Posts

Showing posts from December, 2019

सामुदायिक विद्यालय : अर्बौं सम्पत्ति, छैन सदुपयोग

Image
सूर्यप्रसाद पाण्डे विचार  १२ पुष २०७६ ०८:१६:०० सामुदायिक विद्यालयका संरचनाहरूको उपयुक्त सदुपयोग गरेर आम्दानी बढाउन सक्ने हो भने शिक्षामा केन्द्रीय सरकारले गरिरहेको लगानीसमेत घटाउन सकिन्छ राजधानीको नरदेवीनजिकै रहेको न्होखास्थित कन्या मन्दिर माध्यमिक विद्यालय २८ रोपनी क्षेत्रफलमा फैलिएको छ। राजधानीम महँगो जग्गा भएको ठाउँमध्येमा नरदेवी पनि पर्छ। कुल जग्गामध्ये १६ रोपनीमा विद्यालय सञ्चालन भइरहेको छ। ११ रोपनी क्षेत्रफल स्कुलपरिसरमै रहेको पोखरीले ओगटेको छ। पाँच सय विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले दाबी गरे पनि काठमाडौं महानगरपालिका शिक्षा शाखाको तथ्यांकअनुसार यहाँ तीन सयजति मात्रै विद्यार्थी पढ्छन्। सुविधासम्पन्न नयाँ भवन बन्ने क्रममा छ। २०७२ सालको भूकम्पले भत्काएपछि बनेका पुराना संरचना पनि प्रशस्तै छन्। तर, प्रशासनले क्षमताअनुसार विद्यार्थी आकर्षण गराउन मात्र होइन, संरचना जगेर्ना गर्नसमेत सकेको छैन। विद्यार्थी आकर्षण कसरी बढाउने र विद्यालयको सम्पत्ति कसरी सदुपयोग गर्ने भन्ने विषयमा कुनै निकायसँग स्पष्

पत्रकार गणेश राईको सेकेन्ड लेफ्टिनेन्ट बन्ने रहर अधुरै

Image
     652 पटक पढिएको दीपेन्द्र राई ‘एउटै चिट्ठी लिएर पत्रकार बालकृष्ण बस्नेत र म कान्तिपुर पब्लिकेसन्स पुग्यौं,’ पत्रकार गणेश राईले सुनाए, ‘संवत् २०५७ कात्तिक २४ गते इन्टर्नसिपका लागि कान्तिपुर पुगेका थियौं । सोही वर्षको फागुनदेखि म भक्तपुर र बस्नेत ललितपुर संवाददाता हुनुभयो ।’ नेपाल प्रेस इन्स्टिचयुट (एनपीआई) बाट इन्टर्नसिपका लागि कान्तिपुर पुगेका पत्रकार राई अहिलेसम्म त्यहीं कार्यरत छन् । ‘पत्रकारिता तालिम रमाइलोगरी सकियो । तालिम अवधि त्यत्तिकै रसिलो बन्यो,’ उनले अतीत सम्झे, ‘सुरु–सुरुमा आफूले लेखेको समाचारले कान्तिपुरमा राम्रै ठाउँ पायो । तर, ७५ जिल्लामा संवाददाता राखिएपछि समाचार प्रकाशन कम हुन थाल्यो । कतिपय समाचार त्यत्तिकै मरेका पनि छन् । त्यसो भएपछि स्ट्रिन्जरलाई गाह्रो हुने नै भयो ।’ त्यतिबेला एक समाचार प्रकाशित भएबापत दुई सय रुपैयाँ पाइन्थ्यो । फोटोको एक सय रुपैयाँ तोकिएको थियो । भक्तपुर संवाददाता उनले सुरुमा मासिक ५/६ हजारसम्म बनाउँथे । दिनभरि खोजेर समाचार तयार पारे पनि छापिएन भने त्यो दिनको पारिश्रमिक पाइने कुरै भएन । लेख्दै जाँदा मासिक १८ हजार रुपैयाँसम