Posts

Showing posts from January, 2022

लुङखिम भाषा लोप हुनै लागेपछि...

Image
  इलामको सूर्योदय नगरपालिकामा सञ्चालित लुङखिम भाषाको आधारभूत कक्षाका सहभागी। तस्बिर : सचित राई सचित राई /  तोयानाथ भट्टराई समाज   १४ माघ २०७८ ०९:२७:००  केराबारी (इलाम) : ५६ वर्षीया विजया राई बान्तवा मातृभाषी हुन्। उनी अहिले लुङखिम बोल्न सिकिरहेकी छन्। अति लोपोन्मुख अवस्थामा पुगेको यो भाषा जगाउन भाषा आयोगले गाउँमै आधारभूत तहको कक्षा सञ्चालन गरिरहेको छ। त्यसका लागि उनी बिहानको काम चाँडै गरेर ८ देखि १० बजेसम्म भाषा सिक्न जान्छिन्। ‘पहिला त रहर लाग्यो’, उनी भन्छिन्, ‘आफू लुङखिम परिवारमै भएपछि व्यावहारिक कुरा जान्नु पनि पर्‍यो। एक–दुई कुरा सिकिन्छ कि भन्ने आस छ।’ सूर्योदय नगरपालिका–११ केराबारीमा पुस पहिलो साता सुरु भएको कक्षा ४५ दिनसम्म चल्नेछ। चार महिलासहित ३० जनाले कक्षा लिइरहेको लुङखिम राई समाजका अध्यक्ष जंगबहादुर लुङखिम राई बताउँछन्। जसमा युवादेखि ज्येष्ठ नागरिकसम्म छन्।  राई जातिमा पर्ने लुङखिम भाषिक समुदायकै अगुवा दुर्गामान राई भन्छन्, ‘हामीले त यो भाषा बिर्सेका थियौं, अहिले सामान्य बोलचालको शब्द सिकिरहेका छौं।’ स्थानीयवासी ३२ वर्षीय गंगाबहादुर राईलाई अब यो भाषा बाँच्यो भन्ने महसुस भइ

कुराकानी - जन्मदर घट्नु चिन्ताकै विषय हो : महानिर्देशक श्रेष्ठ

Image
  माघ १३, २०७८ कान्तिपुर संवाददाता काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वार्षिक जनसंख्या वृद्धिदर घटेको छ । १० वर्षअघि वार्षिक वृद्धिदर १.३५ प्रतिशत रहेकामा यसपटक भने ०.९३ प्रतिशतमा झरेको छ । जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । वि.सं. १९८७ र १९७७ को जनगणनामा भने जनसंख्या वृद्धिदर ऋणात्मक थियो । तर १९९८ सालमा गरिएको जनगणनायता वृद्धिदर १ प्रतिशतभन्दा माथि थियो । यसै सन्दर्भमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक   नेबिनलाल श्रेष्ठ सँग गरिएको कुराकानी : जनसंख्या वार्षिक वृद्धिदर १.३५ प्रतिशतबाट घटेर ०.९३ प्रतिशत मात्रै भएको छ । जनसंख्या वृद्धिदर घट्नुको कारण के हो ? सामान्यतया भइरहेको जनसंख्यालाई प्रतिस्थापन गर्न एक जना महिलाले २.१ अर्थात १० जना महिलाले २१ जना बच्चाउनुपर्ने हुन्छ । नेपालको सन्दर्भमा अब यो भन्दा कम देखियो । यो घट्दै घट्दै गयो भने जनसंख्या वृद्धिदर ऋणात्मक नै हुने छ । तर अहिलेसम्म ऋणात्मकको अवस्थामा हामी पुगिसकेका छैनौं । दश वर्षमा करिब २७ लाख जनसंख्या वृद्धि भएको छ । तर वृद्धिदर घटेको छ । यसका पछाडि धेरैवटा कारण छन् । प्रमुख कुरा

सम्पादकीय- जनगणनाको सन्देश : सक्रिय जनसंख्याको लाभ लिन अबेला नगरौं

  माघ १४, २०७८ सम्पादकीय जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या वृद्धिदर आठ दशकयताकै न्यून देखिनु जति स्वाभाविक हो, त्यसभन्दा बढी चिन्तनीय विषय हो । वर्तमान शिक्षा, चेतना, वैदेशिक रोजगारी, बसाइँसराइ, छिमेकी मुलुक लगायत विश्वप्रवृत्तिका आधारमा जनसंख्या वृद्धिदर घट्न पुगेको सहज अनुमान गर्न सकिन्छ । लामो समयदेखि दुईभन्दा बढी सन्तान नजन्माउन सरकारी–गैरसरकारी निकायले चलाएका अभियान र छोराछोरीको शिक्षा–दीक्षा तथा लालनपालनमा खर्चिनुपर्ने रकम अकासिनु पनि यसका कारक हुन सक्छन् । अरू कारण जे भए पनि ताजा तथ्यांक हाजिर छ— नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । १० वर्षअघि वार्षिक वृद्धिदर १.३५ प्रतिशत रहेकामा यस पटक ०.९३ प्रतिशतमा झरेको छ । जनजिब्रोमा त नेपालको जनसंख्या ३ करोड नाघिसकेको धेरै भएको थियो । स्वयम् केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमै डेढ वर्षअघि अर्थात् २०७७ असार १२ गते नै नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको थियो, तर त्यो खालि पूर्वानुमान थियो, गणना गरिएको तथ्यांक थिएन । राष्ट्रिय जनगणना–२०६८ का आधारमा गरिएको उक्त पूर्वानुमान धेरै नमिल्नुको कारण जनसंख

जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम

Image
  विसं १९७७ र १९८७ मा वृद्धिदर ऋणात्मक थियो, १९९८ मा गरिएको जनगणनायता वृद्धिदर १ प्रतिशतमाथि थियो, यसपालि ०.९३ प्रतिशत माघ १३, २०७८ गणेश राई ,  कृष्ण आचार्य काठमाडौँ — नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । १० वर्ष अघि गरिएको जनगणनामा जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ बढेको छ । वि.सं. १९६८ मा पहिलो जनगणना भएको थियो । त्यसयता हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअुनसार वार्षिक जनसंख्या वृद्धिदर भने घटेको छ । १० वर्षअघि वार्षिक वृद्धिदर १.३५ प्रतिशत रहेकामा यस पटक भने ०.९३ प्रतिशतमा झरेको छ । जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । वि.सं. १९८७ र १९७७ को जनगणनामा भने जनसंख्या वृद्धिदर ऋणात्मक थियो । तर १९९८ सालमा गरिएको जनगणनायता वृद्धिदर १ प्रतिशतभन्दा माथि थियो । विज्ञहरूले जनसंख्या वृद्धिदर घट्नुलाई स्वाभाविक भनेका छन् । सन्तानोत्पादन दर कम भएको तथा विदेश बसाइँसराइ बढेकाले जनसंख्या वृद्धिदर घट्दै गएको वि

कोसेली - ‘सृष्टिकै कान्छो सन्तान’ का नाममा

Image
  माघ ८, २०७८ गणेश राई लिम्बूहरूको विश्वास छ– ‘हावाको काम देखिन्छ, तर हावा देखिँदैन । ईश्वरको काम देखिन्छ, तर मान्छेले ईश्वर देख्दैन । ईश्वरको दृष्टिमा हामी छौं ।’  मुन्धुम भन्छ– सृष्टिकै कान्छो सन्तान मानिस हो । मृत्युसंस्कारमा फेदाङ्बा । तस्बिर : सुजन लिम्ब मृत्यु सास सकिनु हो, जीवन नरहनु हो । मान्छेले बनाएका छन्– अनेक संस्कार–परम्परा । बनाएका छन्– सास रहिन्जेल गर्नुपर्ने र सास सकिएपछि गर्नुपर्ने कर्मकाण्ड । यहाँ लिम्बू जातिको मृत्यु संस्कारमाथि चर्चा गरिनेछ । र, यो संस्कार पल्लो किरात मेचीवारि इलामको समालबुङ गाउँको हो, जुन सेनकालयताको इतिहाससँग जोडिएको छ । लिम्बू संस्कारमा परिवारको कुनै सदस्यको मृत्युपछि बन्दुक पड्काउने चलन छ (बन्दुक पड्काउनुको उद्देश्य हो– ओल्लो–पल्लो गाउँतिरका रस्तीबस्तीका दाजुभाइ, आफन्त, इष्टमित्रलाई ‘मरौ परेको’ सन्देश दिनु । बन्दुकको आवाज सुनेर आफन्तहरू भेला हुन्छन् ।) तर, यसपालि बलबहादुर लाबुङ लिम्बू (१९९९–२०७८ मंसिर २९ गते) को मृत्युपछि गाउँमा बन्दुक पड्काइएन । बन्दुकको सट्टा पटका पड्काइयो । चलन फेरियो कि मासियो ? समाजले समीक्षा गरिसकेको छैन । किनभने पटका केबल

कोसेली - सिरिजङ्गालाई किन चाहियो फुर्का ?

Image
  किरात याक्थुङ चुम्लुङले किरात राई यायोक्खासँग मिलेर ‘सिरिजङ्गा लिपि’ लाई परिर्वतन गरी ‘किरात सिरिजङ्गा लिपि’ नामकरण गरेको छ । २५ व्यञ्जन रहेको सिरिजङ्गा लिपि २३ थपेर ४८ को बनाइएको छ । इतिहास अध्येता अर्जुनबाबु माबुहाङ लेख्छन्–सिरिजङ्गाको सम्मान गर्दै उनकै नामबाट लिपिको नाम राख्नु सर्वस्वीकार्य हुन्छ । माघ ८, २०७८ अर्जुनबाबु माबुहाङ पाण्डुलिपिमा सिरिजङ्गा सिरिजङ्गाबारे जानिफकारहरू काबेलीखोला, तावाखोला, इङ्वाखोला, हाप्पुखोला, सिक्किम मार्तामको रेस्सीखोला र कालेजखोलाको दोभानजस्ता ठाउँहरू सिरिजङ्गाका बासस्थान भएको सुनाउँछन् । सिनाम–तेल्लोक वरिपरि सिरिजङ्गाले साप्लालुङ/शीला काबेली र हाप्पुखोलाको दोभानमा आफैंले लिपि कोरेको ढुंगा लुकाएको चर्चा आज पनि सुनिन्छ । ताप्लेजुङ सिनामका विसं २०७० का संविधानसभा सदस्य भूपेन्द्र थेबेज्यूका अनुसार, ‘सिरिजङ्गा साप्लालुङ निकाल्न विसं २०४२/४३ तिर स्व. रामबहादुर थेबे, डम्बरबहादुर थेबे, रनबहादुर राउतलगायत सत्तेमाङ (सत्तेहाङ्मा/हिन्दुकृत लिम्बूहरू) हाप्पुखोलामा भेला भए । हाप्पुखोलामा झरिरहेको विशाल छाँगाको भित्तापट्टि सिरिजङ्गाले खोपेको ढुंगो राखिएको थियो । भ