Posts

Showing posts from June, 2020

जनगणनाको कार्यतालिका स्वीकृत, असार १५ गतेदेखि प्रश्‍नावली तयारी थालिने

असार ४, २०७७ रासस काठमाडौँ — राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा बिहीबार बसेको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । साथै बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत जनगणनाका सबै विवरण रहने गरी विभागको सव डोमेनमा स्थायी वेबसाइटको रुपमा रहने गरी censusnepal.cbs.gov.np को राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सार्वजनिक गरे । कार्यतालिकाअनुसार यही असार १५ गतेदेखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तहअनुसार जनगणनाको तालिम, तथ्याङ्क प्रशोधन केन्द्रको तयारी, ‘अनलाइन’मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरुलाई तालिम, जिल्लामा जनगणनाको सामग्री जिल्ला–जिल्ला पठाउने जनगणनाका प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० वैशाखभित्र विषयगत प्रतिवेदन सार्वजजिनक गर्ने लक्ष्य छ । प्रकाशित : असार ४, २०७७ १५:४९ https://ekantipur.com/news/2020/06/18/159247469739717946.html

लकडाउन खुलेपछि पाइलट जनगणना

ठूलो महामारी भएकाले जनगणनाको अन्तिम प्रश्नावलीमा समेट्नु उचित : विज्ञ कोभिड–१९ को छुट्टै अध्ययन गर्छौं : केन्द्रीय तथ्यांक विभाग जेष्ठ ११, २०७७ गणेश राई काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ को कारण रोकिएको पाइलट जनगणना लकडाउन खुलेपछि गर्ने भएको छ । विभागको तालिकाअनुसार गत चैत ९ देखि २३ गते सम्पन्न यो भइसक्नु पर्थ्यो ।  ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित २०७८ असार १ गतेबाट १५ गते सम्पन्न गर्ने राष्ट्रिय जनगणनाको पूर्वतयारीका निम्ति विभागले पाइलट जनगणनाको तयारी गरेको हो । विज्ञले भने राष्ट्रिय जनगणनाको प्रश्नावलीमा कोरोना महामारीलाई पनि समेट्न सक्नु पर्ने सुझाएका छन् । ‘कोभिड–१९ ले गर्दा निर्धारित तालिकाअनुसार पाइलट जनगणना अहिले रोकिएको छ,’ विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले भने, ‘लकडाउन खुलेर स्थिति सहज भएपछि तत्काल पाइलट जनगणना लिन्छौं । त्यसनिम्ति प्रश्नावली सेट तयारी छ ।’ नमुना जनगणना प्रश्नावली फाराम भर्ने र प्रविधि दुवै प्रयोग गरिने उनले जनाए । ‘कोभिड–१९ ठूलो महामारी भएकाले जनगणनाको अन्तिम प्रश्नावलीमा समेट्नु उचित हुनेछ,’ पाइलट जनगणनामा समेट्न नसकि

राष्ट्रिय जनगणना २०७८ को मूल प्रश्‍न- ‘कुन धर्म मान्नु हुन्छ ?’

Image
फाल्गुन २८, २०७६ गणेश राई काठमाडौँ — राष्ट्रिय जनगणना २०७८ मा धार्मिक समुदायका प्रतिनिधिलाई पर्यवेक्षक राख्नु पर्ने सम्बन्धित समुदायले माग गरेका छन् । केन्द्रीय तथ्यांक विभागले मंगलबार आयोजना गरेको ‘राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा धार्मिक संस्थासँग अन्तरक्रिया’मा उक्त माग राखेका हुन् ।  २०६८ तथ्यांकअनुसार दश वटा धार्मिक समुदाय रहेका छन् । जसमा हिन्दू, बौद्ध, इस्लाम, किरात, क्रिस्चियन, प्रकृति, बोन, जैन, बहाई र शिख रहेका छन् । आगामी जनगणनाको मुख्य प्रश्नावलीमा तिनै धर्मलाई संकेत (कोड नम्बर) आधारमा राखिएका छन् । जनसांख्यिक फारामको महलमा ‘... ले कुन धर्म मान्नु हुन्छ ?’ प्रश्न समावेश गरिएको छ । अन्तर्क्रियामा सहभागीले जनगणनामा प्रविधिको प्रयोग हुँदा त्रुटिसमेत हुन सक्ने भन्दै लिखित रुपमासमेत उतार्न ध्यानाकर्षण गराएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. माधव भट्टराईले जनगणना निष्पक्ष हुनुपर्ने बताए । ‘समग्रमा हामी नेपाली हौं,’ मुलुकमा आदिम कालदेखि धार्मिक सहिष्णुता कायम रहेको उल्लेख गर्दै उनले भने, ‘जनगणनाले मुलुकको मार्गचित्र प्रस्तुत गर्दछ । एकअ

अब बहुविधिबाट जनगणना

Image
भाद्र २९, २०७६ गणेश राई काठमाडौँ — विशेषज्ञहरुले त्रुटि औंल्याएपछि राष्ट्रिय जनगणनाको तथ्यांक विश्वसनीय बनाउने तयारी छ । जनगणनामा खटाइने जनशक्ति चुस्त एवं प्रविधिमैत्री हुनेछन् । सम्बन्धित समुदायको घर, परिवारले दिने वैयक्तिक, पारिवारिक सूचना, जात, जाति र भाषालाई समेत यकिन गरिनेछ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा दुरा जातिको जनसंख्या ५ हजार ३ सय ९४ छ । दुरा भाषा बोल्नेको संख्या भने २ हजार १ सय ५६ छ । वास्तविकतामा भने यो भाषा बोल्नेहरू छैनन् । ‘दुरा भाषा बोल्न जान्ने कोही पनि छैनन्,’ भाषाशास्त्री प्राध्यापक दानराज रेग्मी भन्छन्, ‘लमजुङका एक शिक्षक मुक्तिनाथ घिमिरेलाई मात्र दुरा भाषा आउने भएकाले उनैले सम्बन्धित जातिलाई सिकाइरहेका छन् ।’ घले जातिको जनसंख्या २२ हजार ८ सय ८१ छ । जनगणनामा भने यो भाषा बोल्नेको संख्या ८ हजार ९२ देखाइएको छ तर विज्ञ भने यसलाई घले होइन, गुरुङ भाषा भन्छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ भन्छन्, ‘घले र गुरुङ भाषा एउटै हो । एक जना जापानी भाषाशास्त्री आएर थोरै फरक पाइयो भनेर छुट्टै भाषा भनिदिएपछि समुदाय विभाजित बन्यो ।’ सरकारल

पाइलट जनगणना यसै वर्ष

वैशाख २७, २०७६ गणेश राई काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले पाइलट जनगणना यसै वर्ष गर्ने भएको छ । संविधानको धारा ५१ (च) (८) को राज्यले जनसांख्यिक तथ्यांक अद्यावधिक गर्दै राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने प्रावधानअनुसार राष्ट्रिय जनगणना २०७८ का निम्ति पाइलट जनगणना गर्न लागिएको हो ।  विभागका महानिर्देशक सुमनराज अर्यालले सातै प्रदेशको हिमाल, पहाड र तराई समेटेर पाइलट जनगणना गरिने जनाएका छन् । 'दुई वर्षपछि हुने जनगणनालाई गुणस्तरीय र प्रभावकारी बनाउन पाइलट जनगणना गर्न लागेका हौं,' उनले भने, 'विगतको अनुभव, विज्ञको रायसहित निर्माण गरिएका प्रश्नावलीलाई लिएर पाइलट जनगणना हुन्छ । त्यसपछि राष्ट्रिय जनगणनाको अन्तिम तयारी गरिनेछ ।' पाइलट जनगणनामा प्रत्येक व्यक्ति, परिवारको आर्थिक, सामाजिक पक्ष समेटिनेछ । व्यक्तिलाई नाम, थर, लिंग, उमेर, वर्ग, जात/जाति, मातृभाषा र दोस्रो भाषा, धर्म, अपांगता, शिक्षा, बसाइँसराइ, आर्थिक, प्रजननलगायत पक्ष खुलाइनेछ । त्यसैगरी परिवारले उपभोग गरेको जग्गाजमिन र क्षेत्रफल, महिलाको स्वामित्व, घरको किसिम, चर्पी, खाना पकाउने इन्धन, टेलिभिजन, मो