Posts

Showing posts from August, 2021

प्रथम खम्बू मन्त्री नारदमुनि थुलुङ

Image
  मंसिर ३, २०७३    ब्लाष्ट खबर नारदमुनि थुलुङकोे जन्म वि.सं. १९६५ साल चैत २७ गते शनिबार बिहान भोजपुर जिल्ला छिनामखुको नौले गाउँमा भएको थियो । उनी रिगासिंहका पनाति, जीवेश्वरका नाति तथा भीमराज र गौरत्नका ज्येष्ठ सुपुत्र हुन् । उनको न्वारानको नाम तलकराज भए पनि पछि उनका बडाबा र काकाहरुले नारदमुनिको उपनाम दिएका थिए । यही बोलाउने नामबाट नै उनी प्रसिद्ध हुन सफल भए । उनको प्रसिद्धि खम्बूवान प्रदेश र लिम्बूवान प्रदेशका खम्बू र लिम्बूमा मात्र सीमित नरही नेपालभरि नै पैmलिएको छ ।उनी बाल्य अवस्थामा तीक्ष्ण बुद्धिका थिए । उनले सुनेकै भरमा रामायणको श्लोक कण्ठस्थ गरेका थिए । ती श्लोकहरु उनी घरका सदस्यहरुलाई राति सुनाउँथे । उनी घरका सदस्यहरुका हाउभाउको नक्कल र अभिनय गरेर हँसाउने गर्दथे ।१६ वर्षको उमेरमा उनी भारतीय सेनामा भर्ती भए । उनी अन्य साधारण सिपाहीभन्दा फरक प्रकृतिका थिए । हठी र स्वाभिमानी भएकै कारण उनले पल्टनमा निकै सास्ती र सजाय भोग्नु प¥यो । उनले विभिन्न तालिमहरु लिए । लिए जति तालिममा उनी प्रथम भए । तसर्थ, उनलाई लेसनायक हुने अवसर मिलेको थियो तर उनका काकाले उनी सानै भएको र अन्य जवानहरु सिनियर भ

नारदमुनि थुलुङको सम्झना

Image
  गजेन्द्रमणि प्रधान २३ फाल्गुन २०७६ शुक्रबार काठमाडौं नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हामीलाई स्कुलमाथिको बाटोमै निकालेर द्‍याट इज अ फरेस्ट, द्‍याट इज अ हिल भन्दै अंग्रेजी सिकाउँथे । प्रजातान्त्रिक योद्धा नारदमुनि थुलुङले भोजपुर बजारमा पहिलोपल्ट प्राइमरी स्कुल खोले, ४ वैशाख ००४ मा । शिक्षाबाटै क्रान्ति चेत उघार्न सकिने संकल्पसहित नारदमुनिले खोलेको उक्त स्कुलमा उनकी छोरी ललिता थुलुङ, विश्व प्रधान, रुद्र प्रधान, मलगायत यस्तै ५० जनाजति पढ्थ्यौँ । उबेला भोजपुर दिङ्लामा मात्र संस्कृत पाठशाला थियो । भोजपुर बजारमा खोलिएको स्कुलमा हामीले अंग्रेजी पनि पढ्न थाल्यौँ । स्कुलको छेउमा भन्ज्याङपाटी थियो । हामी साबुनको बाकसलाई टेबल बनाएर बस्थ्यौँ । अंग्रेजी पाठ्यक्रम नहुँदा कापीमै ए, बी, सी, डी लेखेर पढ्थ्यौँ र परीक्षा पनि त्यसैअनुसार हुन्थ्यो । पछि मात्र अंग्रेजी किताब छापिन थालेका हुन् । त्यसबखतको पढाइमा सोध्ने अनि जान्‍नेले नजान्‍ने लाई गालामा चड्काउने चलन हुन्थ्यो । म बढी जान्ने हुँदा धेरैजसोलाई गालामा चड्काएँ पनि । म पढाइमा अब्बल हुँदा कतिपय

फिचर - त्रिचन्द्र कलेज : शताब्दी लामो इतिहास, बर्खे झरीमा रुझिरहेछ ! [भिडियाे]

Image
  भाद्र १५, २०७८ गणेश राई ,  तस्बिर : अंगद ढकाल काठमाडौँ — विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रि–चन्द्र बहुमुखी क्याम्पसले हालै १०४ औं वार्षिकोत्सव मनायो । एक शताब्दी लामो गौरवपूर्ण इतिहास बनाएको यो क्याम्पस अहिले भौतिक रूपमा भने जीर्ण अवस्थमा छ । पुरातात्विक महत्वको त्रिचन्द्र भवनमा यो बर्खामासमा तेस्रोदेखि भुईंतलाको भित्री बरन्डासम्म सिमसार झैं तप् तप् पानी चुहिरहेको छ । भुईंमा लेउ लागेको छ । भवन चौतर्फी बर्खे झार जंगलले घेरिएको छ । देशको पहिलो उच्च शिक्षालयले मौसमको बहारभन्दा बढी विलाप गरिरहेझैं महसुस हुन्छ । तत्कालीन राजा महेन्द्र यही क्याम्पस पढेका थिए । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला, झलनाथ खनालदेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा यही क्याम्पसका विद्यार्थी हुन् । यही क्याम्पसले बालकृष्ण सम, सुवर्णशमशेर, लक्ष्मीप्रसाद देवकोटा, शंकरदेव पन्त, दशरथ चन्द, गंगालाल श्रेष्ठ, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुल्सीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्ल, मोहम्मद मोहसिन लगायत प्रतिभाहरूलाई दीक्षित गरायो । तर अहि

सम्पादकीय- ज्ञानको कदर नगर्ने देश

  भाद्र ११, २०७८ सम्पादकीय भूकम्पले ढलेका सार्वजनिक भवन तथा सम्पदाहरू एक–एक ठडिँदै जाँदा पनि राष्ट्रिय पुस्तकालय भवन बन्ने सुरसारसम्म नहुनु र त्यसका ऐतिहासिक तथा दुर्लभ पुस्तकहरू बोरामै कुहिन थाल्नुले नेपाली सत्ता–चेतनाको पछौटेपन उजागर गर्छ । भूकम्पले ढलेका धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, काष्ठमण्डप आदि बनिसके/बन्दै छन्, यी धरोहरहरू बन्नु पनि पर्थ्यो तर त्यही क्रममा राष्ट्रिय पुस्तकालयको भवन पनि निःसन्देह प्राथमिकतामा पर्नुपर्थ्यो ।  र, केही गरी पुस्तकालय भवन बन्न थोरै विलम्ब हुने भए पनि त्यसका पुस्तकहरूको हिफाजत भने बडो सावधानीका साथ गरिनुपर्थ्यो । अझै पनि समय छ, सरकारले किताबहरूको जतन राम्ररी गरोस्, र पुस्तकालय बनाउने गति बढाओस् । पुल्चोकस्थित हरिहर भवन भत्केसँगै त्यहाँ रहेका पुस्तकहरू छ वर्षदेखि बोरामा कोचेर थन्क्याइएका छन् । भूकम्पपछि ८० हजार थान पुस्तक ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको दुईतले भवनमा पुर्‍याइएकामा गत महिना फेरि सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘प्रिफ्याब’ टहरामा सारिएका छन् । पाठकहरू पुस्तक पढ्न वञ्चित त छन् नै, यी अमूल्य ज्ञान–सम्पत्ति त्यसै

फिचर - ज्ञानको भण्डार ‘सरकारी बोरा’मा [भिडियो]

Image
  भाद्र १०, २०७८ गणेश राई काठमाडौँ — २०७२ को भूकम्पले ढलेको छैटौं वर्षमा धरहरा बन्यो । रानीपोखरी र सँगै रहेको दरबार हाई स्कुल पनि बन्यो । काष्ठमण्डप निर्माणको अन्तिम चरणमा छ । सिंहदरबारको पुरानो भवन बन्यो, केशरमहल रेट्रोफिट भइरहेको छ । राष्ट्रिय गौरवका आयोजनाहरू बनिरहेका छन् । तर, हरिहर भवन भत्केसँगै त्यहाँ रहेको राष्ट्रिय पुस्तकालका ऐतिहासिक तथा दुर्लभ पुस्तकहरू अझै बोरामै छन् । पुस्तक ज्ञानको भण्डार हो । इतिहासको रेकर्ड हो । तर ज्ञानको भण्डार ६ वर्षदेखि सरकारी बोरामा कोचिएको छ । वर्षेनी अनेक योजनाहरूमा खर्बौको वार्षिक बजेट आउँछ, त्यही बजेट घोटला हुन्छ । छुट्याइएको रकम खर्च गर्न नसकेर आर्थिक वर्षको अन्त्यमा बजेट रकमान्तर गरिन्छ । तर यी पुस्तक संरक्षण गर्नका लागि न पर्याप्त बजेट छ न कसैको चासो । भूकम्पपछि ती पुस्तकमध्ये ८० हजार थान काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्रभवन माविको दुईतले भवनमा पुर्‍याइएका थिए । भूकम्प गएको सातौं वर्ष २०७८ साउन अन्तिममा ती सबै पुस्तक सानोठिमीमा पुर्‍याइएका छन् । राष्ट्रिय पुस्तकालयमा तीन सय वर्ष पुराना हस्तलिखित ग्रन्थहरूसमेत छन् । ती हस्तलिखित ग्रन्थमध्ये

कुसुन्डा भाषामा गीत लेख्दै नयाँ पुस्ता

Image
  भाद्र ७, २०७८ दुर्गालाल केसी दाङ — प्यूठानको सरुमारानी गाउँपालिका–६ बुढीचौरकी १८ वर्षीया हिमा कुसुन्डाले मातृभाषा जानेकी थिइनन् । लमहीमा दुई वर्षअघि भाषा कक्षा सुरु भएपछि उनले सिक्न थालिन् । १ सय ८० घण्टाको कोर्स पूरा गरेपछि उनी बोल्न र लेख्न सक्ने भइन् । उनले कुसुन्डा भाषामै गीत लेखिन् र गाइन् पनि । उनका बारेमा डकुमेन्ट्री नै निर्माण भयो । उक्त डकुमेन्ट्री २०२१ जुनमा भएको ट्राइबेका फिल्म फेस्टिभलमा उत्कृष्ट भयो । दाङमा कुसुन्डा भाषा पढिरहेका विद्यार्थी । तस्बिर : दुर्गालाल/कान्तिपुर हिमाका हजुरबा लीलबहादुर कुसुन्डाले फिरन्ते जीवन बिताए । तर गाउँ बस्न थालेपछि उनले आफ्नो भाषा बिर्सिए । अहिले हिमा हजुरबालाई पुरानो भाषा सम्झाइरहेकी छन् । अब ११ कक्षा पढ्ने तयारीमा रहेकी हिमाले कुसुन्डा भाषा संरक्षण गर्ने लक्ष्य लिएको बताइन् । ‘भाषा बचाउने योजनाअनुसार गीत लेखेकी हुँ । सुरुमा नेपाली र कुसुन्डा भाषा मिलाएको थिएँ,’ उनले भनिन्, ‘अहिले कुसुन्डा भाषामा मात्रै गीत बनाएकी छु । यसमा कुसुन्डा भाषा बचाउनुपर्छ भन्ने सन्देश छ ।’ सुर्खेतको गुर्बाकोट नगरपालिका–५ राजी गाउँका ३६ वर्षीय तेजबहादुर ठकुरी कुस

किराती भाषाको साझा लिपि ‘किरात लिपि’ कि ‘सिरिजंगा लिपि’ ?

Image
  श्रावण १३, २०७८ गणेश राई काठमाडौँ — खोटाङको जन्तेढुंगा गाउँपालिकाले स्थानीयको मागअनुसार पुमा राई भाषामा औपचारिक पठनपाठन गर्न अनुमति दिएको छ । पहिलो कक्षाको पाठ्यपुस्तक देवनागरी लिपिमा छापियो । तर शब्द लेखनमा अप्ठ्याराहरू आए र उच्चारण गर्नै समस्या आयो । शिक्षकले बुझाउन मुस्किल पर्‍यो । त्यसैले दोस्रो कक्षा लागू गर्न मौलिक लिपिमा पाठ्यपुस्तक निर्माण गर्न पालिकाका जनप्रतिनिधिले सुझाएका छन् । त्यसैअनुसार किरात पुमा राई तुप्खाबाङ्खाला संस्थाले किरात लिपि प्रयोग गर्ने निर्णय गरेको अध्यक्ष शंखरबहादुर राई बताउँछन् । किरात जातिभित्र २९ भाषा छन् । अन्य भाषाहरूमा पाठ्यपुस्तक देवनागरीमा निर्माण भएका र यस्तैखाले समस्या झेल्दैआएका छन् । यही सन्दर्भलाई लिएर पछिल्लो पटक ‘किरात लिपि’ प्रयोगमा बहस सुरु भएको छ । गत असार अन्तिम साता आयोजित कार्यशालाबाट किरातका चार संस्थाले ‘किरात सिरिजंगा लिपि’लाई साझा लिपिका रूपमा विकास गर्न जुटेका छन् । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका केन्द्रीय प्रतिनिधिहरूको सामुहिक भेलाले ‘साझा लिपि’को प्रसंग उठाएका हुन् । यो प्रस