Posts

Showing posts from May, 2020

फलामसिंह फाल्गुनन्द बनेपछि

Image
खानपिनको फजुलखर्चले लिम्बू जातिको प्रगति, उन्नतिमा बाधा भएको निष्कर्ष निकालेर फाल्गुनन्दले १९८८ वैशाख २४ गते चुम्लुङ बोलाए र समाज सुधार्न सातबुँदे सत्यधर्म मुचुल्का गराए ।  फाल्गुन ७, २०७६ भगीराज इङ्नाम किराँत धर्म, दर्शन, संस्कृति रक्षा गर्न समय–समयमा महान् दार्शनिकको यस धर्तीमा अवतार भएको छ । येहाङ, सोधुङ्गेन–लेप्मुहाङ, कान्देहाङ, मावोहाङ, सिरिजङ्गाहाङ, फाल्गुनन्द र आत्मानन्द लिङ्देन त्यस्तै महामानव हुन् । उनीहरूले देखाएको बाटो लिम्बूहरूले पछ्याएकै कारण किराँत धर्म, दर्शन, साहित्य र संस्कृति जोगिएको छ । यी महामानवमा योगदानका हिसाबले सबैभन्दा माथि फाल्गुनन्द देखिन्छन् । समाज सुधारकका रूपमा चिनिने उनी राष्ट्रिय विभूतिसमेत हुन् ।  धेरैले फाल्गुनन्दलाई महिला भन्ठान्छन् । फोटो, मूर्तिमा उनलाई कण्ठ, यार्लिङ र शिरबन्दीमा सजिएको देखिन्छ । फाल्गुनन्द आफूलाई युमाको प्रतीक ठान्थे । त्यसैले पुरुष भए पनि महिलाको भेषमा रहन्थे । युमासाम लिम्बू जातिको आस्थाकी धरोहर हुन् । प्रत्येक लिम्बूको घरमा यिनको पूजाआराधना गरिन्छ । युमा महिलाकी प्रतीक हुन् । युमाको शाब्दिक अर्थ बोजू हो । त्यसो