Posts

Showing posts from February, 2019

गुरुणां गुरु - प्राध्यापक बालकृष्ण पोखरेल

Image
अन्नपूर्ण समाज  १३ फागुन २०७५ ०७:०६:०० 120 SHARES प्रा.डा. माधवप्रसाद पोखरेल,  भाषाविद् भाषाविद् एवं प्राध्यापक बालकृष्ण पोखरेल नेपाली भाषा पढ्ने सबै विद्यार्थीका र गुरुका पनि गुरु थिए। भाषाविद् चूडामणि बन्धुका पनि गुरु हुन्, उनी। त्यसैले त उनलाई भनिन्थ्यो, ‘गुरुणां गुरु।’ उनी मेरा पनि आदरणीय भतिजा पर्छन्। त्यही धरोहर अब ढलेको छ। सर्वमान्य गुरु आइतबारदेखि हामीमाझ छैनन्। भारतको बनारसबाट २०१३ सालमा पहिलो पटक निस्किएको ‘नौलो पाइलो’ पत्रिकाको सम्पादक रहेका बेला पोखरेलले झर्राेवादी आन्दोलन थालेका थिए। त्यति बेला उनलाई सघाउनेहरूमा बल्लभमणि दाहाल, कोषराज रेग्मी, ताना शर्मा, चूडामणि रेग्मी आदि थिए। झर्राेवादी आन्दोलन सुरु गर्नुमा ‘नौलो पाइलो’ पत्रिकाको विशेष योगदान छ। त्यसको सुरुवात गर्ने र सम्पादकीय नेतृत्व गरेका पोखरेलको पनि यसमा योगदान नहुने कुरै भएन। हुन त त्यसअघि पनि महानन्द सापकोटा झर्राेवादी लेखनमा सक्रिय थिए। तर उनी आन्दोलनमा लागेका थिएनन्। तीन किसिमले नेपाली भाषामा आक्रमण भयो अर्थात् यो बिटु

सम्पादकीय - भाषा अन्वेषकको सम्झना

Image
काठमाडौँ — प्राध्यापक बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा निधन भएसँगै भाषाविज्ञान र खस इतिहासका क्षेत्रमा शून्यता छाएको छ । कुनै विषयमा दीर्घ सेवा गरेको कोही निष्ठावान् नागरिक छ भने राज्यले पनि सम्झिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै उनको पार्थिव शरीरमा एक नम्बर प्रदेश सरकारका तर्फबाट राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रकट गरियो । विराटनगर महानगरपालिकाले मंगलबार सार्वजनिक बिदा दियो ।  भाषावैज्ञानिक पोखरेलले २०१९ सालमा त्रिभुवन विश्वविद्यालयमा पढाउन थालेका थिए, गृह नगर फर्केर अवकाश पाउनु अघिसम्म विराटनगरकै महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्पसमा भाषाविज्ञान पढाइरहे । १४/१५ वर्षमै उपन्यास, खण्डकाव्य, कथा लेख्न थालेका पोखरेल बनारस पढ्दाताका चूडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दाहाल, तारानाथ शर्माका सहपाठी थिए । उनीहरूले संखुवासभाको चैनपुरबाट नेपाली झर्रोवादी आन्दोलन सुरु गरे जसको अगुवाइ पोखरेलले गरे । आन्दोलनले नेपाली भाषालाई सरलीकृत गर्ने क्रममा महत्त्वपूर्ण भूमिका खेल्यो । पछिल्लो समय त्यसमा आएको विसंगतिको उनले विरोध गरे । लेख्य भाषाको स्वरूप बिगार्नु झर्रोवादी आन्दोलन हो

समाचार - रहेनन् भाषाशास्त्री पोखरेल

Image
माधव घिमिरे ,  विनोद भण्डारी विराटनगर — भाषाशास्त्री एवं अग्रज साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको आइतबार बिहान निधन भएको छ । ८६ वर्षीय उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए । आइतबार बिहान करिब १ बजेतिर अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । माघ पहिलो साता भारतको सिक्किमस्थित छोरी त्रिपुरा खरेलको घर गएका बेला पोखरेललाई मस्तिष्कघात भएको थियो । दुई दिन भारतकै सिलिगुढीमा उपचार गरिएको थियो । त्यसपछि तत्कालै काठमाडौंको नर्भिक अस्पताल लगिएको थियो । केही सुधार भएपछि विराटनगर ल्याइएको थियो । केही दिन सामान्य भए पनि फेरि स्वास्थ्यमा असहजता देखिएपछि विराटनगरस्थित श्री अस्पतालमा राखेर उपचार गरिएको थियो । केही दिनअघि अस्पतालबाट घर फर्काइएको उनका छोरा मुनाल पोखरेलले बताए । विसं १९९० मा मकवानपुरको चिसापानीगढीमा जन्मिएका उनले भारतको कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर गरेका थिए । २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । उनले विराटनगरको महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्प

प्रदेश १ - भोजपुरे खुकुरी उद्योग संकटमा

Image
फाल्गुन १४, २०७५ एलिसा श्रेष्ठ भोजपुुर — प्रसिद्ध भोजपुरे खुकुरी उत्पादन कच्चापदार्थ अभावमा प्रभावित भएको छ । वन ऐनले खुला रूपमा काठ, कोइलाजस्ता वनपैदावारमा कडाइ गर्दा कच्चापदार्थ सहज रूपले पाउन छोडिएको छ ।  भोजपुर सदरमुकामस्थित एक पसलमा बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी । तस्बिर : एलिसा/कान्तिपुर विदेशी मुद्रामा पनि राम्रो आम्दानीको स्रोत बनेको भोजपुरे खुकुरीको माग धेरै भए पनि पर्याप्त कच्चापदार्थको कमीले गर्दा माग अनुसारको उत्पादन धान्न नसकिएको खुकुरी उद्यमी गणेश गजमेरले बताए । ‘महिनामा ५ सयदेखि २ हजारसम्म खुकुरीको माग हुने गरेको छ । तर कच्चापदार्थ अभावले खुकुरी उत्पादन गर्न सकिएको छैन’ उनले भने, ‘वनले वनपैदावारमा लगाएको कडा ऐनले गर्दा कोइला र काठ पनि कम आउन थालेपछि निकै समस्या भएको छ ।’ जिल्लाका सदरमुकाम, कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दावा, तिम्मा, दिङ्ला, देउराली, जरायोटार लगायत ३५ बढी स्थानहरूमा भोजपुरे खुकुरी बनाइन्छ । सदरमुकामभित्र पनि दुईवटा खुकुरी बनाउने आरन उद्योग छन् । अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएको भोजपुरे खुकुरी वनको कडा कानुनल

मृत्यु संस्कार गर्न समस्या

श्याम राई किरात समुदायमा मृतकको शव गाड्ने परम्परा छ। यो समुदायमा राई, लिम्बू, याक्खा र सुनुवार पर्दछन्। सबै किरातीहरुको शव गाडिन्छ। किरात समुदायले राजधानीको पशुपतिको वनकाली क्षेत्रमा परापूर्वकाल देखि नै शव गाड्दै आएका छन्। तर, पछिल्लो समयमा पशुपति क्षेत्र विकास कोषले वनकाली क्षेत्र (मृगस्थली वन) मा शव गाड्न नदिएपछि किरात समुदायलाई मृत्यु संस्कार गर्न समस्या परेको छ। गत पुस २३ गते राजधानी दैनिकका पत्रकार एमडी कुलुङको मृत्यु हुँदा त्यँहा शव गाड्न समस्या परेको थियो। उनी मात्र नभई अन्य शव गाड्न पहिलेदेखि नै यस्ता समस्या भएको थियो। कोषले पहिले पनि शव गाड्न नदिँदा र शव गाडिएका संरचना समेत भत्काएपछि किरात  समुदायले यसविरुद्ध ठूलो आन्दोलन गरेका थिए। त्यसपछि नेपाल सरकार र कोषसँग २०५५ साल साउन ७ गते किरात समुदायले शव गाड्न पाउने सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार भत्काइएका ३८ वटा चिहानहरुको स्वरुपलाई नबिगारी ढुंगा, इँटा, माटो, सुर्की र चुन जस्ता स्थानीय सामग्रीहरुको प्रयोग गरी कोषले पुनःनिर्माण गरेको थियो। सरकारले ६ महिनाभित्र वैकल्पिक समाधिस्थलको व्यवस्था गर्नेुपर्ने थियो। कोषसँग पहिले श

समाचार - राष्ट्रिय पुस्तकालयलाई जमलको जग्गा

Image
गणेश राई काठमाडौँ — सरकारले भूकम्पले क्षतिग्रस्त नेपाल राष्ट्रिय पुस्तकालयको नयाँ संरचना बनाउन जमलस्थित करिब ८ रोपनी जग्गा दिएको छ । त्रिभुवन विश्वविद्यालयले उपभोग गर्दै आएको उक्त जग्गा र त्यसमा रहेका संरचना मन्त्रिपरिषदको असोज २८ गतेको निर्णयबाट पुस्तकालयलाई दिइएको हो । मालपोत कार्यालयले जमलस्थित कित्ता नं. १२७० को ४ हजार ६७ दशमलव ८५ वर्गमिटर जग्गा राष्ट्रिय पुस्तकालयको नाममा धनीपुर्जा जारी गरेको छ । उक्त जग्गा र त्यसभित्रका भवन यसअघि त्रिभुवन विश्वविद्यालयले भोगचलन गर्दै आएको थियो । त्यहाँहाल त्रिविअन्तर्गत शंकरदेव क्याम्पसले एमबीए कक्षा सञ्चालन गर्दै आएको छ । त्रिवि उपकुलपति तीर्थराज खनियाँले उक्त जग्गा कुनै हालतमा नछाड्ने अडान लिएका छन् । शंकरदेव क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले भने जग्गा जोगाउन प्रतिपक्ष गुहार्ने बताएका छन् । त्रिवि र क्याम्पसले ठाउँ नछाड्ने अडान लिएपछि गृह मन्त्रालय, शिक्षा मन्त्रालय, काठमाडौं महानगरका जनप्रतिनिधि र पुस्तकालय प्रतिनिधिको रोहवरमा उक्त जग्गा परिसरको मूलढोकामा पुस १५ गते मुचुल्का गरी ताला लगाइएको छ । शिक्षा मन्त्रालयले माघ ३ को म

कोसेली - आयोनिका, डिजरुडुु र सलिल

Image
प्रभाकर गौतम काठमाडौँ — सलिलको बुबाको गाउँ पूर्वी पहाड तेह्रथुम र मावली हजुरआमाको गाउँ दोलखा । चाडबाड र अन्य अवसरमा ती ठाउँ घुम्न पाउँदा उनलाई प्रकृतिको नजिक पुगेको भान हुन्थ्यो । ट्रमा, डिजरुडु र पुनर्जन्म ‘आयोनिका !’ एक छिन त लाग्यो, उनी प्रेमिकाको नाम लिँदै छन् तर रहेछ, प्रेमको नाम । संगीत प्रेमको । त्योभन्दा अघि उनले यत्ति मात्रै भनेका थिए, ‘मलाई ट्रमा भएको रहेछ ।’ झन्डै तीस वर्षअघि । काठमाडौंको गोंगबु र बालाजु आसपासका पाँच युवा मिलेर रक ब्यान्ड खोले । सलिल सुवेदी ब्यान्ड सदस्यहरूका ‘दाइ’ थिए । ‘आयोनिका’ नाम जुराउनेदेखि मुख्य गायक पनि उनै । सहरका मुख्य चोकदेखि रसियन कल्चर सेन्टरसम्म प्रस्तुति दिएर ब्यान्डले चर्चा कमाएको थियो । अचानक ‘आयोनिका’ का सदस्य प्रवीणलाई छुरा प्रहार भयो, महाराजगन्ज चोकेमा । यो दुर्घटना ‘आयोनिका’ अध्यायको अन्त बनिदियो । सलिल सानैदेखि टेप रेकर्डर सुन्दै–पज गर्दै गीतका शब्द टिप्थे र गुनगुनाउँदै गायक बन्ने सपना देख्थे । ‘आयोनिका’ मार्फत सपना साकार हुँदा नहुँदै ब्यान्ड विघटित भयो र रहर धर्मरायो । उनले ‘गायकको मृत्यु’ भनी उद्घोष त गरेनन् त

कोसेली - चिनियाँ चञ्चू–पोषण सूत्र अनुभव

माधवप्रसाद पोखरेल काठमाडौँ — जापानी र नेपाली पैसावालमा मैले के फरक देखेको छु भने जापानीहरूचाहिँ चार–पाँच दिनको सरकारी छुट्टी पाउनेबित्तिकै परिवारै लिएर जापानकै आफूले नदेखेका ठाउँ घुम्न निस्किहाल्छन् । चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा नेपाली भाषा विशेषज्ञ भएर म एक वर्ष चीनको राजधानी पेइचिङमा बसेको थिएँ । म त्यहाँ बसेका बेलामै चिनियाँ विकासका उदेक लाग्दा समाचारहरूबेलाबेलामा आउँथे । म त्यहीँबसेका बेलामै पेइचिङदेखि ल्हासासम्म पुग्ने संसारको सबभन्दा अग्लो ठाउँमा चल्ने रेलगाडीको योजना पाँच वर्षमा पूरा गर्ने समाचार आयो, जसलाई चीनले लक्ष्य राखेको समयभन्दा केही महिनाअगाडि नै पूरा गर्‍यो । म त्यहीँ बसेको बेलामा (२०५७–२०५८) एउटा ‘ठु–खोउ’ भन्ने परियोजना अगाडि आयो । चिनियाँ भाषाको त्यस शब्दलाई मैले ‘चञ्चू पोषण’ कार्यक्रम भन्ने नाम दिएको थिएँ । त्यस परियोजनाको अवधारणा कस्तो थियो भने जसरी चराका माउले बचराहरूलाई मुखमा चारो ल्याएर मुखबाट मुखैमा खुवाएर पोस्छन्, त्यसैगरी चीनको पेइचिङ, साङ्हाई, सिआन, क्वाङ्चाउ र हङकङजस्ता विकसित र समृद्ध सहरले एउटा एउटा चीनको कुनै अविकसित गाउँलाई काख लिओस्, त्यस गाउँ

कोसेली - घुमिफिरी ‘फेरी’ संस्कृति

Image
कुलचन्द्र न्यौपाने काठमाडौँ — यी हुन्, काठमाडौंमा फेरी (फिरी) लगाउने एक्ला कान चिरेका जोगी, अर्थात् डिल्लीनाथ योगी । कान चिरेर ठूलो बाला लगाएका, घाँटीमा हड्डी, मोती, रुद्राक्षको माला भिरेका, साइडमा झोला, रातो ज्याकेट अनि हातमा मृगको सिङको ढुम्रोजस्तो बजाउने बाजा । सत्ययुगका बाबा गोरखनाथको जस्तो भेष अहिले डिल्लीनाथको चिनारी बनेको छ ।  १६ वर्षअघि सुदूरपश्चिमी एक गाउँबाट काठमाडौं छिरेका उनी अहिले साँखुस्थित शालीनदीको महन्थ आश्रममा बस्छन् । तर, कात्तिक सुरु भएदेखि नै उनको त्यहाँ बास छैन । एक दिन झुलुक्क एउटा गाउँ/टोलमा देखिने उनी अर्को दिनभने अर्के गाउँ/टोलमा पुगिसकेका हुन्छन् । उनको मुख्य पेसा घरघर डुलेर फेरी लगाउने हो । उनकै शब्दमा केही वर्षअघिसम्म यो पेसा थियो, हिजोआज पुर्खादेखि चल्दै आएको संस्कृति जोगाउने धर्म बनेको छ । उनी फेरी लगाउने एक्ला जोगी भने होइनन् । तर, गोरखनाथबाट दीक्षित र कान चिरेको फेरी लगाउने जोगीमा भने ‘आफू एक्लो भएको’ उनको दाबी छ । उनको दाबीमा सही थाप्दै अर्का जोगी पद्म भन्छन्, ‘शुद्ध मन्त्र भनेर फेरी लगाउने र त्यसमा पनि कान चिरेको जोगी उहाँ मात्रै हो