Posts

Showing posts from May, 2017

समाचार - शिक्षाबारे अन्योलमै दलहरु +

गणेश राई , काठमाडौं जेष्ठ ५, २०७४- स्थानीय तह पहिलो चरणको चुनावको परिणाम आउने क्रम जारी छ । यही चुनावलाई लिएर धेरै राजनीतिक दलले ‘घोषणापत्र’ सार्वजनिक गरेका छन् । कतिपय दलले नेपालको संविधान (२०७२) ले किटान गरेको व्यवस्थालाई आफ्ना घोषणापत्रमा हुबहु उतारेका छन् । संविधानले मुलुक संघीय प्रदेश किटान गरी स्थानीय तहको चुनाव हुनलाग्दा कतिपय दलले केन्द्रीकृत शासन प्रणालीकै झल्को दिने गरी उल्लेख गरेका छन् । ‘ती दलहरूले संविधानकै कुरा दोहोर्‍याए,’ शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘कतिपय दलले राष्ट्रले शिक्षामा २० प्रतिशत बजेट छुटाउनुपर्छ पनि भनेका छन् । शिक्षा विकासको पहिलो आधार हो तर शिक्षाप्रति दलहरूको दृष्टिकोण प्रष्ट छैन ।’ त्यसैगरी शिक्षक महासंघले स्थानीय सरकारले विद्यालय सञ्चालन गर्नु नसक्ने निष्कर्षसहित प्रान्तीय सरकार मातहत हुनुपर्ने भन्दै आएको छ । मधेसवादी दलहरूले अधीनस्थ हुनुपर्ने भन्दै आएको कोइराला उल्लेख गर्छन् ।  अर्का शिक्षाविद् विष्णु कार्कीको ठम्याइ छ, संविधान कार्यान्वयन गर्ने क्रमको पहिलो खुड्किलो नै स्थानीय तहको चुनाव हो । ‘तर स्थानीय तह पहिलो चरणको चुनावमा सात दिनसम्

साहित्य/विविध - फोकल्यान्ड युद्ध अनुभव

Image
कान्तिपुर संवाददाता  , काठमाडौं जेष्ठ ३, २०७४- गणेश राईको परिचय जति अवकाशप्राप्त बेलायती गोर्खा सैनिक हो, त्यति नै युद्ध साहित्य लेखक पनि हो । खोटाङमा जन्मेका र पछिल्लो समय बेलायत बस्दै आएका उनी उतै बसेर कलम चलाउने गर्छन् । अहिले त्यस्तै स्वादको पाँचौँ कृतिसाथ आएका छन् । ‘फोकल्यान्ड जर्नल’ राजधानीमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा कवि वैरागी काइँला र वरिष्ठ साहित्यकार झलक सुवेदीले लोकार्पण गरे । काइँलाले नेपालीमा अभाव रहेको युद्ध साहित्यको परिपूर्तिमा राईले आफ्ना तर्फबाट प्रशंसनीय काम गरिरहेको उल्लेख गरे । ‘डायरी शैलीको यो पुस्तकमा बेलायत र अर्जेन्टिनाबीच दक्षिणी आन्ध्र महासागरमा रहेको सानो टापुका लागि भएको लडाइँलाई त्यसमा लडेको सिपाहीको कोणबाट यथार्थपरक वर्णन गरिएको छ,’ उनले भने, ‘यसैले यो पुस्तकको अभिलेखीय महत्त्व बढी छ ।’ फोकल्यान्ड युद्धमै सहभागिताका कारण सन् ८० को दशकदेखि अर्जेन्टिनासहित दक्षिण अमेरिकी क्षेत्रमा गोर्खालीहरू अनाहकमा बदनाम हुँदै आएको सम्झना गर्दै सुवेदीले थपे, ‘खासमा फोकल्यान्डका लागि भएको युद्धमा गोर्खालीले क्रूरता प्रदर्शन गरेका थिएनन

कोपिला - यसरी हुन्छ चुनाव

Image
गणेश राई वैशाख २४, २०७४- यतिबेला मुलुक चुनावमय छ । जताततै चुनावकै चर्चा छ । प्रदेश नं ३, ४ र ६ मा चुनावकै लागि भोलिदेखि एक साताका लागि विद्यालय छुट्टी हुँदै छ । छुट्टी हुनुअघि नै राजधानीका केही विद्यालयमा चुनावी अभ्याससमेत गरिएको छ । विद्यार्थीहरूले ‘निर्वाचन के हो र कसरी हुन्छ ?’ भन्ने आफैंले अभ्यासमा गरेका छन् । राजधानीस्थित केएमसी स्कुल, एसएबी पब्लिक स्कुल, नोबेल एकेडेमी, लालीगुराँग वाटिका माविलगायतमा गत साता यस्तै अभ्यास गरियो । बानेश्वरस्थित नोबल स्कुलमा शुक्रबार पुग्दा छात्रछात्राहरू पंक्तिबद्ध भए मतदान गरिरहेका थिए । डोरी टाँगेर उनीहरूलाई लाम लगाइएको थियो । भीड नियन्त्रण गर्न स्काउट टोली खटिइहेका थिए । धेरै भीडले गर्दा अकस्मात् डोरी चुँडियो । त्यो भीडमा उभिएका साथीहरू हुर्रिंदै अगाडिको पंक्तिमा पुगे । स्काउट टोलीलाई सम्हाल्नै मुस्किल पर्‍यो । सिठी बजाउँदा पनि कसैले टेरेनन् । त्यसपछि पल्लो कुनामा बसिरहेका ‘निर्वाचन आयुक्त’ कमल सापकोटा उठे र उनले सबैलाई फेरि पंक्तिबद्ध बनाए । कक्षा दसको सामाजिक अध्ययन (सोसल स्टडिज) विषयमा चुनावबारे पाठयसामग्री समेटिएको छ । विद्यार्थीले ‘निर

साहित्य/विविध - दुई वर्षपछि लोकवार्ता

Image
कान्तिपुर संवाददाता  , काठमाडौं वैशाख २४, २०७४- भूकम्पका कारण रोखिएको पाँचौं अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन राजधानीमा शनिबार सम्पन्न भएको छ । दुई वर्षअघि वैशाख १२ कै दिन नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा लोकवार्ता तथा साहित्य समाजले सम्मेलन सुरु गरेको थियो । दोस्रो दिन सम्मलेन चलिरहेकै बेला भूकम्प गएपछि रोकिएको सम्मेलन शनिबार सम्पन्न भएको हो ।  त्यति बेला प्रस्तुत हुन बाँकी रहेका २७ वटा कार्यपत्र शनिबार नेपाल पर्यटन बोर्डमा विशेष लोकवार्ता सम्मेलन गरी प्रस्तुत गरिएको छ । भूकम्पले सम्पदा मात्रै नभई मानिसको मन पनि बिगारेकोले चाँडै कार्यक्रम गर्न नसकिएको प्रा.डा. अभि सुवेदीले बताए । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली लोकवार्ताले अन्तर्राष्ट्रिय क्षेत्रसँग अप्रत्यक्ष रूपमा नेपालको मेलमिलाप र सहअस्तित्व कायम गर्न सहयोग पुग्ने बताए । ‘अहिले नेपालमा देखिएको विखण्डनको भावनालाई लोकवार्ता र लोक संस्कृतिले मेटाउन सक्छ,’ उनले भने, ‘नेपालमा यसको लागि २०६७ मा संस्कृति नीति त बनेको छ, तर न संस्कृति मन्त्रालयसँग विशेषज्ञ छ, न त बजेट नै । खै कार्यान्वयन भएको ?’ 

साहित्य - वाम्बुले कवितामा गगन

Image
कान्तिपुर संवाददाता , ओखलढुंगा मंसिर २२, २०७३- ओखलढुंगा। वाम्बुले राई समाज, नेपाल (वाम्रास) सस्ंथाको १९आंै स्थापना दिवसका अवसरमा ‘१८औं वाम्बुले राई भाषा कविता गोष्ठी’ सम्पन्न भएको छ । ओखलढुंगा सदरमुकाम दक्षिण मानेभन्ज्याङ–७ उदयपुर गाउँमा २०७३ मंसिर २० गते सम्पन्न गोष्ठीमा ओखलढुंगा थाक्ले– ७ का गगन राइको ‘ब्अीम्ताल्वा आ द्याल’ (सम्झनामा मेरोे गाउँ’ शीर्षकको कविता प्रथम भयो । मानेभन्ज्याङ–६ का नमेश राई दोस्रो, उँबु २ का यमुना राई तेस्रो भए भने मानेभन्ज्याङ–५ का मेनुका राई र बाहुनीडाँडा–७ खोटाङकी अम्बिका राईले सान्त्वना पुरस्कार पाएका थिए ।  विजयी कविलाई मानेभन्ज्याङ गाविसका पूर्वअध्यक्ष मोतीराज राई र वाम्रास अध्यक्ष गजुरधन राईले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कारको राशि क्रमशः ५ हजार, ३ हजार, २ हजार र एक–एक हजार रुपैयाँ रहेको छ । त्यसैगरी अन्चल जाबालाई ‘लिब्जु–भुम्जु पुरस्कार २०७२’ प्रदान गरिएको थियो । वाम्रासका संस्थापक कोषाध्यक्ष दिलकुमारी राईको प्रायोजनमा विगत तीन वर्षदेखि प्रदान गरिदै आएको ‘वाम्रास जेष्ठ नागरिक सम्मान’ १२ जनालाई प्रदान गरिएको थियो । सम्मानि

साहित्य - दूधकोसी किनारमा वाम्बुले कविता

- गणेश राई, कुम्भराज राई, ओखलढुंगा पुस ९, २०७१-परदेशमा बसेर घरदेशको सम्झना अनि घरदेशकाले परदेशीको सम्झना हुने नै भयो । त्यो पनि साहित्य कवितामार्फत् । सम्झने काइदा पनि कविले यसरी फुराए । केटाः तिम्ले मिसकल गर्दा पन्ध्र तला माथि रंग लाउँदै थिएँ म केटीः तिम्रो फोन आउँदा बाघेभीर माथि भारी लाउँदै थिएँ म केटाः झिकुँ भन्दा मोबाइल, रंगको भाँडै झर्‍यो      यस्तो आपत पर्‍यो, बिदा पर सर्‍यो केटीः बोकुँ भन्दा भारी, अल्झी गयो सारी      भारी खोलो पारि, म चाहिं खोलो वारि चर्चित कवि श्रवण मुकारुङले यी गीतको गेडो वाचन गर्दैगर्दा दर्शकदीर्घातर्फ काखमा नानी च्यापेर बसेका बीस-बाइसका आमाहरू साँच्चै भावविह्वलझैं देखिए । तन्नेरी पुस्ता भने पेट मिचेरै हाँसे । गोष्ठीका आकर्षणको केन्द्रविन्दु मुकारुङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए । दर्शकले त्यो गीतमा मात्र चित्त बुझाएनन् । अन्तमा 'बिसे नगर्चीको बयान' वाचन गर्नै पर्‍यो । रात छिप्पिदै थियो । दूधकोसी उत्तर-पूर्वबाट दक्षिण हुँदै सुसाइरहेकी थिई । चिसो सिरेटो बढ्दै थियो । मंसिर पूणिर्माको दिन थियो । झमक्कै साँझ पर्दै गर्दा कविहरूको लर्क

साहित्य/विविध - वाम्बुले राई स्रष्टा सम्मान

Image
कान्तिपुर संवाददाता , ललितपुर फाल्गुन १, २०७२- किराती वाम्बुले राई भाषाका कोशकार तथा नेपाल सरकारका उपसचिव अविनाथ राईलगायत समाजका विशिष्ट व्यक्तित्वलाई सम्मान प्रदान गरिएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको साधारण सभा तथा दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा सम्मान प्रदान गरिएको हो । किरात राई यायोक्खाका उपाध्यक्ष चन्द्रविक्रम राई र वाम्रासका केन्द्रीय अध्यक्ष हिराकाजी राईले शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका–१६ इमाडोलमा आयोजित समारोहमा उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानितहरू दिलकुमारी राई, कर्णबहादुर राई, तिखबीर राई, बीरेन्द्र लाखे, द्वारिका सत्याल र देवहरि बराल छन् ।  २०५४ सालमा स्थापित उक्त वाम्रास संस्थाको गतिविधि तथा विकासमा निरन्तर योगदान पुर्‍याएकाले सम्मान गरिएको संस्थाका उपाध्यक्ष पत्रकार गजुरधन राईले जनाए । उक्त संस्था स्थापनापछि वाम्बुले भाषा, साहित्य, मुन्धुम संस्कृति, परम्परा तथा इतिहास अभिलेखिकरण भएको छ । वाम्बुले राईहरुको मुल थलो ओल्लोकिरात र माझकिरात ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुलीलगायत जिल्ला हो । राष्ट्रिय जनगणना २०६८ अनुसार वाम्बुले

समाचार - मातृभाषा बचाउन जुट्दै युवा

Image
गणेश राई, काठमाडौं चैत्र ८, २०७२- विश्वमा सबैभन्दा बढी कुन भाषा बोलिन्छ ? अल्पसंख्यक किराती वाम्बुले राई भाषाका वक्ता युवाहरुले जवाफ दिए– ‘अंग्रेजी ।’ तर, होइन सबैभन्दा धेरैले बोल्ने भाषा मन्दारिन हो । जुन चीनका १ अर्बभन्दा बढी मानिसले बोल्दछन् । विश्वमै दोस्रोमा स्पेनिस भाषा बोलिन्छ । त्यसपछि तेस्रो स्थानमा अंग्रेजी रहेको छ । यो भाषा ३६ करोड जतिले बोल्दछन् । विश्वमा साढे छ हजार भाषामध्ये हिन्दी, अरबी, जापानी, पन्जाबीलगायत दसौं स्थानमा भाषाहरु हुन् । किराती वाम्बुले (ओम्बुले) राई भाषा र लिपि लेखन प्रशिक्षणमा कोशकार अविनाथ राईको सवाल र जवाफमा यी संवाद भएको हो । ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली जिल्ला मुल थलो रहेको वाम्बुले राईहरुले राजधानीको इमाडोलमा मातृभाषा प्रशिक्षणका क्रममा यसरी संवाद गरेका हुन् । नेपालमा बोलिने १ सय २३ भाषा बोलिन्छ् । तीमध्ये किराती समूहमा रहेको वाम्बुले राई भाषा एक हो । यसको वक्ता संख्या करिब १४ हजार रहेको छ । ‘भाषा कसैको पेवा होइन, सबैको सम्पत्ति हो,’ कोशकार राईले भने, ‘मातृभाषा र संस्कृति हाम्रो पहिचान हो । तर यसरी अल्पसंख्यकले बोल्ने भाषा चाँडै लोप हु

साहित्य - यलम्बर स्मृतिमा कविता

Image
कान्तिपुर संवाददाता, ओखलढुंगा मंसिर २३, २०७१-वाम्बुले राई भाषाको १६ औँ यलम्बर स्मृति कविगोष्ठीमा खोटाङकी संगीता राई पहिलो भएकी छन्। थाक्लेमा शनिबार आयोजित गोष्ठीमा २४ प्रतिस्पर्धी थिए। संगीताको 'वाम्बुले राडु' (वाम्बुले राई) कविता उत्कृष्ट दरियो। उदयपुरका अज्ञात ऋषि राई दोस्रो र लोकेन्द्र राई तेस्रो भए भने मंगलदर्शन राई र कपिन्द्र राईले सान्त्वना पुरस्कार पाए। विजेताहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङले पुरस्कार हस्तान्तरण गरे। वाम्बुले राई समाज, लिब्जु-भुम्जु पत्रिका, नयाँ नेपाल सरोकारको संयुक्त आयोजना र प्रज्ञा प्रतिष्ठानको सह-आयोजनामा कविगोष्ठी भएको हो। गोष्ठीमा कवि व्याकुल माइला, दीपेन्द्र चाम्लिङ, सचित राई, विद्रोही साइँला, दार्जिलिङबाट आएका कविता प्रणय खम्बुका साथै मुकारुङले समेत नेपालीमा कविता वाचन गरेका थिए। यलम्बर स्मृति कविगोष्ठीलाई वाम्बुले समुदायको राष्ट्रिय कविता महोत्सवका रूपमा लिने गरिएको वाम्बुले राई समाजका कार्यवाहक अध्यक्ष गजुरधन राईले बताए। प्रतियोगितामा वाचित सबै कविता मातृभाषामा प्रकाशन हुने 'लिब्जु-भुम्जु' मा प्रकाशि

समाचार - रामप्रसाद राई राष्ट्रिय विभूति योग्य व्यक्ति हुन् : उपराष्ट्रपति

Image
कान्तिपुर संवाददाता , काठमाडौं श्रावण २२, २०७३- उपराष्ट्रपति नन्दबहादुर पुनले रामप्रसाद राई नेपालको राष्ट्रिय विभूतिका लागि योग्य व्यक्ति भएको बताएका छन् । किरात राई यायोक्खा २९औ स्थापना दिवसको उद्घाटन समारोहमा शनिबार उक्त विचार व्यक्त गरेका हुन् । उपराष्ट्रपति पुनले देश विविध जातजाति, भाषा, संस्कृति, धर्म र भूगोलका समुदायका आआफ्नै मौलिक पहिचान रहेको उल्लेख गर्दै मुलुकमा जहानिया राणाशासन ढाल्नमा रामप्रसाद राईको योगदान अतुलनीय रहेको बताए । ‘किरात सभ्यता होस या नेपालको परिवर्तनकारी आन्दोलनमा किरात राई समुदायले  खेलेको भूमिका होस या जननायक रामप्रसाद राईले नेतृत्व गरेको संघर्ष होस या विश्वलाई देखाउने नेपालको मौलिक संस्कृति सम्पदा, मुन्दुम होस यी किरातहरुको मात्रै नभएर नेपालको पहिचान हुन्,’ राणा शासन ढाल्ने र चौबिस घन्टा सिंहदरबार नियन्त्रण गर्ने रामप्रसाद राई जननायकका रुपमा स्थापित रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले भने, ‘तर रामप्रसाद राई नेपालको राष्ट्रिय विभूतिका लागि योग्य व्यक्ति हुनुहुन्छ भन्ने मलाई लागेको छ । म यस अवसरमा तपाई किरात राई समुदायको संघर्षशील इतिहास र गौरव गर्न

देश - कान्तिपुरकर्मीसहित ७ जना सम्मानित

Image
कान्तिपुर संवाददाता  , धरान माघ ९, २०७२- किरात–राई समुदाय भित्र वाम्बुले भाषिक समुदायको साझा संस्था वाम्बुले राई समाज जिल्ला कार्यसमिति सुनसरीको दोश्रो सम्मेलनमा कान्तिपुरकर्मीसहित सातजना वाम्बुले भाषी संचारकर्मी शनिबार धरानमा सम्मानित भएका छन् । सम्मानित हुनेहरुका कान्तिपुर दैनिकका गणेश राई, नेपाल टेलिभिजनका कार्यकारी सम्पादक पुष्पहरी क्याम्पा राई, वरिष्ठ समाचार सम्पादक गजुरधन राई, ओखलढुङ्गाका कान्तिपुरकर्मी कुम्भ राई, महाजित राई, रिसी राई र भिम राई ज्वाला रहेका छन् । उक्त अवसरमा क्याप्टेन रामलाल राई र शुभचन्द्र राईलाई पनि सम्मान गरिएको थियो । वाम्बुले राई भाषिक समुदायको भाषिक र सांस्कृतिक, साहित्यिक उत्थानका लागि उनीहरुले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको सम्मेलन आयोजक समाजका अध्यक्ष रामकर राईले बताए । प्रकाशित: माघ ९, २०७२ http://kantipur.ekantipur.com/news/2016-01-23/20160123145742.html

देश - पत्रकार राईलाई ‘किराया धनकेशर–अतमहरि राई स्मृति पत्रकारिता पुरस्कार’

Image
कान्तिपुर संवाददाता  , काठमाडौं श्रावण २१, २०७३- पत्रकार गजुरधन राईलाई ‘किराया धनकेशर–अतमहरि राई स्मृति पत्रकारिता पुरस्कार’दिइने भएको छ । किरात राइ यायोक्खाले उक्त पुरस्कार दिने निर्णय गरेको हो । पत्रकार राई नेपाल टेलिभिजनमा कार्यरत छन् ।  पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । यायोक्खाको २९औं स्थापना दिवसको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट पुरस्कार तथा विभिन्न व्यक्तित्वलाई सम्मान प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।  यायोक्खाका अध्यक्ष तिलक राईको अध्यक्षतामा सम्पन्न बैठकले अन्य विशिष्ट व्यक्तित्वलाई समेत सम्मान गर्ने निर्णय गरेको हो । सम्मान गरिनेमा सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई, १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (फूटबलतर्फ स्वर्णपदक प्राप्त बिशाल राई, विभिन्न विषयमा विद्यावारिधिप्राप्त जनक राई, नेत्रमणि दुमी राई, कैलाश राई र दोभान राई छन् ।  त्यसैगरी १५ हजार रुपैयाँ राशिको पुरस्कारहरु प्राध्यापक डा. विष्णु एस राईकृत ‘खम्बुवानबाट हराएका सन्तानहरू’ नामक अनुशन्धान कृतिलाई १५ हजार रुपैयाँ राशिको ‘किराया, छत्र–बिष्णु राइ कृति सम्मान’, डा. भक्तकुमार राईक

हेलो शुक्रबार - युनिभर्सिटी भोलेन्टियर्स

Image
गणेश राई , काठमाडौं चैत्र १९, २०७२-  काठमाडौं युनिभर्सिटी (केयू) ले विभिन्न इभेन्ट्समा विद्यार्थी स्वयंसेवक खटाउँछ, युनिभर्सिटी भोलेन्टियर्सका रूपमा । सय देशका करिब साढे चारसय जना प्रतिनिधिका निम्ति एक सातासम्म भोलेन्टियर गरे, केयू ब्याचलर्स स्टुडेन्ट्सले । राजधानीको मुटु कमलादीस्थित नेपाल एकेडेमी परिसरमा उनीहरू जुटे । सन्दर्भ थियो, ‘२०१६ वल्र्ड उड डे’ अर्थात् विश्व काठ दिवस । राष्ट्रसंघको ६७ औं सभाले हरेक २१ मार्चलाई विश्व काष्ठ दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । यो दिवस सन् २०१३ मा पहिलोपटक तान्जानिया, २०१४ मा चीन र २०१५ मा टर्कीमा मनाइएको थियो । काठलाई पर्यावरणमैत्री नवीकरणीय जैविक पदार्थका रूपमा सचेतना फैलाउने उद्देश्यले आयोजित यो दिवसको चौथो संस्करण पहिलोचोटि नेपालमा आयोजना भएको हो । ‘नेचर एन्ड कल्चर’ थिममा काठबाट बन्ने विविध सामग्री उत्पादन र काठ बाट बन्ने वाद्यसंगीतका इन्स्ट्रुमेन्टको प्रयोग आकर्षण रह्यो । सातै दिन केयूका भोलेन्टियर्स मनैदेखि जमेर खटिए । उड डेमा भोलेन्टियर बन्न गुगल फर्म भर्ने सयभन्दा बढी थिए, ५३ जना छानिए । ती

समाचार - यायोक्खामा तिलकको नेतृत्व

Image
गणेश राई , काठमाडौं फाल्गुन २६, २०७२- राई जातिको साझा सामाजिक संस्था किरात राई यायोक्खाको अध्यक्षमा तिलक राई निर्वाचित भएका छन् । राजधानीको बोडेमा बुधबार सम्पन्न यायोक्खाको नवौं राष्ट्रिय महाधिवेशनले ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको पाँच उपाध्यक्षमा दिवस राई, पारसमणि राई, अशोक राई, गेन राई, र टिकासरी राई, महासचिव जीवन हाताचो राई छ । त्यसैगरी पाँच उपमहासचिवमा डिबि सरोज राई, धिरेन्द्र रुम्दाली, तिलक याम्फु राई, जनक राई र भिमराज राई, कोषाध्यक्ष युवराज राई, सहकोषाध्यक्षद्वय सदर राई र विनादेवी राई छन् । सदस्यहरु सर्वधन, राकेश, संजय सन्तोषी, शुभचन्द्र, दिपेन्द्र रुम्दाली, यादव बान्तावा, देवान, जितकुमार, परशुराम, चन्द्रकुमार, कृष्णकुमार, प्रश्नराज, किरण, सुमन, तेजबहादुर, आसमान देवास, नविन, हेमन्त, राम साम्पाङ, राम संघर्ष, मातृका, भविनकुमार, इरुप, दिपेनबाला, अर्जुन जम्नेली राईलगायत छन् । सम्मेलनले १७ बुँदे ‘बोडे भक्तपुर घोषणापत्र–२०७२’ जारीगर्दै संघीय प्रदेश–१ लाई ‘किरात प्रदेश नामाकरणसहित किरात स्वायत्त राज्य सुनिश्चित गर्न’ माग गरेको छ । ‘राज्यको स

ब्लग - पत्रकारिताको इतिहासमा दोहोरिएको खोट

Image
सन्दर्भ : वैशाख २४ राष्ट्रिय पत्रकारिता दिवस -  गणेश राई , काठमाडौं वैशाख २४, २०७३- जित्नेहरूको मात्र इतिहास लेख्ने र हार्नेहरूको जतिसुकै योगदान भएपनि आँखा चिम्लिने कामको झाङ नेपाली आमसंचार तथा पत्रकारिता फाँटमा पनि मौलाएको छ । त्यसको पछिल्लो उदाहरण हो– नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा घोषणा गरिएको व्यक्ति कृष्णप्रसाद भट्टराई । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई जो पूर्वपत्रकार र महासंघको अध्यक्ष पनि हुन् । महासंघको संस्थापक अध्यक्ष रहेको भन्दै पूर्ववर्ती कोइराला नेतृत्वको सरकारले ‘कृष्णप्रसाद भट्टराई आमसंचार प्रतिष्ठान’ गठन गर्ने निर्णय गरेपछि मात्र इतिहासमाथि गम्भीर त्रुटि भएको आवाज उठ्यो । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन् भन्ने सतहमा आयो । वर्तमान सरकारले देशको पहिलो सरकारी छापामाध्यम ‘गोर्खापत्र’ प्रकाशन भएको (वि.सं.१९५८) वैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’का रुपमा मनाउने निर्णय गरेको छ । त्यसैअनुसार आउदो वैशाख २४ गते पहिलो पटक ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउन गइरहेका छौं । छापा माध्यममा नेपाली भाषाको पहि

ब्लग- मध्यपहाडी लोकमार्गको यात्रामा उच्च जोखिम

Image
ट्राफिक ‘टाइमकार्ड’को रन्को -  गणेश राई , हिलेपानी (ओखलढुंगा) आश्विन १८, २०७३- मध्यपहाडी लोकमार्ग काठमाडौंबाट पूर्वी पहाड छिचोल्ने एकमात्र भरपर्दो सडक हो । यो राष्ट्रिय गौरवको आयोजना भएकाले आम मानिसलाई भरपर्दो लाग्ने नै भयो । विशेषगरी काठमाडौंदेखि धुलिखेलसम्म अरनिको राजमार्ग रहेको छ । धुलिखेलदेखि सिन्धुलीको खुर्कोटसम्म बीपी राजमार्ग फैलिएको छ । खुर्कोटदेखि पुष्पलालमार्ग सुरु हुन्छ । उदयपुर हुँदै सुनकोसी तरेर ओखलढुंगातर्फ करिब १७ किलोमिटर सडक पार्दै दूधकोसी किनारा जयरामघाट पुगिन्छ । त्यसपछि मध्यपहाडी लोकमार्ग टुंगिन्छ किनकि दूधकोसीमा पुल बनेको छैन । हिउँदमा बेलिब्रिज हाल्ने गरिएको छ ।  यसरी अहिले मध्यपहाडी लोकमार्ग भएर खोटाङसम्मका जनजीवनलाई राहत दिँदै आएको छ । दसैंअघि यात्रा गर्दा यो मार्ग ज्यादै जोखिम रहेको पाइएको छ । यसपटक अधिक पानी परेकाले सिन्धुलीको खुर्कोटदेखि पूर्वतर्फ दूधकोसीसम्मको सडक जीर्णप्राय: छ । धेरै ठाउँमा पहिरोले पुरिएका छन् । सम्म परेका केही भागको माटो सोहोरिएका छन् भने अधिक पहरा भएका सडकमा जगैसमेत भत्किएका छन् । मर्मत भएका छैनन् । सिन्धुली र उदयपुर सी