Posts

Showing posts from October, 2017

तिहार विशेष - जनजातिको तिहार

Image
गणेश राई, काठमाडौं आश्विन ३१, २०७४-बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालको मुख्य चाड पर्वमध्येकै हो तिहार । मुलुकमा १२५ जातजाति छन्, तीमध्ये सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजाति छन् । एउटै नामबाट चिनिने चाडपर्वलाई हरेक जात, जाति र समुदायले आ–आफ्नै मूल्य मान्यता र तरिकाले मनाउने गर्छन् । मगर, गुरुङ, तामाङ, राई र लिम्बू समुदायलगायत जनजातिको तिहार कस्तो हुन्छ त ?  चामल र बेसारको टीका गुरुङ (तमु) समुदायका बूढापाकाले ‘देउसी रे’ भन्नासाथ देउसेको हात–हातका लौरो आँगनको ढुंगामा एकैसाथ ‘ड्याङ्ग’ ठटाउँदा गाउँघर संगीतमय सुनिने नै भयो । एउटा घरमा भट्टाइरहेको देउसीको रागरौनक पल्लो गाउँसम्मै गुन्जिने नै भयो । पुरुष बूढापाकाले भट्टाइरहँदा महिला बूढीपाकी आमा टोलीले पछाडिबाट ‘गीत छोप्ने’ नै भए । ठिटाठिटीहरू उसैगरी पछाडि–पछाडि साथ दिने नै भए । घरबेटीले थोरै रकम, काँचो धान, चामलजस्ता अन्नपात, नुन, रक्सी, रोटी इत्यादि दान निकालेपछि देउसेले आशिष दिन्छन् । सबैको शुभ रहोस् भन्छन् । त्यसरी दिइएको दानलाई खान्तेपिन्तेका चीजहरू सबैले बाँडेर ग्रहण गर्छन् । अन्नपातलाई बटुलेर राख्छन् । तिहारभरि

कुराकानी - बन्दुक चलाउन भन्दा संसदीय अभ्यास गाह्रो: सभामुख

Image
आश्विन ३०, २०७४- संयोग नै भन्नुपर्छ । नेपालमा केहीअघि राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश तीनै सर्वोच्च पदमा महिला थिए । अहिले राष्ट्रपति बहाल छन् । प्रधानन्यायाधीश केहीअघि निवर्तमान भइन् । सभामुख ओनसरी घर्तीले नेतृत्व गरेको व्यवस्थापिकाको कार्यकाल शनिबारबाट सकिएको छ । जनयुद्धको पृष्ठभूमिबाट संसदीय राजनीतिमा प्रवेश गरेकी घर्ती करिब २ वर्ष सभामुखको नेतृत्वमा रहिन् । उनीसँग संसदीय अभ्यास, संविधान कार्यान्वयनका प्रगतिलगायतमा कान्तिपुरका बालकृष्ण बस्नेतले गरेको कुराकानी : जनयुद्धमा बन्दुक चलाउँदा र संसद्मा संविधानका धारा, कानुनका दफा चलाउनुमा कुन गाह्रो लाग्यो ? जनयुद्ध चाहिंँ सीधा लडाइँ थियो । भौतिक लडाइँ भन्नुपर्छ, त्यसलाई । यो चाहिंँ एकदमै घुमाउरो लडाइँ हो । त्यतिखेर पनि बुद्धि–विवेक त चाहिन्थ्यो, तर त्यो सिधा बाटोबाट हिंँड्न पाइने भएकाले सजिलै ठानेको थिएँ । अहिलेको बाटो कठिन हो । किनभने सबै पक्षसँग, सबैले आफ्नो सहभागिता जनाउने भन्ने गाह्रै कुरा हो । बन्दुक बोकेर हिंँड्नु जति सजिलो होइन । एकल निर्णय गर्न एक जनाको विचारले पुग्छ । धेरैको विचार एक ठाममा ल्याउन जुन संघर्ष गर

देश - केशर पुस्तकालय सेवाविहीन

Image
गणेश राई , काठमाडौं आश्विन ३०, २०७४-गुगल सर्च गर्दा केशर लाइब्रेरी ‘अहिले बन्द’ भन्ने सूचना मिल्छ । यसरी बन्दको सूचना जारी भएको २०७२ वैशाख १२ को भूकम्पपछि हो । पुस्तकालयको वेबसाइटीभित्र छिर्दा भूकम्पअघिका फोटाहरूले भव्य र सुविधा सम्पन्न पुस्तकालय भन्ने जनाउँछ । आइतबार पुस्तकालय हाताभित्र छिर्दा भेटिएका केही पाठक आफ्नै घरबाट पुस्तक लिएर प्यासेजमा राखिएका कुर्सीमा बसेर पढिरहेका भेटिए । ‘पुस्तकालयको वेबसाइट हेरेर सबैखाले सेवा सुविधा छ भन्ने देखियो,’ थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत सौर्य भण्डारीले भने । उनी वेबसाइट चहारेरै पुस्तकालय पुगेका हुन् । पेप्सीकोलाका उनी साता दिनदेखि दैनिक पुगेको उल्लेख गर्दै भने, ‘तर, चाहिने कुनै पुस्तक हेर्ने व्यवस्था रहेनछ । घरबाटै लिएर आएको पुस्तक पढेर बसेको छु । वातावरण शान्त छैन । व्यवस्थित पनि छैन ।’ त्यसैगरी लैनचौरका सक्सेस महर्जन घरमा बसेर पढ्ने वातावरण नभएकैले दैनिकजसो पुस्तकालयमा आउने गर्छन् । चार्टर्ड एकाउन्टेन्ट गर्दै गरेका उनले भने, ‘आफ्नै किताब लिएर आउँछु । प्यासेजको कुर्सीमा बसेर पढ्ने गरेको छु ।’  कान्तिपथस्थित साढे तीन

समाचार - राष्ट्रिय पुस्तकालय बेहाल

Image
गणेश राई , काठमाडौं आश्विन २६, २०७४-राष्ट्रिय पुस्तकालयका तीन सय वर्ष पुराना पुस्तक अढाइ वर्षदेखि बोरामै छन् । डेढ लाख पुस्तकमध्ये आधा जतिमात्र र्‍याकमा राखिएका छन् । २०७२ वैशाख १२ को भूकम्पपछि राष्ट्रिय पुस्तकालयले सेवा दिन सकेको छैन । भूकम्पले हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयको भवन जीर्ण भएपछि डेढ लाख पुस्तकहरू बोरामा कोचेर राखिएका थिए । भूकम्पबाट पुस्तक जोगिए । ती पुस्तक काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको दुईतले भवनमा सारिएको छ । मुनिको तलामा फर्निचर र केही पत्रपत्रिका तथा माथिल्लो तलामा ऐतिहासिक पुस्तकहरू छन् । दुई वर्षदेखि एउटै कोठामा बेहाल अवस्थामा राखिएका पुस्तकमा ढुसी लागेको छ । अधिकांश पुस्तक प्लास्टिकका बोरामा पोको पारेर चाङमाथि चाङ राखिएका छन् । भित्तातिरका पुस्तकमा धमिरा लागेको छ । बीच भागका २५ वटा स्टिल र्‍याकमा अटेसम्म किताब छन् । ‘यसरी थन्क्याएको २८ महिना भयो,’ कान्तिपुरको अनुरोधमा गोदामघर खोल्न पुगेका पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले भने, ‘पुस्तकलाई बोराबाट निकालेर र्‍याकमा राख्ने काम जारी छ । पुस्तक जोगाउन कपुर र बेगन राखेका छौं ।’ पु

समाचार - ओखलढुंगा र खोटाङ जोड्ने जयरामघाटको पुल दुई महिनाभित्र सञ्चालनमा आउने

Image
गणेश राई/कुम्भराज राई , ओखलढुंगा आश्विन २५, २०७४-मध्यपहाडी लोकमार्ग दूधकोसी खण्डको जयरामघाट पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।  ओखलढुंगा र खोटाङ जोड्ने दूधकोसी नदीमाथि बनेको जयरामघाटको पक्की पुल ठेक्का लागेको सात वर्षपछि सञ्चालनको अन्तिम अवस्थामा पुगेको हो । पुलको ढलान कार्य सकिसकेकोले अबको डेढ महिनामा सञ्चालनमा आउने ठेकेदार कम्पनीले जनाएको छ । सरकारले मध्यपहाडी लोकमार्गलाई ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरेकाले उच्च प्राथमिकतामा परेको हो । जयरामघाटको पक्की पुल सञ्चालनमा आएसँगै मध्यपहाडी लोकमार्गको पूर्वीखण्ड सबै जोडिएको छ । राजधानी काठमाडौं पूर्वका प्रमुख नदीहरू सुनकोसी, दुधकोसी, अरुण र तमोर रहेका छन् । ‘पुल पिच गर्ने काम सकिएको छ,’ इन्जिनियर दरोगा प्रसादले कान्तिपुरसित भने, ‘पुल निर्माण ९० प्रतिशतभन्दा बढी सकिएको छ । बढीमा दुई महिनाभित्र पुल सञ्चालनमा आइसक्ने छ ।’पुल पिच गर्ने कार्यमा दैनिक ७० जना कामदार खटाइएका छन् । पुलको आयु कम्तीमा पचास वर्षको हुने इन्जिनियर प्रसादको दाबी छ ।   स्थलगत अनुगमनमा पुगेका खोटाङका सांसद पीके राईले जयरामघाटको सडक पक्की पुलक

समाचार - एक्लो ‘कागज डाक्टर’

Image
वरिष्ठ रसायनविद् गृहमानसिंह श्रेष्ठले सात वर्षअघि सेवाबाट स्वैच्छिक अवकाश त लिए तर जिम्मेवारीबाट छुटकारा पाएनन्, किनभने कागज तथा अभिलेख संरक्षणमा लाग्ने देशभरमै अरू कोही भएन -  देवेन्द्र भट्टराई , काठमाडौं भाद्र १२, २०७३-पाल्पा मूलघर भएका गृहमानसिंह श्रेष्ठका पितापुर्खा आयुर्वेद क्षेत्रमा जोडिएका थिए । गृहमान भने पढे/गुनेर डाक्टर बन्न चाहन्थे । तर, पढाइसँगै रोजीरोटीको बाटो पहिल्याउने क्रममा उनी कागज र अभिलेखको दुनियाँमा यसरी अल्झिए, सेवाबाट अवकाश पाइसक्दा पनि फर्किएर त्यही कागज सुम्सुम्याउने दैनिकीमा उनी रमाइरहेका छन् । गृहमानको उमेर ६४ वर्ष पुग्यो । सरकारी सेवाबाट स्वैच्छिक अवकाश लिएको पनि ७ वर्ष भइसकेको छ । तैपनि उनी पुरातत्त्व विभागको राष्ट्रिय अभिलेखालयमा रसायन संरक्षण प्रयोगशालाभित्र व्यस्त भेटिन्छन्, हरेक दिनको सरकारी समय तालिकाअनुसार । ‘कागज र ताडपत्रमा लेखिएको इतिहास जोगाउनै मुस्किल हुन्छ, त्यसमाथि अध्ययन र अनुभवका आधारमा यो काम गर्ने सिंगो विभागमै म एक्लो बनेको छु,’ शुक्रबार बिहान १० बजे अभिलेखालय परिसरमा भेटिएका गृहमानले सुनाए, ‘म त अवकाश लिएर बुढ्यौली बिताउन