Posts

Showing posts from October, 2019

खेलकुद - नयाँ नेपाललाई व्याकुल माइला गोल्डकप

कार्तिक ७, २०७६ कान्तिपुर संवाददाता ओखलढुंगा — सविन केसीको ह्याट्रिकसँगै आठौं व्याकुल माइला गोल्डकप फुटबलको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाज सोक्माटार ओखलढुंगाले जितेको छ । मानेभन्ज्याङ गाउँपालिका–६ दूधकोशी किनारको मैदानमा मंगलबार सम्पन्न फाइनलमा ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । ज्वालामुखीको तर्फबाट सनिश नेपालीले एक गोल गरे । विजेताले १ लाख ५० हजार र उपविजेताले ८० हजार रुपैयाँ पुरस्कार पाएका छन् । सेमिफाइनलमा पुगेका दुई टिम हिलेपानी फुटबल क्लब र वेस्ट काठमाडौं फुटबल क्लबले १५–१५ हजार रुपैया पाए । विभिन्न जिल्लाका २६ टिम सहभागी थिए । १० हजार रुपैयाँसहितको दिलकर्ण वेस्ट टिमको अवार्ड वेस्ट काठमाडौं फुटबल क्लबले पाएको छ । सर्वाधिक गोलकर्ता सविन केसी भए । उनले ८ गोल गरे । उत्कृष्ट खेलागी मानस राई, उत्कृष्ट गोलरक्षक जंगबहादुर आले, उत्कृष्ट डिफेन्डर सुमन राई, उदीयमान खेलाडी क्षितिज राई घोषित भए । उनीहरूले जनही ५ हजार नगद प्राप्त गरे । ९ वर्षदेखि व्याकुल माइलाको जन्मस्थान मानेभन्ज्याङ ६, सोक्माटारमा प्रतियोगिता हुँदै आएको हो । प्रकाशित : कार्ति

कोपिला - फरर चिनियाँ भाषा

Image
कार्तिक ३, २०७६ गणेश राई ‘सी एए हाओ । ज्यान दाउ निन् जन गाउ सिङ् ।’ (सी हजुरबुवा नमस्ते । हजुरसँग भेट्न पाउँदा धेरै खुसी लाग्यो ।)ओमन आई निन् ।(हामी तपाईंलाई माया गर्छौं ।)सेसे निन् लाय निबोआर ।(धन्यवाद छ, नेपाल आउनुभएकोमा ।) मीठो बोली सुनेर चिनियाँ राष्ट्रपति सी चिनपिङ टक्क अडिए र बालबालिकातर्फ फर्किएर दायाँ हात हल्लाए । अनि चिनियाँ भाषामै भने, ‘तिमीहरूलाई भेटेर खुसी लाग्यो ।’ रातो कार्पेट ओछ्याइएको बाटोको बायाँतर्फ लहरै बालबालिका उभिएका थिए । नेपालको राष्ट्रिय पोसाक पहिरिएका उनीहरूले नेपाली र चिनियाँ राष्ट्रिय झन्डा फहराइरहेका थिए । नेपालको दुईदिने भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी फर्कंदा अघिल्लो आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा चिनियाँ भाषा बोल्न सक्ने ६९ जना बालबालिका पनि सहभागी थिए । अघिल्लो दिन पनि यी बालबालिकाले उसैगरी चिनियाँ भाषामा राष्ट्रपति सीलाई स्वागत गरेका थिए । त्यस क्रममा पनि निकै प्रफुल्लित देखिएका राष्ट्रपति सीले बालबालिकातर्फ हेरेर हाँस्दै हात हल्लाएका थिए । चिनियाँ राष्ट्रपतिको स्वागत र बिदाइमा काठमाडौं उपत्यकाका धेरै विद्यालयका ह

मातृभाषा शिक्षा जहाँको तहीँ

Image
आश्विन २४, २०७६ गणेश राई काठमाडौँ — शिक्षा मन्त्रालयले दुई दशकयता नेपाली र संस्कृतबाहेक मुलुकमा बोलिने २६ भाषामा ऐच्छिक एक/एक विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रकाशन गर्दै आएको छ । मातृभाषाको पाठ्यपुस्तक प्रकाशन गरेपछि सामुदायिक विद्यालयमा स्थानीय भाषा जानकार शिक्षकले समुदायको बाहुल्यअनुसार भाषा पढाउन थाले । तर शैक्षिक सत्र २०७६ सम्म आइपुग्दा पनि कति विद्यालयले मातृभाषा पढाइरहेका छन् भन्ने तथ्यांक मन्त्रालयसित छैन । ‘सुरुमा रहर लागेर स्थानीय विषयका रूपमा बान्तवा भाषा पढाइयो,’ इलामको सूर्योदय नगरपालिका–११ केराबारी आधारभूत विद्यालयका शिक्षक जंगबहादुर राई भन्छन्, ‘तर, मातृभाषा पढाएबापत् सरकारले थप सुविधा दिएन । अतिरिक्त कक्षा लिँदा लिँदा आफैं हैरान भइयो । स्थानीय अभिभावकले बान्तवा होइन, अंग्रेजी चाहियो भन्न थाले । चार वर्षसम्म पढाएपछि छाड्यौं ।’ मातृभाषामा पठनपाठनलाई सरकारले संरक्षण गर्न नसकेको उनको गुनासो छ । २०४७ को संविधानको धारा १८ (१) मा मुलुकमा बसोबास गर्ने सबै समुदायलाई आफ्नो भाषा, लिपि र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने अधिकार हुने र उपधारा (२) मा बालबालिकालाई प्