Posts

Showing posts from October, 2018

शिक्षाशास्त्रप्रति कुदृष्टि

महानन्द तिमिल्सिना काठमाडौँ — शिक्षा क्षेत्रमा सुधार गर्न शिक्षाशास्त्र सङ्काय हटाउनुपर्ने शिक्षामन्त्रीको विचार सुन्दा आश्चर्य लाग्यो  । शिक्षाशास्त्र सङ्काय अध्ययन गरेर अध्यापन अनुमतिपत्र लिई रोजगारको प्रतीक्षामा सात लाखभन्दा बढी युवा बसेका छन्  । उनीहरूलाई राज्यले रोजगारको अवसर प्रदान गर्नुपर्छ । तर शिक्षाशास्त्र अध्ययन गर्न इच्छुक विद्यार्थीलाई निरुत्साहित पार्ने र अवरोध सिर्जना गर्ने ढङ्गले सरकारी पक्षबाट शिक्षाशास्त्र सङ्काय बन्द गर्ने सार्वजनिक विचार आउनु राम्रो होइन । त्रिविले एकवर्षे, तीनवर्षे र पछिल्लो समय चारवर्षे बीएड कार्यक्रम र दुईवर्षे एमएड कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल संस्कृत विश्वविद्यालयले एकवर्षे बीएडमात्र सञ्चालन गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले बीएड र एमएडका कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षाशास्त्र सङ्कायका अत्यधिक विद्यार्थी बेरोजगार हुनुको कारण सरकार हो । एसईई परीक्षामा कम ग्रेड आएका विद्यार्थीलाई शिक्षा विषय अध्ययनको अनुमति सरकारले दिएको हो । न्यूनतम १ दसमलव ६ जीपीए ल्याउने विद्यार्थीले शिक्षाशास्त्र सङ्कायमा अध्ययन गर्न पा

पत्रकारिताका प्रेरक - हेमराज ज्ञवाली

Image
गुणराज लुइँटेल  ‘अध्यक्षज्यूसँग जानू,’ कान्तिपुर दैनिकका तत्कालीन सम्पादक योगेश उपाध्यायले दिएको ‘असाइन्मेन्ट’सँगै एकजना भद्र व्यक्तित्वसँग साक्षात्कारको अवसर मिलेको थियो । ती व्यक्ति अरु कोही नभई हामी सबैका प्रिय ‘हेमराज सर’ हुनुहुन्थ्यो। सम्पादकले दिएको जिम्मेवारीसँगै अध्यक्ष ज्ञवालीसँग यात्रा सुरु भयो । कान्तिपुर कार्यालयबाट हामी सँगै निस्कियौं। पछाडिको सिटमा हामी दुई थियो । कान्तिपुरमा संवाददाताका रुपमा प्रवेश पाएपछि अध्यक्ष ज्ञवालीलाई यदाकदा देखे पनि यसरी सँगै हिड्ने र कुराकानी गर्ने अवसर प्राप्त भएको थिएन। उहाँ नियत समयमा कार्यालय आउँनु हुन्थ्यो र जानु हुन्थ्यो । एउटा सामान्य कारमा आएको र गएको संयोगले देख्न पनि पाइन्थ्यो । उहाँसँगभन्दा बढी भेटघाट र कुराकानी भने प्रबन्ध निर्देशक कैलाश सिरोहिया र निर्देशक विनोदराज ज्ञवालीसँग हुन्थ्यो । सामान्यतः समाचार कक्षका हाम्रो भेट व्यवस्थापनका व्यक्तिसँग धेरै हुँदैनथ्यो । जे हुन्थ्यो सम्पादक, प्रमुख संवाददाता, डेस्क प्रमुखसँगै हुन्थ्यो। गाडी पशुपति क्षेत्र नजिकै एउटा आश्रममा गएर रोकियो । त्यहाँ हाम्रो भेट स्वामी रामानन्द गिरीसँग भ

समाचार - सामुदायिकमा विद्यार्थी : एकै वर्ष सात प्रतिशत घटे

Image
मकर श्रेष्ठ काठमाडौँ — असोज पहिलो साता जारी अनिवार्य तथा नि:शुल्क शिक्षा ऐनले सामुदायिक विद्यालयको शिक्षा पूर्णत: नि:शुल्क गरेको छ । त्यसअघि नि:शुल्क भनिए पनि कुनै न कुनै रूपमा शुल्क उठाइएकै हुन्थ्यो ।निजी विद्यालयका विद्यार्थीले सीमित छात्रवृत्तिबाहेक पूर्ण शुल्क तिर्नुपर्छ । सामुदायिक विद्यालयमा सुविधासम्पन्न भौतिक पूर्वाधार छन् । पर्याप्त खेल मैदान र तालिमप्राप्त शिक्षक हुन्छन् । तर, सरकारकै पछिल्लो प्रतिवेदनअनुसार सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण घटदो छ । निजीमा भने गत वर्षको तुलनामा ७ प्रतिशत विद्यार्थी बढेका छन् । साढे ३५ हजार विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये तीन वर्षअघि सामुदायिकमा मात्रै ८४ प्रतिशत थिए । अघिल्लो वर्ष ८२ प्रतिशतमा झरेको यो आँकडा अहिले ७५ प्रतिशतमा ओर्लिएको छ । २०७३ मा निजीमा १६ प्रतिशत विद्यार्थी मात्र थिए । अघिल्लो वर्ष १८ हँुदै अहिले २५ प्रतिशत पुगेको छ । भक्तपुर, ताथलीको गणेश माविमा तीन वर्षअघि १ सय २० विद्यार्थी थिए । २०७३ मा १ सय ५ मा झर्‍यो । २०७४ मा ८२ जनामा सीमित भयो । गणेश माविसँगैको निजी विद्यालय एसएस सदनमा भने विद्यार्थी हरेक वर्ष

समाचार - त्रिवि उत्कृष्ट हजारभित्र !

Image
सुदीप कैनी काठमाडौँ — बेलायतको टाइम्स हाइअर एजुकेसन (द) ले सन् २०१९ का लागि गरेको मूल्यांकनमा त्रिभुवन विश्वविद्यालय विश्वका उत्कृष्ट एक हजारमा पर्न सफल भएको छ । वेब र्‍यांकको सन् २०१७ को मापनमा त्रिवि ३ हजार ८ सय ९५ औं स्थानमा थियो। वेभकै त्यसअघिको मूल्यांकनमा त्रिवि ४ हजार २ सय ४१ औंं स्थानमा परेको थियो। वेब र्‍यांकको मापनमा केही सुधार आएपछि त्रिविले सन् २०३० भित्र विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा पर्ने लक्ष्य लिएको थियो। ‘द’ को मापन सार्वजनिक भएसँगै त्रिविले १२ वर्षअघि नै लक्ष्य पूरा भएको घोषणा गरेको छ। त्रिवि पदाधिकारी, प्राध्यापक र कर्मचारीले उत्कृष्ट हजारमा पर्न सफल भएको भन्दै खुसियाली साटासाट गरिरहेका छन्। त्रिविका पूर्वउपकुलपति हिराबहादुर महर्जनले भने फरक/फरक संस्थाले गरेको मूल्यांकनमा पहिलेदेखि नै नतिजा फरक/फरक आउने गरेको बताए। ‘३८ सयबाट सुधार भएर एक हजारभित्र परेको होइन,’ उनले कान्तिपुरसँग भने, ‘फरक/फरक संस्थाले गर्दा तलमाथि पर्न सक्छ।’ एउटै संस्थाले गरेको अध्ययन नभएकाले सुधार भएको मान्न नसकिने उनको भनाइ छ। द्विविधामा नपरी दुवै मापनलाई मान्यता