Posts

Showing posts from July, 2022

खसआर्यको गोत्रसहित थर सूचीकरण

Image
  ब्राह्मणको ४५६, क्षत्रीको ६२०, ठकुरी ७३, दशनामी १०, बाह्रपन्थी २०, रानाभाट ५५ श्रावण ९, २०७९ गणेश राई काठमाडौँ — राष्ट्रिय समावेशी आयोगले खसआर्य समूहका ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी, बाह्रपन्थी र रानाभाट/भाटको गोत्रसहित थर सूचीकरण गरेको छ । सूचीकृतमध्ये ब्राह्मणको ४ सय ५६, क्षत्रीको ६ सय २०, ठकुरीको ७३, दशनामीको १०, बाह्रपन्थीको २०, रानाभाटको ५५ थरी छन् । आयोगले खसआर्यभित्र रहेका र मधेसी आयोगले मधेसी जातिमा दाबी गरेको ९४ थरलाई समेत प्रतिवेदनमा समावेश गरेको छ । आयोगका अध्यक्ष रामकृष्ण तिमल्सेनाका अनुसार स्थलगत अध्ययन, स्थानीय तहले गरेका सिफारिस र जातीय समाज/संगठनले उपलब्ध गराएको थर सूचीकृत गरिएका हुन् । ‘एउटा समूहभित्रको विविधतालाई केलाएर सांस्कृतिक नक्सांकन भएको छ,’ खसआर्य थर प्रतिवेदनबारे उनले भने, ‘पहिलो पटक भएको यो थर सूचीकरण कार्यले सामाजिक विशेषतालाई केलाउन मार्गचित्रको काम गर्ने ठानेका छौं ।’ जनगणना–२०६८ को तथ्यांकअनुसार क्षत्री जातिको जनसंख्या सबैभन्दा बढी ४३ लाख ९८ हजार छ । दोस्रोमा पहाडे ब्राह्मणको जनसंख्या ३२ लाख २६ हजार छ । यसैगरी ठकुरीको जनसंख्या ४ लाख २५ हजार र सन्यास

ढुंगाको बाटो ‘खुवालुङ’

Image
  श्रावण १०, २०७९ सुशीला तामा‌ङ काठमाडौँ — आदिमकाल । जंगल फँडानी गरेर बस्ती बसाले । खोरियामा खाँबो गाडेर परिवारलाई ओतको जोहो गरे । अन्न फलाएर आत्मनिर्भरताको बाटो खोजे । प्रकृति, कुल र पुर्खालाई माने । संस्कृति, धर्म र परम्परा बनाए । खोरियामाथि आँखा लगाउने शत्रुलाई आफ्नै बलबुताले परास्त पारेका किरातीको बस्तीमा रोगव्याधि, महामारी, हैजा फैलिएपछि साराले चोला फेर्छन्, बसाइँ सर्छन् । शत्रुले ढाल्न नसकेको शिर रोगव्याधिले ढाल्छ । धेरैको ज्यान गएपछि खुवालुङ पुजेर उनीहरू भन्छन्, ‘माटोले मात्र पुगेन हाम्लाई बाटो देऊ खुवालुङ ।’ कोसीको किनारैकिनार उँभो लाग्दै जाँदा तीन दाजुभाइ तमोर, अरुण र दूधकोसीको मूल पछ्याएर आ–आफ्नो बाटो लाग्छन् । जहाँ उनीहरूले खुवालुङलाई चिनो र साक्षी मानेर आफ्नो सभ्यताको नयाँ सुरुवात गर्छन् । नदी तरेका जेठा र माइलाले उँभो बाटो समाएपछि पूर्वी पहाडी इलाका र हिमालसम्म किरातीहरूले आफ्नो सभ्यता बसाएको भन्ने मिथकहरूमा पाइन्छ । कान्छोले भने नदी तर्न सक्दैन । किराती मिथकअनुसार यहींबाट कान्छोले उँधो लागेर आफ्नै सभ्यता सुरु गर्छ । यी सबै पक्षलाई नखुलाए पनि त्रिवेणी नदी र खुवालुङलाई चिनो