Posts

Showing posts from September, 2019

यलम्बरको १०० फिट अग्लो प्रतिमा बन्ने

Image
आश्विन ११, २०७६ गणेश राई ,  डम्बरसिं राई (काठमाडौं) र (खोटाङ) — किरातकालका पहिलो शासक यलम्बर हाङको १०० फिट अग्लो प्रतिमा खोटाङमा निर्माण हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं. १४ बुइपामा यलम्बर प्रतिमा तथा पार्क निर्माण प्रक्रिया अघि बढाएको हो । त्यस निम्ति किरात राई यायोक्खाले प्रचलनमा रहेको यलम्बर हाङको परिमार्जित तस्बिर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।  शुक्रबार काठमाडौंमा आयोजित समारोहमा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले मेयर दीपनारायण रिजाललाई प्रतिमा निर्माणका निम्ति यलम्बर हाङको तस्बिर हस्तान्तरण गरेका हुन् । तीन दशकअघि इतिहास तथा संस्कृतिविद्हरूबीच भएको छलफलपछि यलम्बरको प्रारम्भिक स्केच कलाकार रतन राईले कोरेका हुन् । त्यसलाई कलाकार टेकबीर मुखियाले पूर्णरूप प्रदान गरेका हुन् । किरात राई, लिम्बु, याक्खा र सुनुवार जातिले यलम्बर आफ्नो पुर्खाका रुपमा लिने गरेका छन् । उक्त स्केचलाई तिनै जातिका सामाजिक संस्थाले प्रचलनमा ल्याएका छन् । त्यसैअनुसार प्रदेश नं.१ को विभिन्न भूभागमा यलम्बरको प्रतिमा विस्तार गर्दैआएका छन् । खोटाङमा बन्न लागेको उक्त यलम्बरको

वनकालीमा चिहानको समस्या

Image
भाद्र ३१, २०७६ गणेश राई काठमाडौँ — घटना–१ लोक सेवा आयोगका पूर्वअध्यक्ष सन्तबहादुर राईको भदौ २३ मा ८४ वर्षको उमेरमा निधन भयो । संखुवाभाका खाँदबारी–४ स्यामदाङ पाङका राईको अन्त्येष्टि किराती मुन्धुम विधिअनुसार पशुपति वनकाली जंगलमा समाधिस्थ गर्नुपर्थ्यो । तर समाधिस्थलमा ठाउँको अभाव खड्कियो ।  घटना–२ किरात समुदायका जोकोही पनि निधन भएपछि पशुपति जंगलमा लैजाने चलन छ । त्यहाँ चिहान खन्ने व्यक्तिलाई जानकारी दिएपछि उनीहरूले ठाउँ खोजेर खाल्डो खनिदिन्छन् । आपत्को बेला मृतक परिवार गरिब भए पनि चन्दा उठाएर समाधिस्थ गर्ने गरिएको छ । शवलाई वाग्मती पूर्वतर्फको जंगलमा पशुपति क्षेत्र विकास कोष तथा प्रहरी प्रशासनले ‘थाहा नपाए जसरी’ सम्म सुटुक्कै पुर्‍याइन्छ । यो क्रम दैनिकजसो निरन्तर छ । हिन्दु धर्मावलम्बीको पवित्र धार्मिक थलो पशुपति क्षेत्र विश्व सम्पदा सूचीमा छ । सर्वोच्च अदालतले यस क्षेत्रमा ‘चिहान नलाउनू’ भन्ने आदेश जारी गरेको आधा दशक नाघेको छ । विकल्प नपाएपछि किरात धर्म मान्ने किरातीले सुटुक्क लास गाड्ने गरेका हुन् । क्रिस्चियन धर्मावलम्बीले लास गाड्ने र बाहिरबाट सिमेन्ट, कंक्रिट प्रयोग गरी

नेपाल भाषा स्कुललाई पूर्वविद्यार्थीको भर

Image
४ हजारदेखि १३ हजार रुपैयाँसम्म तलब लिएर शिक्षकले नेपाल भाषा पढाइरहेका छन् । आश्विन ९, २०७६ गणेश राई काठमाडौँ — दोलखाका सबिन मगरले नेपालभाषा (नेवारी) बोल्न र लेख्न जानेकैले काठमाडौं मनपा–१५ लखुतीर्थस्थित जगतसुन्दर ब्वनेकुथी माविका विद्यार्थीलाई पढाउने अवसर पाएका छन् । माध्यम भाषाका रूपमा नेवारी पढाइने मुलुककै यो एक मात्र विद्यालय हो। सबिन कम्प्युटर विषय पढाउँछन्। उनी उक्त विद्यालयका पूर्वविद्यार्थी हुन्। त्यसैले नर्सरीदेखि कक्षा १० सम्म उनले यहीं पढेका हुन्। ‘बिहान कलेज पढ्न जान्छु, दिउँसो खाली समय स्कुलमा पढाउँछु,’ ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन (बीसीए) सातौं सेमेस्टरमा आफैं पनि अध्ययनरत उनले भने, ‘कम्प्युटर नै पढेकाले यही विषय पढाउन सजिलो छ।’ एउटा विषय पढाउने भएकाले उनले अरू शिक्षक जसरी विद्यालयमा लामो समय बस्नु पर्दैन। ‘नेवारी बोल्न, लेख्न, पढ्न जानेकाले मैले यो अवसर पाएँ,’ उनले भने, ‘खाली समय सदुपयोग र पकेट मनी पनि हुने भएकाले दोहोरो फाइदा भएको छ।’ पूर्वविद्यार्थीहरू मनीष भनिने मनिराज मानन्धर, आशिष मानन्धर र बबिता मानन्धरलगायतले यही विद्यालयमा पढाउँदै आएका छन्। प

किन हटाइयो आधारभूत तहबाट पूर्वव्यावसायिक शिक्षा ?

Image
आत्मनिर्भर बन्न सिकाउने, जवाफदेही बनाउने, इमानदार हुने र अरूलाई सघाउने बनाउने उद्देश्यले पूर्वव्यावसायिक विषय पाठ्यक्रममा समावेश गरिएको थियो आश्विन ८, २०७६ गणेश राई काठमाडौँ — सरकारले प्राविधिक शिक्षालाई अधिकतम प्राथमिकता दिने उद्देश्य राखेको छ । शिक्षा मन्त्रालयले भने आधारभूत तहको पाठ्यक्रमबाट व्यावसायिक शिक्षा विषय हटाएको छ । नेपालमा २००४ सालमा कृषि, काष्ठकार्य, कताइ, बुनाइ उद्यमका रूपमा उक्त विषय सुरु गरिएको थियो । आधारभूत तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा संलग्न व्यावसायिक शिक्षा विषय पाठ्यक्रम प्रारूप, २०७५ बाट हटाइएको हो । विद्यालय संरचना कक्षा ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ लाई माध्यमिक तह कायम छ। मन्त्रालयले नयाँ संरचनाअनुसार माध्यमिक तहमा कक्षा ९–१२ मा साधारण धार र प्राविधिक धारका रूपमा विकास गर्ने नीति लिएको छ। बालबालिकाको उमेरअनुसार आधारभूत तहमा आवश्यक नरहेकाले पाठ्यक्रमबाट व्यावसायिक शिक्षा विषय हटाइएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले बताए। ‘आधारभूत तहमा पढ्नेको उमेर व्यावसायिक सीप सिक्ने होइन,’ उनले भने, ‘त्यसैले कक्षा ९ देखि मात्र राख

कोसेली - बैरागी काइँला मुन्धुमका अघिपछि

Image
आश्विन ४, २०७६ बैरागी काइँला मुन्धुमप्रति मेरो चासो आरम्भमा साहित्यकारको हैसियतमा बढ्यो  ।  बढ्दै जाँदा निकैपछि मात्र मैले मुन्धुमभित्रको लिम्बू जीवनदर्शनलाई हेर्न थालेको भन्दा हुन्छ । तर अझै पनि मलाई के लाग्छ भने मुन्धुमप्रतिको मेरो झुकाउ मानवशास्त्र तथा समाजशास्त्रझैँ ज्ञानका अनुशासनमा आधारित नभएर मुन्धुमभित्रको सुन्दर र प्रभावशाली काव्यात्मकताले वशीभूत भएर तथा लोपोन्मुख मुन्धुमको संरक्षण र संवर्द्धनका हेतुले हो । यिनै कुराले मैले आफ्नो जीवनका महत्त्वपूर्ण वर्षहरू मुन्धुमको संकलन, सम्पादन र नेपाली भाषामा अनुवाद गर्नमा खर्च गरेको छु । ०१२ सालमा लन्डन युनिभर्सिटीको स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजका प्राध्यापक आरके स्प्रिग तत्कालीन इन्डिया अफिस लाइब्रेरीमा बीएच हज्सनले संगृहीत गराएका (१८६४ तिर) लिम्बू लिपि, भाषा, मुन्धुम, संस्कृति, इतिहाससम्बन्धी लिम्बू लिपिमा लिपिबद्ध हस्तलिखित पाण्डुलिपिको छायाप्रति लिएर नेपाल आउँदा पाँचथर, सारतापस्थित हाम्रै घरमा महिना दिनजति श्रीमतीसहित बसेका थिए । उनीहरूलाई भेटे पनि लिम्बू लिपि र भाषाबाहेक मुन्धुमको मूल विषयमा मेरो रुचि नबढेको अवस्था

प्रदेश १ - साहित्यमय इलाम

Image
आश्विन ३, २०७६ विप्लव भट्टराई (इलाम) — दुई दिने साहित्य सम्मेलन गर्ने तरखरमा रहेको इलाम सदरमुकाम साहित्यमय बनेको छ । शुक्रबार सुरु हुने सम्मेलनमा यहाँको पर्यटकीय गतिविधिलाई टेवा दिने उद्देश्यले फरक ढंगमा आयोजना हुँदैछ । महोत्सवमा रैथाने विषयवस्तु प्राथमिकतामा पर्ने आयोजकले जनाएको छ । नेपाली साहित्यसहित पर्यटन, राजनीति, संस्कृति, कलाशैलीलगायत अनेकन विधामा चल्ने वहस र प्रस्तुतिको केन्द्र विन्दुमा इलाम रहने छ । ‘महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विषयका उठान हुन्छन् तर केन्द्रमा इलामलाई राखेर साहित्यमार्फत् हरेक क्षेत्रलाई जोड्ने प्रयास रहनेछ,’ आयोजक इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले भने, ‘वैदेशिक व्यपारमा अब्बल चियालाई पर्यटन र साहित्य मिसाएर देश विदेशमा हरियाली छर्ने प्रयास हो ।’ यसो त चियाबाहेक इलाममा हेर्न, घुम्न र सुँघ्न अनेकन स्थान र विषय छन् । जसको चर्चा परिचर्चा कमै हुन्छ । यही महोत्सवमार्फत देश विदेशबाट भेलिने सयौं साहित्यकार र साहित्यप्रेमी मार्फत सिंगो इलामलाई भ्रमण वर्ष २०२० को गन्तव्य बनाउन पनि आयोजक प्रतिबद्ध देखिन्छ । रैथाने मुद्दाकै लागि

विचार - भाषिक सांस्कृतिक विविधता र आरक्षण

Image
भाद्र २९, २०७६ डा.तारामणि राई ‘खाना खाऊ !’ भोजपुरको एउटा गाउँमा भर्खरै पुगेका राष्ट्रसेवक कर्मचारीले खाना खान अनकनाइरहेका साना बालकलाई देखेर भने । बालकले तत्कालै जवाफ दिए, ‘उङ्का चुप्पो ।’ सोध्नेले प्रश्न दोहोर्‍याए । जवाफ दिनेले पनि त्यही प्रत्युत्तर दिए तर दुवैबीचको कुरा आनको तान फरक परिरहेको थियो । वान्तावा भाषामा ‘खाना खाऊ’ को अर्थ हुन्छ— ‘तिमी कुन (छोरा) ?’ बालकको जवाफ थियो— ‘म कान्छो !’ सिन्धुपाल्चोकमा आयोजित एउटा कार्यक्रमबारे मोबाइल फोनमा जानकारी दिने क्रममा एक सहभागीले ‘सीडीयो मूला’ भनेछन् । यसलाई सीडीयोको अपमान सम्झेर नजिकैका सुरक्षाकर्मीले तिनलाई केरकार गर्न थाले । तिनले आफू तामाङ भएको र तामाङ भाषामा ‘मूला’ को अर्थ ‘छ’ हुने भनेर अर्थ्याएपछि सुरक्षाकर्मीले छाडिदिएछन् । लिम्बू समुदायमा ‘हीरा’ शब्दले यौनाङ्गलाई जनाउँछ । रामकृष्ण ढकालले गाएको ‘हीरा काट्ने हीरैमा राखेर’ गीतले लिम्बू गाउँहरूमा खैलाबैला मच्चाएको मैले उति बेला सुनेको थिएँ । यस्तै, ‘गाई मार्‍यो खायो’ लाई निकै चर्चित घटनाका रूपमा लिने गरिन्छ । पञ्चायतकालीन घटना हो यो । तत्कालीन प्रशासकले सोधेको प्रश्नक

अब बहुविधिबाट जनगणना

Image
भाद्र २९, २०७६ गणेश राई काठमाडौँ — विशेषज्ञहरुले त्रुटि औंल्याएपछि राष्ट्रिय जनगणनाको तथ्यांक विश्वसनीय बनाउने तयारी छ । जनगणनामा खटाइने जनशक्ति चुस्त एवं प्रविधिमैत्री हुनेछन् । सम्बन्धित समुदायको घर, परिवारले दिने वैयक्तिक, पारिवारिक सूचना, जात, जाति र भाषालाई समेत यकिन गरिनेछ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा दुरा जातिको जनसंख्या ५ हजार ३ सय ९४ छ । दुरा भाषा बोल्नेको संख्या भने २ हजार १ सय ५६ छ । वास्तविकतामा भने यो भाषा बोल्नेहरू छैनन् । ‘दुरा भाषा बोल्न जान्ने कोही पनि छैनन्,’ भाषाशास्त्री प्राध्यापक दानराज रेग्मी भन्छन्, ‘लमजुङका एक शिक्षक मुक्तिनाथ घिमिरेलाई मात्र दुरा भाषा आउने भएकाले उनैले सम्बन्धित जातिलाई सिकाइरहेका छन् ।’ घले जातिको जनसंख्या २२ हजार ८ सय ८१ छ । जनगणनामा भने यो भाषा बोल्नेको संख्या ८ हजार ९२ देखाइएको छ तर विज्ञ भने यसलाई घले होइन, गुरुङ भाषा भन्छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ भन्छन्, ‘घले र गुरुङ भाषा एउटै हो । एक जना जापानी भाषाशास्त्री आएर थोरै फरक पाइयो भनेर छुट्टै भाषा भनिदिएपछि समुदाय विभाजित बन्यो ।’ सरकारले सूच

पाइलट जनगणना यसै वर्ष

वैशाख २७, २०७६ गणेश राई काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले पाइलट जनगणना यसै वर्ष गर्ने भएको छ । संविधानको धारा ५१ (च) (८) को राज्यले जनसांख्यिक तथ्यांक अद्यावधिक गर्दै राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने प्रावधानअनुसार राष्ट्रिय जनगणना २०७८ का निम्ति पाइलट जनगणना गर्न लागिएको हो ।  विभागका महानिर्देशक सुमनराज अर्यालले सातै प्रदेशको हिमाल, पहाड र तराई समेटेर पाइलट जनगणना गरिने जनाएका छन् । 'दुई वर्षपछि हुने जनगणनालाई गुणस्तरीय र प्रभावकारी बनाउन पाइलट जनगणना गर्न लागेका हौं,' उनले भने, 'विगतको अनुभव, विज्ञको रायसहित निर्माण गरिएका प्रश्नावलीलाई लिएर पाइलट जनगणना हुन्छ । त्यसपछि राष्ट्रिय जनगणनाको अन्तिम तयारी गरिनेछ ।' पाइलट जनगणनामा प्रत्येक व्यक्ति, परिवारको आर्थिक, सामाजिक पक्ष समेटिनेछ । व्यक्तिलाई नाम, थर, लिंग, उमेर, वर्ग, जात/जाति, मातृभाषा र दोस्रो भाषा, धर्म, अपांगता, शिक्षा, बसाइँसराइ, आर्थिक, प्रजननलगायत पक्ष खुलाइनेछ । त्यसैगरी परिवारले उपभोग गरेको जग्गाजमिन र क्षेत्रफल, महिलाको स्वामित्व, घरको किसिम, चर्पी, खाना पकाउने इन्धन, टेलिभिजन, मोबाइल

अब पाठ्यक्रममै चिनियाँ भाषा

Image
भाद्र २६, २०७६ कान्तिपुर संवाददाता काठमाडौँ — नेपालको राष्ट्रिय पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा पठनपाठन गर्ने उल्लेख भएको धेरै वर्षपछि त्यसले औपचारिकता पाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाल सरकारबीच हालै भएको ‘स्वयंसेवक भाषा शिक्षक’ उपलब्ध गराउने समझदारीले त्यसलाई मूर्तरूप दिन सघाउनेछ । चीन सरकारले भाषा पढाउन स्वयंसेवक शिक्षक खटाउने समझदारी भएको हो । ‘राष्ट्रिय पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा चिनियाँ, हिन्दी, अरबीजस्ता भाषा पढाउने उल्लेख छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले भने, ‘अहिले चीन र नेपाल सरकारबीच स्वयंसेवक शिक्षक खटाउनेबारे समझदारी भएको छ । अब भने औपचारिक रूपमा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण प्रक्रिया अघि बढ्छ ।’ काठमाडौंलगायत मोफसलका केही निजी विद्यालयले ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा पढाउँदै आएका छन् । उनीहरूका लागि नेपालस्थित चिनियाँ दूतावासले स्वयंसेवक शिक्षक खटाउने गरेको छ । स्वयंसेवक शिक्षकले शिक्षा मन्त्रालयसँग अनुमति लिनुपर्छ । हालसम्म ८६ जना चिनियाँ नागरिकले स्वयंसेवक शिक्षकको आवेदन दिई मन्त्रालयबाट अनुमति पाएको प्

COLUMNS - To stand or not to stand (National Anthem)

Image
The idea of compelling people to stand up for the national anthem in a cinema hall is bizarre, condescending and undemocratic.   Shutterstock bookmark 32 facebook twitter Whatsapp mail Deepesh Paudel Published at : September 11, 2019 Updated at : September 11, 2019 07:18 In 2014, a sudden blaring of the national anthem inside a cinema hall baffled several moviegoers, including myself. The movie to be screened was  Talakjung vs Tulke , directed by Nischal Basnet and jointly produced by Shatkon Arts and Black Horse. Impulsive as it seemed, almost all attendees rose to their feet and paid heed to the ceremonial custom. I was one of them. But, as I stood up, I instinctively perceived the situation as a mockery and an ostentatious gimmick run by the production house. The makers' attempt to induce a collective emotion in the audience before the screening came as an awkward surprise. Thankfully, I was not the only one who found the charade futile. A few others

CULTURE & ARTS - The Gurung language once had no written script. Now it has five

Image
In an effort to preserve its oral language, the Gurung community came up with its own scripts, but it is now divided over which to use.   Photo Courtesy: Bal Narsingh Gurung bookmark 565 facebook twitter Whatsapp mail Sachitra Gurung Published at : September 6, 2019 Updated at : September 6, 2019 13:02 Kathmandu In 1944, when Jagan Lal Gurung was fighting in Burma during the Second World War, he came up with an ingenious method of communication. As his battalion was composed primarily of Gurungs, Jagan Lal began to communicate in Tamu kyui, the Gurung language. When the war ended, Jagan Lal had acquired a newfound interest in his native tongue, an interest that led to him developing a script for the oral language. Combining various signs and symbols, Jagan Lal developed a rudimentary script, which today is known as  Khe Prih . When Jagan Lal returned to Nepal, he began teaching Khe Prih to the children in his village of Hyanjakot. “It was still the Rana