Posts

Showing posts from November, 2023

Weaving words and making melodies : Writer and lyricist Janu Kambang Limbu

Image
    Photo: Courtesy of Janu Kambang Limbu bookmark facebook twitter mail Anish Ghimire Published at : November 9, 2023 Updated at : November 9, 2023 07:41 Writer and lyricist  Janu Kambang Limbu  made her literary debut with the publication of the poetry collection ‘Shivirma Ishwar’ in 2015. An avid reader, she published her own story collection book ‘Naughreko Jun’, in 2018. Not confined to literature alone, Limbu ventured into the world of music as a lyricist with the release of the album ‘Anubhab’ in 2015 and another album titled ‘Janu’ in 2018. Many songs written by her are available on  YouTube . In 2019, she extended her literary influence with the publication of her lyrics collection ‘Anshuko Laya’, published by Nepali Prativa Pratishthan UK. Most recently, in 2022, Limbu published a  niyatra sangrah  titled ‘Flanders Field ma Tamorko Suseli’, a collection detailing her travels from Panchthar to London. She currently resides in Hong Kong. In this conversation with the  Post ’s 

शासनपद्धति सुधारापेक्षी कृति ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’

Image
  कार्तिक ६, २०८० गणेश राई काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति मुन्धुमविद् बैरागी काइँलाले हालैमात्र कृष्णविक्रम नेम्बाङकृत ‘लिम्बू इतिहास’ किताब सार्वजनिक गर्दै इतिहास लेखन एकाधिपत्यविरुद्ध कटाक्ष गरेको प्रसंग उप्काए । ‘यहाँ इतिहासको बारेमा अध्ययन, अध्यापन कार्य कम हुन थालेको धेरै भएको छ । नेपालमा बहुदलीय संसदीय व्यवस्था पुनःस्थापित भएर सुरु भयो । राजनीतिक विकासका लागि नयाँ चरण सुरु भयो । त्यसले हाम्रो शिक्षा प्रणाली नै प्रभावित भएको छ । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विषयमा विद्यार्थी चाप थेग्नै नसक्ने गरी भर्ना हुन्छन् । अर्कोतिर इतिहास विभागमा विद्यार्थी शून्यप्रायः भएको सुनिन्छ । इतिहास पढेर जागीर नपाउने तर समाजशास्त्र पढे काम पाउने अवस्था छ । विश्वविद्यालयले पैसा आउने विषयमात्र पढाउन थालेमा हाम्रो इतिहास, महानताको रक्षा कसले गर्छ ? इतिहास विषयलाई पाठ्यक्रमबाट हट्न थालेपछि पढ्ने कसले ? अनि लेख्ने कसले ? कवि, साहित्यकारले चासो राखेर इतिहासको अध्ययन, अनुसन्धान गर्न थाले । किताब प्रकाशन गर्न थाले । तर, सम्बन्धित विषयका पढेका प्राध्यापकले साहित्यकारको अध्ययन कृतिला

इतिहासविद् मञ्जुल याक्थुम्बाको निधन

Image
  कार्तिक १३, २०८० कान्तिपुर संवाददाता काठमाडौँ — इतिहासविद् मञ्जुल याक्थुम्बा (मञ्जुलकुमारसिंह याक्थुम्बा लिम्बू)को ८९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वाशप्रश्वासलगायत समस्याबाट ग्रस्त याक्थुम्बाको उपचारका क्रममा काठमाडौंका ह्याम्स अस्पतालमा आइतबार निधन भएको हो । १९९२ जेठ २३ गते ललितपुरको तिखेदेवलमा जन्मिएका याक्थुम्बा लिम्बू जातिमा पहिलो एसएलसी उत्तीर्ण व्यक्ति थिए । राजनैतिक विज्ञान र इतिहास विषयमा स्नातकोत्तर हासिल याक्थुम्बा एक कुशल प्रशासक (प्रमुख जिल्ला अधिकारी) तथा इतिहासविद्का रूपमा चिनिन्थे । याक्थुम्बाका ‘मौलिक किरात धर्म–संस्कार’, ‘किरात तीर्थस्थल सानो हात्तिवन’, ‘मुन्धुम र मिथकहरू’ र ‘को हुन् किरात र किरात लिम्बू ? के हो युमा धर्म ?’ कृति प्रकाशित छन् । यसका अलावा चुम्लुङले प्रकाशन गर्दै आएको ‘तान्छोप्पा’ मासिकलगायत विभिन्न पत्रपत्रिकामा याक्थुम्बाका अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् । उनी लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको पूर्वअध्यक्ष पनि थिए । याक्थुम्बाले चुम्लुङको नेतृत्व गरेको समयमा काठमाडौं उपत्यकामा रहेका किरात जातिको सामूहिक थलो सानो

टिप्पणी अग्निपथ: गोर्खाका लागि व्यर्थको यात्रा

 अशोक मेहता शुक्रबार, साउन ५, २०८० भारतीय गोर्खा ब्रिगेड बचाउन र नेपालसँगको सम्पर्कमा महत्त्वपूर्ण गोर्खालाई जोगाइरहन भारत र नेपाल दुवैले अग्निपथबारे तुरुन्तै वार्ता थाल्नुपर्छ। अशोक मेहता अग्निवीरहरूले धमाधम तालीम छाडेपछि भारत सरकारले अग्निपथ योजनामै केही खोट रहेको महसूस गरेको छ। तालीमबाट छनोट हुनेको संख्या २५ बाट ५० प्रतिशत अनि संलग्नताको अवधि चारबाट सात वर्ष पुर्‍याउन सिफारिश गर्ने सोचमा रहेको सेना पनि अहिले पुनर्विचार गरिरहेको छ। तर, बिरालोको घाँटीमा घण्टी बाँध्ने कसले? सञ्चारमाध्यमहरू गोर्खा ब्रिगेडमा नेपालवासी गोर्खाको भर्ती यसै पनि खस्कँदै गएको जनाइरहेका छन्। अर्कातिर गोर्खा रेजिमेन्टका १० हजार सैनिक अवकाशमा जाँदै छन्। ४३ वटा बटालियन भएको सबैभन्दा ठूलो रेजिमेन्ट गोर्खा ब्रिगेड अर्कै सार्वभौम देशसँग सम्बद्ध रहेकाले पनि विशेष छ। यस्तोमा नेपालवासी गोर्खाका लागि अग्निवीरमा कुनै सहुलियत उपलब्ध छैन न त भारतीय नागरिकले पाउने अन्य सुविधा दिइन्छ। यी सबै कारणले नेपालवासी गोर्खाका लागि यो योजना व्यर्थको यात्रा जस्तो मात्र हुन सक्छ। सञ्चारमाध्यमहरू अग्निपथमा नेपालबाटै भर्ती रोकिएको तथ्यहीन

हिमालखबर सम्पादकीय : अस्वीकार्य अग्निपथ

 हिमालखबर शुक्रबार, साउन ५, २०८० भारत सरकारले सैनिक भर्तीमा जून २०२२ मा लागू गरेको योजना ‘अग्निपथ’ को असर भारतको सरहदभित्र मात्र सीमित छैन। तलब, पेन्सन लगायतमा हुने सैनिक खर्च कटौती गर्न ल्याइएको भनिएको यो योजनाले नेपालमा पनि असर पारेको छ। गोर्खा भर्ती मार्फत भारतीय सेनामा हजारौं नेपाली युवा कार्यरत छन्। तर, अग्निपथ योजना लागू भएसँगै गत भदौका लागि बुटवल र धरानमा तय भएको भारतीय गोर्खा सैनिकको भर्ती प्रक्रिया नेपाल सरकारले रोक्यो। भारतको चाहना विपरीत नेपालमा गोर्खा भर्ती प्रक्रिया रोकिएको यो पहिलो पटक हो। अग्निपथ योजना अनुसार भर्ती हुने हरेक चार जवान (अग्नीवीर)मध्ये एक जना मात्र भारतीय सेनामा स्थायी हुन्छन्, बाँकी ७५ प्रतिशतले ६ महीने तालीमपछि साढे तीन वर्ष मात्र रोजगार पाउँछन्। भर्तीको उमेर साढे १७ वर्षदेखि २१ वर्षसम्म तोकिएको छ। साढे तीन वर्षमा अनिवार्य अवकाश हुने अग्नीवीरहरूले एकमुष्ट १० लाख भारतीय रुपैयाँ पाउँछन्, पेन्सन लगायत सुविधा भने पाउनेछैनन्। मोदी सरकारले यो योजना घोषणा गर्दा भारतमा चर्को विरोध र हिंसात्मक झडपहरू भएका थिए। चार वर्ष हातहतियारसँग खेलेका अग्नीवीरहरू ‘सिभिलियन’ भए

गोर्खा भर्ती : निरन्तरता कि पूर्णविराम ?

Image
  कार्तिक १६, २०८० देवराज गुरुङ २०२२ को जुनमा भारत सरकारले भारतीय सेनामा भर्ती हुनेका लागि ल्याएको ‘अग्निपथ’ योजनाले भारतीय समाजमा मात्रै नभई भारतीय गोर्खा पल्टनमा भर्ना हुन जाने नेपालीलाई समेत प्रभावित गरेको छ । भारत सरकारले अग्निपथ अन्तर्गत नयाँ भर्नाका लागि नेपाल सरकारलाई पत्र लेखेपछि तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बोलाएर भर्ती प्रक्रिया स्थगन गर्न अनुरोध गरे । त्यसपछि भर्ती खुलेको छैन । नेपाल सरकारले पनि अग्निपथमा भर्तीबारे कुनै निर्णय गरेको छैन ।  अग्निपथ योजनामा १७–२१ वर्ष उमेर समूहका ४६ हजार युवालाई सन् २०२२ मा भर्ना गर्ने भनिएको थियो । ‘अग्निवीर’ का रूपमा भर्ती हुने सैनिकले भारतीय सेनामा चार वर्ष सेवा गर्न पाउने, भर्ती भएकामध्ये २५ प्रतिशतलाई स्थायी गरिने र ७५ प्रतिशतलाई प्रतिव्यक्ति ११ लाख भारुसहित निवृत्ति दिने योजना थियो । भारतले सेनाको सङ्ख्या र रक्षा खर्च घटाउने योजनाका साथै भूराजनीतिक अवस्थासमेत अध्ययन गरेर अग्निपथ योजना ल्याएको हो । भारतमा अग्निवीर लागू भइसकेको छ । तर चार वर्ष सैन्य तालिम लिएका जनशक्तिको भविष्यबारे भारतमै पनि प्