समाचार - आदिवासी पत्रकारिता पुरस्कार प्रदान

कान्तिपुर अनलाइनका सम्पादक खिम घले पुरस्कृत
साप्ताहिकका सञ्जयसन्तोषी राई र रेडियो नेपालका सञ्चारकर्मी रमिता लामा पनि पुरस्कृत
- कान्तिपुर संवाददाता , काठमाडौं

काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार तीन वरिष्ठ पत्रकारलाई प्रदान गरेको छ । २३औं विश्व आदिवासी दिवसको सन्दर्भमा शुक्रबार आयोजित फोनिजको १८ औं वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिएको हो ।


पुरस्कृत हुनेमा कान्तिपुर दैनिकको अनलाईन संस्करण ईकान्तिपुर डटकमका सम्पादक खिम घले, जनविश्वस साप्ताहिकका सम्पादक सन्जय सन्तोषी राई र रेडियो नेपालका वरिष्ठ ञ्चारकर्मी रमिता लामा छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठाका उपाध्यक्ष चन्द्र वहादुर गुरुङ र फोनिजका अध्यक्ष डण्ड गुरुङले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि जनही २० हजार रुपैया“ र ताम्रपत्र रहेको छ ।


प्रकाशित: श्रावण २७, २०७४
http://kantipur.ekantipur.com/news/2017-08-11/20170811152657.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि