेयुग: पृष्ठभूमि’ को पूरक हो।] भिक्टर प्रधान नेपाल-खाल्डो अर्थात् काठमाडौं उपत्यका विगतमा विशाल दह भएकाले यसको धरातल खेतीका लागि निकै मलिलो थियो। यसकै कारण काठमाडौं सभ्यताको विकासक्रममा कृषियुगीन पाषाणकालदेखि यहाँ प्रवेश गरेका मानिस सकभर अन्यत्र गएनन् र यहाँ बसाइँ आउने क्रम पनि बढ्दै गयो। विश्व फलाम युग हुँदै औद्योगिक युगमा प्रवेश गरे पनि काठमाडौं सहित सिङ्गो नेपाल आधा शताब्दी अघिसम्मै प्रारम्भिक फलाम युगीन कृषि सम्बन्धी आर्थिक पृष्ठभूमिमा रहेको यहाँको आर्थिक-सामाजिक संरचनाले छर्लङ्ग पार्छ। नेपाली जनजीवनमा आरन, घट्ट, सिलौटा, जाँतो, हाँडी, घैंटा, नल-पँधेरो आदिको पकड यसैका ज्वलन्त उदाहरण हुन्। केही दशक अघिसम्म शहरबजारमा पनि देखिने यी वस्तु दूरदराजका गाउँमा त अझै पनि जीवनपद्धतिकै रूपमा प्रयोगमा छन्। प्रागैतिहासिक र ऐतिहासिककालमा नेपाल-खाल्डोको सुरक्षित पर्यावरण र उर्वर कृषिभूमिकै कारण बसाइँ आएका मानिसले सानो परिधिको माटोलाई ‘धेरै शताब्दीदेखि खेतीका लागि घना गरा प्रविधिमा खनि