Posts

Showing posts from May, 2023

इतिहासः समान पेन्सनको आसैआसमा अस्ताए भिसी रामबहादुर

Image
  काङमाङ नरेश राई १९९६ असारमा पाँचथरको च्याङथापुमा जन्मिएका रामबहादुर लिम्बू २०१४ कात्तिकमा ब्रिटिस गोर्खामा भर्ती भए । दशौँ गोर्खा राइफल्सको दोस्रो बटालियनमा कार्यरत रहँदा उनी आर्मी नम्बर २११४८७८६ ले चिनिए । २१ नोभेम्बर १९६२ मा बोर्नियाको सारावाकमा इन्डोनेसियासँग भएको युद्धमा उनले प्रदर्शन गरेको उच्च साहसको कदर गर्दै ब्रिटिस सरकारले उनलाई भिक्टोरिया क्रसले सम्मान गर्‍यो । भिसी रामबहादुरको २०८० वैशाख ९ गते ८४ वर्षको उमेरमा निधन भयो । भिसी रामबहादुरसँग ८ वर्षअघि लेखक तथा कवि काङमाङ नरेश राई ले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ।   हामी त्यसवेला १० दिनको रासनपानी बोकेर लडाइँमा गएका थियौँ । पाँच दिनसम्म ‘पेट्रोलिङ’ र ‘रेक्खी’ गर्‍यौँ । त्यो ठाउँलाई गुलुङ टिप्पाइ भन्थ्यो । मलेसियन भाषामा गुलुङ भनेको डाँडा र टिप्पाइ भनेको टुप्पा हो । चारपाँच दिन रेक्खी गरी इन्डोनेसियन आर्मीको ‘डिफेन्स’ पत्ता लगायौँ । प्लाटुन कमान्डरले तिनीहरूलाई हमला गर्ने भनेपछि हामी सबै तयारी भयौँ ।    २१ नोभेम्बर बिहानै ४ बजे उठ्यौँ । सबै सरसामान प्याकअप गर्‍यौँ । हिँड्न नसक्ने एक–दुईजनालाई चाहिँ