Posts

Showing posts from March, 2023

नेपालका केही गढीहरु

Image
  Tul Khadka - तुल खड्का April 6, 2018 नेपालका केही गढीहरु च्याङ्थापु गढी : पाँचथर हतुवा गढी : भोजपुर कोङ्कटेनी गढी : ओखलढुंगा सिन्धुली गढी : सिन्धुली पौवागढी : सिन्धुली पुरादित्य गढी : महोत्तरी दुगुना गढी : सिन्धुपाल्चोक रसुवा गढी : रसुवा मकवानपुर गढी : मकवानपुर चिसापानी गढी : मकवानपुर हरिहर पुर गढी : बारा सिम्रौन गढ : बारा मिर्लुङ्कोट गढी : तनहुँ -- अरु तपाई थप्नुहोस् है !-- सङ्कलन ;;;; ननिता श्रेष्ठ खोटाङको हलेसी गढी धनगढी कैलाली Chanudandi gadi ..udaypur अमरगढी / डडेलधुरा गढीगाउँ र पौवागढी बझाङ गढी गाऊ : भोजपुर ( दिङ्ला ) https://www.facebook.com/Loksewasarathi/posts/pfbid0FVPWmys5vEzjPmnnKSC3tnEtQiYqJhxFvVrs1CYZjhydUCYuqdNry9UhUQythqctl

‘नेपालका गढी–किल्ला दर्पण’ लाई नियाल्दा

Image
  काठमाण्डुपाटी प्रकाशित मिति : २०७७, २४ श्रावण शनिबार मोहन थापा,सुबेदार (अ.प्रा.) काठमाण्डु – प्राचीन हिन्दुशाश्त्रका आचार्यहरु मनु, वृहस्पति, भीष्म, चाणक्य लगायतले राज्यका सात अङ्ग : स्वामी वा राजा, अमात्य वा मन्त्री, पुर, दुर्ग वा राजधानी, निवासि तथा जनता, भण्डार वा कोश, दण्ड वा बल (सेना) र सुहृत वा मित्रलाइ अभिन्न मानेका छन । उनीहरुको मत छ : उपरोक्त सात अङ्ग राज्यरुपी शरीरका अङ्ग वा अवयव हुन् । जसरी कुनैपनि मानिस उपर कोही कसैले आक्रमण गरेमा सबैभन्दा पहिले उसले आफ्ना हातले प्रतिकार गर्दछ, रोक्ने प्रयास गर्दछ, त्यसरी नै राज्यमाथि बिदेशीले आक्रमण गरेमा राज्यका पहरेदारहरुले दुर्ग, किल्ला वा गढीमै लुकेर, आड लिएर शत्रुको आक्रमणको प्रतिकार गर्न सफल हुन्छन् । राज्य जोगाउन सक्दछन् । तसर्थ राज्यको सुरक्षा र संरक्षणका लागि दुर्ग, किल्ला वा गढीको धेरै महत्व छ । प्राचीनकालका सैन्य बिश्लेषकको भनाइ छ : कोश, बल (सेना) र दुर्ग, किल्ला वा (गढी) को अभावमा कुनैपनि देशको राजा/राष्ट्रप्रमुख शत्रु देशको अधीन हुन विवस हुनेछ । लेखक अम्बिकाप्रसाद वाज

ऐतिहासिक महत्त्वका गढीहरूको संरक्षण गर्नुपर्छ : प्रधानसेनापति शर्मा

Image
  खबर सेन्टर डेस्क १७ कार्तिक २०७८   मकवानपुर  । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ऐतिहासिक महत्त्वका गढीहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । बुधबार मकवानपुरस्थित चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गर्दै उनले नेपाली सेना यस्ता गढीको संरक्षणका लागि भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

ऐतिहासिक महत्वका गढीहरूको संरक्षण गर्नुपर्छ : प्रधानसेनापति

Image
  नयाँ पेज १७ कार्तिक २०७८, बुधबार मकवानपुर, १७ कात्तिक । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ऐतिहासिक महत्वका गढीहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । बुधबार मकवानपुरस्थित चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गर्दै उनले नेपाली सेना यस्ता गढीको संरक्षणका लागि भूमिका निर्वाह गर्न तयार रहेको बताए । प्रधानसेनापति शर्माले तत्कालीन समयमा देशको रक्षा गर्न बनाइएका गढीहरु नेपालको इतिहाससँग जोडिएको भन्दै सबैले यिनको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले ऐतिहासिक चिसापानी गढी संरक्षणमा स्थानीय तहले अग्रसरता देखाएकोमा खुशी प्रकट गरे ।  देशको भौगोलिक सीमा रक्षार्थ बनाइएका गढीहरु नेपाली सेनाको इतिहाससँग समेत सम्बन्धित रहेको भन्दै उनले विभिन्न स्थानमा रहेका यस्ता गढीको संरक्षणमा सेनाले आवश्यक भूमिका निर्वाह गर्ने बताए । https://www.nayapage.com/archives/353614

ऐतिहासिक महत्वका गढीहरुको संरक्षण गर्न आवश्यक छ : प्रधानसेनापति शर्मा

Image
  3rd November 2021, 08:28 pm | १७ कात्तिक २०७८  हेटौँडा : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ऐतिहासिक र पुरातात्विक महत्वका गढीहरुको संरक्षण आवश्यक रहेको बताएका छन्। बुधवार भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले यस्ता गढीको संरक्षणका लागि नेपाली सेना आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको समेत बताए। प्रधानसेनापति शर्माले तत्कालीन समयमा देशको रक्षा गर्न बनाइएका गढीहरु नेपालको इतिहाससँग जोडिएको भन्दै सबैले संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले ऐतिहासिक चिसापानी गढी संरक्षणमा स्थानीय तहले अग्रसरता देखाएकोमा खुशी प्रकट गरे। देशको भौगोलिक सीमा रक्षार्थ बनाइएका गढीहरु नेपाली सेनाको इतिहाससँग समेत सम्बन्धित रहेको भन्दै उनले विभिन्न स्थानमा रहेका यस्ता गढीको संरक्षणमा सेनाले आवश्यक भूमिका निर्वाह गर्ने बताए। उनले गढी परिसरमा राष्ट्रिय झण्डा झण्डोत्तोलनसमेत गरेका छन्। त्यस्तै, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले संस्कृति, पर्यटन त

नेपाल एकिकरणको बेला प्रयोग गरिएको गढी, किल्ला र कोट खोज्दै सेना

Image
  Dhruba Lamsal मंसिर ३०, २०७७ १०:५९ बिहान  सिन्धुपाल्चोक । नेपाली सेनाले ऐतिहासिक पदमार्ग,कोट,गढी तथा किल्लाहरुको पहिचान तथा त्यसको संरक्षणका लागि अभियान सुरु गर्ने भएको छ । पुर्खाहरुले नेपाल एकिकरणको बेला प्रयोग गरेका पदमार्ग,किल्ला र गढीहरु लोप हुदै गएको र भावी पुस्तालाई त्यसको महत्वको ’boutमा जानकारी दिने उदेश्यले संरक्षणको अभियान सुरु गर्ने भएको हो । नेपाली सेनाले सिन्धुपाल्चोक,काभ्रे र दोलाखा जिल्ला भित्र रहेका त्यस्ता ऐतिहासिक पदमार्ग,कोट तथा गढीहरुको पहिचान गरेर संरक्षणका लागि अभियान नै सुरु गरेको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाको मध्य पृतना हेडक्वाटर अन्र्तगत २६ नम्बर बाहिनी अड्डा भकुण्डे अन्र्तगत रहेका तिन जिल्लाका ऐतिहासिक क्षेत्रका संरक्षणका लागि त्यस क्षेत्रका सरोकारवालहरुसँग अन्र्तक्रिया समेत गरेको छ । नेपाल एकिकरणको बेला तिब्बतसँगको लडाइका क्रममा काठमाडौकोसाँखु, सिन्धुपाल्चोकको भोटेचौर, मेलम्ची, नवलपुर,चौतारा, जलविरे,हगाम,लिस्तीकोट हुदै दुगानगढीमा पुगेको इतिहासमा उल्लेख गरिएको छ सिन्धुपाल्चोकको दुगानागढी,साँगाचोकगढी,लिस्तीकोट,का

गढी वा किल्ला

  प्राचीनकालमा शत्रु पक्षबाट सुरक्षाको लागि बनाइने वास्तु को नाम गढी वा किल्ला हो। यसलाई गढ , कोट र दुर्ग पनि भनिन्छ। गढी मुख्यतया ढुङ्गा आदिको चौडा पर्खालले घेरिएको त्यो स्थान हो जसभित्र राजा, सरदार (दुर्गपति) र सेनाको सिपाही (दुर्गपाल) आदि बस्ने गर्छन्। नगर, सैनिक छाउनी र राजप्रासादहरूको सुरक्षाको लागि गढीको निर्माण परम्परा अति प्राचीन कालदेखि चलिआएको छ। मानवविकासको क्रममा राज्यको अवधारणाको जन्म भएपछि राजाहरूले दरबारलाई आन्तरिक सुरक्षा र बाह्य आक्रमणबाट सुरक्षाको लागि गढीहरूको निर्माण गर्न थालेको देखिन्छ। [१] आधुनिक युगमा युद्धको साधनहरू र रण-कौशलमा वृद्धि तथा परिवर्तन भइसकेको कारण गढीको महत्त्व समाप्त भइसकेको छ। परिचय र इतिहास विश्वका प्राचीन सभ्यताहरूमा किल्लाबन्दी गरी सहरहरू बसाउने परम्परा थियो। [२] सिन्धु घाटीको सभ्यता लाई नै हेर्दा त्यस समयको नगर संरचना पूर्ण रूपमै किल्लाअनुरुप बनेको प्रमाण भेटिन्छ। वैदिककालक ग्रन्थहरूमा किल्लाको अभिलेख भेटिन्छ। रामायण मा चार प्रकारको किल्लाको वर्णन गरिएको छ [३] भने महाभारत को शान्तिपर्वको ८५औँ अध्यायमा दुर्गबारे वर्णन गरिएको छ।

चाखलाग्दो कुरा : किन बनाइन्थ्यो गढ र किल्लाहरु ?

Image
  सुदर्शन अर्याल २०७६ फागुन ९ गते १४:०१ मा प्रकाशित     धेरै लामो समय द्वेध राज्य चलेको मध्यकालीन राज्य व्यवस्थामा एउटाले गरेको काम अर्काेलाई चित्त नबुझ्दा सधैं आन्तरिक मनमुटाव बढ्दै गएको थियो । आपसी बेमेलका कारण मध्यकालीन समयमा स-साना राज्यहरुबीच झै-झगडाका घटनाहरु धेरै घटेको पाइन्छ । एउटा राज्यमा दुई जनाको शासन हुँदा एउटाको काम अर्काेलाई मन नपर्दा खेताला बोलाएर आफ्नै घरमा आगो लगाउने चलन समेत मध्यकालीन राजनीतिमा धेरै पटक देखिन्छ । त्यसैले त कहिले तिरहुते त कहिले खसहरुले पटक पटक आक्रमण गरे । आफ्नै सहयोगीसँग चित्त नबुझेर धेरै पटक यहीका शासकले सिम्रौनगढबाट लडाकू झिकाएर उपत्यकामा आक्रमण गर्न लगाएको इतिहासमा स्पष्ट देखिन्छ । उत्तर मध्यकालसम्म पुग्दा बाइसे र चौबिसे राज्यहरुबीचको बेमेल, राज्य एकीकरणको असफल प्रयास आदिका कारण पनि धेरै समस्याहरु सिर्जना भयो । एकीकरणको सिलसिलापछि झनै नेपालमा युद्धको माहोल चुलियो । पछि अँग्रेजहरुसँगको युद्ध र त्यसपछि भोटसँगको युद्धले नेपालमा युद्धको परिपाटी लामो समयसम्म चलेको

जनगणना सकिएको १६ महिनापछि नतिजा : ३४ प्रतिशत जनसंख्या आर्थिक रूपमा निष्क्रिय

Image
  आएन जातजाति, भाषा र धर्मको तथ्यांक, समेटिएन लिपुलेकको जनसंख्या आर्थिकोपार्जनका लागि देशको आधा जनसंख्या कृषि पेसामा निर्भर तर समयमै मल, बीउ, प्रविधि, सिँचाइ, सहुलियतपूर्ण कर्जा, उत्पादित वस्तुको मूल्य निर्धारणलगायत सुविधाबाट किसान वञ्चित चैत्र ११, २०७९ सजना बराल ,  गणेश राई काठमाडौँ — आर्थिकोपार्जनका लागि कुनै पनि काम नगरी र काम नखोजी बस्ने नेपालीको संख्या ८२ लाख ११ हजार १२ पुगेको छ । आर्थिक रूपमा सक्रिय २ करोड ३९ लाख ५८ हजार ८ सय ६८ व्यक्तिमध्ये यो ३४.३ प्रतिशत हो । राष्ट्रिय जनगणना ०७८ को शुक्रबार सार्वजनिक नतिजाअनुसार नेपालमा बसोबास गर्ने १० वर्ष वा त्यसभन्दा माथिका (आर्थिक रूपमा सक्रिय) मानिसमध्ये ३९.५ प्रतिशत महिला र २८.६ प्रतिशत पुरुष आर्थिक रूपमा निष्क्रिय छन् । सबैभन्दा धेरै मधेशमा २२ लाख १९ हजार ५ सय ६७ जना (४६.५ प्रतिशत) आर्थिक रूपमा निष्क्रिय देखिएका छन् । त्यसपछि वाग्मतीका २० लाख १३ हजार ९ सय ९५ जना कुनै पनि आर्थिक काममा आबद्ध नभएको पाइएको छ । ‘सबैभन्दा धेरै ४६.९ प्रतिशत विद्यार्थी भएका कारण तिनले काम नगरेको देखिन्छ,’ जनगणना विवरण पुस्तिकामा भनिएको छ, ‘घरधन्दा, पारिवारिक ह