Posts

Showing posts from November, 2017

ब्लग - ओखलढुंगाको एउटा बुथ

Image
गणेश राई , काठमाडौं मंसिर १२, २०७४- प्रतिनिधिसभा र प्रदेशसभाका निम्ति पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन सम्पन्न भएको छ । यही क्रममा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ थाक्लेस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्र पुग्दा एकखाले ‘एकराते जात्रा’ जस्तै थियो । मान्छेहरु पुरुषको हुल, महिलाको हुल गरेर चौरमा, माथ्लो कान्ला, तल्लो कान्ला, पल्लो गरा, परतिरको पोथ्राका आडमा गफिदै गरेका थिए भने कतिपय ठिटाहरु भौतारिरहेका देखिन्थे । कोही मद्यपानले मात्तिएर सुतिरहेका थिए भने कतिपय होहल्ला गरिरहेका थिए । माथिल्लो गरामा रहेको विद्यालयको आँगनमा मतदान भइरहेको थियो । मतदाताहरू तल्लो कान्लाबाट टाँगिएको डोरीमा महिला र पुरुष आ–आफ्नो लाइनमा उभिएर उक्लिरहेका थिए । कान्लाको डिलमा सेतो भुत्ला भएको खसी काटेर हिजोमात्रै भोज चलाइएको रहेछ भनेर गन्धले प्रमाणित गथ्र्यो । यो मतदान केन्द्र हो कि बिहे भोज सकिएको घरजस्तै लाग्थ्यो । सायद मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारीले त्यो भोज चलाएका थिए । यही थलो हो, जहाँ २०४८, २०५१, २०५६ सालको चुनावमा लुछाचुँडी मतदान गर्नेमा पंक्तिमा उभिएका थियौं । ‘ओखलढुंगा का

विचार/विश्‍लेषण - राज्यको तीनखुट्टे ओदान

Image
बालकृष्ण माबुहाङ मंसिर १२, २०७४-संसदीय प्रजातन्त्र प्राप्तिको लागि स्थापना भएको नेपाली कांग्रेस राणाशाही, राजशाहीको पञ्चायती व्यवस्था र आफैले चाहेको वैधानिक राजतन्त्रको विरुद्ध लडेर गणतन्त्र स्थापना गर्न नेतृत्वदायी भूमिकामा सम्म पुग्यो । कांग्रेस वैधानिक राजतन्त्रको विरुद्ध गणतन्त्रको एजेन्डामा कम्युनिष्टहरूसित त्यतिखेर सहकार्यको लागि राजी भयो, जब वैधानिक राजतन्त्रका तत्कालीन राजा वीरेन्द्रको वंश नै नाश हुनेगरी नारायणहिटी राजदरबार हत्याकाण्ड भयो र शाहज्यादा ज्ञानेन्द्रले प्रत्यक्ष शासनको बागडोर लिए । विभिन्न प्राकृत अवस्था एवं ऐतिहासिक तथा सामाजिक–राजनीतिक घटनाक्रमका कारण हिमालय शृंखलाको विभिन्न कुनाकन्दरामा विकास भएका राजतन्त्रहरू खुला विश्व परिस्थितिमा टिक्न मुस्किल नै थियो । भारतकै ६ सयभन्दा ज्यादा सानातिना राजा र राज्य आज कहाँ छन् ? खोजेर भेटिन्नन् । त्यसकारण नेपालको राजतन्त्रको अन्त कुनै ठूलो राजनीतिक–आर्थिक विपत्ति सिर्जना गरेर नभई समयक्रममा आफसेआफ त्यो सिद्धिनु थियो, सिद्धियो पनि । पुन:स्थापनाको कुरो विलौनासम्म हो । छिमेकी मुलुक चीनमा माओत्सेतुङले बिसौँ शताब्दीको मध्यतिर

विचार/विश्‍लेषण - युरोपियन युनियनलाई सुझाव

Image
कृष्ण पहाडी , काठमाडौं मंसिर १४, २०७४- गत साता युरोपियन युनियनका तर्फबाट निर्वाचन पर्यवेक्षण गर्न नेपाल आएका केही पात्रको अमर्यादित आचरण प्रकाशमा आयो । साथै निजहरूलाई पर्यवेक्षण कार्यबाट रोक लगाउन मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगलाई पत्र लेखेको व्यहोरा पनि चर्चाको विषय रह्यो । एकाध पात्रले गल्ती गर्दा वा सीमा नाघ्दा तिनीहरूले प्रतिनिधित्व गरेको मूल संस्थाको भूमिका नै संदिग्ध ठानियो, जबकि युरोपियन युनियनको समग्रमा नियत त्यस्तो नहुन पनि सक्छ । नेपालको विकास र लोकतान्त्रिक आन्दोलनमा पश्चिमको योगदान महत्त्वपूर्ण छ । विभिन्न कालखण्डमा राजनीतिक संकट उत्पन्न हुँदा लोकतन्त्र र मानव अधिकारको पक्षमा पश्चिमका जनताले नागरिक स्तरमा व्यक्त गरेको ऐक्यबद्धता उल्लेख्य छ । त्यसैको परिणाम हो, कैयन नेपाली पश्चिमालाई औधी सम्मान गर्छन् । नेपाल टेक्ने बित्तिकै त्यस्तो सम्मानबाट मात्तिएर कतिपय कूटनीतिज्ञ तथा प्रतिनिधिहरू आफूलाई भायसराय ठान्न थाल्छन् र राजनीतिक विषयवस्तुमा टिप्पणी गर्न र दबाब दिन सुरु गर्छन् । त्यस्तो सम्मानको दुरुपयोग गर्दै पछिल्ला वर्षहरूमा केही पश्चिमी कूटनीतिज्ञहरू छाडा भएको सत

समाचार - निजी विद्यालय कत्तिको सिर्जनशील ?

गणेश राई, काठमाडौं मंसिर ८, २०७४-निजी विद्यालयमा पढ्ने विद्यार्थी अंग्रेजीमा तगडा हुन्छन् भने नेपालीमा केही कमजोर । हरेक विषय अंग्रेजीमै पढ्छन् । त्यसैले एसईईमा उत्कृष्ट नतिजा ल्याउँछन् । जनमानसमा निजी विद्यालयप्रति परेको छाप यस्तै छ । भाषाशास्त्री प्रा. माधवप्रसाद पोखरेल निजी विद्यालयले अंग्रेजीलाई प्राथमिकता दिए पनि अपेक्षाअनुसार हुन नसकेको बताउँछन् । ‘अंग्रेजी र नेपालीबाहेक अरू भाषा नसिकाउने सोचले देशको भाषिक विविधता कमजोर भयो,’ उनी भन्छन्, ‘बोर्डिङका शिक्षकले बालबालिकालाई बलियो अंग्रेजी सिकाउन त सकेनन् नै, उल्टै नेपाली भाषा पनि कमजोर बनाए ।’ विद्यार्थीहरू मोबाइल र टीभीमा नेपाली समाजमा बसेको निजी विद्यालयप्रतिको धारणा विस्तारै चुनौतीपूर्ण बन्दै छ । स्कुले विद्यार्थीहरू मोबाइल फोनमा भुल्न थालेका छन् । गृहकार्य पनि मोबाइलै हेरेर गर्छन्, गुगलमा गाइड खोजेर सार्छन् ।  गाइड हेरेर नेपाली विषय सार्छन्, अंग्रेजी पनि सार्छन् । गृहकार्य गर्दैगर्दा टेलिभिजन पनि हेरिरहेका हुन्छन् । कोही कार्टुन, कोही फिल्म, रेस्लिङ हेरिरहेका हुन्छन् । कतिपय युटयुबमा गीत सुन्दै गृहकार्य गरिरहेका हुन्छन

समाचार - मुन्धुमविद् भरत दम्पतिको सडक दुर्घट्नामा मृत्यु

Image
प्रदीप मेन्याङ्बो, धरान मंसिर ११, २०७४-मुन्धुमविद भरत तुङ्घङ् र उनकी श्रीमति टीकादेवी सुहाङ्को सोमबार विहान ११ बजे सडक दुर्घट्नामा परी मृत्यु भएको छ । पारिवारिक कामले धरानबाट इटहरीतर्फ मोटरसाइकलमा गइरहेको बेला पछाडीबाट आएकाको १ ज २७१४ नम्बरको बोलेरोले तीनकुने नजिकैको शनिमन्दिर अगाडि ठक्कर दिएको थियो ।  प्रत्यक्षदर्शीहरुका अनुसार धरानबाट तुङ्घङ दम्पती चढेको को ४ प ६३१६ नम्बरको मोटरसाइकल र बोलेरो पिकअप अघिपछि भएर इटहरीतर्फ गइरहेको बेला विपरित दिशाबाट यात्रुवाहक बस आइरहेको बेला बोलेरोले मोटरसाइकललाई ओभरटेक गरेको थियो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक हवल्दार राजन श्रेष्ठले ओभरटेक गर्ने बोलेरो चालक धनकुटा नगरपालिका– १ बस्ने २७ बर्षीय हीरालाल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । मृतक तुङ्घङ दम्पतीको मोटरसाइकललाई ओभर टेक गरी सवारी दुर्घट्ना गराउने बोलेरो बराह ज्वेलरी इण्डष्ट्रिज प्रा. लि.को रहेको प्रहरीले जनाएको छ ।  धरानस्थित नेपाल खानेपानी संस्थानमा नायव सुब्बाको रुपमा कार्यरत ५५ बर्षीय तुङ्घङ किरात लिम्बुको इतिहास, पुरातत्व र मुन्धुमसम्बन्धी जानकार थिए ।