त्रिवि सभा - दुई मेडिकल कलेज खोल्ने निर्णय

श्रावण ३०, २०७४- त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभाले बर्दिबास र बुटवलमा आंगिक मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार बसेको त्रिवि सभाले दुई ठाउँमा मेडिकल कलेज खोल्ने निर्णय गरेको हो ।


सरकारले आर्थिक वर्ष २०७३/७४ को नीति तथा बजेट वक्तव्यको प्रकरण २२४ मा महोत्तरीको बर्दिबास र रूपन्देहीको बुटवलमा त्रिविअन्तर्गत आंगिक मेडिकल कलेज स्थापना गर्ने’ उल्लेख छ । त्यसैअनुसार त्रिवि सभाले मेडिकल कलेज स्थापनाका लागि जग्गा, शिक्षक तथा कर्मचारीको दरबन्दी र बजेट उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।

त्रिवि उपकुलपति तीर्थ खनियाँका अनुसार चालु आर्थिक वर्ष २०७४/७५ मा मेडिकल कलेज सञ्चालनका निम्ति ६ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । ‘त्रिविअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने सरकारको निर्णय हो,’ खनियाँले भने, ‘आवश्यकताअनुसार सरकारले जनशक्ति र स्रोत साधन त्रिविलाई दिएलगत्तै मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढ्नेछ । त्यसनिम्ति आइतबारको त्रिवि सभाले निर्णय गरेको छ ।’

त्रिवि सभाले चालु आवका निम्ति १९ अर्ब ३१ करोड ७ लाख ५८ हजार रुपैयाँ बजेट पारित गरेको छ । रजिस्ट्रार डिल्लीराम उप्रेतीले यो बजेटमा पुनर्निर्माण र उच्च शिक्षा सुधार परिमार्जनको बजेट समावेश नगरिएको बताए । कुल बजेटमध्ये नियमित कार्यक्रमतर्फ १० अर्ब ८२ करोड ५० लाख २२ हजार रहेको छ । ‘त्यसमध्ये केन्द्रीय आन्तरिक आम्दानीबाट १ अर्ब ५६ करोड व्यहोरिनेछ र बाँकी ९ अर्ब २६ करोड ५० लाख २२ हजार विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारसँग अनुदान मागिनेछ,’ बजेट प्रस्तुत गर्दै उप्रेतीले भने ।

त्यस्तै, सभाले एमफिल, विद्यावारिधि शोध अनुसन्धाता विद्यार्थीले शोधनिर्देशकबाट सहयोग पाउन नसकेमा उजुरी दिन सक्ने प्रावधान अनुमोदन गरेको छ । ‘शोधार्थीले गाइडबाट सहयोग पाउन नसकेमा उजुरी गर्न सक्छ र त्यसबारे विश्वविद्यालयले छानबिन गर्नेछ,’ उपकुलपति खनियाँले भने, ‘त्यसैगरी शोधार्थीले स्रोत नखोली कसैको लेख, रचना सारेको पाइएमा विश्वविद्यालयमा उजुरी गर्न पाउने निर्णय भएको छ । र, त्यसको छानबिन हुनेछ ।’
त्यस अवसरमा प्रधानमन्त्री देउवाले वर्तमान सरकार संविधानको सफल कार्यान्वयन गर्न तत्पर रहेको बताए । ‘संविधानको सफल कार्यान्वयन हाम्रो अनिवार्य आवश्यकता र उद्देश्य भएकाले यसप्रति सकारात्मक हुँदै रचनात्मक सहभागिता कायम गर्न हामी सबै क्रियाशील हुनुपर्दछ, जसका लागि म सबैमा विशेष आग्रह गर्दछु,’ देउवाले लिखित भाषणमा भनेका छन् । 


हाजिर नगरी तलब खोज्दा बबन्डर

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका अध्यक्षतामा त्रिवि सभाको बैठक बसेको थियो । बैठकमा छलफल तथा निर्णयका निम्ति प्रस्तुत गरिएको एजेन्डाप्रति आपत्ति जनाउ“दा प्रधानमन्त्रीकै सामू तनावग्रस्त बनेको थियो ।
‘त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष श्री योगेन्द्रनारायण बडबरियाले त्रिवि प्राध्यापक संघको केन्द्रीय कार्यालयमा गरेको हाजिरीलाई अनुमोदन गर्ने सम्बन्धमा त्रिवि कार्यकारी परिषद्को निर्णयानुसार प्रस्ताव प्रस्तुत’ उल्लेख छ । बैठकलाई औपचारिक रुपमा उपकुलपति तीर्थराज खनियाले सम्बोधन गर्नलाग्दा उक्त एजेन्डालाई लिएर त्रिवि सभासद् प्राध्यापक राममान श्रेष्ठले त्रिविको नियम मिचेरप्रति कडा आपत्ति जनाउ“दै ‘त्यो बु“दालाई बदर गर्नुपर्ने नत्र राजीनामा दिने’ भन्दै सभालाई अघि बढ्न दिएनन् । त्यसपछि प्रधानमन्त्री देउवा, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, उपकुलपति खनियालगायत पदाधिकारीले प्राध्यापक श्रेष्ठलाई लिएर गोप्य कुराकानी गरेको थिए । करिब एक घण्टापछि पुनः त्रिवि प्राध्यापक संघका अध्यक्ष बडबरियालाई बोलाएर वार्ता गरेपछि औपचारिक रुपमा सभा अघि बढेको थियो ।

तर त्रिविका पूर्व रेक्टरसमेत रहेका प्राध्यापक श्रेष्ठले आफ्ना एजेन्डालाई लिएर पटक पटक सभा बिथोल्ने प्रयास गरेका थिए । त्यसरी एकोहोरो रुपमा सभा अघि बढ्न नदिएपछि योजना आयोगका सदस्य प्राध्यापक गीताभक्त जोशीले ‘सभा नबिथोल्न’ आग्रह गरेका थिए । त्यसैगरी प्राध्यापक श्रेष्ठले त्रिविको नियमविपरीत आफ्नो सम्पत्ति कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई दिन नमिल्ने अडान दोहो¥याएका थिए । बैठकको वातावरण तनावग्रस्त भएपछि कार्यक्रम संचालक रजिस्ट्रार प्राध्यापक सुधा त्रिपाठीले ‘सञ्चारकर्मीलाई बाहिर जान’ भनेका थिए । लगत्तै नेपाल पत्रकार महासंघका प्रतिनिधित्व गरेका त्रिवि सभासद पोषण केसीले गम्भीर आपत्ति जनाउ“दै सञ्चारकर्मीलाई त्यसरी सञ्चारकर्मीलाई बाहिरिन लगाए आफू पनि बैठक बहिस्कार गर्ने चेतावनी दिएका थिए ।
विवादको विषय बनेको योगेन्द्रनारायण बड्वरिया सिरहाको सूर्यनारायण सत्यनारायण मरब क्याम्पसमा कार्यरत सहप्राध्यापक हुन् । उनी राजनीतिशास्त्र विषय पढाउ“छन् । कांग्रेसको कोटाबाट त्रिवि प्राध्यापक संघको अध्यक्षमा निर्वाचित भएपछि  काठमाडौंमा बस्दैआएका छन् । उनी अध्यक्ष बनेपछि आफू कार्यरत क्याम्पसबाट कुनै विदा वा काज विदा या सरुवा भएका छैनन् । कुनै क्याम्पसमा पढाएका पनि छैनन् । उनले करिब तीन वर्षदेखि मासिक तलब, भत्तासमेत बुझेका छैनन् ।
सहप्राध्यापकको मासिक तलब ४१ हजार रुपैया“ रहेको छ । ‘म त्रिवि प्राध्यापक संघको अध्यक्षमा निर्वाचित भएको छ वर्ष पूरा भई सात वर्ष लागेको छ,’ तीन वर्षे कार्यकाल रहेपनि अधिवेश नहु“दा जबजस्त पदमा रहनु परेको उल्लेख गर्दै बडबरियाले भने, ‘आठ हजार प्राध्यापकले गरेको विश्वासलाई मैले तोड्न चाहिन ।’ अधिवेशन नभएपनि बडबरिया त्रिवि प्राध्यापक संघको तर्फबाट त्रिवि सभाका सदस्य छन् । उपकुलपति खनियाले अध्यक्ष बडबरियाको हाजिरी र काज नमिलेकाले सभाबाट मिलाउन चाहेको बताए । उनले भने, ‘बैठकमा सहज नभएपछि प्राध्यापक टेकनाथ ढकालको संयोजकत्वमा कमिटी गठन गरेछौं, यो कमिटीले निकास दिनेछ ।’


प्रकाशित: श्रावण ३०, २०७४

http://kantipur.ekantipur.com/printedition/news/2017-08-14/20170814073726.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि