Posts

Showing posts from July, 2023

को हुन् नाग? : भिक्टर प्रधान

 भिक्टर प्रधान सोमबार, २८ कात्तिक, २०७९ को हुन् नाग? नाग जातिलाई हराउन कठिन भएकै कारण आर्यहरूको प्रभावमा नाग शब्द ‘क्रूर व्यक्ति’ को अर्थमा आरोपित गरियो, पुराणहरूले नाग शब्दलाई सरीसृपको अर्थमा रूढ गरेपछि त यससँग जोडिएको मानव जातिको अस्तित्व समेत ओझेल पर्न गयो। भिक्टर प्रधान प्रागैतिहासिक कालमा हिन्द उपमहाद्वीपमा नागहरूको विस्तीर्ण बसोबास थियो। संस्कृत वाङ्मयका वेद-काव्य-पुराण, स्थानीय लोकवार्ता तथा ऐतिहासिक बुद्धकालले यहाँ नाग जाति अनादिकालदेखि फैलिएको सङ्केत दिन्छन्। तर, अहिले नेपालमा आफूलाई नाग दाबी गर्ने जाति असाध्यै थोरै छन्। यद्यपि, त्यसलाई पुष्टि गर्ने ऐतिहासिक आधार उनीहरूसँग छैन। नागको इतिहास मेटिनामा संस्कृत वाङ्मयका प्रतीकात्मक प्रकथन र त्यसैको सादृश्य अनुकरणमा अनुकृत अतिरञ्जनात्मक दन्त्य-लोकवार्ता आदिको भूमिका छ जसमा तिनलाई रूप फेर्न सक्ने मायावी, पाताल वा पानीमुनि बस्ने, ऐश्वर्यवान् फणाधारी सरीसृप जीवका रूपमा चर्चा गरियो। यसले नागको इतिहास दिग्भ्रमित बनायो। मातृकाप्रसाद कोइराला लेख्छन्, ‘नाग मानिस वा सर्प... पछि गएर यस्तो छ्यासमिस भएको छ, कुन चाहिं कुन भनी छुट्याउन गाहारो छ।

के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? : गोविन्द न्यौपाने

 गोविन्द न्यौपाने मंगलबार, ५ साउन, २०७८ के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? लिच्छवि राजा अंशुवर्मा । तस्वीर स्रोत: 'नेपालका राष्ट्रिय विभूतिहरू' पुस्तकबाट । लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। गोविन्द न्यौपाने नेपालको इतिहासमा लिच्छविकाललाई प्रथम प्रामाणिक इतिहास र त्यसअघिका गोपाल, महिषपाल र किराँतकाललाई पौराणिक, मिथकीय वा आद्यइतिहास भनिन्छ। राजा मानदेवद्वारा जारी शक सम्वत् ३८६ (इ.सं. ४६४)को चाँगुनारायणस्थित अभिलेख नेपालको पौराणिक इतिहास र प्रामाणिक इतिहासबीचको सीमारेखा हो। पशुपतिस्थित सम्वत् १५७ (अंशुवर्माले चलाएको मानिने दोस्रोथरी सम्वत्) को जयदेव द्वितीयको अभिलेख (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठः ५४८) बाट पुष्टि भएको राजा मानदेव लिच्छवि वंशका थिए भन्ने तथ्यका आधारमा मानदेव र उनका उत्तराधिकारीले शासन गरेको अनुमानित चार सय वर्षको इतिहासलाई लिच्छविकाल भनिन्छ। नेपालको प्रामाणिक राजतन्त्रात्मक इतिहास यसै युगदेखि प्रारम्भ भएको

विभूषणको राजनीति : गोविन्द न्यौपाने

 गोविन्द न्यौपाने आइतबार, २१ जेठ, २०८० विभूषणको राजनीति   तस्वीरहरू ‘नेपाल अधिराज्यका विभूषण’ नामक किताबबाट लिइएको हो। लिच्छविकालदेखि नै प्रचलनमा रहेका विभूषण, अलङ्कार र मानपदवीले गणतन्त्रसम्म आइपुग्दा नाम र स्वरूप बदले पनि निहितार्थ एउटै छ- बहुलता निषेध गर्ने, शासकका कमजोरी लुकाउने र तिनको प्रशस्ति गाउने। गोविन्द न्यौपाने इतिहासमा वंशावली र विरुदावलीहरू प्रशस्तै भेटिन्छन् जसले शासकको स्वार्थ र रुचिमा केवल तिनकै महत्ता गाइरहेका हुन्छन्। शासकीय प्रशस्ति लेखाउने प्रवृत्तिलाई प्रोत्साहन गर्न पुरस्कार, पदक र प्रशंसापत्र बलियो हतियार बनेका छन्। शासक विरुद्धका प्रश्नलाई बन्देज लगाउने ध्येयले बाँडिएका पदक तथा पुरस्कार शासनसत्ता टिकाउन र कमजोरी लुकाउन दुरुपयोग समेत भएका छन्।   आफ्नो शासकीय छविलाई कीर्तिका रूपमा अतिशय प्रचार गर्न लगाउने भारतीय उपमहाद्वीपका राजाहरूमा सम्राट् अशोक अग्रपंक्तिमा पर्छन्। उनले राख्न लगाएका ४० वटाभन्दा बढी कीर्तिस्तम्भले यसलाई पुष्टि गर्छन्। नेपालमा पनि प्राचीन कालदेखि नै शासकहरूले यस्तो प्रवृत्ति अनुसरण गरेको पाइन्छ। राजा मानदेवले चाँगुनारायणमा राख्न लगाएको संवत् ३८६

‘आदिवासी विद्रोहको इतिहास’ : वैकल्पिक इतिहासको पेटारो फुकाउने प्रयत्न

Image
  यमबहादुर दुरा  श्रावण १३, २०८० अन्य लेखनको तुलनामा इतिहास लेखन सधैँ जसो शुष्क विधा रहिआएको छ । वर्तमानमा उपलब्ध अभिलेख तथा प्रमाणहरूका आधारमा विगतको पुनःनिर्माण गर्नुपर्ने भएकाले इतिहास लेखन चुनौतीपूर्ण कार्य हो । दृश्यबाट हटिसकेका प्रसङ्गको यथार्थ विवरण पस्कनुपर्ने भएकाले इतिहास लेख्ने व्यक्तिका अगाडि सधैँ चुनौतीको पहाड नै खडा हुन्छ ।  त्यसमा पनि मूलधारको इतिहास लेखनलाई चुनौती दिने गरी वैकल्पिक इतिहास लेख्ने कार्य त झनै चुनौतीपूर्ण कार्य हो । स्थापित भाष्य र ‘न्यारेटिभ’ भन्दा पृथक ऐतिहासिक तथ्य पस्कन तम्सनु कम साहसिक र चुनौतीपूर्ण कार्य होइन । लेखक तथा अनुसन्धाता राजकुमार दिक्पालले यही चुनौतीलाई शिरोधार्य गरेका छन् ।  दिक्पालले आफ्नो कृति ‘आदिवासी विद्रोहको इतिहास’ मार्फत वैकल्पिक इतिहासको पेटारो फुकाउने प्रयत्न गरेका छन् । उनले मूलधारको इतिहासका अगाडि वैकल्पिक इतिहास पस्केका छन् । यस क्रममा उनले वैकल्पिक ऐतिहासिक तथ्यलाई स्थापित गर्न व्यापक शोध तथा परिशीलित गरेका छन् ।  २०७६ सालमा पहिलो संस्करण प्रकाशन भएको यो कृतिको तीन वर्षपछि दोस्रो संस्करण प्रकाशित भएको छ । दोस्रो संस्करण प्रका

टिप्पणी राईको जनसंख्या घटेको कि घटाइएको?

 पूर्ण पी राई आइतबार, ३ असार, २०८० पहिचानको मुद्दासँगै भाषा, थर, वंश, टोल, खानदानका नाममा जातिहरूबीच बढेको विभाजन तथा विखण्डनको सबैभन्दा ठूलो प्रभाव राईमा परेको छ। बाह्रौं राष्ट्रिय जनगणना-२०७८ सकिएको करीब डेढ वर्षपछि धर्म, जाति र भाषा सम्बन्धी तथ्याङ्क सार्वजनिक भएको छ। २०५८ को जनगणनामा १०२ रहेको जातजातिको संख्या २०६८ मा १२५ हुँदै २०७८ मा १४२ पुगेको छ। त्यस्तै, मातृभाषाको संख्या ९२ बाट क्रमशः १२३ र १२४ पुगेको छ। तथ्याङ्क विभागले २०६८ को गणनामा उल्लिखित १२३ मातृभाषामध्ये १२ वटा विदेशी भाषा हटाएर थप १३ मातृभाषा समेटिएको जनाएको छ। धेरैजसो समुदायका अगुवा जनगणनाले आफ्नो समुदायको सही चित्र नदेखाएको बताइरहेछन्। कुल जनसंख्याको ८१.१९ प्रतिशत देखिएको हिन्दू धर्मका केही पण्डित पनि ‘हिन्दू धर्म मान्नेहरू त्यसभन्दा धेरै हुनुपर्ने’ भनिरहेका छन्। ओह्रालो अनुपात २०५८ को जनगणनामा राई जातिका मानिसको संख्या ६ लाख ३५ हजार १५१ अर्थात् कुल जनसंख्याको २.७९ प्रतिशत थियो। २०६८ मा १५ हजार १४७ घटेर ६ लाख २० हजार चार (२.३४ प्रतिशत) मा आइपुग्यो भने २०७८ मा २० हजार ६७० बढेर ६ लाख ४० हजार ६७४ पुग्दा यो जातिले कुल ज

किरात गणराज्य: इतिहास र आन्दोलन : गोपाल किराती

  गोपाल किराती साउन १   प्रदेश १ पुनःनामाङ्कन संघर्ष समितिको संयोजनमा पूर्वी नेपालमा पहिचान आन्दोलन जारी छ। विगत पाँच महिनादेखिको यो आन्दोलन दश वर्षे माओवादी आन्दोलनयता पूर्वमा भएको व्यापक जनआन्दोलन हो। हालसम्म यसको नेतृत्व-विशेषता विभिन्न सामाजिक संस्थाहरू अग्रभागमा छन् भने राजनीतिक संगठन र व्यक्तिहरू पृष्ठभागमा। आन्दोलनको समुदायकरण भएको छ। यो नै यसको निरन्तरता र विजयको आधार हो। दर्जनौं संघ-संगठनहरू घटक रहेको संयुक्त संघर्ष समितिका मागहरूमध्ये एक किरात गणराज्यको माग हो। विभिन्न व्यक्ति-व्यक्तित्वहरूले आग्रह गरे अनुसार यस आलेखमा किरात गणराज्य केन्द्रित भएर आन्दोलनको संवैधानिक, राजनीतिक एवं ऐतिहासिक विषयवस्तुमा चर्चा गरिने छ। पूर्वको आन्दोलन एक संवैधानिक आन्दोलन नेपालको संविधान २०७२ लाई हामीले उपलब्धी र कमजोरीसहितको संविधान भनेर मूल्याङ्कन गरिआएका छौं। लोकतान्त्रिक गणतन्त्र, संघीयताको सिद्धान्त, धर्मनिरपेक्षता, आंशिक समानुपातिक समावेशीकरण, मौलिक हक र स्वतन्त्र पराराष्ट्र नीति संविधानका प्रगतिशील उपलब्धी हुन्। जसक

मिठो नेपाली अर्थात् कृष्णप्रसाद पराजुली

Image
  असार २४, २०८० गणेश राई काठमाडौँ — हरेक नेपाली भाषा शिक्षक र साधकले सम्झिइरहने किताब हो– ‘राम्रो रचना : मिठो नेपाली’ र त्यसका लेखक कृष्णप्रसाद पराजुली । यो किताब नेपाली भाषा, व्याकरण र मिठो नेपाली कसरी लेख्न सकिन्छ भन्नेबारे लेखिएको किताब हो । र यसको ३०औं संस्करण भर्खरै (२०८० साल)मा मेला प्रकाशनले बजारमा ल्याएको छ । यसको पहिलो संस्करण २०२३ सालमा छापिएको थियो । यतिका लामो आयु पाएको कृतिको पहिलो संस्करणको भूमिकामा बालकृष्ण समले लेखेका छन्– ‘जब–जब नेपाली भाषाको प्रश्न आउँछ, समस्त शिक्षण–संस्थाहरूमा यसको समादर होला भन्ने कुरामा मलाई विश्वास छ । व्यक्तिगत पनि हाम्रा सर्वसाधारण लेखकहरूलाई यो उपयोगी हुनेछ ।’ त्यसैगरी माधवप्रसाद घिमिरेले लेखेका छन्– ‘पराजुलीको ‘राम्रो रचना : मिठो नेपाली’ले नाम सुहाउँदो काम गर्नेछ भन्ने मलाई पूरा विश्वास छ । यो पुस्तकको शैली काव्यात्मक बन्न गएको छ । विदेशी पानातिर गइरहेको रचनालाई यसले नेपाली शैलीतिर मोडेको छ । रचनाको क्षेत्रलाई व्याकरण प्रयोगसम्म मात्र सीमित नराखेर छन्द, अलङ्कार र रसजस्ता साहित्यिक विषयको पनि यसमा ‘राम्रो’ प्रयोग भएको छ ।’ उतिखेर

इतिहास : ओझेलमा परेका शहीद बाजहाङ आङ्बुहाङ

Image
  राजकुमार दिक्पाल  ३० असार २०८०, शनिबार  ११ : ५३  बजे  ताप्लेजुङ र तेह्रथुम जिल्लालाई छोएर बनेको ‘आठराई थुम’को आफ्नै राजनीतिक महत्त्व छ । लिम्बूवानको यो थुमले पुरानो र गौरवपूर्ण इतिहासको विरासत बोकेको छ । अहिले पनि यो थुमको ऐतिहासिक महत्त्वलाई ध्यानमा राखेर तेह्रथुमतिर परेको पालिकालाई ‘आठराई’ र ताप्लेजुङतिर परेको पालिकालाई ‘आठराई त्रिवेणी’ गाउँपालिका नामकरण गरिएको छ । पहिले ताप्लेजुङतिरको साबिकका गाविसहरू हाङपाङ, चाँगे, निगुरादिन र फूलबारी तथा तेह्रथुमतिरको छातेढुङ्गा, ह्वाकु, इवा, चुहानडाँडा, सक्रान्ति, थोक्लुङ र खाम्लालुङ लिम्बूवानको आठराई थुमअन्तर्गत पर्थ्यो । २०२३ सालमा जिल्ला विभाजन हुँदा सम्पूर्ण आठराई थुम तेह्रथुम जिल्ला अन्तरगत पर्थ्यो । २०३२ सालमा जिल्लाको पुनः सिमाङ्कन हुँदा माथि उल्लेख भएका चार गाउँ भने ताप्लेजुङमा पर्न गयो । लिम्बूहरूले रस्ती रसाएको र बस्ती बसाएको यहीँ क्षेत्रमा लिम्बू सुब्बाहरूले आफ्नो किपटमा पिछा लिएको कुमाईं बाहुनहरू पछिल्लो समय नेपाल राजनीतिको चतुर खेलाडीको रूपमा देखा परेका छन् । केपी शर्मा ओली, कृष्णप्रसाद सिटौला, राधाकृष्ण मैनाली, सीपी