Posts

Showing posts from January, 2018

विचार - अन्योलमा जनजाति संस्थाहरू

Image
मंसिर ८, २०७४ गणेश राई सबैले भन्ने र बुझ्ने शब्द ‘उत्तम नीति नै राजनीति’ हो । नेपालको सन्दर्भमा पनि त्यही लागू हुन्छ । २०४६ सालको राजनीतिक परिवर्तन अघिसम्म राज्यसत्ता एकल थियो । नेपाल अधिराज्यको संविधान, २०४७ ले सामाजिक संघ/संस्था गठन गरेर संगठित हुनपाउने, राजनीतिक दल गठन गर्न पाउने, पत्रपत्रिका प्रकाशन गर्ने प्रेस स्वतन्त्रताको अधिकार प्रदान गरेपछि नेपाली समाज नयाँ ढंगले अघि बढेको हो । राजकीय शासन सत्तामा आफ्नो पहुँच शून्यप्राय: रहेका जनजाति, दलित, मधेसी लगायत समुदायले आफूलाई उत्पीडित, किनारीकृत गरिएको पीडा पोख्न पाए । १० वर्षे जनयुद्धले किनारीकृत समुदायलाई सशक्तिकृत हुन आत्मबल र आत्मविश्वास पैदा गरायो । जनयुद्धदेखि २०६२/६३ को जनआन्दोलनसम्म सशक्त उपस्थिति जनाए । फलस्वरुप मुलुकमा साढे दुई सय वर्षको इतिहास बोकेको राजतन्त्र समाप्त भयो । गणतन्त्र घोषणा भयो । अन्तरिम संविधान, २०६३ जारी भयो । संविधानले किनारीकृत समुदायको आवाजलाई समेट्यो । २०६४ को पहिलो संविधानसभाले त्यो आवाजलाई संस्थागत गर्न सकेन । संविधानसभा नै तुहियो । दोस्रो संविधानसभा २०७० ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्

विविधा - गाउँ फर्केर पत्रकारिता गर्न पाए !

Image
माघ १५, २०७४ गणेश राई काठमाडौँ — म गाउँ फर्केर पत्रकारितामा रमाउन चाहन्छु । उमेरको आधाभन्दा बढी हिस्सा सहरमा पत्रकारिता गरेर बितेको छ । काठमाडौं उपत्यकाका तीन सहरमाझ बसेको तीन दशक बित्दैछ । पढ्ने बहाना बनाएर गाउँदेखि ‘नेपाल’ छिरेको मान्छे, काठमाडौंमा अधिराज्यको राजधानीदेखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्र बनेसम्मै अस्थायी बसोबास गर्दैछु । उमेर पनि ढल्किंदै गएको छ । छोराले स्कुलको पढाइ सक्ने चरणमा छ । ऊ हुर्किएपछि हामी दम्पतीको पनि दायित्व पूरा हुने ठानेका छौं । गाउँमा बुवाले बनाउनु भएको घर, २०४५ साल र २०७२ सालको भूकम्पले जीर्ण बनेको घरमा बुढीआमा एक्लै हुनुहुन्छ । २०४७ सालको संविधान लागू भएसँगै सहर पसियो । मायालु सहर काठमान्डु पसेपछि धेरै भोगियो । यही कालखण्डमा जनयुद्ध भयो । जनआन्दोलन–२ भयो । राजतन्त्र गयो । गणतन्त्र आयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई लिएर नेपालको अन्तरिम संविधान, २०६३ बन्यो । त्यसपछि जारी नेपालको संविधान (२०७२) कार्यान्वयनको क्रममा २०७४ सालभित्र चरणवद्ध ढंगले स्थानीय तह र त्यसपछि प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव सफलतापूर्वक सम्पन्न भएको छ । अह

बेलायतका आदिवासी जनजाति पत्रकारलाई तालिम

Image
लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले शाखामा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लािग एकदिने पत्रकारिता तालिमको आयोजना गरेको छ । भेटघाट रेटुरेन्ट अल्डरसटमा आयोजित सो तािलममा रेडियो बिजीडब्लुएसका म्यानेजिङ डाइरेक्टर सोनाम छिरिङ शेर्पाले अन्तरवार्ताका बारेमा, डा. नरेशचन्द्र राईले सिटजन जर्नालिजमको बारेमा र नेपाल पत्रकार महासंघ युके का अध्यक्ष नरेश खपाङ्गीमगरले समाचारका बारेमा तालिम दिएका थिए । सोही तालिममा फोनिजका निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले विभिन्न राजनीतिक विचारधाराहरुका बारेमा र फोनिजकी अध्यक्ष प्रमिला लाबुङ्ग राईले नेपालको संविधानमा प्रेस सम्बन्धि ब्याबस्थाका बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल, राजनीतिकर्मी पूर्ण लोक्साम, होम सुनुवार, मीरा सुनुवार, सुमलकुमार गुरुङ्ग लगायतले बोलेका थिए । कार्यममा नेपालबाट यूके भ्रमणमा रहेका पत्रकार तारा चाम्लिङ राईलाई नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गी मगर र फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुङ्ग राईले खादा लगाइ स्वागत गरेका थिए

समाचार - सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ‘विशेष शिक्षा’ चलाउन कोरियासँग सम्झौता

Image
माघ १२, २०७४ गणेश राई काठमाडौँ — सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुपवि)मा ‘विशेष शिक्षा’पठनपाठन हुने भएको छ । त्यसका निम्ति दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीले सहयोग गर्ने भएको छ ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति प्रा. भूषण श्रेष्ठ  र दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीका प्रा. दाय योङ जङ ‘विशेष शिक्षा’का निम्ति सम्झौता पत्रमा हस्ताक्षर गर्दै । तस्बिर : गणेश राई/कान्तिपुर विशेष आवश्यकता शिक्षा सञ्चालनका निम्ति शुक्रबार काठमाडौंमा सुदूरपश्चिमाञ्चलकी उपकुलपति प्राध्यापक भूषण श्रेष्ठ र छाङओनका तर्फबाट विशेष शिक्षाविद् प्राध्यापक दाय योङ जङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विशेष शिक्षाअन्तर्गत दृष्टिविहीन, बहिरा तथा सुस्त श्रवण, संवेगात्मक व्यवहार, शारीरिक अपाङ्गता, बहुअपाङ्गता, अपाङ्गता तथा विशेष आवश्यकतासहितका बालबालिकालाई शैक्षणिक प्रविधि समेटिएका छन् । पाँच वर्षका निम्ति सम्झौता भएको हो । जसअनुसार दुई देशका विश्वविद्यालयबीच स्नातक र स्नातकोत्तर तहमा विद्यार्थीलाई विशेष शिक्षा विषय अध्ययन तथा अनुसन्धान कार्य गराइने छ । त्यसैगरी प्राज्ञिक र प्रशासनि

समाचार - सातै प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ

Image
माघ ७, २०७४ कान्तिपुर संवाददाता काठमाडौँ — सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण भएको छ । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन् । प्रदेश २ का प्रदेशसभा सदस्यहरुको शपथको तयारीमा । सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण भएको छ। संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन्। सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो। आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै गराउनुपरेको हो। आइतबारै सबै प्रदेशमा शपथग्रहण गराउनुपर्ने भएपछि रातारात तयारी गर

समाचार - प्रदेश प्रमुख र राजधानी तोकियो

Image
माघ ३, २०७४ कुलचन्द्र न्यौपाने काठमाडौँ — सरकारले सातवटा प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले १ नम्बर प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा, २ नम्बर प्रदेश प्रमुखमा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ को उमाकान्त झा, ६ को दुर्गाप्रसाद खनाल र ७ को मोहनराज मल्ललाई तोकिएको छ। मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ। अर्थमन्त्री कार्कीका अनुसार १ नम्बर प्रदेशको अस्थायी राजधानीमा विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकिएको छ। अस्थायी राजधानी तोक्ने विषयमा मन्त्रिपरिषदमा पनि विवाद भएको थियो। विवादकै कारण बिहानको मन्त्रिपरिषद् बैठक निर्णय नगरी स्थगित भएको थियो। प्रकाशित : माघ ३, २०७४ १६:४८ https://www.kantipurdaily.com/news/2018/01/17/20180117170555.html

समाचार - प्रदेश प्रमुखको तलब १ लाख २२ हजार

Image
माघ ४, २०७४ कान्तिपुर संवाददाता काठमाडौँ — मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक नियुक्त हुन लागेका प्रदेश प्रमुखले संविधान वा कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको बाहेक अन्य कार्य प्रदेश मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट गर्नेछन् । त्यस्तो सिफारिस र सम्मति मुख्यमन्त्रीमार्फत पेस हुनेछ । प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने, मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ दिलाउने र प्रदेशसभाद्वारा पारित विधेयक प्रमाणीकरण गर्नेछन् । ‘सैद्धान्तिक काम धेरै छन्, पहिलो अभ्यास भएकाले सुझबुझपूर्ण तरिकाले गर्नेछौं,’ प्रदेश ४ का लागि सिफारिसमा परेका पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवरले भने । प्रदेश प्रमुखलाई पारिश्रमिक र सुविधासहित मासिक १ लाख २२ हजार रुपैयाँ दिइने कानुनले तोकेको छ । एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन नपाउने व्यवस्था पनि छ । संविधानअनुसार प्रदेश प्रमुख हुन संघीय संसद्को सदस्य हुन योग्य, ३५ वर्ष पूरा भएको र कानुनले अयोग्य नभएको हुनुपर्छ । प्रकाशित : माघ ४, २

ब्लग - के अंग्रेजी मोहले राष्ट्रियता बलियो होला?

Image
माघ ८, २०७४ गणेश राई काठमाडौँ — नेपालीको राष्ट्रियता नेपाली हो भन्नेमा दुईमत भएन । राष्ट्रियता उल्लेख गर्नुपर्ने फाराम भर्दा राष्ट्रभाषा ‘नेपाली’ उल्लेख गर्ने गरिन्छ, भलै रोमन लिपिमा किन नहोस् । नेपाली हुनुको गर्व होस् या नहोस् लेखिटोपल्ने हो । धन्न अंग्रेजले शासन नजमाएको देश हो, नेपाल। तर गणतन्त्र नेपालमा अंग्रेजीले चाही खर्लप्पै खाँने देखा परेको छ। सायद संविधानले नै ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्' भनेको र त्यसमा मुलुकमा बोलिने १२३ भाषाको विवरणमा अंग्रेजी परेकाले जनप्रतिनिधिहरु अंग्रेजी भाषालाई सबैको मातृभाषा बनाउन कस्सिदै छन्। उदाहरण–१ भक्तपुरको सूर्यविनायक नगरपालिकाले गत पुस अन्तिम साता दोस्रो नगरसभा गरी विभिन्न ऐन तथा नियमाली पास गरेको छ। उसले शिक्षामा सबैको पहुँच पुर्‍याउन शिक्षा नियमावली, २०७४ समेत पारित गरेको छ। शिक्षा नियमावलीमा व्यवस्था भएअनुसार शैक्षिक सत्र २०७५ देखि नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकास कक्षादेखि अंग्रेजी माध्यमबाट पठनपाठन थाल्ने भएको छ भने २०७८ भित्र कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पठपाठन गराउने छ। (क

प्रदेश प्रमुखको नालीबेली : महन्थका सम्धीबाहेक सबै कांग्रेस

Image
कांग्रेसमा छिर्नेलाई प्रदेश प्रमुखको पुरस्कार अनलाइनखबर ३ माघ, काठमाडौं । सात प्रदेशले बुधबार प्रदेश प्रमुख पाएका छन् । यससँगै प्रदेशसभा गठनको बाटो खुलेको छ । तर, प्रदेश प्रमुखहरुको चयन जसरी भएको छ, यसमा नेपाली कांग्रेसले एकलौटी गरेको छ । एकजना चाहिँ मधेसी मोर्चालाई फकाउने रणनीतिअनुसार नेताका सम्धीलाई प्रदेश प्रमुख बनाइएको छ । प्रदेश प्रमुख नहुँदा निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परीणाम सार्वजनिक गर्न सकेको थिएन । अब आयोगले अन्तिम परिणाम सार्वजनिक गरेर प्रदेश प्रमुखलाई बुझाउनेछ र प्रदेशसभा सदस्यहरुको सपथको प्रक्रिया शुरु हुनेछ । को को भए प्रदेश प्रमुख ? प्रदेश १ को प्रमुखमा डा. गोविन्द तुम्बाहाङ (सुब्बा) नियुक्त भएका छन् । उनी कांग्रेसका कार्यकर्ता हुन् । तर, बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियूका कार्यकर्ता थिए । बहुदल आइसकेपछि कांग्रेसमा प्रवेश गरेका हुन् । ०४९ सालको स्थानीय चुनावमा धरानको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेका उनी २२५ भोटले हारेका थिए । चुनाव हारेपछि प्राध्यापन पेशामै फर्किएका डा. सुब्बा सिनासका प्रोफेसर हुन् । प्रद

पुस्तक - फोकल्यान्ड युद्घको तथ्य

Image
३० पुस - ६ माघ २०७४ 14-20 January 2018 नेपाली साहित्यमा युद्धसाहित्य विधा लामो समयसम्म इतिहासकै गर्भभित्र रह्यो । यसैको निशाना बन्यो, बेलायती सेनामा काम गर्ने गोर्खा रेजिमेन्ट (लाहुरे) को साहसिक र त्रासदीपूर्ण जीवन कथा । विभिन्न युद्धमा प्रमाणित भएको गोर्खाली वीरताको गाथा धेरै ढिलो गरी मात्र नेपाली साहित्यमा प्रवेश गर्‍यो । तर, ढिलै सही कतिपय सेवानिवृत्त गोर्खाली सैनिक नयाँ सिद्धान्त र प्रयोग गरेर नेपाली साहित्यलाई उन्नत बनाउने कसरतमा छन् । तिनैमध्येका हुन्, खोटाङका गणेश राई । र, फोकल्यान्ड जर्नल युद्धसाहित्यको उनको पाँचौं कृति हो । यस कृतिमा लेखकले १९८२ अप्रिल २ देखि अक्टोबर १२ सम्मको यात्रानुभव समेटेका छन् । बेलायतको अधीनमा रहेको बेलिज र ग्वाटेमालाको सिमानाबाट शुरू भएको यात्रा दैनिकीलाई लेखकले फोकल्यान्ड युद्ध जितेर प्रधानमन्त्री मार्गरेट थ्याचरसँग विजयोत्सव मनाउँदासम्मको रोचक अनुभूति प्रस्तुत गरेका छन् । पुस्तक फोकल्यान्ड जर्नल (बेलायती गोर्खा सैनिकको युद्ध–अनुभव) लेखक गणेश राई प्रकाशक वि रिड पृष्ठ १५०+१०, मूल्य रु. ३२५ झन्डै १८०० स्कट र वेल्स बसोबास ग

समाचार - भाषा आयोगले पूर्णता पाएन

Image
आफूखुसी अघि बढे स्थानीय तह माघ २, २०७४ गणेश राई काठमाडौँ — संवैधानिक व्यवस्थाअनुसार भाषा आयोग गठन भएको डेढ वर्ष पुग्दै छ । भाषाहरूको स्थिति अध्ययन गरेर सरकारी कामकाजको भाषा तोक्नेलगायत जिम्मेवारी पाएको आयोगमा अझै सदस्य नियुक्त भएका छैनन् तर स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूले संविधानअनुसार गाउँ/नगरसभाबाट सरकारी कामकाजको भाषा तोक्न थालेका छन् ।  काठमाडौंको कीर्तिपुर नगरपालिकाले नेपाल भाषा (नेवारी) र दाङको घोराही नगरपालिकाले थारू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेका छन् । ‘कीर्तिपुर नगरपालिकाले नेपाल भाषामै निवेदन लिन्छ,’ नगर प्रमुख रमेश महर्जन भन्छन्, ‘नेपाल भाषामै टिप्पणी उठाउँछ । संविधानप्रदत्त अधिकार हो, यसको उपयोग गर्न थालेका छौं ।’ घोराही नगरपालिकाले भने आउँदो माघ १ देखि थारू भाषा प्रयोगमा ल्याउने जनाएको छ । भाषाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका निम्ति सरकारले २०७३ भदौमा आयोग गठन गरेको थियो । पूर्वसचिव तथा भाषाविद् लवदेव अवस्थीलाई अध्यक्ष नियुक्त गरेबाहेक प्रदेशको प्रतिनिधित्व हुने गरी आयोगमा सदस्य नियुक्तिसमेत हुन सकेको छैन । ग

विचार - स्कुल नगई–नगई जाँडको व्यापार

Image
मंसिर २३, २०७४ विद्या राई दक्षिणी भोजपुरको हतुवागढी गाउँपालिका–९ की रमिता राई १० वर्षकी भइन् । दुई दाजु र तीन दिदी–बहिनीमध्ये कान्छी उनी ४ कक्षामा पढ्छिन् । तर प्राय: विद्यालय जाँदिनन् । रमिता धेरैजसो छिमेकी जिल्ला उदयपुरसँग जोडिएका दूधकोशी र आमचोक गाउँपालिकाको सिमानामा पर्ने एखावा खोलाको दोभानमा भेटिन्छिन् । यहाँ उनका बुबा–आमा जाँड व्यापार गर्छन् । २ कक्षा पढ्दादेखि बुबा–आमालाई जाँड बनाउन सघाइरहेकी रमिता अहिले उहाँहरूले नभ्याउँदा जाँड बनाउने, छान्ने र बेच्ने काम आफैं गर्छिन् ।  ग दक्षिणी भेगका दुम्माना, देवान्टार, पावला, पाँचा र हसनपुरको केन्द्र हो, एखावा खोला दोभान । दिनहुँ बटुवा यो बाटो ओहोर–दोहोर गर्छन् । उनीहरू दोभानमा रोकिएर थकाइ मार्ने मेलो बन्छ– रमिताका बुबा–आमाले बनाउने त्यही जाँड । एक बटुको जाँड २० रुपैयाँमा बेचेर रमिताका बुबा–आमा दिनभरमा दुई हजार रुपैयाँसम्मको कारोबार गर्छन् । त्यसबाटै रमिता, उनका दाजु र दिदीहरूको लालनपालन, पढाइ खर्च जोहो हुन्छ । रमिता भन्छिन्, ‘बुबा–आमाको काम देखेर मैले पनि सिकँें । अब आफैं जाँड बनाएर पनि बेच्न सक्छु ।’ ग सदरमुकाम भो