Posts

Showing posts from October, 2023

कोशी : पाँचथरमा निशान जात्राको रौनक, २४९ वर्षपछि सेनाको सलामी [तस्बिरहरू]

Image
  कार्तिक ६, २०८० लक्ष्मी गौतम पाँचथर — पाँचथरको याङवरक गाउँपालिका-४ स्थित कालिका मन्दिर परिसरमा लाग्दै आएको निशान जात्रामा यो वर्ष दश हजारभन्दा धेरै सर्वसाधारणले सहभागिता जनाएका छन् । यो वर्ष निशान जात्रामा पहिलो पटक नेपाली सेनाले सलामीसमेत अर्पण गरेको छ । नेपाल राज्य एकीकरणका क्रममा लिम्बूवान फौज र शाह वंशीय सेना बिच छ पटकसम्म भएको युद्धमा दुवैतर्फ हारजित नभएपछि शाहहरुले सम्झौता गर्दै लिम्बुवानलाई उपहार स्वरुप छोडेका २ वटा निशानसहित तत्कालिन युद्धमा प्रयोग भएका हातहतियार छोडेर गएका थिए । त्यही हातहतिया तथा निशानलाई दसैंको अवसर पारेर महानवमीका दिन प्रदर्शन गर्ने चलन छ । १८३१ साल देखि शुरु भएको निशान प्रदर्शनीमा नेपाली सेनाको रणशेर गणले पहिलो पटक सम्मानसहित सलामी अर्पण गरेको हो । सलामी अर्पणका क्रममा जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, कार्यालय प्रमुखसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा हजारौंका संख्यामा सर्वसाधारण उपस्थित थिए । पृथ्वीनारायण शाहको बाइसे चौबिसे राज्य एकिकरणका समयमा युद्ध हुँदा प्रयोग भएका निशान र पुरातात्विक हतियार र निशान प्रदर्शन गर्दै विशेष ढंगले प्रश्तुत

राष्ट्रिय तथ्यांक प्रणालीको भविष्य

Image
  आश्विन २६, २०८० ढुण्डिराज लामिछाने , ऋषिराम सिग्देल सूचनालाई स्रोत, शक्ति र साधनका रूपमा हेर्ने गरिएको छ । यिनै शक्तिशाली सूचनाको पर्याय हो, हामीले उत्पादन र प्रयोग गर्ने तथ्यांक । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा तथ्यांकको महत्त्व तथा प्रयोग दिनानुदिन बढ्दै गएको छ । आर्थिक, सामाजिक तथा वातावरणीय तथ्यांक सार्वजनिक महत्त्वको विषय हो । त्यसैले तथ्यांक उत्पादन, प्रशोधन, वितरण तथा भण्डारणमा राज्यले विगतदेखि विभिन्न प्रयास गर्दै आएको छ । नेपालको पहिलो आवधिक योजनादेखि नै तथ्यांकलाई प्राथमिकताका साथ प्रस्तुत गरिँदै आएको छ । २०५७ सालमा पहिलो पटक समष्टिगत राष्ट्रिय तथ्यांक योजना तयार गरिएको थियो । उक्त योजना तथा हालसम्मका आवधिक योजनाले खास गरी विकेन्द्रित तथा सशक्त तथ्यांक प्रणाली स्थापना गरी तथ्यांकको बढ्दो माग सम्बोधन गर्ने लक्ष्य राखेका छन् ।  तथ्यांकीय योजनाको क्रमलाई निरन्तरता दिने प्रयासस्वरूप सन् २०१८/१९ देखि २०२२/२३ सम्मको पाँचवर्षीय रणनीतिक योजना तर्जुमा गरिएको थियो । उक्त रणनीतिले खास गरी संविधानको भावना, आवधिक योजना, नेपालका अन्तर्राष्ट्रिय प्रतिबद्धताको अनुगमन त

नालापानीमा गोर्खा वीरताको गाथा

Image
  आश्विन २६, २०८० राजेश मिश्र देहरादुन, उत्तराखण्ड — विजेता फौजले शत्रु सेनाको प्रशंसा र सम्मान गरेको विरलै पाइन्छ । तर, बहादुरीका कारण गोर्खा योद्धाले आफ्नो शत्रुबाट पनि सम्मान पाएका छन् । भारतमा लामो समय शासन गरेको अंग्रेज गोर्खासँगको लडाइँपछि गोर्खा सेनाको बहादुरीप्रति नतमस्तक भएका थिए । युद्ध जिते पनि अंग्रेजले गोर्खाको बहादुरीको सम्झना सधैं रहने गरी इतिहास कोरिदिएका छन् । त्यसको साक्षी हो– देहरादुनको कलिंगा (खलंगा) स्मारक । देहरादुनको सहस्रधारा रोडमा रहेको उक्त स्मारक नालापानी युद्धमा गोर्खा सैनिकले देखाएको बहादुरी सम्झाउने प्रतीक हो । त्यहाँ पुग्ने जो कोहीले गोर्खा सैनिकको वीरताबारे जानकारी पाएर सम्मान प्रकट गर्छन् ।   नालापानीको युद्ध जितेपछि भारतमा शासन गर्दै आएको तत्कालीन इस्ट इन्डिया कम्पनीले उक्त युद्धमा सहिद भएका आफ्ना सैनिकको स्मरणमा स्तम्भ बनाउँदा सँगै आफूले युद्ध लडेको शत्रु गोर्खा सैनिकका कमान्डर बलभद्र कुँवरको नाममा पनि स्मारक बनाएका छन् । गोर्खा सैनिकको वीरता र युद्ध कौशलको अंग्रेज सैनिक कायल भएका थिए । र, उनीहरूले आफ्नो सैन्य कमान्डरको स्मृति स्तम्भसँगै

गोर्खा भर्ती असमान सन्धि र विभेदविरुद्धको आदेश कार्यान्वयन नभए आन्दोलनको घोषणा

Image
  आश्विन ३०, २०८० कान्तिपुर संवाददाता काठमाडौँ — ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सन् १९४७ को गोर्खा भर्ती असमान सन्धि र विभेदविरुद्ध सर्वोच्चको आदेश नेपाल सरकारले कार्यान्वयन नगरे आन्दोलन गर्ने घोषणा गरेको छ । बिगेसोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो । बिगेसोले २०७४ सालमा १९४७ को गोर्खा भर्ती सम्बन्धी असमान र विभेदकारी त्रिपक्षीय सन्धि खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन गरेको थियो । सर्वोच्चले उक्त रिटलाई लिएर २०७९ माघ २४ मा राष्ट्रियताका आधारमा विभेदमा परेका विश्वभरि रहेका गोर्खाका समस्या समाधान गर्न विना सन्धि सम्झौता र पहिचानविहीन अवस्थामा रहेका सिंगापुर गोर्खा र ब्रुनाई गोर्खा बेलायतले जिम्मा लिन भनेको छ । यसैगरी नेपाल र संयुक्त अधिराज्यबीच रहेको ऐतिहासिक एवं विशिष्ट सम्बन्धमा प्रतिकुल असर नपर्ने बरु अझ मजबुत हुने किसिमबाट दुई राष्ट्रको हितमा गोर्खा सेनाको सेवा सुविधालाई समुचित समयानुकूल र समानतामा आधारित अरु सम्मानजनक बनाउन आवश्यक र उचित कदम लिन भनेको छ । बिगेसोले सर्वोच्च अदालतबाट जारी निर्देशनात्मक आदेशमा भएक

कोसेली : एउटै नाम मुखिया

Image
  आश्विन २०, २०८० देवेन्द्र भट्टराई यो १ सय वर्षअघिको कुरा हो । ओखलढुंगाको चेस्कु गाउँमा बस्थ्यो, एउटा खेतीकिसानी सुनुवार परिवार । कर्णवीर र पद्मा सुनुवार ‘सानो छ खेत, सानो छ बारी’ भाकामा साँझ–बिहानको जोहो गरिरहेका हुन्थे । गाउँघरमा चलेको ऋणपान, भाका र चक्रे ब्याज त्यही सानो परिवारमा पनि थपिएकै थियो । त्यसपछि अरू गाउँले र रोजीरोटीमा मुग्लान छिर्नेको ताँतीमा मिसिएका थिए कर्णवीर पनि । त्यो मुकाम अरू कतै थिएन, उही दार्जिलिङको चियाकमान थियो । चियाका पत्तामा भाग्य–भरोसा खोज्दै खर्साङको धजे चियाकमानमा कर्णवीरका पाइला अडिएका थिए । त्यही कमानमा जन्मे उदय सुनुवार र अरू ९ जना दिदी, भाइ, बैनाहरू । जहीँ पुगे पनि भोक र रोग छँदै थियो, त्यही भएर यीमध्ये थोरै सन्तान मात्रै बाँचे । बँचेका केही शोकैमा बिते । कर्णवीर खर्साङ छँदा बर्माको लडाइँ चलिरहेको थियो । ससाना काम र पदमा जोकोहीलाई ‘रिक्रुट’ गर्न गल्लावाल कमान–वस्तीमा घुमिरहेका थिए । त्यही मौकामा बाबु कर्णवीर मुखिया काम (पद) मा भर्ती भएका थिए । त्यसरी सिंगो सुनुवार परिवार मुखिया बनेको थियो, नामका उदय पनि टेकवीर मुखिया बनेका थिए । त्यहीं खर्साङ/दार्जिल

मानेभन्ज्याङका अन्तिम मुखिया

Image
  असार १९, २०७९ कुम्भराज राई ओखलढुंगा — कमलसिं राई गाउँका नामी डकर्मी हुन् । ५९ वर्षका भए । उनले बनाएका घरहरू गाउँभरि छन् । तर मानेभन्ज्याङ गाउँपालिका–५ उदैपुरका कमलसिंलाई गाउँमा अझै मुखिया भनेर चिन्छन् । उनी साबिक मानेभन्ज्याङ गाविस क्षेत्रका अन्तिम मुखिया हुन् । राणाकालसम्म पनि मुखिया गाउँका प्रशासकसरह थिए । जग्गाजमिनको तिरो (राजस्व) संकलन गर्नेदेखि झैंझगडा निरूपण र न्याय सम्पादनसम्मका काम जिम्मावाल मुखियाले गर्थे । कमलसिंले पञ्चायतको उत्तराद्र्धमा दुई वर्ष मुखियाको काम गरे । २०४४ मा जग्गाजमिन नापी भयो । सोही नापीका आधारमा उनले २०४६ सम्म तिरो संकलन गरे । त्यसपछि बहुदल आयो । पञ्चायती शासन समाप्तिसँगै मुखिया, जिम्वाल, गौरङ, थरी, कार्बारीले काम गर्ने चलन अन्त्य भयो । कमलसिं रहरले वा क्षमताले मुखिया भएका चाहिँ होइनन् । सयौं वर्ष पहिले उनका जिजुहरू यस भेगका शासक थिए । १८ औं शताब्दीमा उनका जिजु घमण्ड राई यस क्षेत्रका राजा थिए । उनले पृथ्वीनारायण शाहसँग विभिन्न सर्तसहित मुखिया पदमा रहने सम्झौता गरेर आफ्नो राज्य नेपाल एकीकरणमा गाभे । त्यसपछि मुखियाका जेठा छोरा मुखिया रहने परम्

डेढ शताब्दी पुरानो ‘चौरासे घर’

Image
  श्रावण २४, २०७९ कुम्भराज राई ओखलढुंगा — मानेभन्ज्याङ गाउँपालिका–३ उँबुस्थित १ सय ५० वर्षभन्दा पुरानो चौरासे घरको संरक्षण हुन सकेको छैन । राणाशासनदेखि पञ्चायतकालसम्म अपराधीलाई थुन्नसमेत प्रयोग गरिने ऐतिहासिक उक्त घर जीर्ण हुँदै गएको छ । यस घरलाई स्थानीयले झिँगटी घरसमेत भन्ने गर्छन् । पहिले झिँगटी (माटोको टायल) को छाना थियो । तर त्यो छाना भत्किएपछि खरले छाइएको छ । दुई तले यो घर १९९० सालको भूकम्पमा भत्किएको अनुमान गरिन्छ । त्यसअघिसम्म यो घर तीन तलाको रहेको स्थानीय बताउँछन् । तत्कालीन शासकले वागवर्ण राईलाई ‘अमाल’ पद दिएका थिए । उनले भूमिकर उठाउनेदेखि त्यस क्षेत्रको शासन व्यवस्थाका केही अधिकार पाएका थिए । उनकै पालमा यो घर बनेको हुन सक्ने उनका वंशीय पनाति बताउँछन् । ‘ठ्याक्कै यही बेलामा बनेको हो भनेर त भन्ने कोही छैनन्,’ वागवर्णका वंशीय खनाति श्यामकुमार राईले भने, ‘तर वागवर्णकै पालामा बनेको हो कि भन्ने बूढापाकाको भनाइ छ ।’ वागवर्णका अघिल्लो पुस्तादेखि उनीहरूले शासन गरेका थिए, थिएनन् भन्ने यकिन छैन् । तर त्यसपछि भने उनीहरूले राई तालुकदार, जिम्मावाल जस्ता पद सम्हालेर भूमिकर सं

घुम्दै फिर्दै रुम्जाटार

Image
  माघ ३, २०७९ कुम्भराज राई ओखलढुंगा — घुम्दै फिर्दै रुम्जाटार फेरि भेटौंला दुःख नमान सानी बाँचे भेटौंला... इटहरीका कलाकार बालकृष्ण कार्कीलाई गीतमा ‘घुमिफिरी रुम्जाटार’ जोड्नु थियो, २०४३र४४ ताका उनले गीतमा रुम्जाटार लेखे । तर, ओखलढुंगाको त्यो गाउँसँग उनको साइनो छैन, जो थेगोमा चर्चित छ – काम बनेन वा फेरि सुरुवातकै अवस्थामा आइपुग्नु परे भन्ने गरिन्छ, घुमिफिरी रुम्जाटार । कार्की भन्छन् ‘गीतमा रुम्जाटार त जोडियो तर मलाई आज पनि जिज्ञासा छ आखिर घुमिफिरी रुम्जाटारचाहिँ के कारणले भनेका होलान् रु’ थेगोले घुम्दै फिर्दै रुम्जाटार पुगिन्छ भन्ने संकेत गरे पनि यो पुरानो पहाडी बस्ती छाडेर हिँडेका धेरै जना फेरि फर्किएका छैनन् । हाम्रो कथाले कार्कीको जिज्ञासा शान्त पार्नेछ । रुम्जाटारका बालासुन्दर गुरुङ भेडा चराउन सोलुखुम्बुको दूधकुण्डमाथि शैलुङ पोखरी पुगेका थिए । अचानक बिरामी भए । भेडीगोठमै अन्तिम सास फेरे । हिमालको फेदीबाट शव बोकेर ल्याउन सम्भव थिएन । गोठाले साथीहरूले उतै माटोले पुरेर अन्त्येष्टि गरे । यो २०३० अघिको घटना हो, जसलाई रुम्जाटारका पाका पुस्ता अझै सम्झन्छन् । ‘बाजेको चिहानबाट न

रूम्जाटारमा सेनाले बनाइदियो ऐतिहासिक संग्रहालय

Image
  फाल्गुन ५, २०७९ कुम्भराज राई ओखलढुंगा — सिद्धिचरण नगरपालिका–४ स्थित रूम्जाटारमा नेपाली सेनाले ऐतिहासिक संग्रहालय निर्माण गरेको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको बेला प्रयोग गरेका हतियार तथा अन्य पुरातात्विक सामग्रीहरु संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको शीघ्र प्रभाव आयोजना अन्तर्गतको बजेटबाट २० लाख लगानी गरि संग्रहालय निर्माण गरेको हो ।  सेनाको १८ नं. बाहिनीपति सहायक रथी सन्तोषराज पाण्डेले शुक्रबार संग्रहालयको उद्घाटन गरे । उनले संग्रहालय सिद्धिचरण नगरपालिकालाई बरबुझारथ गरेका छन् । अरिदमन गणको नेतृत्वमा संग्रहालय निर्माण भएको हो । संग्रहालयमा बन्दुक, तरबार, खुँडा, भाला जस्ता पुराना ऐतिहासिक हातहतियारहरु स्थानीयबासीसँग संकलन गरि राखिएको छ । ओखलढुंगाको ऐतिहासिकतासँगै प्राचीन संस्कृति परम्परासँग जोडिएको विभिन्न सामाग्रीहरुको साथमा भेषभूषा समेत संग्रहालयमा राखिएको छ । ढकन, तुलो, चिलिम डन्डी, सास्त्री (फोरेसो), ढाँडु, जाँतो, टुकी, धिप्रि, कपडा बुन्ने तानदेखि राँटा (चर्खा), ढडिया (ढोक्सा) जस्ता दर्जनौ प्रकारका लोपोन्मुख सामाग्री समेत राखिएको छ । समग्रमा ओखलढुंगा जि

सुका माना घ्यू खानेहरू : कुम्भराज राई

Image
  चैत्र १२, २०७९ कुम्भराज राई ओखलढुंगा — नुन लिन सिरहाको मिर्चैया, गोदार पुग्थे । घरबाट हिँडेको सातौं दिनमा काठमाडौं टेक्थे । २२ पाथी (८४ किलो) को भारी बोक्थे । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवा बतासेका ९२ वर्षीय मकरबहादुर घिमिरेले यति कुरा फटाफट सुनाएपछि लामो खुइय लामो सास ताने र भने, ‘पुराना कुराहरू धेरै बिर्सिएँ ।’ पाँच भाइ छोरा र दुई छोरीका बाबु, अनि २२ नातिनातिना, १४ पनातिपनातिनाका मियो मकरबहादुर उमेरको उपल्लो बिन्दुमा पनि प्रत्येक दिन बिहान–बेलुकी पारेर खुट्टा तन्काउन घर बाहिर निस्किन्छन् । दिनमा एक/दुई किलोमिटर भए पनि छिचोल्ने उनले भने, ‘रोग यही भन्ने छैन तर अब ज्यान आफैं कमजोर भइसक्यो । बूढो भइयो । पहिलेजस्तो कहाँ हिँड्न, काम गर्न सकिन्छ र ?’ बूढो भएको स्वीकारोक्ति भए पनि उनी थाकेजस्ता देखिन्नन् । दुई वर्षअघि उनी निकै बिरामी परेका थिए । त्यही बिमारले आफ्नो स्मरणशक्ति खाइदिएको उनको बुझाइ छ । यसका अलावा अरू बिमारले उनको शरीरमा घर गरेको छैन । उनी बिहानै उठ्नेबित्तिकै दूध तताउँछन् । दूधसँग चिउरा, रोटी खान्छन् । ११–१२ बजेतिर मात्रै खाना खान्छन् । दाँतचाहिँ ४० वर्