Posts

Showing posts from June, 2017

फिचर - अँध्यारोमै राष्ट्र गीतका रचनाकारको गाउँ

Image
-  गणेश राई र कुम्भराज राई , हिलेपानी (ओखलढुंगा) असार ६, २०७४- सम्साँझै टुकी बाल्नु पर्ने घर सायदै छन् । प्राय घरहरुमा सोलार बत्ती जोडिएका छन् । साँझ पर्नासाथ धिपधिपे उज्यालो बलेको देखिन्छ । तर, रात छिप्पिंदै जाँदा सोलारको चार्ज सकिएपछि अँध्यारोमा परिणत हुन्छ । यस्तै छ, हिलेपानी सोक्मटार गाउँ । दुधकोसी र सुनकोसी संगम बीचको गाउँ हो यो ।  पूर्वोत्तरबाट बग्दै आएकी दुधकोसी किनारामा सोक्मटार गाउँ छ भने पश्चिम–दक्षिणबाट पूर्वतर्फ बग्दैआएकी सुनकोसी नदीले हिलेपानी गाउँलाई छुन्छ । सोक्मटारदेखि करिब पाँच किलोमिटर मुनि दुधकोसी नदी सुनकोसीमा मिसिन्छ । यी दुई नदी उहिल्यैदेखि बगिरहेका छन् । जलसम्पदाले घेरिएको गाउँमा भने खानेपानीको अभाव छ । बिजुली बत्तीको अभाव छ । यही हो, राष्ट्रिगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)को जन्मथलो ।  २०६२/०६३ को जनआन्दोलनले दुईसय वर्ष लामो शाही शासन हटायो । लोकतन्त्र आयो । लोकतन्त्रमा नयाँ राष्ट्रिय गान आयो । तर, त्यही राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको जन्मगाउँमा भने उज्यालो आउन सकेन । यहाँको मानेभन्ज्याङ गाउँपालिका–६ (साबिक थाक्ले गाविस)मा पर्ने ह

कला/साहित्य - युगकवि सिद्धिचरण जन सम्मान त्रिपाठी र सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पुष्पहरिलाई

Image
काठमाडौं, ९ जेठ । नेपाली कविता तथा लोक साहित्यका क्षेत्रमा योगदान पु‍र्याए बापत् युगकवि सिद्धिचरण श्रेष्ठको १०६ औं जन सम्मान वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा. वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०६ औं जन्मजयन्तीका अबसरमा मंगलबार काठमाडौमा आयोजित बिशेष समारोहका बिच राष्ट्रपति बिद्यादेवी भण्डारीले कवि एवं संस्कृतिविद् दिवसलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । युगकवि सिद्धिचरण श्रेष्ठको १०६ औं जन सम्मान डा. वासुदेव त्रिपाठी रु १ लाख सहित प्रदान गरिएको थियो । त्यस्तै समारोहमा सञ्चारकर्मी जयदेव भट्टराईलाई २०७२ को, पुष्पहरि क्याम्पा राईलाई २०७३ को र नरेशवीर शाक्य २०७४ को सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । युगकवि सिद्धिचरण पुरस्कारमा एक लाख रुपैयाँ र ताम्रपत्र रहेको छ भने पत्रकारिता पुरस्कारमा जनही २५ हजार रुपैयाँ रहेको छ । समारोहलाई सम्बोधन गर्दे राष्ट्रपति भण्डारीले युगकवि सिद्धिचरण श्रेष्ठको सिर्जनाका बिषयमा चर्चा गर्दे नेपाललाई बिविधता भित्र एकताको भावना लिएर अघि बढ्न मार्गदर्शन हुने बताउनुभयो । त्यस्तै सिद्धिचरण युवा

कोरिया - विशेष शिक्षामै पीएचडीको धुमधाम

Image
जेष्ठ २६, २०७४-  दक्षिण कोरिया सरकारले विशेष शिक्षाको विकासको विधिवत् र बृहत्तर कार्यान्वयन थालेको साढे दुई दशक हुँदै छ। उसले सन् १९९३ मा नेसनल इन्स्टिच्युट अफ स्पेसल एजुकेसन (एनआईएसई) स्थापना गरेपछि बाटो फराकिलो भयो। यद्यपि इतिहास भने अलिक लामो छ। विश्वयुद्धमा आफैं अपांग बनेका एक युवाले आफूजस्तै अन्य युवालाई गुहारेर अपांगता भएकाहरूका निम्ति संस्थागत रूपमा पहल गरे। तिनै व्यक्तिको प्रयासको प्रतिफल कोरियाको देगु युनिर्सिटी विश्वप्रसिद्ध बनेको छ, अपांगता भएकाहरूको शिक्षाका निम्ति।  कोरियाको शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय तहदेखि १७ वटै प्रोभिन्स (प्रदेश) मा अपांगता भएका बालबालिकाको सम्वद्र्धन–प्रवद्र्धनका निम्ति आवासीय सुविधासहितको शिक्षालय, प्राविधिक तथा व्यावसायिक तालिम केन्द्रहरू, तालिमप्राप्त सम्बन्धित जनशक्तिलाई रोजगारीका निम्ति कलकारखानाहरू सुनिश्चित गरिएका छन्। त्यहाँको सरकारले अपांगता भएका बालबालिकालाई पढाउने जनशक्ति उत्पादनमा विशेष प्राथमिकता दिएको छ।  छाङवन नेसनल युनिभर्सिटी अपांगताबारे अध्ययनअनुसन्धान गर्ने अर्को अगुवा विश्वविद्यालय हो। यही युनिभर्सिटीले लिड

कोपिला - कोरियाका नानीबाबु !

Image
-  गणेश राई , काठमाडौं जेष्ठ २१, २०७४- वाह छुट्टी ! शनिबार र आइतबार । नोरिफुङवान अर्थात् बच्चाको बगैंचा जाने । कत्ति रमाइलो । बुवा–आमासँगै घुम्न पाइन्छ । खेल्न पाइन्छ । सिक्न पाइन्छ । भएन त मज्जा ! यसरी खेल्न पाउने साथीहरू हुन्, दक्षिण कोरियाका । यहाँ हरेक मे ५ मा बालदिवस मनाइन्छ । यस दिन अभिभावकले उपहार दिन्छन् । चिडियाखाना वा संग्रहालय घुम्न लैजान्छन् । फिल्म, नाटक हेराउँछन् । परम्परागत खेल खेल्छन् । यस दिन बालबालिकाले कतै प्रवेश शुल्क तिर्नुपर्दैन ।  यही क्रममा समुद्री किनारामा नानीहरू भेटिए । सानो पानीजहाज चढ्न निकै मज्जा आउने रहेछ । जहाज कुदेसँगै हाँसको बथानले पछयाउँदा रहेछन् । मानिस ती चरालाई माछा खुवाउँदा रहेछन् । सात वर्षीय ली यन्साल आमासँगै चरालाई माछा खुवाइरहेका थिए । उता अरू साथीहरू बेलुन खेलिरहेका थिए । तल भुइँमा ३ वर्षकी किम अन्बी चिप्लेटी खेलिरहेकी थिइन् । झाङ यरिम र उनका साथीहरू चंगा बोकेर चौरतिर दौडिरहेका थिए । कतिको पोसाक एकनास पहेंलो थियो भने कतिले आफ्नै रुचिअनुसारका पहिरन लगाएका थिए ।  यहाँ स–सानोदेखि ठुल्ठूला चिल्ड्रेन पार्क छन् । साना साथीहर

समाचार - कोरिया सरकारले विशेष शिक्षामा थप सहयो

Image
त्रिविले कोरियाली भाषा प्राज्ञिक कोर्ष बनाउने -  गणेश राई , छाङवन (दक्षिण कोरिया) कोरियाको शिक्षा मन्त्रालयमा त्रिवि उपकुलपति प्रा. तीर्थराज खनिया नेतृत्वको नेपाली टोली तथा लुपिक परियोजना प्रमुख प्रा. दायङ जङ सामूहिक तस्बिर खिचाउदै । तस्बिर : गणेश राई/कान्तिपुर । जेष्ठ ११, २०७४- नेपालमा विशेष शिक्षा प्रवर्द्धनका निम्ति दक्षिण कोरियाली सरकारले थप सहयोग र सहकार्यको प्रतिवद्धता जनाएको छ । छाङवन नेसनल युनिभर्सिटीको निमन्त्रणामा कोरिया पुगेका त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयको उच्च नेतृत्व टोलीसित कोरिया सरकारका प्रतिनिधिले प्रतिवद्धता जनाएका हुन् । छाङवन युनिभर्सिटीअन्तर्गत लिडिङ युनिभर्सिटी प्रोजेक्ट इन्टनेसनल कोअपरेसन (लुपिक) ले त्रिविसित सन् २०१४ देखि विशेष शिक्षामा सहकार्य गर्दै आएको छ । त्रिविका उपकुलपति प्राध्यापक तीर्थराज खनियाको नेतृत्वमा उक्त परियोजनाको समीक्षा तथा सद्भाव भ्रमणमा कोरिया पुगेको टोलीसित कोरिायली सरकारका प्रतिनिधिले थप सहयोग र सहकार्यको प्रतिवद्धता जनाएका हुन् । कोरिया सरकार शिक्षा मन्त्रालयका इन्टरनेसनल कोअपरेसन ब्युरोका महानिर्देशक योनघाम च

समाचार - विश्वविद्यालयका उच्च पदाधिकारी र सरोकारवाला भन्छन्, 'गुणस्तरीय शिक्षा स्वदेशमै'

Image
जेष्ठ १८, २०७४- उच्च शिक्षा अध्ययन गर्न बर्सेनि विदेश जाने विद्यार्थीको संख्या बढ्दो छ । गत वर्ष मात्रै ४७ हजार विद्यार्थी बिदेसिए । तिनलाई पढाइ सकेर स्वदेश फर्काउने कुनै नीति सरकारले अघि सारेको छैन । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले स्वदेशी विश्वविद्यालयको कमजोरी औंल्याउँछन् । यहाँका विश्वविद्यालयहरुको समस्या के छ ? समाधान कसरी गर्ने ? स्वदेशमै पढने वातावरण कसरी बनाउने ? जस्ता विषयमा देशका विश्वविद्यालयहरुका उच्च पदाधिकारीहरुलगायत सरोकारवालासँग गरिएका राउन्डटेबल छलफलको सम्पादित अंश–  विदेशमा अधुरो शिक्षा स्वदेशमै पूरा गराउन फर्काउँछौं प्रा. तीर्थराज खनियाँ उपकुलपति, त्रिवि विद्यार्थीहरू स्वदेश छाडेर पढ्न विदेश जाने चलन नेपालमा मात्र होइन, संसारभरि छ । अस्ट्रेलिया र क्यानडाका विद्यार्थी अमेरिका जान्छन् । फरक यत्ति छ, अन्य देशबाट विदेश पढ्न गएकाहरू स्वदेश फर्केका छन् । हाम्रामा फर्किंदैनन् । यसतर्फ हामी कहिल्यै संवेदनशील भएनौं । अमेरिका जाने विद्यार्थीमा विश्वका दसौं, एघारौं स्थानमा नेपाल पर्छ । तर हामी रोक्ने पहल गर्दैनौं । किन जान्छन् भनेर खोजेनौं । बाहिर पढ्न गएकाहरू