Posts

Showing posts from July, 2017

साहित्य/विविध - किरातीको बाँसुरी दिवस

Image
गणेश राई श्रावण १६, २०७४- किराती समुदायमा जब साउन १५ हुन्छ तब बाँसुरी बजाएर मनोरञ्जन लिने चलन छ। त्यही चलनलाई स्मरण गर्दै ‘किराती लोक परम्पराको निरन्तरता : वाम्बुले बाँसुरी दिवस साउन १५’ नाम दिएर राजधानी ललितपुरमा मनाएका हुन्। वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको आयोजनामा पहिलो पटक दिवस मनाएका हुन्। बासुरी बासबाट बनाइने एक किसिमको बाजा हो । यो बाजाले कृषि जीवनको झल्को दिन्छ । किराती समुदायमा जब साउन १५ हुन्छ तब बासुरी बाजा बजाएर मनोरञ्जन लिने चलन छ । त्यही चलनलाई स्मरण गर्दैै ‘बासुरी दिवस’ मनाएका छन् । दिवसका अवसरमा गायक तथा संस्कृतिकर्मी बडाजित राई, रामकुमार राई, विकास राई, जीबन राई, श्याम राई र ध्रुव संयम राईले परम्परागत बासुरी बजाएका थिए । त्यसैगरी मोतीलाल राई र विष्णुमाइला राईले मादलमा साथ दिएका थिए । संघीय प्रदेश–१ ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर जिल्ला दुधकोशी र सुनकोशी संगम आसपासमा बजाइने राम्दले भाकामा बासुरी बजाएका थिए । संस्थाका अध्यक्ष गजुरधन राईले लोकपरम्परालाई जिवन्त राख्न पुनःजागरणको प्रयास गरिएको बताए । ‘हामी संस्थागत रुपमा मातृभाषा, साहित्य, संस्कृति र ल

विचार/विश्‍लेषण - मातृभाषामा सिर्जना

Image
-  गणेश राई श्रावण १४, २०७४- भाषाशास्त्रीले भाषाविज्ञानका सन्दर्भमा केही मानक प्रक्षेपण गरेका छन्। कुनै पनि भाषा १० लाखभन्दा बढीले बोल्छन् भने त्यो सुरक्षित भाषामा पर्छ। १ लाखदेखि १० लाखसम्म वक्ता रहेका भाषालाई सुरक्षित प्राय: मानिन्छ। बढीमा १ लाख वक्ता रहेको भाषालाई खतराको सूचीमा अर्थात् लोपोन्मुख रहन्छ। १ हजारदेखि १० हजार वक्ता रहेको भाषा अत्यन्त लोपोन्मुख समूहमा पर्छ। १ हजारभन्दा कम वक्ता रहेको भाषा मृतप्राय: मानिन्छ।  भाषाशास्त्रीको मत दुई धारमा बाँडिएको पाइन्छ। इथ्नो–लिङ्गुइस्टिक्स (भाषा मानवअधिकारकर्मी) ले भाषालाई शक्तिका रूपमा लिन्छन्। जुनसुकै हिसाबले भाषा सम्पदा हो, यसलाई बचाउन सक्नुपर्छ। राज्यले भाषाका निम्ति स्रोत, साधन खर्चिनुपर्छ भन्छन्। राज्यसित शक्ति सन्तुलनका हिसाबले बचाउनुपर्ने ठान्छन्। फलस्वरूप भाषा आन्दोलन भएका छन्। बंगलादेशमा सन् १९५२ भएको भाषा आन्दोलन त्यसको उदाहरण हो। उक्त भाषा आन्दोलनका क्रममा चारजनाले सहादत पाएको दिन २१ फेब्रुअरीलाई युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस घोषणा गरेको छ।  दिवस हरेक वर्ष विश्वभरि मनाइन्छ। अर्काथरी प्राज्ञिक भाषाशास्त्रीह

कला र शैली - संस्कृति बुझाउन चिन्डो कला

Image
मधु शाही , काठमाडौं श्रावण १२, २०७४-  चिन्डो अर्थात् लौकाजस्तै एक प्रकारको फल। किरात समुदायमा चिन्डोको कति महत्त्व छ भने, योबिना कुनै धार्मिक कार्य अघि बढ्दैन। सोलुका राजकुमार राई चिन्डो खोज्न धेरैपटक धेरै गाउँ डुले। उनलाई चाहिँ दुई सयभन्दा  बढी चाहिएको थियो। पूजा  गर्न होइन। ‘इन्स्टलेसन आर्ट बनाउन,’ उनले भने, ‘अचेल गाउमा पनि चिन्डो पाउन गाह्रो छ।’ गाह्रो कतिसम्म भने, उनले आखिर भनेजति चिन्डो पाएनन्। अनि माटोलाई चिन्डोको आकार दिन बाध्य भए। उनको त्यो परिश्रम र सिर्जना बबरमहलस्थित आर्ट काउन्सिलमा अवलोकन गर्न सकिन्छ। त्यहाँ काठमाडांै विश्वविद्यालयमा बीएफए अध्ययनरत अन्य कलाकारका सिर्जना पनि छन्। ध्यानचाहिँ निश्चय नै राजकुमारको कलाले बढी खिच्छ। त्यो अलि उद्देश्यपूर्ण प्रतीत हुन्छ। चिन्डो कलामार्फत उनले समग्र किराती सभ्यता र संस्कृति झल्काउने जमर्को गरेका छन्। चिन्डोहरूलाई उनले डोरीका माध्यमले झुन्डयाएर कलात्मकता दिएका छन्। यो नौलो कलाले पारखीहरूको मन कति तानिरहेको छ भने, आगन्तुकहरू कलाकारको प्रशंसा गर्दै फोटो खिच्नमा व्यस्त हुन्छन्।  ‘चिन्डो प्रचार भइरहेछ,’ जिज्ञासुहरूलाइ

समाचार - विश्वसम्पदा सूचीको हनुमानढोका दरबार क्षेत्रभित्र मापदण्डविपरीत भवनलाई महानगरको अनुमति

निर्माण रोक्न पुरातत्त्वको पत्र - जुद्धसालिक छेउको बाटो भास्सियो - सेनाको भवनसमेत चर्कियो -  दामोदर न्यौपाने , काठमाडौं श्रावण ६, २०७४- काठमाडौं महानगरपालिकाले विश्वसम्पदा सूचीको हनुमानढोका दरबार क्षेत्रभित्र मापदण्डविपरीत भवन बनाउन अनुमति दिएको छ । दरबार क्षेत्रको ‘प्रोपर्टी जोन’ मा महानगरपालिकाले भवन बनाउन अनुमति दिएको हो । महर्जन बिजनेस एसोसिएसन प्रालिको नाममा महानगर २४ को कित्ता नम्बर ९४२ मा भवन निर्माण रोक्न पुरातत्त्व विभागअन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डाले पत्राचार गरेको छ ।  पहिला क्रिस्टल होटल रहेको स्थानमा बन्न लागेको व्यावसायिक कम्प्लेक्सको स्वामित्व कृष्णलाल महर्जनको नाममा छ । मापदण्डअनुसार विश्वसम्पदा सूचीका क्षेत्रमा ३५ फिटभन्दा अग्ला संरचना बनाउन पाइँदैन । तर उक्त भवन जमिनमुनिसहित ३ तला बनिसक्दा ३५ फिट नाघिसकेको छ । पहिलेको भवनजत्रै बनाउन महर्जनले अनुमति मागेका छन् । मापदण्डविपरीत भवन बन्न लागेपछि पुरातत्त्व विभागका अधिकृत देवेन्द्र भट्टराईले निर्माण रोक्का गरी विभागमा उपस्थित हुन पत्र काटेका छन् । ‘पुरानो घर भत्काई नयाँ निर्माण गर्ने क्रममा प्ल

समाचार - ‘रेडियोलाई राजनीतिमा नजोडौं’

कान्तिपुर संवाददाता  , काठमाडौं श्रावण ३, २०७४- नेपाली सेनाले ‘पवित्र भावना’ ले अन्य प्रजातान्त्रिक मुलुकमा झैं एफएम चलाउन लागेको भन्दै यसलाई राजनीतिमा नजोड्न आग्रह गरेको छ । एफएम रेडियो स्टेसनको प्रसंगलाई राष्ट्रिय राजनीतिसँग जोडी फरक रूपमा प्रस्तुत गर्न खोजेको पाइएको भन्दै सेनाले आफ्नो यस्तो धारणा व्यक्त गरेको हो ।  नेपालको संविधान तथा कानुनको परिधिभित्र रहेर विपत् व्यवस्थापन, वन्यजन्तु संरक्षण, अन्तर्राष्ट्रिय शान्ति कार्यमा नेपाली सेनाको योगदानलगायत विषयमा जानकारी दिन नेपाली सेनाले एफएम रेडियो प्रसारण गर्न लागेको सेनाले जनाएको छ । स्वास्थ्य उपचार तथा अन्य सैनिक गतिविधिबारे सूचना तथा शिक्षामूलक सन्देश सैनिक, सैनिकका परिवार तथा नेपाली जनता र सम्पूर्ण सरोकारवालासमक्ष पुर्‍याउने र राष्ट्रभक्तिको भावना विकास गर्ने कार्यमा सहयोग पुर्‍याउने उद्देश्य रहेको भन्दै सेनाले नेपाली जनता तथा सरोकारवालाको सूचनाको हकको समेत कदर गर्दै सूचना प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन खोजेको बताएको छ । ‘आफ्नै सेना र उनका परिवारका लागि लक्षित एफएम स्टेसन सञ्चालन गर्ने प्रयास पवित्र भावले गरिएको हो,’ सैनि

समाचार - त्रिविका अनुसन्धान केन्द्रहरू लथालिंग

Image
राजनीतिक ‘भर्ती केन्द्र’ बनाउने दलहरूको प्रवृत्ति र पर्याप्त बजेट नदिने सरकारको शैलीले केन्द्रहरू निष्क्रिय जनशक्ति व्यवस्थापनको जिम्मा त्रिविले लिए पनि अनुसन्धानका विषय र स्रोत जुटाउने दायित्व अनुसन्धाताकै हो : खनियाँ -  गणेश राई , काठमाडौं श्रावण ८, २०७४-  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय र कामविहीन हुन पुगेका छन्। दलहरूले राजनीतिक ‘भर्ती केन्द्र’ बनाएका कारण र सरकारले पर्याप्त बजेट उपलब्ध नगराएकाले अनुसन्धान केन्द्रहरू लथालिंग बन्न पुगेका हुन्। नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास), शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) त्रिविअन्तर्गतका अनुसन्धान निकाय हुन्। सिनासका कार्यकारी निर्देशक प्राध्यापक विष्णुशंकर पौडेलले तलब खान मात्र पुग्ने गरी बजेट उपलब्ध भएकाले काम गर्न नसकिएको बताए। ‘अनुसन्धानका माध्यमबाट देशको नीति–निर्माण तहमा प्रभाव पार्ने संस्था अनुसन्धान केन्द्रलाई एनजीओजस्तो सोच्नु गलत हो,’ उनले भने, ‘राज्यक

समाचार - ३९ फिट अग्लो किराती स्तम्भ बन्दै

Image
गणेश राई , उँबु (ओखलढुंगा) असार २७, २०७४- संघीय प्रदेश नं.१ मानेभन्ज्याङ गाउँपालिका–३ उँबुगाउँमा ३९ फिट अग्लो किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) को मूर्ति स्तम्भ निर्माण सुरु भएको छ । पर्यटन प्रवद्र्धनको उद्देश्यसहित सम्पदा निर्माण थालिएको यो स्थल सदरमुकाम ओखलढुंगादेखि २१ किलोमिटर दक्षिणमा रहेको छ । मानेभन्ज्याङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सबिता राईले संयुक्त रुपमा यसै साता उक्त स्तम्भको शिलान्यास गरेका हुन् ।  वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको पहल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको प्राविधिक सहयोगमा उक्त सांस्कृतिक स्तम्भ निर्माण सुरु भएको हो प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख प्राज्ञ धनबहादुर याक्खाको नेतृत्व सात सदस्यीय टोलीले ‘स्वालेवा मूर्तिकला कार्यशाला–२०७४’ आयोजनासहित निर्माण थालेको हो । टोलीमा इन्दिरा श्रेष्ठ, शिव न्यौपाने, नरेश थुलुङ, निराजन मानन्धर, रन्जित थापामगर, गणेशबाबुलगायत मूर्तिकार संलग्न छन् । स्वालेवा स्तम्भ (मूर्ति) निर्माण समितिका अध्यक्ष शुभचन्द्र राईका अनुसार झन्डै ६० लाख रुपैयाँको लागतमा यो

समाचार - आदिवासीलाई ‘अल्पसंख्यक’मा राखिनु गलत : अधिकारकर्मी

Image
‘थारु आदिवासी नै हो’ -  गणेश राई , काठमाडौं श्रावण ५, २०७४- सरकारले स्थानीय तहको निर्वाचन प्रयोजनका निम्ति भन्दै आदिवासी जनजाति लगायतलाई ‘अल्पसंख्यक जाति’मा राख्नु गलत भएको अधिकारीकर्मीले बताएका छन् । गृह मन्त्रालयले गत वैशाख ११ गते राजपत्रमा ० दशलमब ५ प्रतिशतभन्दा कम जनसंख्या भएको ९८ समुदायलाई ‘अल्पसंख्यक जातीय समूह’को सूचि प्रकाशन गरेको थियो । राष्ट्रिय जनगणना २०६८ को जातीय तथ्यांकअनुसार जातीय समूह विभाजन गरिएको उल्लेख छ । जनजाति अधिकारकर्मीले केन्द्रीय तथ्यांक विभाग जातजाति छुटाउने निकाय नभएका उल्लेख गर्दै अल्पसंख्यक जातिको सूचि सच्याउनु पर्नेसमेत भनेका छन् ।  सरकारले यसअघि सूचिकृत गरेको ५९ आदिवासी जनजाति सूचिकृत गरेको छ । जनजाति समूह र त्यसभित्रका उपजाति समूह करिब ४९ लाई अल्पसंख्यक सूचिमा राखिएका छन् । ‘सूचिकृत आदिवासी जनजातिभित्रकालाई अल्पसंख्यकमा राखिनु गलत छ,’ अधिकारकर्मी प्राध्यापक ओम गुरुङले भने, ‘किनभने आदिवासी जनजाति र अल्पसंख्यकको भिन्नतालाई नबुझेर हो या बुझपचाएरै हचुवाको भरमा अल्पसंख्यकमा राखेर अधिकारबाट बन्चित गर्ने काम भएको छ ।’ आदिवासी जनजाति उत्थान राष्

साहित्य - 'स्वालेवा' साहित्यिक पत्रिका विमोचित

Image
कान्तिपुर संवाददाता , काठमाडौं वैशाख ६, २०७१-नेपाली साहित्यको संवर्द्धनमा 'स्वालेवा' पत्रिका थपिएको छ । राजधानीबाट प्रकाशित उक्त पत्रिकाको पहिलो अंक शुक्रबार भाषाशास्त्री प्राध्यापक डा. नोवल किशोर राई, साहित्यकार राजन मुकारुङलगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् । किनारामा परेका पछौटे जाति जनजातिको लेखक, स्रष्टाहरुलाई प्राथमिकता दिने उद्देश्यसहित पत्रिका प्रकाशनमा ल्याइएको जनाइएको छ । पत्रिकाको सम्पादक तथा प्रकाशन गणेश वाम्बुले राई र कार्यकारी सम्पादक भावुक यज्ञ राई छन् । स्वालेवाको पहिलो अंकमा भाषाशास्त्री नोवल किशोर राईको संस्मरण, कथा, नाटक, हास्यव्यङ्ग्य निबन्ध, जाति परिचयमा भुजेल जातिको परिचय, गजल, स्रष्टा व्यक्तित्वमा महान् कलाकार लैनसिंह बाङदेलको परिचय, लोक साहित्य, राजन मुकारुङको उपन्यास दमिनी भीरको अंश, कवितालगायतका सामग्री समेटिएका छन् । त्यस अवसरमा अगल मातृभाषी समुदायका लेखहरुले रचना गरेका साहित्य र त्यसले बोक्ने साहित्यिक गुणलाई मूलधारको साहित्यसित जोड्ने कडीका रुपमा पत्रिकालाई लिइनु पर्ने भाषाशास्त्री राईले बताए । त्यसैगरी साहित्यकार मुकारुङले डेढ दशक

कोसेली - कोरियातिर

Image
-  गणेश राई असार १७, २०७४-  मंगोलियन सल्लो र आर्यन सल्लो ! सल्लो पनि मंगोलियन र आर्यन ? वाहियात भन्न लाग्छ । खासमा, सामान्य दृश्य घटनाले यो प्रसंग जन्मिएको हो । पंक्तिकार संलग्न नेपाली टोली दक्षिण कोरियाको राष्ट्रपति भवन ‘ब्लू हाउस’ सँगैको ‘नेसनल फोक म्युजियम अफ कोरिया’ को अवलोकन गर्दै थियो । जंगलमय पुराना दरबार संग्रहालय चहार्दै थियौं । नेपालका जंगलमा झैं सल्लाको रूखहरू प्रशस्त देखिए । तर यताका सल्ला त सुलुत्त परेका हुन्छन्, सुरिलो । तर त्यहाँका सल्ला त होचा रहेछन् । फेरि नेपालमा भएका सल्लाले वरिपरिको जमिनै सुक्खा तुल्याउँछ । त्यहाँचाहिं त्यस्तो देखिएन, सबैतिर हरियाली । मैले जिज्ञासा राख्दै थिएँ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले फ्याट्टै भनिहाले, ‘यहाँका सल्ला मंगोलियनजस्ता पुड्का रहेछन् । नेपालका चाहिं आर्यन रहेछ । अग्ला–अग्ला ।’ दक्षिण कोरियाका डाँडाकाँडामा जता हेर्‍यो उतै हरियाली । वन नीति ज्यादै खँदिलो रहेछ । सडकको दायाँ–बायाँ रूख रोपिएका छन् । हावाहुरी र समुद्री आँधी ताइफुनले ढाल्न नसकोस् भनेर रूखलाई टेको लगाएर राखेका छन् । एकनास हरियाली छाउनुको विशेष अर्थ रहे