Posts

Showing posts from April, 2020

ब्याक भयो कान्तिपुर, पत्रकारलाई खुशीको समाचार

Image
 खुला नेपाल  शुक्रबार, बैशाख १२, २०७७ Facebook Twitter Email Messenger काठमाडौं । पत्रकार, कर्मचारीलाई बेतलबीमा राख्ने निर्णयमा कान्तिपुर पब्लिकेसन्स् प्राली ब्याक भएको छ । उक्त प्रकाशन गृहले शुक्रबार नेपाल पत्रकार महासंघलाई एक पत्र लेख्दै त्यसबारे प्रष्टीकरण दिएको हो । कान्तिपुरले केही दिनदेखि टेलिफोनबाट पत्रकार, कर्मचारीलाई मौखिक रुपमा बेतलबी बिदामा बस्न २ सय भन्दा बढीलाई टेलिफोन गरेको थियो । तर, पत्रमा भने आफूहरुले त्यसरी विदामा नराखिएको, समयमै तलब लगायत पारिश्रमिक दिने समेत उल्लेख छ । कान्तिपुरको मुख्यालय र बाहिरका सहकर्मीलाई बेतलबीमा बस्न उर्दी गरिएको थियो । ती पत्रकारले महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई गुनासो गरेका थिए । त्यससम्बन्धी लगातार समाचार खुलानेपालमा प्रकासन भएको थियो । सम्पादक सुधीर शर्मा सहित केहीले अन्याय र भेदभावपूर्ण तरीकाले सूची बनाई पत्रकारलाई तनाव दिएको भन्दै विरोध भएको थियो । महासंघले कान्तिपुरबाट आएको पत्रका आधारमा एक विज्ञप्ति प्रकासन गरेको हो । हेरौं विज्ञप्ति लेखक परिचय लेखकबाट अन्य सम

कान्तिपुरको अर्को निर्णय, ४० जना भन्दा बढी पत्रकार, कर्मचारीलाई बेतलबीमा बस्न उर्दी

Image
 खुला नेपाल  सोमवार, बैशाख ८, २०७७ 176 SHARES Facebook Twitter Email Messenger काठमाडौ । ठूलो प्रकाशन गृह कान्तिपुरले लकडाउनको मौकामा स्थायी पत्रकार र कर्मचारीलाई निकाल्ने रणनीति तय गरेको छ । यही क्रममा थापाथलीस्थित मुख्यालय र उपत्यका बाहिर काम गर्ने ४० जना भन्दा बढी पत्रकारहरुलाई बेतलबी विदा बस्न निर्देशन दिइसकेको छ । आइतबारदेखि नै कान्तिपुरले तयार गरेका सूची अनुसारका कर्मचारी र पत्रकारलाई फोनबाट बिदामा बस्न भनिएको कान्तिपुर स्रोतले जानकारी दियो । यो क्रम सोमबार पनि चलिरहेको छ । निकालिने पत्रकारको सूची सम्पादक सुधीर शर्मा र समाचार सम्पादक श्रीश भण्डारीले लकडाउनकै बेला तय गरेको थाहा पाएपछि पत्रकारहरु आक्रोशित बनेका छन् । ४० मध्ये केहीलाई शर्मा र भण्डारीले चैत ९ गते नै ‘बिदामा बस्नुहोला’ भन्ने उर्दी जारी गरेका थिए । ‘सरकारले लकडाउन घोषणा नगर्दै सहकर्मीलाई छानीछानी बिदामा बस्न भन्नु रहस्यमय छ । हामी साथीहरु अब के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं, फोन गएका मध्ये एक जना बरिष्ठ संवाददाताले भने । पहिलो चरणमा पत्रकारहरु हिमेश बज्राचार्य, दि

फिचर - भर्चुअल शिक्षण : कति सहज कति असहज?

Image
कोरोना भाइरसका कारण अब विद्यालय, कलेज र विश्वविद्यालहरु कति समय बन्द हुने हुन्? अनिश्चित छ। तर, यस्तै अनिश्चितताबाट हामीले अघि बढ्नुपर्नेछ। वैशाख १, २०७७ ध्रुव सिम्खडा काठमाडौँ — चैत २८ गते बिहान। राजधानी काठमाडौँका विभिन्न कलेज र स्कुलका शिक्षक तथा शिक्षासित सम्बन्धितहरु ४ घण्टाभन्दा लामो ‘भर्चुअल कन्फरेन्स अन अनलाइन टिचिङ’मा सहभागी भए।  काठमाडौँ, अमेरिका र अस्ट्रेलियाका विभिन्न स्कुल तथा कलेजका शिक्षक र प्राध्यापकले ‘अनलाइन टिचिङ’को चुनौतीबारे बहस गरे। बहसमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलदेखि अमेरिका र अस्ट्रेलियासम्मका विज्ञ तथा उपत्यकाका स्कुलका शिक्षकसहित सय जनाजति सहभागी थिए। र, बहसलाई काठमाडौँस्थित किङ्स कलेजले संयोजन गरेको थियो। कोरोना भाइरसको महामारीका कारण बन्द विद्यालयहरु नयाँ शैक्षिक सत्रको संघारमा भएकाले के गर्ने र कसो गर्ने भनी छटपटीमा छन्। विद्यार्थी भर्ना गर्नुपर्ने दिन आइसक्यो, अझै बन्दाबन्दी (लकडाउन) खुल्ने छाँटकाँट छैन। कोरोना भाइरसको सन्त्रासले विश्व नै सुनसान बनेकाले मानिसहरु आ–आफ्ना घरभित्र बन्दी भएका छन्। यस्तो विषम परिस्थितिमा पठनपाठन कसरी अगाडि