किरातकालदेखि नै चल्दै आएको मेला

श्रावण २३, २०७४- हिन्दु धर्मावलम्बीहरुले सोमबार जनैपूर्णिका दिन कुम्भेश्वरको मन्दिरमा पुजाअर्चना गरेर मनाएका छन् । यसपाली जनैपूर्णिमामा चन्द्रग्रहण परेकाले १३ गते शुक्रबार नागपञ्चमीका दिन नै रक्षाबन्धन गरिएको थियो ।
जनैपूर्णिका दिन पाटनको बंगलामुखीमा भव्य मेला लागेको छ । मेलाको लागि आइतबार नै कुम्भेश्वर मन्दिरबाट पञ्चमुखी महादेवको मूर्तिलाई मन्दिर परिसरको पोखरीमा बनाइएको  कलात्मक खटमा राखिएको थियो ।
कुम्भेश्वरमा गोसाइकुण्ड (शिवलुती), मणिचूड दहबाट पानी आइराखेको जनविश्वास छ । प्राचिनकालमा कुम्भ ऋषीले तपस्या गरेकाले उनकै नामबाट कुम्भेश्वर नामले प्रसिद्ध भएको उक्त तीर्थस्थलमा गोसाइकुण्ड जान नसकेकाहरूले स्नान गरेर महादेवको पूजा अर्चना गर्दछन् ।

प्रकाशित: श्रावण २३, २०७४

http://kantipur.ekantipur.com/news/2017-08-07/20170807204941.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि