Posts

Showing posts from September, 2023

ब्रिटिस गोर्खा इतिहासबारे नयाँ कृति ‘गोर्खाली वीरता र शासकीय चाकरी’

Image
  आश्विन ६, २०८० गणेश राई काठमाडौँ — अनुसन्धाता डा. प्रेम आलेले ‘गोर्खाली वीरता र शासकीय चाकरी’ पुस्तक ल्याएका छन् । सन् १८१६ मा ब्रिटिस गोर्खा भर्ती सुरु भएदेखि सन् २०२३ मे १९ अर्थात् दुवै खुट्टा गुमाएका पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले कृत्रिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको क्षणसम्मको इतिवृत्ति यसमा समेटिएको छ । सन् १९८६ मा सेनामा भर्ती भएर २०१६ मा मेजर दर्जामा अवकाश लिएका बेलायतका आले अन्तर्राष्ट्रिय सम्बन्धविज्ञका रूपमा चिनिन्छन् । सन् २०१७ मा युनिभर्सिटी अक्सफोर्ड ब्रुक्सबाट विद्यावारिधि गरेपछि उनको परिचयको दायरा फराकिलो बनेको हो । उनले ‘नेपालको सार्वभौमसत्तालाई ठूला मुलुकले पारेको असर’ शीर्षकमा शोध गरेका थिए । हाल ब्रिस्टोल युनिभर्सिटीको अफिसर्स ट्रेनिङ कोरमा प्रमुख प्रबन्धकका रूपमा कार्यरत उनको परिचय आज ब्रिटिस गोर्खा लाहुरेमात्र सीमित छैन । उनै आलेले आफ्नो लेखकीयमा भनेका छन्-‘केही वर्षअघि अक्सफोर्ड युनिभर्सिटीमा शोधपत्र तयार गर्ने क्रममा गोर्खाली भर्ती प्रथालाई मैले गहिरिएर हेर्ने मौका पाएँ । यद्यपि मेरो शोधपत्रको विषय यो थिएन, नेपालको स्वा

पुस्तक : एक पुस्तकालयकर्मीको जीवनयात्रा

Image
  भाद्र ६, २०८० गणेश राई काठमाडौँ — ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ नारासहित नेपालमा २०८० भदौ १५ गते सोह्रौं पुस्तकालय दिवस मनाउन धुमधाम तयारी भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । समितिले संघ, प्रदेश र ७५३ वटै स्थानीय तह, विश्वविद्यालयहरू, विभिन्न निकाय तथा संघसंस्थाले पुस्तकालय दिवस मनाउन सूचना जारी गरेको छ । यही सन्दर्भमा पुस्तकालयकर्मी भोलाकुमार श्रेष्ठले हालै ‘पुस्तकालयसँगको जीवन यात्रा’ पुस्तक प्रकाशित गरेका छन् । पुस्तकालयकर्मी र पुस्तकालय प्रेमीहरूको अगुवाईमा २०६५ भदौ १५ गते पहिलो पटक पुस्तकालय दिवस मनाइएको थियो । दिवस मनाउनुको मुख्य उद्देश्य पुस्तकालय प्रयोग एवं संवर्धनमा जनचेतना जगाउने, अध्ययन संस्कृतिको विकास गर्ने र सूचना एवं ज्ञानमा आधारित समाज निर्माणका लागि वातावरण सिर्जना गर्ने छ । यसैगरी शैक्षणिक क्रियाकलापमा पुस्तकालयहरूको प्रयोग र महत्वलाई बढावा दिने, पुस्तकालय तथा सूचना विज्ञानको क्षेत्रमा भएका प्रगति तथा गतिविधिहरूबारे आम नागरिक तथा सरोकारवालाबीच प्रचारप्रसार गर्नेलगायत रहेका छन् । हरेक वर्ष पुस्तकालय

मिठो नेपाली अर्थात् कृष्णप्रसाद पराजुली

Image
  असार २४, २०८० गणेश राई काठमाडौँ — हरेक नेपाली भाषा शिक्षक र साधकले सम्झिइरहने किताब हो– ‘राम्रो रचना : मिठो नेपाली’ र त्यसका लेखक कृष्णप्रसाद पराजुली । यो किताब नेपाली भाषा, व्याकरण र मिठो नेपाली कसरी लेख्न सकिन्छ भन्नेबारे लेखिएको किताब हो । र यसको ३०औं संस्करण भर्खरै (२०८० साल)मा मेला प्रकाशनले बजारमा ल्याएको छ । यसको पहिलो संस्करण २०२३ सालमा छापिएको थियो । यतिका लामो आयु पाएको कृतिको पहिलो संस्करणको भूमिकामा बालकृष्ण समले लेखेका छन्– ‘जब–जब नेपाली भाषाको प्रश्न आउँछ, समस्त शिक्षण–संस्थाहरूमा यसको समादर होला भन्ने कुरामा मलाई विश्वास छ । व्यक्तिगत पनि हाम्रा सर्वसाधारण लेखकहरूलाई यो उपयोगी हुनेछ ।’ त्यसैगरी माधवप्रसाद घिमिरेले लेखेका छन्– ‘पराजुलीको ‘राम्रो रचना : मिठो नेपाली’ले नाम सुहाउँदो काम गर्नेछ भन्ने मलाई पूरा विश्वास छ । यो पुस्तकको शैली काव्यात्मक बन्न गएको छ । विदेशी पानातिर गइरहेको रचनालाई यसले नेपाली शैलीतिर मोडेको छ । रचनाको क्षेत्रलाई व्याकरण प्रयोगसम्म मात्र सीमित नराखेर छन्द, अलङ्कार र रसजस्ता साहित्यिक विषयको पनि यसमा ‘राम्रो’ प्रयोग भएको छ ।’ उतिखेरै सूर्यविक्रम