Posts

Showing posts from September, 2021

किरात सिरिजङ्गा लिपिमा लिम्बुहरुले कपीराइट दाबी गर्न मिल्दैनः अमर तुम्याहाङ

Image
  विजय चाम्लिङ  - September 11, 2021 0 362 Shares   Share   Tweet   Share भाषा तथा संस्कृतिविद् अमर तुम्याहाङले कुनै पनि लिपि परिवर्तनको सिद्धान्त तथा मानव सभ्यताको विकासक्रमसँगै विकास हुँदै आउने भएकोले त्यसमा कसैको कपीराइट वा सर्वाधिकार नहुने बताएका छन् । ‘किरात सिरिजङ्गा लिपि’मा लिम्बुहरुको कपीराइट रहेकोले गैरलिम्बुहरुले प्रयोग गर्न पाउँदैनन् भन्ने कुरा सामाजिक कुरा नभएको उनले बताए । किरात राई चाम्लिङ खाम्बातिमले शनिबार काठमाडौँको कोटेश्वरस्थित ग्रामर कलेजमा आयोजना गरेको किराती भाषाहरुको साझा लिपि निर्माण विषयक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापकसमेत रहेका तुम्याहाङले सो कुरा बताएका हुन् । ‘लिपि भनेको रिभोल्युसनरी (क्रान्तिकारी वा हठात परिवर्तन) होइन, इभोल्युसनरी (विकासात्मक वा क्रमशः परिवर्तन हुने) हो । यो हाम्रो मानव सभ्यतासँगै क्रमशः विकास हुँदै आउने कुरा हो,’ उनले भने, ‘एउटा पुस्ताको एउटा मान्छेले दाबी गरेर हुनेवाला हैन यो, ऊ पनि त सदाबहार छैन, भोलि त ऊ पनि मर्छ । त्योभन्दा पछि कसले दाबी गर्ने ? सकियो त त्यसो भए ? त्यस्तो त होइन, त्यसकारण यो सार्वजनिक रुपमा प्रय

‘पछि बनाएको भन्दा चलिआएको पुरानै लिपि प्रयोग गर्नु राम्रो’ : किरात लिपि अभियान्ता

Image
  साल्पा संवाददाता  - September 9, 2021 0 392 Shares   Share   Tweet   Share २०३० सालदेखि किरात लिपि लेख्न थालेका तीर्थराज मुकारुङले पछि बनाएको लिपि भन्दा चलिआएको पुरानै लिपि प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । किरात समुदायले नवौँ शताब्दीमा थेबे थरका सिरिजङ्गा हाङले पुनरुत्थान तथा प्रचार गरेको भनिएकाे किरात लिपिलाई नै परिमार्जन गरी प्रयोग गर्दा राम्राे हुने उनको भनाइ छ । साल्पा अनलाइन सँग आफ्नाे किरात लिपि लेखनको सुरुवात तथा अनुभव सेयर गर्दै मुकारुङले सो कुरा बताएका हुन् । उनले भने, ‘पछि बनाएको लिपिहरु र चलिआएको लिपिमा धेरै अन्तर आउँछ । मूल रुप त्यसैलाई मान्ने, जुनजुन भाषालाई किरात लिपिले समेट्दैन, त्यसलाई भाषिक समुदायले छलफल गरेर, त्यसको स्वर व्यञ्जनहरुलाई मिलाएर प्रयोग गर्दा हुन्छ भन्ने मलाई लाग्छ ।’ लिम्बुहरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले २०४९ सालमा ‘किरात सिरिजङ्गा लिपि’ नामकरण गरेको किरात लिपिलाई नै नेपालको करिब तीन दर्जन किरात भाषाहरुको साझा लिपि बनाउने गरी हाल प्राज्ञिक छलफल सुरु गरिएको बेला मुकारुङले सो कुरा बताएका हुन् । उनले २०३० सालपछि किरात लिपि सिकेर अरुलाई पनि

यसरी गरिदैँछ किरात लिपि लेखनको अभ्यास [२० तस्बिरमा हेर्नुहोस्]

Image
  विजय चाम्लिङ  - September 4, 2021 391 Shares   Share   Tweet   Share किरात राई चाम्लिङ खाम्बातिमले शनिबार काठमाडौँको कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा किरात सिरिजङ्गा लिपि लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा किरात राईका विभिन्न भाषिक संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । जसमा किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार समेत रहेका किरात लिपिका अभ्यासकर्ता गणेश राईले किरात लिपि लेखनको इतिहास र अभ्यासबारे व्याख्या गर्दै प्रशिक्षण दिएका थिए । उनले किरात सिरिजङ्गा लिपिको स्वर वर्ण, व्यञ्जन वर्ण र अंक लेखन पद्धतिबारे प्रशिक्षण दिए । करिब ४० जना सहभागी भएको उक्त कार्यक्रममा भाषाविद् डा. तारामणि राईले किरात सिरिजङ्गा लिपिलाई साझा लिपि निर्माण गर्नेबारे प्राज्ञिक तथा प्राविधिक कोणबाट प्रस्तुति दिएका थिए । सो क्रममा उनले किरात सिरिजङ्गा लिपिलाई किरातहरुको साझा लिपिको रुपमा विकास गर्नका लागि हाल लिपिमा रहेका वर्णमा थप वर्णहरु थप्नुपर्ने बताए । कार्यक्रममा गणेश पुमा राईले किरात लिपिमा पुमा वर्णमाला र अंक लेखनबारे आफूहरुको अभ्यासको अनुभव सुनाए ।

कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना

  भाद्र २१, २०७८ गणेश राई काठमाडौँ — कोरोनाका कारण स्थगित १२औं राष्ट्रिय जनगणना आगामी मंसिर ९ गतेभित्र सम्पन्न हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेसँगै बाटो खुलेको हो । कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ राष्ट्रिय जनगणना हुनेछ । विभागले जनगणना कार्यमा खटाउन यसअघि नै अनलाइनबाट सुपरिवेक्षक र गणकको आवेदन लिइसकेको छ । यसअघि छनोट गरिएका ८ हजार सुपरिवेक्षकलाई पुन:नियुक्ति गर्ने र लगत्तै भदौ २७ र २८ गते केन्द्रीय स्तरमा तालिम दिइनेछ । तालिमपछि सुपरिवेक्षकलाई २० दिनसम्म घरपरिवार सूचिकरणमा खटाइनेछ । असोजभित्र ३९ हजार गणक छनोट गरी कात्तिक १३ गतेबाट चारदिने तालिम दिइनेछ । जनगणना कार्यको पहिलो चरणमा प्रत्येक घरमा एकजना सुपरिवेक्षक खटिने र घरमुलीलाई भेटेर उनीहरुले विवरण लिनेछन् । त्यसैगरी दोस्रो चरणमा गणकले घरमुलीलाई भेटेर विवरण भर्ने छन् । विभागका निर्देशक ढुण्डिराज लामिछानेले प्रस्तावित तालिका पास भएसँगै जनगणना कार्य प्रक्रियाले निकास पाएको बताए । ‘देशभरिको ८७ वटा जनगणना कार्यालय तैनाथ छन्,’ जनगणना तयारीको क

प्रदेशमा ११ भाषा सिफारिस

Image
राष्ट्र भाषा नेपालीबाहेक प्रदेशमा सरकारी कामकाजका लागि प्रस्तावित भाषा भाद्र २३, २०७८ गणेश राई काठमाडौँ — भाषा आयोगले २०६८ सालको जनगणनाअनुसार ११ भाषालाई प्रदेशगत सरकारी कामकाजको भाषा सिफारिस गरेको छ । आयोगले यससम्बन्धी विस्तृत प्रतिवेदन सोमबार राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाएको छ । विज्ञ समूहले गरेको सिफारिसका आधारमा भाषा निर्धारण गरिएको आयोगले जनाएको छ । प्रदेश र स्थानीय तहले समेत स्थानीय भाषालाई सरकारी कामकाजको भाषा बनाउन सक्ने पनि आयोगले औंल्याएको छ । प्रदेश–१ मा मैथिली र लिम्बू, प्रदेश–२ मा मैथिली, भोजपुरी र बज्जिका, वाग्मतीमा तामाङ र नेपालभाषा, गण्डकीमा मगर, गुरुङ र भोजपुरी भाषालाई सिफारिस गरिएको छ । लुम्बिनीमा थारू र अवधी, कर्णालीमा मगर र सुदूरपश्चिममा डोट्याली र थारू भाषा निर्धारण गरिएको हो । बाहुल्यका आधारमा मैथिली, भोजपुरी, मगर र थारू भाषा दुई–दुई प्रदेशमा दोहोरिएका छन् । आयोगका अध्यक्ष लवदेव अवस्थीले ११ आधार निर्माण गरेर प्रदेशको सरकारी कामकाजको भाषा सिफारिस गरिएको बताए । १२ भाषालाई सरकारी कामकाजको भाषा तोक्न सिफारिस गरिए पनि अन्तिम प्रतिवेदनमा बान्तवा र खसलाई हटाइएको छ भन

भूतपूर्व गोर्खाहरूको माग सम्बोधनका लागि लन्डनमा त्रिपक्षीय बैठक

Image
  भाद्र २३, २०७८ नवीन पोखरेल लण्डन — भूतपूर्व गोर्खाहरूको माग सम्बोधनका लागि लन्डनस्थित नेपाली दूतावासमा प्रारम्भिक बैठक बसेको छ । संयुक्त अधिराज्यका रक्षामन्त्री बेन वालेस, रक्षा राज्यमन्त्री लियो डोचेर्टी, नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरूबीच बुधबार बैठक भएको हो । बैठकमा भूपू गोर्खाको माग सम्बोधन गर्न विगतमा भएका सहमति अनुरूप गोर्खा प्रतिनिधिहरू सम्मिलित नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच डिसेम्बर महिनादेखि सुरू हुने वार्ताका लागि वार्ता समिति गठन, वार्ता समितिको कार्यादेश एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको दूतावासले जनाएको छ । वार्ता समितिमा को को रहने र अर्को वार्ता कहिले हुने भन्नेबारे भने केही बताइएको छैन । 'नेपाल सरकार, बेलायत सरकार र भेट्रान्सबीचमा पनि धेरै विमति छैन भन्ने लाग्छ मलाई । तसर्थ लामो समयदेखि बल्झिएर रहेको समस्या फेरी नदोहोरिने गरी अन्त्य हुने सम्भावना देख्छु म,'राजदूत लोक दर्शन रेग्मीले कान्तिपुरसँग भने । राजदूतका भनाइमा आधारभूत रुपमा गोर्खाहरुका पेन्सन, क्षतिपूर्ति र कल्याणकारी कार्य गरी तीन मुख्य विषय छन् । 'नेपाल