Posts

Showing posts from July, 2019

दृष्टिविहीन विद्यार्थीलाई सधैं सास्ती

Image
न विद्यालय, न शिक्षक, न ब्रेल पाठ्यपुस्तक, दृष्टिविहीनलाई सधैं सास्ती ब्रेल पुस्तकको विकल्पक खोज्दै छौं : मन्त्रालय श्रावण १३, २०७६ गणेश राई काठमाडौँ — भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थी कक्षा ११ पढ्ने सुरसार गर्दै छन् । २०७५ सालको एसईईमा सहभागी ४ लाख ५९ हजार २ सय ७५ जनामध्ये करिब ७० जना दृष्टिविहीन विद्यार्थी थिए । अधिकांश दृष्टिहीन विद्यार्थीको ग्रेड र जीपीए उत्कृष्ट छ । ती दृष्टिविहीन विद्यार्थीले कक्षा ११ पढ्ने तरखरमा छन्/छैनन् ? लेखाजोखा गर्ने निकाय मौन छ । देशभरिका ८२ विद्यालयमा दृष्टिविहीन विद्यार्थी पढ्ने व्यवस्था छ । त्यो व्यवस्था कक्षा १० सम्म मात्र हो । शिक्षा मन्त्रालयले कक्षा ११ र १२ मा ब्रेल पाठ्यपुस्तक र सन्दर्भ सामग्री व्यवस्था गरेको छैन । त्यसैले एईई उत्तीर्ण ती दृष्टिविहीन विद्यार्थी कहाँ पढ्दै छन् ? कसरी पढ्दै छन् ? कुनै निकायलाई थाहा छैन । संविधानको धारा ३१ (४) मा भनिएको छ, ‘दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाका माध्यमबाट कानुनबमोजिम निःशुल्क शिक्षा पाउने हक हु

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्

Image
शिक्षा विकास तथा समन्वय इकाइले अन्तर्वार्ता लिँदै कार्यथलो रोज्न लगाएर शिक्षक सिफारिस गरेपछि समस्या  श्रावण ६, २०७६ गणेश राई काठमाडौँ — शिक्षक सेवा आयोगमार्फत छनोट गरेर पठाइएका शिक्षकहरू लिन स्थानीय तहहरूले अस्वीकार गरेका छन् । मुलुकका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइले धमाधम अन्तर्वार्ता लिँदै कार्यथलो रोज्न लगाएर सिफारिस गरेपछि समस्या आएको हो ।  संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारको हो । तर, शिक्षक अनुमतिपत्र, भर्ना, बढुवालगायत प्रक्रिया केन्द्र मातहतमा हुन्छ । शिक्षा विकास तथा समन्वय इकाइलाई शिक्षक व्यवस्थापन, एसईई तथा कक्षा ११ र १२ को परीक्षा सञ्चालन जिम्मेवारी दिइएको छ । इकाइमा सामुदायिक र संस्थागत विद्यालय, शिक्षक र विद्यार्थीको अभिलेख राखिएको छ । इकाइले शिक्षक व्यवस्थापनअन्तर्गत शिक्षक सेवा आयोगले लिने परीक्षा सञ्चालन, अन्तर्वार्ता, नियुक्ति, उपदान, राजीनामा, पेन्सन पट्टा, सरुवा, बढुवाका प्रक्रिया पूरा गर्दै आएको छ । ‘शिक्षक भर्ना प्रक्रियाप्रति स्थानीय तहका जनप्रतिनिधिहरूको असन्तुष्टि छ,’ इकाइका एक प्रमुखले भने, ‘कानुनी आधार स्पष्ट हुन न

बैतडीको गोकुलेश्वर कलेजमा विद्यार्थी संगठन तथा स्ववियु ‘खारेज’

Image
शैक्षिक संस्थामा राजनीतिक संगठनको औचित्यबारे बहस सुरु विश्वविद्यालयमा विद्यार्थी संगठन कहिलेसम्म ? संगठन शुद्धीकरणभन्दा भ्रष्टीकरणतिर : त्रिवि श्रावण ८, २०७६ गणेश राई काठमाडौँ — बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ, संगठन र स्ववियु खारेज गरेको सूचना सार्वजनिक गरेपछि शैक्षिक संस्थामा राजनीतिक संघ/संगठनको औचित्यबारे बहस सुरु भएको छ ।   विद्यार्थी संगठनबीच हुने झैंझगडाले शैक्षिक वातावरण बिथोलिएपछि विद्यार्थीकै सहमतिमा बैतडीको कलेजले स्ववियुसमेत खारेज गर्ने निर्णय गरेको हो। संघ/संगठनले नै आआफ्नो लेटरहेडमा निवेदन दिएकाले कलेज सञ्चालक समितिको बैठकको निर्णयानुसार कलेजमा दर्ता भएका राजनीतिक पार्टीसँग आबद्ध संघसंगठन (नेविसंघ, अनेरास्ववियु) र स्ववियु खारेज गरिएको कलेजले जनाएको छ। कलेज प्रमुख परमानन्द जोशीले जारी गरेको सूचनाअनुसार कलेजमा दर्ता भएका राजनीतिक पार्टी आबद्ध विद्यार्थी संघ, संगठनहरू (नेविसंघ, अनेरास्ववियु) आपसमा झैंझगडा, कुटपिट गर्नाले कलेजको शैक्षिक वातावरण अशान्त बन्ने र संघ/संगठनमा आबद्ध विद्यार्थीहरू नै असुरक्षित रहने अवस्था रहेको भन्दै ख

विदेश जाने विद्यार्थी वर्षेनि बढेको बढ्यै

Image
‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’ श्रावण ८, २०७६ गणेश राई काठमाडौँ — विदेश पढ्न जाने विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको संख्याले पुष्टि गरेको हो । विगत आठ आर्थिक वर्षमा एनओसी लिनेको संख्या दोब्बरले बढेको छ ।  आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार २ सय ५९ जनाले एनओसी लिएका छन् भने २०६८/६९ मा १० हजार ३ सय २४ जनाले लिएका थिए। ‘उच्च शिक्षाका निम्त यो किसिमले विदेश जाने हो भने, ‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त?,’ शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले परामर्शदातामाझ भने, ‘तपाईहरूले पनि जस्तोसुकै कलेज र युनिभर्सिटीमा विषय अमिल्दो किसिमले परामर्श दिनुहुन्छ भन्ने छ। त्यसैले अबको बाटो तय हुनुपर्छ।’ मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन शाखाले बुधबार केशरमहलमा सरोकार पक्षसहित गरेको अन्तरक्रियामा उक्त विचार व्यक्त गरेका हुन्। मन्त्रालयले सहसचिव सापकोटाको संयोजकत्वमा विदेश अध्ययन समस्यालाई सहज, सरल बनाउन कार्यदल निर्माण गरेको छ। शिक्षा ऐनअनुसार कक्षा १२ सम्म विद्यालय त

शिक्षकलाई तालिम कसले दिने ?

Image
श्रावण १२, २०७६ गणेश राई काठमाडौँ — संघीय संरचनाअनुसार विद्यालय तह स्थानीय सरकार मातहत रहेको छ । तर शिक्षक भर्ना, सरुवा, बढुवा, मूल्यांकन कार्यलाई संघीय सरकारले आफू मातहतमा राखेपछि समस्या आएको छ । स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय नहुँदा विद्यालयको शैक्षिक गुणस्तरमा थप समस्या देखिएको विज्ञले औल्याएका छन् ।  यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग) अन्तर्गत २३ वटा शैक्षिक तालिम केन्द्र थिए । संघीय संरचनाअनुसार अहिले ती निकायलाई शिक्षा तालिम केन्द्र नामाकरण गरी सात प्रदेशमा एक–एक वटामात्र राखिएका छन् । उक्त केन्द्र सुनसरी, बारा, धुलिखेल, तनहुँ, बुटवल, सुर्खेत र डोटीमा रहेका छन् । ती केन्द्रमा प्रारम्भिक बाल कक्षादेखि १२ कक्षासम्म पढाउने शिक्षकलाई सेवाकालीन तालिम दिइदैँ आएको छ । शिक्षकलाई बढुवाका निम्ति नम्बर जोडिने प्रमाणिकरण तालिम र शिक्षण सिकाइ पुनर्ताजगी तालिम दिने गरिएको छ । यसअघि तालिम केन्द्रकै रुपमा रहेका भौतिक पूर्वाधार सम्पन्न ठाउँलाई प्रदेशको इकाइका रुपमा राखिएका छन् । शिक्षक सेवा आयोगले हालैमात्र माध्यमिक तहका १ हजार ९७ शिक्षक स्थायी

कोसेली - हायमनदासको युद्ध–साहित्य

Image
आइतबार भारतीय नेपाली साहित्यका शताब्दी पुरुष हायमनदास राईको निधन भयो । राईले लेखेको कथा ॅशूर–वीर’ लाई नेपाली भाषाको पहिलो युद्धकथा मान्ने गरिएको छ । के थियो त्यो कथा ? र कस्तो थियो राईको लेखन ? श्रावण ४, २०७६ मनप्रसाद सुब्बा नेपाली साहित्य यात्रामा माध्यमिककाल नेपथ्यमा ओझेलिँदै गएपछि आधुनिककालका अभिनयीहरूलाई मञ्चमा उभ्याउने महत् कार्य ‘शारदा’, साहित्यिक मासिकले गरेको कुरा विद्वान्हरू मान्छन्  । पच्चीस–छब्बीस वर्षे लक्ष्मीप्रसाद देवकोटा, बीए बीएल, पनि ‘देवकोटा’ मात्रैले चिनिइने भइसकेका थिएनन् । हो, त्यै समय र त्यै शारदाको वर्ष २, संख्या २ मा हायमनदास राई (पछि ‘किरात’ मात्र) को कथा ‘शूर–वीर’ प्रकाशित पाइन्छ । किरात त्यसबेला सोह्र वर्ष मात्र पुग्दै थिए । सम्भवतः यही नै उनको पहिलो प्रकाशित कथा पनि हो । त्यो आधुनिक युगलाई डोर्‍याएर यात्राको उकालो हिँड्ने बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, भीमनिधि तिवारीजस्ताका युवा रचनाहरूको नवोन्मेषले शारदा शारदीय भएको हुन्थ्यो । त्यसताक बालकृष्णशमशेरले कुनै समय आफू समताका उन्नायक ‘सम’ हुन्छु सोचेकै थिएनन्

कानुन पुस्तकालयमा पढ्नै कठिन

श्रावण २, २०७६ कान्तिपुर संवाददाता काठमाडौँ — केन्द्रीय कानुन पुस्तकालय रहेको जमलस्थित भवन रेट्रोफिट नगरिँदा कानुनबारे अध्ययन, अनुसन्धान गर्नेहरूलाई समस्या भएको छ । राणाकालीन तीनतले यो पुस्तकालय भवन २०७२ को भूकम्पले जीर्ण बनाएको हो । मुलुकमा कानुन अध्ययन, अनुसन्धान, अभ्यास गर्ने सबै खाले व्यक्तिहरूको एक मात्र पढ्ने थलो केन्द्रीय कानुन पुस्तकालय हो । सरकारले सय वर्षभन्दा पुरानो यो भवनलाई रेट्रोफिट गरेर चलाउन मिल्ने भनेको छ । ‘देश संघीयतामा गएसँगै कानुन पढ्ने विद्यार्थीको चाप बढेको छ,’ पुस्तकालय प्रमुख मधुसूदन सुवेदीले भने, ‘कानुन पढ्दै गरेका विद्यार्थी, वकिल, न्यायाधीशहरूले सबै खाले कानुनबारे अध्ययन गर्न यहीँ आउनुपर्ने बाध्यता छ ।’ पुस्तकालयकी कर्मचारी प्रतिमा श्रेष्ठले दिनमा सत्तरी–असी पाठक आउने गरेको बताइन् । ‘पोहोरसम्म दिनमा बीस–तीस जना आउँथे,’ उनले भनिन्, ‘अहिले संख्या बढेको छ । पढ्ने ठाउँ पुर्‍याउनै गाह्रो छ ।’ अर्की कर्मचारी अहिल्या अधिकारीले पाठकको नाम, ठेगाना, फोन नम्बर लेखाएर पुस्तक उपलब्ध गराउने गरेको बताइन् । ‘तर बसेर पढ्ने ठाउँ नै पुग्दैन,’ उनले भनिन् । केन्द्रीय क

ब्युँतिँदै सिनास

Image
अर्थ मन्त्रालयले उपलब्ध गराएको ५ करोड बजेटलाई कोषमा राखेर त्यसैको वार्षिक ब्याजबाट प्राज्ञिक अनुसन्धानमा खर्च गर्ने योजना । श्रावण १, २०७६ गणेश राई काठमाडौँ — त्रिभुवन विश्वविद्यालय र राज्यको समेत बेवास्ताका कारण वर्षौंदेखि शिथिल बनेको ‘नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) बिस्तारै ब्युँतिन खोज्दै छ । सिनास राष्ट्रिय एकता, हिमालय अध्ययन, नेपालको वैदेशिक नीति र अन्तर्राष्ट्रिय सम्बन्ध, मुलुकको भाषा, संस्कृति, परम्परा, भूगोलको अध्ययन अनुसन्धान र प्रकाशन गर्ने ४८ वर्षअघि स्थापित थिंकट्यांक संस्था हो । नियमित बजेट अभाव र त्रिविभित्रको आन्तरिक अव्यवस्थाका कारण पछिल्लो समय यो संस्था शिथिल थियो । अहिले अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । यो बजेटलाई अन्यत्र खर्च नगरी सिनासले कोष बनाएर राखेको छ । कोषको वार्षिक ब्याजबाट प्राज्ञिक अनुसन्धानमा खर्च गर्ने कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले जानकारी दिए । कोषलाई विशुद्ध अनुसन्धानमा मात्र खर्च गर्न पाउने नियमावली बनाएको उनले बताए । नियमावलीअनुसार भौतिक निर्माण, सवारी साधन खरिदजस्ता विषयमा कोषको रकम ख

खुला विश्वविद्यालय महँगो

Image
श्रावण २, २०७६ कान्तिपुर संवाददाता गणेश राई — सरकारले नेपाल खुला विश्वविद्यालय (एनओयू) लाई पर्याप्त बजेट उपलब्ध नगराउँदा विद्यार्थी महँगो शुल्क तिर्न बाध्य छन् ।  उच्च शिक्षा हासिल गर्न सहरमै जानुपर्ने बाध्यता हटाउन र उच्च शिक्षामा सबैको पहुँच पुर्‍याउन दुई वर्षदेखि खुला विश्वविद्यालय सञ्चालित छ । तर महँगो शुल्क तिर्न र समय खर्चिन सक्नेले मात्रै विश्वविद्यालय शिक्षा हासिल गर्ने स्थिति छ । सरकारले एनओयूलाई आर्थिक वर्ष ०७५/७६ मा ७ करोड रुपैयाँ सञ्चालन खर्च उपलब्ध गराएको थियो । शुक्रबार सम्पन्न विश्वविद्यालयको तेस्रो सभाले गत वर्षको २२ करोड ९० लाख रुपैयाँ खर्चको अनुमोदन गरेको उपकुलपति लेखनाथ शर्माले बताए । ‘सरकारबाट प्राप्त रकमभन्दा सञ्चालन खर्च दुई तिहाइ बढी छ,’ उपकुलपति शर्मा भन्छन्, ‘सुरुवाती अवस्थामै शैक्षिक गुणस्तरमा सम्झौता गर्न नहुने ठहरसहित हामीले विद्यार्थीबाट केही बढी शुल्क लिएका छौं । यो शैक्षिक गुणस्तर कायम गर्नका लागि हो, कुनै पदाधिकारीको सेवा–सुविधा बढाउन होइन ।’ विश्वविद्यालयलाई आर्थिक वर्ष ०७६/७७ को बजेट सञ्चालन खर्च ७ करोड ३५ लाख रुपैयाँ र भौतिक निर्माणमा ७

फिचर - खुला विश्वविद्यालयमा आकर्षण बढ्दै

Image
असार ३०, २०७६ गणेश राई काठमाडौँ — सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक उपेन्द्र विश्वकर्मा अहिले राजनीतिशास्त्र विषयमा एमफिलका शोधार्थी हुन् । नेपाल खुला विश्वविद्यालय (एनओयु) नभएको भए यो सम्भावना कम रहन्थ्यो । ‘जागिरमा रहेकै बेला एमफिल, पिएचडीको उपाधि लिन मुस्किल छ,’ उपप्राध्यापक विश्वकर्मा भन्छन्, ‘तर खुला विश्वविद्यालयले यो अवसर दिलाएको छ । काठमाडौँबाट टाढा रहेर भर्चुअल प्रविधिको माध्यमबाट समयको सदुपयोग गर्न पाउँदा खुसी लागेको छ ।’ त्यसै गरी आरती विष्ट एनओयुकी ईगभर्नेन्स विषयमा स्नातकोत्तर गर्दैछिन् । उनी शिक्षण पेसामा आबद्ध छिन् । ‘जागिर खाँदै युनिभर्सिटीमा पढ्न जान भ्याइँदैन तर अहिले खुला विश्वविद्यालयले सम्भव बनाएको छ,’ भन्छिन्, ‘हप्तामा दुई–तीन वटा भर्चुअल कक्षा लिएर अनलाइनबाट पढ्न पाउँदा अर्कै अनुभव भइरहेको छ ।’ मोरङका शंकर देवान एनओयुमा अङ्ग्रेजी विषयमा एमफिल गर्दैछन् । उनी पनि पेसाले शिक्षक नै हुन् । ‘टाढा बसियो, जागिर, घरव्यवहार धान्नुपर्छ,’ अन्तिम एक समेस्टर पढ्ने तयारीमा रहेका उनी भन्छन्, ‘उच्च अध्ययन गर्ने सपना अधुरै थियो । अबचाही बाटो खुलेको छ 

गुरुचेलाको आधा शताब्दी

Image
असार ३१, २०७६ गणेश राई काठमाडौं — आख्यानकार ध्रुवचन्द्र गौतमले मंगलबार एकजना चेलासित गुरुपूर्णिमा मनाए । यो ५० औं वर्षको गुरुचेला सम्बन्ध हो । चेला विश्वराज ढुंगाना हुन् । ‘ढुंगानाजी प्रत्येक वर्ष गुरुपूर्णिमा आएको झल्को सम्झाउनुहुन्छ,’ उमेर ७६ वर्षे गौतमले भने, ‘कहिले मेरो घरमै आउनुहुन्छ । आज पचास वर्षगाँठ भएकोले उहाँकै निवासमा आइपुगेको छु ।’ यो सम्बन्धको पोया २०२६ सालदेखि गाँसिएको हो, जतिखेर ढुंगाना त्रिचन्द्र क्याम्पसमा आईएमा पढ्न पुगेका थिए। गौतम वीरगन्जबाट काठमाडौं आएर डेरामा बसेर क्याम्पसमा पढाउँथे। ढुंगाना उदयपुरबाट उच्च शिक्षाकै निम्ति काठमाडौं पसेका थिए। गौतमले त्रिभुवन विश्वविद्यालयमा २८ वर्ष प्राध्यापन गरे। एमए सकेर ढुंगाना गाउँ फर्किए। अनि माध्यमिक शिक्षक भएर ४० वर्ष पढाए। अहिले दुवैजना अवकाशप्राप्त शिक्षक हुन्। अहिले गुरु गौतम काठमाडौंको महाराजगन्ज चुनदेवी र चेला ढुंगाना काठमाडौंकै कपनका बासिन्दा बनेका छन्। ‘गुरुसित आईए पढदा नेपाली विषयको कक्षामा चिनाजानी भएको हो,’ ६५ वर्षीय ढुंगाना भन्छन्, ‘बीए पनि उहाँसितै पढें। त्यतिखेर ज्यादै घनिष्ठता बढेको हो।’ त्यसयता आआफ्

फिचर - सीपसँगै शिक्षा

Image
विभिन्न व्यावसायिक क्षेत्रको आवश्यकताअनुसार जनशक्ति विकास गर्न प्राविधिक शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ । सीपमुखी शिक्षा सिकाउँदा युवाको भविष्यका साथै देशको आवश्यकता समेत परिपूर्ति हुन्छ । असार १८, २०७६ गणेश राई  भनिन्छ, जसको हातमा सीप उसैलाई अवसर  । प्रमाणपत्रभन्दा सीपको बढी कदर हुन्छ  । चाहिने दुवै हो, सीप र शिक्षा । समय बदलिएसँगै एक युवाको अँगालोभरि छ, ‘डिजिटल’ अवसर । वर्तमान र भविष्य कसरी अजमाउने उसैमा निर्भर छ । समय, परिवेश र परिस्थिति आफूअनुकूल तुल्याउने चेष्टा निरन्तर हुनैपर्छ । औपचारिक शिक्षा आर्जन, उद्यम गर्ने बाटोको खोजी गर्नु र छरछिमेकीमा सक्षम व्यक्तिको चिनारी बनाउनु साधारण नागरिकको कर्तव्य हो । सम्भावना छ, भन्दैमा ‘अल इन वान’ (एकै जनामा सबै खाले प्रतिभा) हुनुहुन्न । एकपछि अर्को हुन सक्छ । एसईईको नतिजा सार्वजनिक भएसँगै अधिकांश विद्यार्थीको मनमा खेलिरहेको कुरा हो, ‘अब कहाँ पढ्ने ?, के पढ्ने ? अनि कता पढ्ने ? सहरका विद्यार्थीको तुलनामा ग्रामीण तथा दुर्गम भेगकालाई झनै समस्या छ । जीपीए ४ हासिल गर्ने हुन् या ग्रेड ईमा चित्त बुझाएका सबैका आ–आफ्नै समस्या छन्, उच्च श

फिचर - खुला विश्वविद्यालयमा आकर्षण बढ्दै

Image
असार ३०, २०७६ गणेश राई काठमाडौँ — सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक उपेन्द्र विश्वकर्मा अहिले राजनीतिशास्त्र विषयमा एमफिलका शोधार्थी हुन् । नेपाल खुला विश्वविद्यालय (एनओयु) नभएको भए यो सम्भावना कम रहन्थ्यो । ‘जागिरमा रहेकै बेला एमफिल, पिएचडीको उपाधि लिन मुस्किल छ,’ उपप्राध्यापक विश्वकर्मा भन्छन्, ‘तर खुला विश्वविद्यालयले यो अवसर दिलाएको छ । काठमाडौँबाट टाढा रहेर भर्चुअल प्रविधिको माध्यमबाट समयको सदुपयोग गर्न पाउँदा खुसी लागेको छ ।’ त्यसै गरी आरती विष्ट एनओयुकी ईगभर्नेन्स विषयमा स्नातकोत्तर गर्दैछिन् । उनी शिक्षण पेसामा आबद्ध छिन् । ‘जागिर खाँदै युनिभर्सिटीमा पढ्न जान भ्याइँदैन तर अहिले खुला विश्वविद्यालयले सम्भव बनाएको छ,’ भन्छिन्, ‘हप्तामा दुई–तीन वटा भर्चुअल कक्षा लिएर अनलाइनबाट पढ्न पाउँदा अर्कै अनुभव भइरहेको छ ।’ मोरङका शंकर देवान एनओयुमा अङ्ग्रेजी विषयमा एमफिल गर्दैछन् । उनी पनि पेसाले शिक्षक नै हुन् । ‘टाढा बसियो, जागिर, घरव्यवहार धान्नुपर्छ,’ अन्तिम एक समेस्टर पढ्ने तयारीमा रहेका उनी भन्छन्, ‘उच्च अध्ययन गर्ने सपना अधुरै थियो । अबचाही बाटो खुलेको छ