Posts

Showing posts from March, 2024

चर्चामा जो छ, पहिचानको जोहो अर्थात् किरात राई प्राज्ञिक संगोष्ठी

Image
  चर्चामा जो छ, पहिचानको जोहो अर्थात् किरात राई प्राज्ञिक संगोष्ठी कुब्जोङ किरात २४ फागुन २०८०, बिहिवार 126 Shares कला र साहित्य चर्चामा जो छ, पहिचानको जोहो अर्थात् किरात राई प्राज्ञिक संगोष्ठी ‘स्वतन्त्र हुनु भनेको बन्धनबाट मुक्त हुनुमात्र होइन बल्की अरु मानिसको स्वतन्त्रतालाई सम्मान र अभिवृद्धि गर्दै जिउन सक्नु हो ।’ नेल्सन मण्डेला मातृभूमि नेपाल संघीय लोतान्त्रिक गणतन्त्र बनेपछि हामी साढे दुइसय वर्ष लामो राजतन्त्रको बन्धनबाट मुक्त भयौं । यही चरणमा जहाँनियाँ राणाशासन ढल्यो । ०७ सालमा प्रजातन्त्र आयो । तर फेरि पनि ३० वर्षे पंचायती व्यवस्थाले खायो । २०४६ सालमा पुनः प्रजातन्त्र आयो तर संवैधानिक राजतन्त्रले छोडेन । दश वर्षे जनयुद्ध भयो अनिमात्र भूइँमान्छेहरूले शिर उठाउन पाए । २०६२÷६३ को जनआन्दोलनले ल्याएको उभार ने आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो । हामी बन्धन मुक्त छौं । हाम्रै मतदानले जनताका छोराछोरी राष्ट्रपति बन्न पाएका छन् । त्यसकै निम्ति वीर सहिदहरूले ज्यानको बलिदान दिएका हुन् ।  दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति मण्डेलाले भनेझैं हामी स्वतन्त्र छौं । बन्धन मुक्त छौं । खाँच

ब्रिटिस आर्मी भर्तीः उही ख्याल, उही साँचो

Image
  ब्रिटिस आर्मी भर्तीः उही ख्याल, उही साँचो कुब्जोङ किरात ३० फागुन २०८०, बुधवार समाज तथा संस्किृति ब्रिटिस आर्मी भर्तीः उही ख्याल, उही साँचो एक साताअघि अर्थात् मार्च ५, २०२४ (२०८० फागुन २२ गते) का दिन ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.५ का वडाध्यक्ष रामकुमार राई ‘आङगुस वाम्बुले’ले आफ्नो फेसबुकको भित्तामा ब्रिटिस गोर्खा सेना र सिंगापुर पुलिस फोर्स भर्ती हुनेबारे सूचनालाई लिएर गम्भीरता प्रकट गर्नुभएको छ । उहाँले लेख्नु भएको व्यहोरा यस्तो छ–  उहिले, घर घरमा गोरा आउथे रे लाहुर लानलाई । उ बेला जुजु बाजेहरू भागेर लुकेर बारीको कान्ला तिर बस्थे रे । मैले थाहा पाउँदा अनि लाहुर हुने मन हुँदा, जिल्लाको कुनै निश्चित ठाउँ गाउँमा गल्लामा जाने अनि नाम लेख्ने र लेखाउने हुन्थ्यो । अलिक बढी खर्च लाग्थ्यो ।  अनि अहिले, गाउँमा लाहुरे हुन योग्य केटाहरू कोही छैनन् । लाहुर हुने एकाडेमी, तालिम सेन्टर च्याउ उम्रे जत्तिकै खुलेको छ । राम्रो पक्ष हो, अनुभवीद्वारा संचालित सेन्टर भएकोले लाहुर हुनु पूर्व नै लाहुर भएको अनुभुति हुन्छ ।  तर, लाहुर हुनेलाई जिन्दगी बनी गयो । नहुनेलाई भने एक सेसनमा करिब ५ लाख जति

कर्म कोरियामा, चासो भाषा, संस्कृति रूपान्तरणमा : सिक्दै किरात सिरिजङ्गा लिपि

Image
कर्म कोरियामा, चासो भाषा, संस्कृति रूपान्तरणमा : सिक्दै किरात सिरिजङ्गा लिपि कुब्जोङ किरात ५ चैत २०८०, सोमवार समाज तथा संस्किृति कर्म कोरियामा, चासो भाषा, संस्कृति रूपान्तरणमा : सिक्दै किरात सिरिजङ्गा लिपि ‘भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए अस्तित्व हराउँछ, अस्तित्व हराए हामी हराउँछौं ।’ ब्यानरमा लेखिएको छ । सांस्कृतिक अभियानको यो नारा हो, किरात राई यायोक्खा दक्षिण कोरियाको । यही ब्यानरमुनि ‘किरात सिरिजङ्गा लिपि भर्चुअल निःशुल्क कक्षा’ आरम्भ गरेको छ, २०८० चैत ३ गते शनिबार । चारवटा शनिबार साँझको दुई घण्टा किरात सिरिजङ्गा लिपि प्रशिक्षणका निम्ति खर्चिने लक्ष्य राखेको छ । संसारभरि छरिएका समुदायलाई जोड्न विज्ञान र प्रविधिको भरपूर उपयोग गरेर गर्दै साझा पहिचानको सवाललाई सशक्त ढंगले अघि बढाउने प्रयत्न गरेको छ भनेर बुझिन्छ । किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रले यो कक्षा संचालन गरेको हो । जनसंख्याको हिसाबले स्थापना गरिएको स्थल राजधानी सोउललाई मानिएको छ । भौगोलिक हिसाबले टाढा रहेका बुसान शाखा, गजेदो शाखा, इक्सान छल्लादो शाखा र छेजुदो शाखा रहेका छन् । दक्

नेपालमा सुरुङ युद्धका नायक अर्थात् बान्तावा मातृभाषाका प्रथम सहिद रत्नकुमार बान्तवा

Image
  कुब्जोङ किरात १६ चैत २०८०, शुक्रवार कला र साहित्य नेपालमा सुरुङ युद्धका नायक अर्थात् बान्तावा मातृभाषाका प्रथम सहिद रत्नकुमार बान्तवा हालैमात्र ‘नेपालमा सुरुङ युद्ध : रत्नकुमार बान्तवाको सङ्घर्ष र बलिदानको वृत्तान्त’ किताब बजार आएको छ । अर्जुनकुमार उप्रेती र जसकुमार राईको अध्ययन, अनुसन्धान तथा लेखन रहेको कृति मञ्जरी पब्लिकेसनले प्रकाशन गरेको हो । सुन्दै अनौठो लाग्छ– नेपालमा सुरुङ युद्ध । सुरुङ युद्धका प्रतिपादक हुन्– रत्नकुमार बान्तवा । उनै क्रान्तियोद्धा बान्तवालाई राज्यसत्ताले मारेको ४५ वर्षपछि यो किताब अहिले प्रकाशनमा आएको छ । बान्तवाबारे सारंगीको धुनमा भोजपुरका गायक कर्णबहादुर गन्धर्व (स्वर्गीय)ले गाएका गीतको अंश यस्तो छः ‘मारेको थियो सामन्ती पञ्चले पारेर जालैमा त्यो महा जीवन बिलेर गयो  पैतिस सालैमा सलल इभाङको डाँडा पोतियो  सहिदको रगतले  सलल इभाङको डाँडा पोतियो  रत्नको रगतले... ’ रत्नकुमार बान्तवा वामपन्थी क्रान्तियोद्धा थिए, जो २७ वर्षकै कलिलो उमेरमा राज्यसत्ताले बन्दुक हानेर मारे । तत्क्षणका साक्षी सहयोद्धा वर्तमान संघीय गणतन्त्र नेपालको संघीय संसदका सदस्य छन्– सांसद सुशीला श्र

कोसेली इतिहास : बिर्सिइएका बानादार

Image
  कार्तिक ११ , २०७४  रामप्रसाद कँडेल काठमाडौं — कथा कलंगा गढी किल्लाको लडाइँमा वीर बलभद्र कुँवरको साथमा रहेको बानादारहरूको हो   । हामी इतिहास खाने जातिमा पर्छौं   । फिरंगीहरूसँगको युद्धको बेला कलंगा किल्लामा रहेका वीर नेपाली सेनाहरूको साथमा कम्तीमा ४ जना बानादार थिए   ।   यदि राजा आफैं प्रत्यक्ष युद्धमा सहभागी भएको अवस्थामा कम्तीमा १६ जना बानादार सामेल गराइन्थ्यो   । अन्य अवस्थामा कम्तीमा ४ जना बानादार समावेश हुन्थे   । तिनै बानादारहरूको ताल र धुनमा सेनालाई कवाज खेलाइन्थ्यो र प्राचीन नेपाली युद्ध कलाको अभ्यास गराइन्थ्यो   । तर हाम्रा सैनिक इतिहासका सबैजसो संस्करणहरूमा ती बानादारहरूको कतै उल्लेख गरिएको छैन   । के   आफ्ना गौरवपूर्ण बानो , नगरा र ढोलप्रति दिव्योपदेशमा बाहेक अन्य स्थानमा नपर्नु बाजा र बाजा बजाउनेको भाग्यलाई मात्र दोष हो  ?  बानादार भनेको नेपाली सेनाको हरेक कम्पनी , पल्टन , गण आदिमा दरबन्दीमा रहेका बाजा बनाउने कलाकार संगीतकार हुन्   । तिनीहरूले के