Posts

Showing posts from November, 2018

विचार - त्रिविको र्‍यांकिङ कति राम्रो ?

कमल लामिछाने काठमाडौँ — एउटै विश्वविद्यालय हुनु, देशैभरि आंगिक र आबद्ध क्याम्पस विस्तार हुनु र निजी क्षेत्रबाट नयाँ विश्वविद्यालय स्थापना सहज नहुनुले लथालिंग हुँदाहुँदै पनि त्रिवि र्‍यांकिङमा अगाडि देखिएको हो ।  केही पहिले एउटा अन्तर्राष्ट्रिय संस्थाले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई विश्वका उत्कृष्ट विश्वविद्यालयको ८ सयदेखि १ हजारको सूचीभित्र समेटेपछि यसलाई सयभित्र पार्न के गर्नुपर्ला भन्ने बहस हुनथालेको छ । हुन त अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ८ सयदेखि १ हजारभित्र पर्नु उल्लेखनीय नहोला, सूचीमै नअटाएको विगतको दाँजोमा हाम्रालागि यो सकारात्मक अवस्था हो । सँगै के पनि बुझ्न जरुरी छ भने गुणस्तर मापनमा यही र्‍यांकिङ अन्तिम सत्य होइन । र्‍यांकिङको चर्चा गर्दा अन्य देशमा कसरी विश्वविद्यालय खोलिएका छन्, कसरी काम गर्छन्, कति विश्वविद्यालय छन् ? अनि हाम्रो त्रिविलाई कसरी सञ्चालन गरिएको छ ? केलाउन जरुरी हुन्छ । नेपालको जेठो र झन्डै एकमात्र एकाधिकार कायम गर्न सफल त्रिविको स्थापना २०१६ सालमा भएपछि पञ्चायतकालभरि महेन्द्र संस्कृत विश्वविद्यालय बाहेक अन्य विश्वविद