Posts

Showing posts from February, 2023

इतिहास : सुवांगी अन्तर्गत गोवांगी हक

Image
 वसन्त खापुङ  सुवांगी अन्तर्गत गोवांगी हक  विसं १८९२ मा राजा राजेन्द्रविक्रम शाहले मोराहाङ गाउँका भेगिदार खापुङ दिएको सुुवांगीको लालमोहर देखाउँदै फणीन्द्र खापुुङ। तस्वीरहरूः वसन्त खापुङ तमोर खोलाका जिम्मावाल सुब्बाहरूले तिब्बतसँग सीमा जोडिएको पूर्वी उत्तर क्षेत्रका पाँच गाउँमा त्यहींका स्थानीयलाई आफू अन्तर्गत रहने गरी गोवांगी अधिकार प्रदान गरेका थिए। वसन्त खापुङ   लिम्बूहरूले विजयपुर र गोरखालीबाट सुवांगी पाएर स्थानीय स्तरमा शासन सत्ता चलाएका थिए। सुवांगी पाउनेलाई सुब्बा भनी सम्बोधन गरिन्थ्यो।गोरखाली शासकबाट विसं १८३७ मा लिम्बूहरूले पहिलो पटक सुवांगी पाएका थिए। फेदाप थुमका मञ्चित राई (तुम्बाहाम्फे)ले विसं १८३७ मा वार्षिक रु.६० सिर्तोक बुझाउने गरी पहिलो पटक सुवांगी प्राप्त गरेका थिए। (लिलाबहादुर तुम्बाहाम्फे, तुम्बाहाम्फे वंशावली-२०६३)। तर‚ सुवांगीको राजनीतिक संरचनालाई कमजोर बनाउन गोरखालीले थप व्यक्तिलाई सुवांगी अधिकार दिन थाले। विसं १८९२ मा राजा राजेन्द्रविक्रम शाहले मोराहाङ गाउँका खापुङलाई सुवांगीको लालमोहर दिए। त्यही सुवांगीबाट सुब्बा जैमान र पृथमान फुटे। सुब्बाहरूले अरूलाई अमाल गर्न

स्वतन्त्र विद्यार्थी युनियन : उद्देश्य एउटा, नियति अर्कै

Image
  फाल्गुन १०, २०७९ गणेश राई ,  सुदीप कैनी काठमाडौँ — विश्वविद्यालय, क्याम्पसको नीति निर्माणसँगै कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न परिकल्पना गरिएको संरचना हो स्वतन्त्र विद्यार्थी युनियन । त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन नियममा क्याम्पसमा शैक्षिक वातावरण कायम गर्दै विद्यार्थी हकहितको संरक्षणका लागि युनियन अपरिहार्य गरेको उल्लेख छ । पछिल्ला घटनाक्रमले भने स्ववियुको औचित्य पुष्टि गर्न सकेको पाइँदैन । त्रिविका क्याम्पसमा हरेक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १४ वर्षदेखि नियमित हुन सकेन । अर्कोतर्फ विद्यार्थी संगठन र निर्वाचित युनियनका प्रतिनिधि नै शिक्षण संस्थामा तालाबन्दी, अध्यापक कुटपिट, तोडफोड, आगजनीको नेतृत्वमा संलग्न रहेको दर्जनौं दृष्टान्त देखापरेको छ । विश्वविद्यालयका पदाधिकारी चयन, क्याम्पस–विभागका प्रमुख नियुक्ति, कलेजका सम्बन्धन, भर्नालगायत गतिविधिमा विद्यार्थी नेताहरूले नै बार्गेनिङ गरेको आरोप लाग्दै आएको छ । विद्यार्थी हकहितभन्दा पनि राजनीतिक दलका दाउपेचलाई मुख्य मुद्दा बनाउँदा स्ववियु निर्वाचन नै हुन नसकेको त्रिविका प्राध्यापकहरूको अनुभव

किरात सभ्यता उजागर गर्न ‘किरात विश्वविद्यालय’ को प्रस्ताव

Image
  फाल्गुन ७, २०७९ गणेश राई काठमाडौँ — नेपालको इतिहासमा सभ्यताको चरण किरातकालबाट सुरु भएकाले किरात विश्वविद्यालय स्थापना गर्न सान्दर्भिक हुने विज्ञले बताएका छन् । किरात शब्दले सभ्यता र जाति दुवै बुझाउने भएकाले त्यसलाई संकृचित अर्थमा लिन नहुनेसमेत बताए । किरात राई प्रज्ञा परिषदले राजधानीमा आयोजना गरेको तेस्रो ‘किरात राई प्राज्ञिक संगोष्ठी–२०७९’मा उक्त विचार व्यक्त गरेका हुन् । काठमाडौँ — नेपालको इतिहासमा सभ्यताको चरण किरातकालबाट सुरु भएकाले किरात विश्वविद्यालय स्थापना गर्न सान्दर्भिक हुने विज्ञले बताएका छन् । किरात शब्दले सभ्यता र जाति दुवै बुझाउने भएकाले त्यसलाई संकृचित अर्थमा लिन नहुनेसमेत बताए । किरात राई प्रज्ञा परिषदले राजधानीमा आयोजना गरेको तेस्रो ‘किरात राई प्राज्ञिक संगोष्ठी–२०७९’मा उक्त विचार व्यक्त गरेका हुन् । किरात राई प्रज्ञा परिषदले राजधानीमा आयोजना गरेको तेस्रो ‘किरात राई प्राज्ञिक संगोष्ठी–२०७९’को उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई । तस्बिर : गणेश/कान्तिपुर परिषद्का कुलपति जयकुमार राईले किरात राई जातिको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, भौगोलिक पक्षलाई

विविधा : सुस्ताएको अन्तर्राष्ट्रिय मातृभाषा दिवस

Image
  फाल्गुन ९, २०७९ गणेश राई आज अर्थात् २१ फेब्रुअरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । चौबिसौं अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२३ को नारा ‘शैक्षिक रुपान्तरणको लागि बहुभाषिक शिक्षा’ रहेको छ । यो दिवस सन् १९९९ बाट सुरु भएको हो । गत वर्षसम्म नेपाल प्रज्ञा प्रतिष्ठानले यो दिवसको सन्दर्भमा दुई दिने मातृभाषा साहित्य महोत्सव गर्थ्यो । राष्ट्रपति वा उपराष्ट्रपतिबाट उद्घाटन हुने मातृभाषा कविता महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन गर्थ्यो । तर यो वर्ष हुने छैन । किनभने प्रतिष्ठानमा कुलपतिलगायत पदाधिकारी र सदस्य समयमा नियुक्त नहुँदा औपचारिक कार्यक्रम हुन सकेन । कर्मचारीले त्यस्ता कार्यक्रम गर्ने अनुमति नभएको भन्दै पन्छिएका छन् । यसैगरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले बहुभाषिक कविता गोष्ठी गर्थ्यो । उसले यो वर्ष मातृभाषा कविता आह्वान गर्‍यो तर बजेट कटौती भयो भन्दै औपचारिक कार्यक्रम कटौती गरेको छ । भाषा आयोगले विगत केही वर्ष औपचारिक रूपमा मुलुकका भाषाबारे गोष्ठी गर्थ्यो । तर उसले पनि बजेट नभएको भन्दै जुमको माध्यमबाट अन्तरक्रियामात्र गर्ने जनाएको छ । आदिवासी जनजाति आयोग

कुलपति भूपाल राईको त्यो प्रतिवन्धित गीत

Image
  ४ फाल्गुन २०७९, बिहिबार   राजकुमार दिक्पाल पत्रकारितामा बाम सर्दै थिए, चालिसको दशकको उत्तरार्द्धमा । पचासको दशकको सुरुआतमा त पेशागत रुपमै पत्रकारिता सुरु गरिहाले । त्यो बेला घरमा फोन थिएन । सञ्चार साधनहरुको अभावग्रस्त समयमा थालिएको पत्रकारिता जीवनमा धनकुटा नगरको हुलाकटोलस्थित रुपकला फोटो स्टुडियोका सञ्चालक दाईहरु शुक्र र बुद्ध लिम्बुले मलाई लगाएको गुण अविस्मरणीय छ । यस्तै पुनम पुस्तक पसलको रेखदेख गर्ने भाई निश्चल राईले मेरो पेशागत पत्रकारिताको सुरुआतीका दिनमा लगानी गरेको गुणलाई यस प्रसङ्गमा थप सम्झना गर्न चाहन्छु । तत्कालिन रुपकला फोटो स्टुडियो चाहिा मेरो सम्पर्क केन्द्रजस्तै थियो । एक राष्ट्रिय दैनिकको ज्यालादारी समाचारदाता थिए । कुरा पर्‍यो, २०५० सालको । शुक्र र बुद्ध दाईकी आमा पाराम लिम्बुले एक दिन मलाई सोध्नुभयो, ‘भाई, तपाईं भुपाल राईलाई चिन्नुहुन्छ ?’ ‘मैले उहालाई भेटेको त छैन, तर उहाको लेखरचनाहरु पढिरहेको छु’, मैले आमालाई भने । आमाले खुलस्त पार्नुभएअनुसार भुपाल राईले धनकुटामा बाल बचाउ कोष ( एससीएफ)मा एक दुई वर्ष काम गर्नुभएको रहेछ । जागिर सकिएपछि धनकुटाबाट विदा हुदै गर्दा भुपाल

अन्तर्वार्ता : प्रज्ञा-प्रतिष्ठानलाई सबै भाषाभाषीको साझा थलो बनाउँछु: कुलपति राई

Image
 हिमालखबर बिहीबार, ४ फागुन, २०७९ फागुन ४ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका नेपाल प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त कुलपति भूपाल राईसँग हिमालखबरले गरेको संक्षिप्त संवादः नेपाल प्रज्ञा-प्रतिष्ठानका अघिल्ला परिषद्हरू गठन हुने वेलामा र त्यसपछि वा अघि पनि यसका गतिविधिलाई लिएर तपाईं आलोचनात्मक देखिनुहुन्थ्यो। यस पटक आफैं कुलपति नियुक्त हुनुभएको छ। यो यात्रा कसरी सम्भव भयो? नेपाल प्रज्ञा-प्रतिष्ठान भाषा, साहित्य, संस्कृतिकै सर्वोच्च स्थान हो। योग्यता र योगदानको आधारले त्यसमा म स्वाभाविक दाबेदार नै थिएँ। जनताको करले चल्ने प्राज्ञिक सत्ता हो यो। प्राज्ञिक अध्ययन, अनुसन्धान हुने ठाउँमा म पुग्न नहुने के थियो र? सबै पुग्दा म पुग्न नहुने केही पनि थिएन। दोस्रो, प्रज्ञा-प्रतिष्ठानप्रति मेरो पहिलादेखि असहमति थिएन। म विरोधी पनि थिइनँ। गर्नैपर्छ, यो निरन्तर प्रक्रिया हो भन्ने नै थियो। गणतन्त्र नेपालको बहाली भइसकेपछि राज्यसत्ताका सबै अवयवहरू पुनःसंरचनाको दिशातिर जानुपर्छ भन्ने मेरो भनाइ थियो। प्रज्ञा-प्रतिष्ठान पनि त्यही मार्गमा जानुपर्छ र सबै हिसाबले पुन:संरचना हुनुपर्छ भन्ने मेरो मत थियो। गणतन्त्रको य

प्रदेश १ : रामप्रसाद राईको सालिक अनावरण

Image
  फाल्गुन ८, २०७९ डम्बरसिं राई खोटाङ — २००७ सालका क्रान्तिका नायक रामप्रसाद राईको सालिक अनावरण गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजार टुँडिखेलमा एक वर्षअघि बनाइएको सालिक प्रतिनिधिसभा सदस्य रामकुमार राईले सोमबार अनावरण गरेका हुन् । अघिल्लो वर्षको पुसमै काम सकिए पनि विभिन्न कारणले उद्घाटन हुन नसक्दा घुम्टोले छोपेर राखिएको थियो । करिब ७९ लाखको लागतमा विभिन्न संरचनासहित सालिक निर्माण गरिएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण गर्ने योजना बनाइएको थियो तर स्थानीय तहको चुनाव आइहाल्यो, आचारसंहिता लागू भयो, त्यसपछि त्यत्तिकै भयो,’ फुयाँलले भने, ‘ढिलै भए पनि अनावरण भयो ।’   २००७ सालमा क्रान्तिको नेतृत्व गर्ने राईको सम्मानमा उक्त सालिक राखिएको हो । खोटाङ बजारलाई पर्यटन तथा विकासको केन्द्रविन्दु बनाउने उद्देश्यले सालिक राखिएको फुयाँलले बताए । सालिकसहितका विभिन्न संरचनाका लागि खोटेहाङ गाउँपालिकाको ४९ लाख र प्रदेश सरकारको ३० लाख रुपैयाँ खर्च भएको फुयालको भनाइ छ । उक्त ठाउँमा राईले रोपेको समीको रुख पनि छ । त्यसैनजिक स

ठडियो रानी दरबार : ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माइ, कतिमा राम्रो दरबार मार्‍यो नि मायाले मार्‍यो’

Image
  फाल्गुन ४, २०७९ राजकुमार कार्की सिन्धुली — ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माइ, कतिमा राम्रो दरबार मार्‍यो नि मायाले मार्‍यो’ रानी दरबारको नाममा लोकगायक तथा गीतकार कृष्णविक्रम थापाले यही गीत गाएपछि चर्चा चुलिएको थियो दरबारको । गीत २०३६ सालमा रेडियो नेपालमा प्रथम पनि भएको थियो । यतिखेर दरबारलाई पुरानै शैलीमा पुनर्निर्माण कार्य सम्पन्न गरेपछि बेहुलीझैं सिँगारिएर चिटिक्क भएको छ । यो दरबारलाई सिन्धुलीगढी दरबार भनेर पनि चिनिन्छ । रानी दरबार पुरानै शैलिमा निर्माण भएको कमलामाई नगरपालिकाका–३ का शिक्षक कणैबहादुर कार्कीले बताए । 'पहिला जस्तो थियो दरबार उस्तै बनेको देखिन्छ', उनले भने, ‘हामीले देख्दा त छानोसम्म थियो । ठूल्ठूला काठ प्रयोग भएका थिए । अहिले पनि पुरानै शैलीमा निर्माण भएको छ । दरबार निर्माणसँगै पर्यटकहरु बढ्ने निश्चित छ ।’ २०४५ सालकै भूकम्पबाट भत्किएको रानीदरबार माओवादीले 'जनयुद्ध'को शंखघोष नै सिन्धुलीगढीको प्रहरी चौकी आक्रमण गरेसँगै दरबारको संरक्षण हुन छाडेर अलपत्र परेको थियो । गढीबाट प्रहरीचौकी हटेसँगै दरबार भग्नावषेश बन्दै गएको शिक्षक कार्कीले बताए । द्वन्द्वको प

किराँत अस्तित्वको संकेत दिने एक मात्र शिलालेख

Image
  सविना देवकाेटा | काठमाडाैं, माघ २२