Posts

Showing posts from January, 2024

अन्तर्वार्ता : ‘इतिहास लेखनमा भुइँमान्छेको आवाज छुटेको छ’ - संस्कृतिविद् वीणा पौड्याल

Image
वीणा पौड्याल इतिहास, संस्कृति र पुरातत्त्व विषयकी प्राध्यापक हुन्। उनका थुप्रै पुस्तक र अनुसन्धानमूलक सामग्री प्रकाशित छन्। सांस्कृतिक र ऐतिहासिक आलोकमा लैंगिक सवालहरूलाई सम्बोधन गर्नु उनको खास विशेषता हो। संस्कृतितर्फको राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित पौडेलले त्रिभुवन विश्वविद्यालयमा झन्डै ४० वर्ष प्राध्यापन गरिन्। सेवानिवृत्तिपछि पनि संस्कृति र पुरातत्त्व विषयका दर्शनाचार्य र विद्यावारिधि तहका शोधार्थीलाई पढाउँदै आएकी छन्। उनीसँग गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : तपाईंको परिवारका तीन पुस्ता गोरखापत्रको सम्पादक हुनुभयो। आफ्नो पारिवारिक पृष्ठभूमिबारे बताइदिनुस् न। मेरो जिजुबुबा चिरञ्जीवी शर्मा पौडेल गोरखापत्रका प्रथम सम्पादक हुनुहुन्थ्यो। मेरा हजुरबा प्रेमराज र बुबा रामराज पौडेल पनि गोरखापत्रका सम्पादक हुनुभयो। यो एउटा दुर्लभ संयोग हो। गोरखापत्रमा उहाँहरूले लेख्नुभएका कविता पनि प्रकाशित छन्। हजुरबुबाकै प्रेरणामा मेरा हजुरआमाहरूले घरमै पढ्ने अवसर पाउनुभयो। परिवारमा पढ्ने माहोल निकै राम्रो थियो। त्यसैले मेरो शैक्षिक उन्नयनमा पनि मद्दत पुर्‍यायो। जिजुबुबा युवाकवि म

‘रामराम’ राष्ट्रवाद, ‘रामराम’ राजनीति : अच्युत वाग्ले

Image
  माघ ८, २०८० अच्युत वाग्ले आज २२ जनवरी २०२४ इस्वी संवत् । हिन्दु धर्मका एक महत्त्वपूर्ण भगवान् अवतार रामको जन्मभूमि मानिएको भारतको उत्तर प्रदेशस्थित अयोध्या नगरमा (पुनः)निर्माण गरिएको भव्य राम मन्दिरको आजै उद्घाटन हुँदै छ । त्यहाँ स्थापना गरिएको ‘राम लल्ला’ अथवा पाँच वर्ष उमेर झल्किने बालस्वरूप रामको मूर्तिमा प्राणप्रतिष्ठा गरिँदै छ । पत्थरनिर्मित मूर्तिमा हिन्दु परम्परा अनुसार विधिपूर्वकको धार्मिक अनुष्ठानद्वारा प्राण प्रतिष्ठापन (जीवन निःसृत) गरेपछि त्यो मूर्ति साक्षात् शक्तिमान् भगवान्मा रूपान्तरण हुन्छ भन्ने विश्वास त्यस धर्मका कट्टर अनुयायीहरूको छ । यो भव्य आयोजन अहिले विश्वव्यापी चर्चामा छ । यसको आयाम एउटा मन्दिरको उद्घाटन र एउटा मूर्तिको प्राणप्रतिष्ठाको धार्मिक अनुष्ठानभन्दा सम्भवतः अनगिन्ती गुणा फराकिलो र दूरगामी असरयुक्त हुने देखिँदै छ । मन्दिर निर्माणको ऐतिहासिक पृष्ठभूमि, यस प्रकरणको बलमा पुनः ‘एसर्ट’ गर्न खोजिएको धार्मिक–सामाजिक एकल हिन्दुवादी राष्ट्रिय पहिचान, गौरवपूर्ण पुनर्प्राप्ति (ग्लोरियस रिक्लेमेसन) र सम्पूर्ण प्रकरणमा अन्तर्निहित राजनीतिक अभीष्टहरूक

पशुपति क्षेत्रमा किराती जातिको चिहान इतिवृत्ति

पशुपति क्षेत्रमा किराती जातिको चिहान इतिवृत्ति : सरकार सम्झौता गर्छ, विश्व सम्पदा सूचीबाट चिहान हटाउन सक्दैन

कृषि र पर्यटनमार्फत समृद्ध बनाउँछौँ: ज्ञानेन्द्र रुम्दाली

Image
  गोरखापत्र अनलाइन   ८ माघ २०८०, सोमबार ओखलढुङ्गामा एक नगरपालिका र सात गाउँपालिकामध्ये मानेभन्ज्याङ गाउँपालिका १४६.६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाको केन्द्र वडा नं. ५ मानेभन्ज्याङ बजारमा रहेको छ । साबिकका आठ वटा गाविस मिलाएर बनेको यो गाउँपालिका जिल्लामा विकासको दृष्टिकोणले हेर्दा अगाडि नै देखिन्छ । गाउँपालिकाभित्र राई, तामाङ, मगर, क्षेत्री, बाहुन, नेवार, कामी, दमाईं, सार्की, माझी, भुजेललगायतका जातजाति तथा भाषाभाषीको बसोबास रहेको छ । पछिल्लो स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भई पालिका क्षेत्रको विकास गर्न लागी पर्नुभएको छ । हाल गाउँपालिकामा भइरहेका विकास गतिविधिलगायतका विषयमा केन्द्रित भई गोरखापत्रका ओखलढुङ्गा समाचारदाता  शेरबहादुर राई ले अध्यक्ष  रुम्दाली सँग गर्नुभएको कुराकानी : गाउँपालिकालाई समृद्ध बनाउने यहाँको योजना के छ ? सबैभन्दा पहिले कृषि र पर्यटन क्षेत्रको विकास गरी गाउँपालिकालाई समृद्ध बनाउने योजना बनाएका छौँ । गाउँपालिकाको सम्पूर्ण वडामा कृषिको प्रचुर सम्भाव

पृथ्वीनारायणको दिव्योपदेशको प्रामाणिकता र सान्दर्भिकता कति ? : प्रा. दिनेशराज पन्त

  प्रा. दिनेशराज पन्त शुक्रबार, २७ पुस २०८०, १२ : ०० वि.सं. १८०१ आश्विन १५ गते पृथ्वीनारायण शाहले नुवाकोटमा आक्रमण गरी विजय गरेर नेपाल एकीकरणको सुरुवात गरे । नुवाकोट त्यतिबेला कान्तिपुर राज्यअन्तर्गत थियो । नुवाकोट जितिसकेपछि त्यहीँ उनले राजधानी बनाएका थिए । विं सं. १८२५ आश्विन १३ गते कान्तिपुरमाथि विजय नभएसम्म राजधानी नुवाकोटमै रह्यो । पछि काठमाडौँमा राजधानी रहेता पनि वि.सं. १८३१ माघ १ गते पृथ्वीनारायणको मृत्यु नुवाकोटको देवीघाटमा हुन पुग्यो । यसैले नुवाकोटेहरू कतिले पृथ्वीनारायणको जन्मभूमि गोर्खा भएता पनि कर्मभूमि नुवाकोट हो भनेको पनि पाइन्छ । वास्तवमा यो कुरा सत्य पनि देखिन्छ ।  नुवाकोट जितिसकेपछि पृथ्वीनारायणलाई कान्तिपुर, भक्तपुर र पाटन जित्न करिब २५ वर्ष लागेको थियो । वि.सं १८२६ मार्ग १ गते भक्तपुर विजय गरेको केही सालपछि उनी पश्चिमतिरको अभियानमा लागे । सुरुमा केही सफलता प्राप्त भएता पनि निकै नोक्सान सही गोर्खालीहरु त्यहाँबाट धपिन बाध्य भए । त्यसपछि उनी पूर्वको अभियानमा लागे, अपेक्षाकृत सजिलैसँग टिष्टासम्म पृथ्वीनारायणको राज्य पुग्यो । पश्चिममा चेपेसम्म उनका पुर्खा द्रव्य शाहले पह

को हुन् यलम्बर ? के हो यलेसंवत् ?: डा. भक्त राई साम्पाङ

Image
  शनिबार, माघ ०१, २०७८  ,  शताब्दी न्युज यले संवत् नेपालमा प्रचलित प्राचीन तथा महत्त्वपूर्ण संवत् हो । यो संवत् प्रथम किराती राजा यलम्बरको नामबाट सुरु गरिएको हो । यलेसंवतलाई ठाँउ अनुसार किरातीहरुले आआफ्नो भाषा अनुसारको नामकरण गर्ने गरेको पनि पाइन्छ । जस्तैः “यलेताङबे”,”यलेथोछे”, “यलेदोङ”,”यलेदुङ” आदि । यले संवतको चर्चा गर्नुपूर्व यो छोटो आलेखमा यलम्बर र किरात शासन कालबारे चर्चा गर्नु उपयुक्त भएको हुँदा किरात शासन र यलम्बरको प्रामाणिक इतिहासबारे विवेचना गरिएको छ । नेपालको इतिहासमा प्रारम्भिक चरणका धेरै विवरणहरु अझै पनि किम्बदन्तीका रूपमा मात्र रहेका छन् । खास गरेर लिच्छविकाल अघिका नेपालका इतिहास यस्तो अस्पष्ट बन्न पुगेको देखिन्छ । लिच्छविकालपूर्व किरातीहरुले लामो समयसम्म शासन गरेका कुराहरु त्यही कालअवधिमा लेखिएका लिखित सामग्रीहरु पाइदैन यद्यपि विभिन्न बंशशावलीहरु, अभिलेख तथा पुराण, आदि प्राचीन अभिलेख र ग्रन्थहरुमा प्राप्त विवरणको आधारमा गोपाल ( गाईपालक), महिषपाल( भैंसीपालक) र किरातकाल बारेमा पहिल्याउनु पर्ने बाध्येता छ । यी शासकहरुसङ्ग सम्बन्धित विस्तृत विवरणहरु अझैसम्म इतिहासकै गर्भभित

यलम्बरका सन्तानहरुले चुकाएको त्यो अवसर – विश्वास दीप तिगेला

Image
  अहिले सामाजिक संजालहरुमा दुई प्रकारको किरात यलम्बर सवंतको प्रयोग गरेको पाइन्छ । एउटा यलम्बर सवंत ३८०३ र अर्को ५०८४ । किरात सन्तति हुनुमा गर्व गर्ने विद्धत समुहले संविधानसभाबाट संविधान लेखनको काम जारी रहेको बखत पूर्वमा किरात÷खम्बुवान र लिम्बुवान राज्यको अपेक्षा गरेका थिए र तिनै पूर्वमा मुख्य रुपमा बसोबास गर्ने किरातहरुले आफ्नो प्रदेशमा किरात सवंत चलाउन पाँउ भनेर तत्कालिन संविधानसभाका सभामुख, प्रधानमन्त्री, राष्ट्रपति, प्रतिपक्ष दलका नेता लगायतलाई ज्ञापन पत्र बुझाए । ज्ञापनपत्र किरातजन्य संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा र किरात सुनुवार सेवा समाजका अध्यक्ष एवं पदाधिकारीहरुको नेतृत्वमा बुझाएका थिए । त्यो बेलाका उर्जावान विद्धत किरातहरुले अब किरात सवंतलाई प्रमाणिकरण गर्नुपर्छ भनेर लागे, कहाँबाट गणना शुरुवात मान्ने त भन्ने विषयमा केन्द्रीत भए । लगभग ति ज्ञापनपत्र बुझाउनु लगतै अब तथ्यपरक बनाउने पहल शुरु भयो । त्यो बेला ३ कुरामा केन्द्रित थिएः क. प्रदेश १ मा यलम्बर सवंत सरकारी कामकाजीको रुपमा लागु गराउने । ख. यलम्बर संवतको गणनाको विन्दु निर्धारण गर्ने

किरात येले संवत्को भारी शुभकामना !

Image
  कुब्जोङ किरात १ माघ २०८०, सोमवार कुब्जोङ किरात १ माघ २०८०, सोमवार 67 Shares समाज तथा संस्किृति किरात येले संवत्को भारी शुभकामना ! ‘कःक्फेक्वा तङ्नाम साथै येले कुसङ तङ्बे (नयाँ वर्ष)को शुभकामना सम्पूर्णमा !’ याक्थुङ सांस्कृतिक अभियन्ता सेमिमा तुम्बाहाङ्फेमाले आफ्नो फेसबुक स्टाटसमा हिजो पुस अन्तिम दिन पोस्ट्याउनु भएको हो । कःक्वा (सेतो गुराँस)÷चिमालको फूलैफूलमाझ आफ्नो मुहारमुनि शुभकामना दिने र कमेन्ट्याउनेहरूको ओइरो छ ।  खड्का दिनविनोद येले कुसङ तङ्बे कति साल भयो होला ? अंक छुटाउनु भयो र जिज्ञासा लाग्यो । सेमिमा, म बिवादमा पर्न चाहन्न सर ! धन्यवाद । कुरो यहींबाट आरम्भ गरौं भन्ने लाग्यो । माघ १ गते किरात येले संवत्को पहिलो दिन हो । देश विदेशमा जहाँ जहाँ किरातीहरू छौं, त्यहाँ धुमधामसाथ नयाँ वर्ष मनाउने चलन छ । यसमा दुइमत छैन । छ त एउटै संवत्को दुई खाले मिति चलाइन्छ । यसरी दुइखाले मिति प्रयोग हुन थालेको सन् २००९ देखि हो । परम्परागत रूप समाजमा किरात संवत् ५०८४ र इतिहासविद्को मतानुसार किरात येले संवत् ३८०३ आरम्भ भएको छ । अर्थात् नयाँ वर्ष मनाइदैछ । त्यसैले कुन मिति प्रयोग गर्ने भन्नेबारे सम