Posts

Showing posts from August, 2020

फिचर - आत्मबल दरिलो बनाउँदै ज्येष्ठ नागरिक

Image
  रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बूढाबूढीलाई कोभिड–१९ संक्रमणको जोखिम धेरै हुने भन्ने त्रास चौतर्फी छ । त्यसैले ज्येष्ठ नागरिक रहेका घरपरिवारले सतर्कता अपनाएका छन् । जेष्ठ ९, २०७७ गणेश राई काठमाडौँ — साँझ–बिहान एकदुई किलोमिटर हिँड्ने उनी कोभिड–१९ संक्रमणको जोखिमले घरबाट टाढा गएका छैनन् । गण्डकी प्रदेशको म्यादी नाङ्गीमा जन्मिएका ९८ वर्षीय गेरु पुन (गर्बुजा) भन्छन्, ‘घर वरिपरि हिँड्ने, टीभीमा लोकदोहोरी हेर्ने, भजनकीर्तनका किताब पढ्ने गरेरै दुई महिना बित्यो ।’ उनी अहिले ललितपुरको ढोलाहिटीमा कान्छी बुहारी र नातिनीका साथ बस्दै आएका छन् । हीराशोभा तुलाधर पुन भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक हुन् । आँखाको तेज, कानको सुन्ने शक्ति र आत्मबल बलियो भएको उनको कथन छ । बुढ्यौली लाग्दै गरेपछि रक्तचाप, युरिक एसिड, सुगर, नसासम्बन्धी समस्या आउनु स्वाभाविक हो । तालिकाअनुसार औषधि सेवन गर्ने गरेको उनकी बुहारी प्रतिभा पुनले सुनाइन् । ‘लकडाउन भएपछि बीचमा बुबालाई रुघाखोकी लागेको थियो तर बेसार, ज्वानो पानी एक साता पिउनु भएपछि सबै ठीकठाक छ,’ उनले भनिन् । गेरु पुन काठमाडौं असनकी ९२ हीराशोभा तुलाधरको दैन

नेपाल आदिवासी जनजाति महासंघ :स्थापनाका क्षण संस्मरण

Image
  संस्मरण access_time २०७७ साल भाद्र १३ गते, शनिबार १२:२७ PM   chat_bubble_outline 0  Comments   folder_open   विचार-ब्लग सुरेश आले मगर नेपाल आदिवासी जनजाति महासंघ नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको साझा, सर्वोच्च र एक मात्र संस्था हो । विभिन्न राजनीतिक पार्टीहरूमा आबद्ध वा स्वतन्त्र, विभिन्न आस्था एवम् विचार बोकेका/नबोकेका, विभिन्न धर्म मान्ने/नमान्ने वा नास्तिक, मेचीदेखि महाकाली, हिमाल, पहाड तराई/मधेश, जताततैका सबै आदिवासी जनजातिहरूको यो साझा र सर्वस्वीकार्य चौतारी हो । महासंघ स्थापना भएको २७ वर्ष भइसकेको छ । सफलतासाथ अनन्तकालसम्म अघि बढिरहोस्- हार्दिक शुभकामना ! महासंघ स्थापना गर्दाका समय, परिस्थिति र क्रियाकलापहरूलाई आज २७ वर्षपछि यस लेखमा उल्लेख गर्ने जमर्को गरिएको छ । त्यति बेला महासंघ स्थापना गर्न सजिलो भने पक्कै थिएन । एकातिर, स्वयम् आदिवासी जनजातिहरूकै चेतना र साहसको स्तर । अर्कोतिर, निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाको आतङ्क र क्रूरता । पञ्चायत रहुञ्जेल त त्यस्तो सङ्गठनको निर्माण गर्न सम्भवै थिएन । त्यसैले स्थापना नै भएन । यद्यपि, केही सङ्गठनहरू भने फाट्टफुट्ट सामान्य रुपम

ऐतिहासिक वातावरण साहित्य सम्मेलनः एक समीक्षा - विजय हितान

Image
  विजय हितान विजय हितान अगस्ट ६, २० २० विजय हितान ५ औं वातावरण साहित्य सम्मेलन नेपाल भ्रमण वर्ष २०२० लाई पारेर काठमान्डूमा आयोजना गर्ने मुल योजना थियो । तर, कोरोना भाइरस महामारीका कारण सन् २०२० जुन ५ र ६ का दिन भर्चुअल माध्यमबाट सम्पन्न गरियो । भर्खरै बजारमा आएको जुम एप्समार्फत गरिएको यस साहित्य कार्यक्रम अति नै वातावरणमैत्री भएको मेरो ठम्याइ छ । किनभने, सम्मेलनमा न कोही उडेर आउन परयो न कोही गुडेर । नेपाल, इन्डिया, भुटान, रसिया, युरोप, अमेरिका, अफगानिस्तान, इङल्यान्ड र स्कटल्यान्डबाट सबै आआफ्नो कम्प्युटर स्क्रिनको चौतारीमा भेला भएका थियौं । यसरी घरमै बसेर विश्व सम्मेलनमा भाग लिंदा सहभागीका बहानले कार्बन उत्सर्जन गर्न परेन । आयोजकले कसैलाई जलपान ब्यवस्था गर्न परेन । यसो गर्न नपर्दा न त प्लास्टिक बोतलको पानी, न त प्लेट र कपको ब्यवस्था गर्नु परयो । यसले फोहरमैला उत्पादन भएन । फोहरमैला उत्पादन नभएपछि रिसाइक्लिङ र बिसर्जनको कुरा पनि उठेन । तर सन् २०१६ देखि बसालेको एउटा पृथक संस्कार भने यसपाली गर्न नपाउंदा म बेखुशी भएं । त्यो के भने, गमलामा सजिएको 
लालीगुरांसलाई जल अर्पण गरेर गोष्ठीको समुद्घ

महामारीमा कसरी गर्ने तथ्याङ्क संकलन ? - त्रिलोचन पंगेनी

  त्रिलोचन पंगेनी २०७७ भदौ ८ गते १०:४५ मा प्रकाशित महामारी वा आर्थिक संकटका बेला समाजमा विकसित पछिल्ला घटना वा परिस्थितिका सन्दर्भमा जानकारी राख्ने उत्सुकताका लागि वा नीति निर्माताका लागि वा समाजका आमनागरिकलाई सूचना दिनका लागि उच्च आवृतिका तथ्याङ्क वा सूचनाले ठूलो महत्व राख्छ । यस्तो बेला विकसित परिस्थिति अतिगतिशील हुन्छ । विकसित परिस्थितिको मूल्याङ्कन र भविष्यमा यसले लिने म्याग्नेच्युट (आयतन) प्रवृत्ति र अवाञ्छित दिशालाई नियन्त्रण गर्न उच्च आवृतिका तथ्याङ्कले पूर्वसूचना वा संकेत गर्छ । यस्ता तथ्यमा आधारित निर्णयहरू गर्नसकेमा समाजलाई दुर्घटनाबाट बचाउन सहयोग पुर्‍याउँछ । अति सुक्ष्म स्केलमा समयक्रम अनुसार संकलित तथ्याङ्कलाई उच्च आवृत्तिको तथ्याङ्क भन्ने गरिन्छ । प्रविधिको विकास अनुसार तथ्याङ्कलाई मिनेट, घण्टा र दिनको आधारमा अभिलेख गरिन्छ । भूकम्पका बेला बारम्बार हल्लिरहने जमिनको त्रासबाट कहाँकहाँ कति स्केलको भूकम्प गयो र  त्यसको क्षति कति भयो भन्ने जान्न हामी उत्सुक रहृयौं । नाकाबन्दीको बेला कति इन्धन, प्याज र तरकारी कतिबेला भित्रियो भन्ने कुरामा हामी टेलिभिजन वा रेडियो सुन्नमा व्यस्त र

परम्परागत १० बर्षे जनगणनाको औचित्य समाप्त ! -प्रा.डा. पुष्पकमल सुवेदी

Image
  -प्रा .डा. पुष्पकमल सुवेदी बि.सं. २०५८ र २०६८ सालमा सम्पन्न भएका जनगणनाहरुमा छोटोमा १० र लामोमा ५० भन्दा बढी प्रश्नावलीहरु समावेश गरिएको थियो । यी दुवै जनगणनाहरुमा लामो प्रश्नावलीहरु सोधिने घरधुरीको छनौट सर्वेक्षणको सिद्धान्तबाट निर्देशित थियो जुन परम्परागत १० बर्षे जनगणनालाई सरकारी तहबाट विदा गरिएको एक उदाहरण थियो । अव कोभिड-१९ को कहर नथपिएमा आउदो बर्ष बि.सं. २०७८ सालमा तोकिएको समयमा नेपालमा परम्परागत १० बर्षे जनगणना पुन सुरु गरिदैछ (अव अर्थ छैन) र यस्को लागि केन्द्रिय तथ्याङ्क विभागले जनगणनासंग सम्बन्धित कार्यहरुको पूर्व गतिविधिहरु सुरु गरिसकेको छ । यसै प्रसङ्गमा रहेर यो लेखमा केही सवालहरु उठाउने प्रयास गर्दैछु । नेपालमा जनगणना आधुनिक समयमा जनगणनाको परिभाषाभित्र जनसंख्याको वृहत क्षेत्र अटाएको पाइन्छ । कुनै पनि देशको सम्पूर्ण भूभागमा बसोबास गर्ने मानिसहरूको सामाजिक, सांस्कृतिक, आर्थिक, जनसांख्यिक पक्षसंग सम्बन्धित सूचना, जानकारी वा तथ्याङ्कहरूलाई निश्चित समयमा सङ्कलन गर्ने देखि प्रकाशन गर्ने सम्मको कार्यलाई जनगणना भनिन्छ । आधुनिक जनगणनालाई संयुक्त राष्ट्र संघले यस प्रकारले परिभाषित

Come over for a drink, Kanchhi by SIKUMA RAI

Image
  SIKUMA RAI   •  August 20, 2020   READ   6   MIN ‘अरक   चाना   बानाओ,   सीम्मा रक्सी   खान   आउ   है ,  कान्छी’ My father always says that the Rai people are “backward and lead a life of self-destruction” because there is too much alcohol in our culture. He has kept himself away–almost as an antidote–from even the smallest droplet of alcohol. The idea that we are a “backward” people has stuck with me for a long time, growing stronger as I read and heard our community’s scholars echoing the same ideas. I figured it was time to find out what  I  believed. So I set out to confront the people of the place where my father had constructed his beliefs, his hometown in Bhojpur–Sikteltar.  There, I questioned the men about why they drank alcohol excessively. In their answers, they brought up issues to do with religion and power. “Sumnima, the wife of the first Kirat man, Paruhang, created it and used it for various reasons,” they said. “Hence, we too must consume the gift of the goddess that