Posts

Showing posts from October, 2020

राष्ट्रिय जनगणनामा समुदायको चासो : गणेश राई

Image
  ८० प्रश्नमध्ये ‘जात/जाति, धर्म, पुर्खाको भाषा, मातृभाषा र दोस्रो भाषा’लाई चासो राखेका छन् कार्तिक १३, २०७७ गणेश राई काठमाडौँ — राष्ट्रिय जनगणना सम्पन्न हुन करिब आठ महिना बाँकी छँदै समुदायमाझ चासो बढ्न थालेको छ । केन्द्रीय तथ्यांक विभागले आगामी जेठ २५ गतेबाट असार ८ गतेभित्र सम्पन्न गर्ने जनगणनाको तयारी तीव्र पारेसँगै चासो बढेको हो । विभागले समुदायमा चासो राख्ने विभिन्न जातजातिका संघसंगठनमार्फत भर्चुअल संवादमा जनगणनाका विविध पक्षबारे जानकारी गराउँदै आएको जनाएको छ । विभिन्न समुदायका प्रतिनिधिले विभागमा ध्यानाकर्षणपत्रसमेत बुझाउँदै आएका छन् । ‘कोरोना भाइरस फैलिन सक्ने भएकाले जनगणनाका भौतिक कार्यक्रम हुन नसके पनि स्वास्थ्य प्रोटोकल पालना गरेर विभिन्न समुदायको ध्यानार्षणपत्रहरू बुझिलिने गरेका छौं,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘उनीहरूलाई जनगणनासम्बन्धी जानकारी दिने गरेका छौं ।’ आगामी १२ औं राष्ट्रिय जनगणनामा ८० वटा प्रश्न सोधिनेछन् । त्यसलाई सामुदायिक प्रश्नावली, घर तथा घरपरिवार सूचीकरण प्रश्नावली र मुख्य प्रश्नावली गरी तीन खण्डमा विभाजन गरिएका छन् । जनगणनामा घरपरिवारमा उपस्थ

जनगणनामा नागरिक दायित्व : ढुण्डीराज लामिछाने

Image
  जनगणनामा नागरिक दायित्व विचार/दृष्टिकोण | ढुण्डीराज लामिछाने       कार्तिक १३, २०७७ बिहीबार        16 घण्टा अगाडि शेयर गर्नुहोस:   167 Shares       ढुण्डीराज लामिछाने देशमा अक्सर बसोवास गरेका सबै व्यक्तिको घरदैलोमा गणकहरू एकै समयमा पुगी निर्धारित समयभित्र परिवार तथा परिवारका सबै व्यक्तिहरूकोे जनसाङ्ख्यिक, सामाजिक तथा तथा आर्थिक विवरणहरू सङ्कलन गर्ने र यसरी सङ्कलित तथ्याङ्कको प्रशोधन, सारिणीकरण एवम् प्रकाशन गर्ने समष्टिगत प्रक्रियालाई जनगणना भनिन्छ । जनगणनाबाट सङ्कलन भएका तथ्याङ्क देशको सामाजिक तथा आर्थिक विकासका लागि योजना तर्जुमा, अध्ययन, अनुसन्धान गर्न अति नै उपयोगी हुन्छन् । आधुनिक राज्यको अवधारणाअनुसार जनगणना योजनाबद्ध विकासको अवधारणाको अभिन्न पाटो हो । नेपालमा जनगणनाको १२औँ संस्करण आगामी २०७८ सालको जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुँदै छ । नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि जनगणनाको खास महŒव हुन्छ । खासगरी मौलिक हकसम्बन्धी व्यवस्थामा बालबालिकाको हक, महिलाको हक, ज्येष्ठ नागरिकको हक, दलितको हक, आवासको हक, रोजगारीको हक, सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक आदि जस्ता महŒवप

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal

Image
  Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal The basic principle of census is to ensure that no one is left and no one is repeated Kamal Dev Bhattarai published on 2020-09-23 19:09:00         Nepal has been carrying out decennial population census since 1911, with the next one, the country’s 12 th , due in June 2021. The body mandated to conduct it is the Central Bureau of Statistics (CBS), a government agency under the National Planning Commission. Bureau officials say they are working on war-footing to make the census possible, yet it’s a tough task in the middle of a pandemic. And will the census also include Kalapani? Kamal Dev Bhattarai spoke to Rudra Suwal, senior economist and former CBS Deputy Director General.  What is the importance of census? There are multiple dimensions to and benefits of census. First, census is a constitutional obligation as it is on the basis of population that electoral constituencies and number of elec

मल्ल के. सुन्दर : कथा रानीपोखरीको

Image
  त्यो दुर्घटना  कान्तिपुरका राजा प्रताप मल्लका मन पर्ने रानी थिए, अनन्त प्रिया, बिहारकी राजकुमारी । उनकै तर्फबाट जन्मिएका चक्रवर्तिन्द्र कान्छो छोरा थिए । अन्य रानीका तर्फबाट समेत आठजना छोराहरू थिए । केही बालक छँदै बिते । तर, बाबुले पुल्पुल्याएको एक मात्र राजकुमार थिए, चक्रवर्तिन्द्र । आफू जीवित छँदै छोराहरूको राज्यारोहणको सनक चढ्यो, राजा प्रताप मल्लमा । दक्षिण भारतबाट झिकाइएका तान्त्रिक विद्वान् ज्ञानानन्द भट्टसँगको परामर्शपछि राजकुमार पार्थिवेन्द्र, नृपेन्द्र र महीपेन्द्रलाई पालैपालो एक–एक वर्ष गद्दीमा बसाए । उनीहरूको नाम अंकित चाँदीका मुद्रा पनि निकाले ।    कान्छो राजकुमार चक्रवर्तिन्द्र भर्खर तेह्र वर्षको मात्र भएको थियो । ने.सं. ७८९ मा उनको पनि राज्याभिषेक गरियो । हात्तीमाथि चढाएर कान्तिपुर सहरभित्र तामझामका साथ राज्यारोहणको शोभा यात्रा पनि गराइयो । राज्याभिषेक सम्पन्न भएको चार दिन पनि भएको थिएन, हनुमानढोका दरबारभित्रको हात्तीसारमा बाँधिएर राखेको त्यही हात्तीसँग राजकुमार रमाउँदै थिए । एक्कासि हात्ती मात्तिए, हात्तीको खुट्टामुनि किचिएर चक्रवर्तिन्द्रको हृदयविदारक अवस्थामा मृत्यु भ

विचार - जनगणना राजनीति सरकारबाट जनतातिर

Image
  राष्ट्रलाई विविधतायुक्त देखाउन नचाहेका बेला खास भाषाभाषी वा संस्कृतिका जनताको उपस्थिति नदेखियोस् भनेर गणनामै समावेश नगराउने राजनीति पनि हुने गर्छ । आश्विन १५, २०७७ चेतन अधिकारी बाह्रौं राष्ट्रिय जनगणना सुरु हुन अब एक वर्ष पनि बाँकी छैन । अघिल्ला जनगणनाका तुलनामा यसपटक आम मानिसले बढी सरोकार देखाएका छन् । केन्द्रीय तथ्यांक विभागले यससम्बन्धी तयारीलाई तीव्र बनाएको छ, जनगणनासम्बन्धी सन्देश विभिन्न माध्यमबाट जनस्तरमा पुगिरहेको छ । विश्वमा जस्तै नेपालमा पनि जनताका लागि हैन कि सरकारका लागि जनगणना सुरु गरिएको देखिन्छ । १९६८ सालदेखि सुरु भएको जनगणनाको उद्देश्य कर तिर्न सक्नेको अभिलेख राख्नु र लाहुरमा भर्ती हुन सक्ने जनसंख्या पत्ता लगाउनु थियो । त्यसपछि राज्यको नीति तथा सेवामा पनि जगणनाको आवश्यकता ठहरियो । नेपालमा योजनाबद्ध विकासको सुरुआत २०१३ सालमा भएको हो, जति बेला प्रथम पञ्चवर्षीय योजना बनाउँदा २००९/११ सालको जनगणनाका तथ्यांकलाई उपयोग गरिएको थियो । विगतमा राज्यहरूले जनगणनालाई राजनीतिक हतियारका रूपमा प्रयोग गरे । तर यसपटक जनताको चासो बढ्नुको मूल कारण जनगणनासँग जोडिएको राजनीति नै हो । कतिपय जा