जन्तरेका कविता

कान्तिपुर संवाददाता , काठमाडौं

असार ३१, २०७४- कवि दिलदु:खी जन्तरेको पहिलो कवितासंग्रह आएको छ । ‘पालामको राजकुमारी’ शुक्रबार वरिष्ठ साहित्यकार बैरागी काइँला, प्राज्ञ डा. अमर गिरीलगायतले लोकार्पण गरे ।
जन्तरेले आफ्ना कवितामा लिम्बू जातिगत मिथक, विम्बहरू प्रयोग गरेको काइँलाले दाबी गरे । भने, ‘अहिले यस्तो ट्रेन्ड मौलाएको छ । यसलाई नराम्रो ठान्नुहुन्न । यसले एकअर्काको समुदायलाई चिन्ने मौका मिल्छ ।’
कवितामा परदेसिनुको पीडा, सत्ता, राजनीतिमा भएका विसंगतिहरू समेटिएको डा. गिरीले बताए । कृति सांस्कृतिक चेतना र पहिचान प्रधान रहेको बताए । कृतिबारे कवि चन्द्र रानाहँछा र टंक भट्टराईले टिप्पणी गरे । जन्तरेले कवितामा मुन्धुमी दर्शन, किराँती सभ्यता र सांस्कृतिक लयलाई सरल, सरस र शालीनसँगै सशक्त रूपमा उठाएको रानाहँछाले दाबी गरे । ‘पालामको राजकुमारी’ मा जन्तरेका तीस कविता समावेश छन् ।

प्रकाशित: असार ३१, २०७४
http://kantipur.ekantipur.com/news/2017-07-15/20170715083849.html



Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि