Posts

Showing posts from September, 2020

Opinions sharply divided over holding census in Kalapani, Lipulekh and Limpiyadhura

Image
  Opinions sharply divided over holding census in Kalapani, Lipulekh and Limpiyadhura Many say enumerators will be barred from entering the disputed areas by Indian forces. India in May announced the opening of a road link in Uttarakhand’s Pithoragarh via the Lipulekh pass.  RSS File Photo bookmark 171 facebook twitter mail Anil Giri Published at : September 21, 2020 Updated at : September 21, 2020 08:47 Kathmandu As the National Planning Commission and its Central Bureau of Statistics are all set to hold the 12th National Population and Housing Census from May 28 next year, a big question that the political and administrative leaderships are confronting is if it is possible to conduct the count in Kalapani,  Lipulekh  and Limpiyadhura, the areas that India claims too, and in what way. The government is conducting the once-a-decade census employing more than 40,000 enumerators and 9,000 supervisors to carry out a nationwide door-to-door survey. [Read:  Even as Kathmandu protests Indian

डा. भक्त राई : मुन्दुम के हो ?

Image
  काठमाडौँ ३ आश्विन २०७७ डा. भक्त राई ‘मुन्दुम’ किरातीहरूको मौखिक वाङ्मय हो। हालसम्म मौखिक परम्परामै जीवित रहेको र  किरातीको भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, गीत–संगीत, धर्म–दर्शन आदिको समग्र विवरण पाइने हुनाले ‘मुन्दुम’लाई मौखिक वाङ्मय भनिएको हो।   ‘किरात’ अत्यन्त प्राचीन शब्द हो। यसले उद्बोधन वा द्योतन गराउने जाति, समुदाय वा सभ्यता स्वतः प्राचीन हुने भयो। संसारकै प्रथम लिखित ग्रन्थ मानिएको ऋग्वेददेखि नै किरातबारे चर्चा हुँदै आएको पाइन्छ। परन्तु किरातभित्र कुन कुन जाति र समुदाय पर्छन् भन्नेमा मतैक्यता पाइँदैन। खास गरेर राई, लिम्बु, सुनुवार, याक्खा आदि जातिले आफूलाई किरात भनी स्वीकार गरेको हुँदा हाल यिनै जातिलाई किराती भनेर चिनिन्छ। यद्यपि अन्य थुप्रै जाति र सम्प्रदाय किरातभित्र पर्छन्।   सम्पूर्ण किरातीको प्राचीन सांस्कृतिक इतिहास र साझा पहिचान नै मुन्दुम हो। त्यसैले मुन्दुम समग्र किरातीको आस्था एवं विश्वासको धरोहर मात्र होइन, समग्र पहिचानको स्रोत तथा आधार पनि हो। किराती जातिमा बहुभाषिक प्रचलन पाइन्छ। किरातीभित्र पर्ने राई जातिमा मात्रै २०औँ भाषिक समुदाय पाइन्छन्। उनीहरूले आ–आफ

१९ वर्षपछि जीर्णोद्धार हुँदै नारायणहिटी संग्रहालय

Image
भदौ अन्तिम सातासम्म दरबार अग्रभागको आवरण सबैतिर रङरोगन भइसकेको छ । यद्यपि दरबार प्रवेश गर्नुअघि सडकको कालोपत्रे भने चिरा परेकै अवस्थामा छ । सरकारले अनुमति दिए चाँडै खुला गर्छौं : कार्यकारी निर्देशक दाहाल भाद्र ३१, २०७७ गणेश राई काठमाडौँ — शाहवंशको साढे दुई सयवर्षे शासन इतिहासलाई एकीकृत ढंगले समेट्ने गरी नारायणहिटी दरबार संग्रहालयको जीर्णोद्धार भइरहेको छ । अन्य दरबारमा रहेका शाहकालीन भौतिक वस्तुहरूसमेत संग्रहालयमा राखिने भएको छ । दरबार हत्याकाण्डपछि पहिलो पटक दरबारको अग्रभागको प्रवेशद्वार रङरोगन र जीर्णोद्धार कार्य सकिएको छ । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना गत वर्ष गठित नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बृहत् योजनासहित निर्माण कार्यलाई तीव्रता दिएको हो । जीर्णोद्धार सकेर संग्रहालय खुला हुन अझै केही महिना लाग्ने भएको छ । यसअघि आंशिक रूपमा खुलेको संग्रहालय लकडाउन भएयता बन्द छ । यो ऐतिहासिक दरबारको दक्षिण मोहडाको प्रवेशद्वारलाई गौरीशंकर ढोका भनेर चिनिन्छ । सम्पदाजन्य स्वर्ण, चाँदीजडित यमानको गौरीशंकरद्वार झलक्कै देखिन्छ । ढोकासम्म पुग्न शि

कोसेली - चिनिमा : ज्ञानकी आदिम नेतृ

Image
  मुन्दुम मौखिक ज्ञान परम्परामा आधारित बौद्धिक सम्पदा भए पनि केही दशकअघि नै इमानसिं चेम्जोङको संकलनमा लिम्बू मुन्धुम प्रकाशन भएको थियो । त्यसयता राई भाषाका मुन्दुम पनि प्रकाशन सुरू भए । त्यसमध्ये पछिल्लो चरणमा प्रकाशित ‘मुन्दुम : सृष्टिकथा’ (२०७१) लगायत केही किताबमा ज्ञानकी आदिम नेतृ चिनिमासम्बन्धी रिसिया (श्लोक) संकलित छन्, जसबारे यो लेखमा अझ विस्तृत खोजीसहित छलफल गरिएको छ । भाद्र २७, २०७७ भोगीराज चाम्लिङ मलाई सुरुसुरुमा लाग्थ्यो- मुन्दुम भनेको धामीहरूको रातो भाले खाने मन्त्र हो । यो धारणा मैले लामो समयसम्म आफूमा जोगाएर राखेँ । तर, यो मेरो अवधारणा त्यतिखेर भत्कियो जब मैले इमानसिंह चेम्जोङ र बैरागी काइँलाले सङ्कलन/सम्पादन गरेको लिम्बू मुन्धुमका पुस्तक पढेँ । मृतात्मालाई बाटो लगाउन, पितृमा राख्न या घरको शान्ति–सुरक्षाका लागि धामीले मुन्दुम गाउँदै चिन्ता गर्दाको अवस्थाको चित्र । चित्र : अर्जुन खालिङ किताब पढेपछि मलाई जिज्ञासा पैदा भयो– लिम्बूको ‘मुन्धुम’ मा यस्तो हुँदो रछ, राईको ‘मुन्दुम’ मा चाहिँ के हुँदो रछ ? यही जिज्ञासाले म किरात राईहरूको मुन्दुम सङ्कलन र अध्ययनमा आकर्षित भएँ । अहिले

फिचर - लिम्पियाधुरा, कालापानी र लिपुलेकमा जनगणना गर्ने के छ तयारी ?

Image
  नक्सामा समेटेपछि जनगणना गर्नु राष्ट्रको कर्तव्य हो : विज्ञ ‘२०१८ सालमा जनगणना सम्पन्न गराउने म जिउँदै छु,’ जनगणना गर्न कुनै सम्झौताले नरोकेको उल्लेख गर्दै भैरव रिसाल भन्छन्, ‘२०७८ मा जनगणना हुनैपर्छ । कर्तव्य पूरा नगरे कानुनी कारबाही हुनुपर्छ ।’ भाद्र २८, २०७७ गणेश राई काठमाडौँ — अबको नौ महिनाभित्र हुने १२ औं राष्ट्रिय जनगणनामा लिम्पियाधुरा, कालापानी र लिपुलेकमा जनगणना हुनसक्ला भन्ने प्रश्न जनगणना लिने अधिकारीहरूका अघि तेर्सिएको छ । विसं २०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि ती भूभागका बासिन्दाको जनगणना हुन सकेको छैन । भारतीय कब्जामा रहेका यी क्षेत्रलाई हालै समेटेर नेपाल सरकारले नयाँ नक्शा प्रकाशित गरिसकेको छ । काली नदी पूर्वका नाभी, गर्ज्याङ र बुँदी गरी तीन गाउँको क्षेत्र लिम्पियाधुरामा जिम्मेवारीपूर्वक जनगणना गराएको रिसाल सम्झिन्छन् । ‘लिम्पियाधुरामा तीन सय चानचुन गाउँ थिए र मानिसको संख्या १५ सयको हाराहारीमा थियो,’ धार्चुला हुँदै दार्चुला पैदल उक्लिएको उल्लेख गर्दै ५९ वर्षअघिको जनगणनाबारे रिसाल भन्छन्, ‘त्यो हिमाली भेग हो । पातलो बस्ती छ । त्यहाँ सौका जाति बसोबास गर्छन् । त्यहाँका ब