Posts

Showing posts from February, 2021

मेरो गणना, मेरो सहभागिता : शरु जोशी

Image
फाल्गुन ५, २०७७ शरु जोशी नेपालले २०७८ असारमा बाह्रौं राष्ट्रिय जनगणना गर्दै छ । नेपालले दिगो विकास लक्ष्यको मार्गचित्रले सन् २०१६–२०३० तथा पन्ध्रौं योजनामा लैंगिक समानता तथा सामाजिक समावेशी सूचकहरूको अनुगमन र मूल्यांकनका लागि चाहिने खण्डीकृत तथ्यांक उत्पादन गर्ने प्रतिबद्धता गरेको छ । २०५८ को जनगणनामा महिलाका नाममा घरजग्गा राख्ने परिवारबारे प्रश्न सोधिएको थियो । त्यस बेला करिब १० प्रतिशत परिवारले मात्र महिलाका नाममा घरजग्गा राखेको देखियो भने २०६८ मा १९.७ प्रतिशतले । यो तथ्यांकले प्रगति त देखाउँछ तर घरजग्गा पास गर्दा २० देखि ५० प्रतिशतसम्म छुट दिने नीतिका बावजुद ८० प्रतिशत परिवारले महिलाका नाममा घरजग्गा नराखेको देखिनुचाहिँ चिन्ताको विषय हो । नेपालले समानताका लागि ठूलठूला पहल गरेको देखिए पनि परिणाममा समानता ल्याउन नसकेको यो तथ्यांकले देखाउँछ । त्यसका लागि पनि आगामी राष्ट्रिय जनगणना–२०७८ ले समानता र समावेशीकरणका लागि बृहत् रूपमा आधार तथ्यांक तयार गर्दै छ । संघीय प्रणालीको पहिलो जनगणना भएकाले यो ऐतिहासिक हुनेछ । अधिकांश मुलुकले जनगणनामा अक्सर बाह्र प्रश्न सोध्छन्, किनकि प्रत्येक प्रश्नले ब

मुन्दुमी सभ्यतासंग जोडिएको 'खुवालुङ' भत्काउन खोजिएको भन्दै विरोध, 'खुवालुङ' वचाऊ अभियान समिति गठन

Image
  माघ २४, २०७७  कपुरी न्यूज धरान : किरातीहरुको आस्थाको सांस्कृतिक थलो खुवालुङले सप्तकोसीमा जेटवोट सञ्चालनमा अवरोध गरेको भन्दै भत्काउन खोजिएको भन्दै खुवालुङ बचाउ भेला आयोजक समितिले विरोध गरेको छ । समितिले शनिवार किरात राई यायोक्खाको सभा हलमा पत्रकार सम्मेलन गरी किरातीहरुको आस्थाको सांस्कृतिक थलो कुनै पनि बहानामा मास्न पाइँदैन भन्दै पत्रकार सम्मेलन गरेर विरोध गरेको हो । चतराबाट चल्ने जेट बोट सञ्चालनमा खुवालुङले अवरोध गरेको भन्दै खुवालुङ भत्काउन खोजिएको भन्दै खुवालुङको संरक्षण गर्नका लागि केही समय अधि खुवालुङ वचाऊ अभियानको एउटा समिति समेत गठन भएको छ । सो समितिले उक्त ठाउँ र खुवालुङ कुनै हालतमा पनि फोर्न मास्न पाइँदैन र हामी फोर्न मास्न दिँदैनौ अव निकट केही समयमा नै उक्त खुवालुङ बचाऊ अभियानको लागि एउटा पूर्ण समिति गठन गरी बैधानिकीकरणकों अभियान समेत थालिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । के हो खुवालुङ ? धार्मिक तथा सांस्कृतिक किराँती मुन्दुम र संस्कार संस्कृतिहरूमा अनिवार्य अपरिहार्य मानिएको त्रीवेणीघाट, भोजपुर, उदयपुर, धनकुटाको सङ्गम स्थलमा रहेको सो ठाउँलाई शाब्दिक अर्थमा किराँती भाषा

हामी अझै स्ट्राइकरद्वारा सञ्चालित क्यारिमका गोटी : ब्याकुल माइला

Image
  प्रकाशित: शनिबार, फागुन १, २०७७, ०८:३७:०० शिवराज याेगी 233 Shares मुलुकमा चलेको दशक लामो सशस्त्र द्वन्द्व शान्ति प्रक्रियामा रुपान्तरण भयो। निरंकुशताविरुद्धको जनआन्दोलनले मुलुकमा लोकतन्त्र स्थापना भयो।  त्यसपछि मुलुकको शासकीय संरचना फेरिन थाले। जनताको संविधान जनताले नै लेख्ने सुरुआत भयो। र देशमा लामो कालखण्डदेखिको राष्ट्रिय गान पनि फेरियो।  २०६४ वैशाखयता ब्याकुल माइला (प्रदीपकुमार राई) ले रचेको- सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची महाकाली ... ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल..।   राष्ट्रिय गान स्थापित भयो।  ‘एक जुगमा एकपटक’ हुने संविधानसभाको निर्वाचन दुईपटक गरेर भए पनि नयाँ संविधान बन्यो। त्यही संविधानद्वारा प्रदत्त अधिकारलाई संस्थागत गर्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भयो। देशको शासनसत्ता जनताले वामपन्थी शक्तिको हातमा पाँच वर्षका लागि सुम्पिए। विडम्बना देशले विश्वव्यापी महामारी भोगिरहँदा पनि सत्तासीन दल आन्तरिक वैमनस्य, जुँगाको लडाइँ र शक्तिको खिचातानीमा रुमल्लिए।  यति बेला अन्तरपार्टी वैमनस्यको कालो छ