Posts

Showing posts from December, 2023

प्रिमियम स्टोरी १९२३ को सन्धि: गोर्खाली र ब्रिटिसबीच भएको पहिलो युद्ध

Image
  सुदीप श्रेष्ठ काठमाडौं, पुस १३ 151 Shares गोर्खाली र ब्रिटिसबीच सन् १७६७ मा पहिलो लडाइँ भएको सिन्धुली। तस्बिर स्रोत: स्टोरी साइकल कीर्तिपुर लडाइँमा ज्यान जोगाएर आधी रात हाँपदाँप गर्दै हनुमानढोका दरबार आइपुगेका सुबेदारले कान्तिपुरका राजा जयप्रकाश मल्लसमक्ष जाहेर गरे — ‘गोर्खाय् च्वंपिन्सं किपू त्याकल जुजु!’   (गोर्खालीहरूले कीर्तिपुर जिते महाराज!) पराजयको खबरले जयप्रकाशका नौनाडी गले। आक्रोश र अनिश्चयले थरथरी कामेका दुवै हात शिरतिर लगे। जयप्रकाशको शिरमा मल्लवंशको राजमुकुट धरोहरका रूपमा धपक्क बलेको थियो। उनले त्यो मुकुट सपक्क मिलाए। मल्लवंशको अर्को धरोहर मणिमाणिक्य जडित राजगद्दीलाई पनि आफ्ना दुवै हातले मायाले मुसारे। लगभग छ सय वर्षदेखि नेपाल मण्डलमा अकन्टक शासन गर्दै आएको मल्लवंशको विरासतमा मडारिएको विघ्नबाट अत्तालिएर जयप्रकाश मल्लले गोर्खालीसँग भिड्न ब्रिटिस सहायता लिने निधो गरे। जयप्रकाशको यही निष्कर्षले हिमाली तथा पहाडी क्षेत्रमा राज्य विस्तार गरिरहेको गोर्खाली सेना र दक्षिणमा आफ्नो अधिनायकत्व स्थापना गरिरहेको ब्रिटिस सेनालाई पहिलोपटक सिन्धुलीमा जम्काभेट गराउन मार्गप्रशस्त गर्‍यो। सन

पृथ्वीनारायण शाहलाई चिनाए राजकुुमार दिक्पालले

Image
डा. गणेशप्रसाद अधिकारी  नेपालको राजनीतिलाई लिएर धेरैले इतिहास लेखे । इतिहास जहिले पनि सत्यको निकट हुन्छ । सोह्रै आना सत्य भने हुँदैन । उत्तरवर्ती पुस्तालाई त्यही इतिहास नै सत्य बनेको हुन्छ । उत्तरवत्र्ती पुस्ताले त्यही अध्ययनले पूूर्ववर्ती राजनीति र राजनेताप्रति धारणा बनाएर बसेको हुन्छ । भाषा, साहित्यको इतिहास लेखन जस्तो राजनीतिक इतिहास लेखन हुँदैन । भाषा साहित्यमा ऐतिहासिक तथ्य व्यक्तिगत पनि हुन सक्छन् र समीक्षा गरिएको हुुन सक्छ । राजनीतिको इतिहास कहिले पनि व्यक्ति केन्द्रित नभई समाज र नेतृत्वले गरेका कामहरूको लेखाजोखा हो । लेखक सत्यलाई बङ्ग्याउन सक्दैन तर आलोचना गर्न सक्छ । राजनीतिको इतिहास लेख्ने सन्दर्भमा तिथिमितिमा लेखक सारै सचेत भएर बाहिर आउनुुपर्दछ । राजनीतिको इतिहास लेख्ने लेखक सचेत र प्रमाणिक हुनुु अनिवार्य हुन्छ । यदि इतिहास नै अप्रमाणिक भयो भने उत्तरवत्र्ती पुुस्ताले गलत धारणा बनाएर बसेको हुन्छ । लेखक सचेत र सुुझबुुझपुूर्ण हुनुु अनिवार्य हुन्छ इतिहास लेखनका सन्दर्भमा । नेपालको राजनीतिलाई लिएर लेखिएका इतिहासमा कसको लेखन प्रमाणिक मान्ने भन्ने सन्दर्भ भने किटान गर्न सकिने अवस्थ

हिमाल सप्ताहान्त : वैरागी काइँलाको त्यो नेता अवतार

Image
वैरागी काँइला आफ्नो मुन्धुमी पुस्तकका साथ। तस्वीर: राजकुमार दिक्पाल  राजकुमार दिक्पाल  शनिबार, मंसिर २३, २०८० सर्जकका रुपमा ख्याती कमाएका वैरागी काइँला कुनै समय राजनीतिमा पनि सक्रिय थिए। साहित्यकार वैरागी काइँलाका समर्पण, सिर्जना र विज्ञताका क्षेत्र हुन्, कविता र मुन्धुम। भाषिक आन्दोलनको अग्रणी नेता पनि पर्छन्, वैरागी काइँल। उनको योगदान कविता, मुन्धुम र भाषा क्षेत्रमा मात्र छैन, राजनीतिमा पनि छ। कुनै समय राजनीतिमा पनि सक्रिय थिए। जसले जनतामाझ लोकप्रिय पनि बनाएको थियो। तर, प्राज्ञिक कर्मले राजनीतिक योगदानलाई ओझेलमा पारिदिएको छ। जसले गर्दा नेता वैरागी काइँलाको राजनीतिक सक्रियता कमैलाई थाहा छ। पञ्चायतकालमा नेपाली कांग्रेसका विभिन्न सांगठनिक तहमा रहेर राजनीतिक कर्मसँगै नेतृत्व पनि गरेका थिए। जतिवेला कांग्रेस प्रतिबन्धित थियो। पञ्चायत विरुद्ध पञ्चायतकै उपयोग गर्दै जनप्रतिनिधिका रुपमा पनि सक्रिय थिए। २०३६ सालको जनमत संग्रहताका पाँचथरमा अलिकति उदारवादी खालका पञ्चहरू थिए। बाध्यतापूर्वक पञ्चायतमा लागेकामध्ये केही नेता तथा कार्यकर्ताले वैरागी काइँलाकै आग्रहमा पञ्जायतको जिम्मेवारीबाट राजीनामा पनि

इतिहासः इसाईहरू कहिलेदेखि नेपालमा ?

Image
राजकुमार दिक्पाल पुष ७, २०८० शनिबार १६:४६:१९ समुद्री यात्रीमध्ये भारत पत्ता लगाउन सन् १५४९ मा हिँडेका कोलम्बसले अमेरिका पत्ता लगाए। उनी एट्लान्टिक महासागर पार गरेर अमेरिका पुगेका थिए। त्यसको पाँच वर्षपछि पोर्तुगाली समुद्री यात्री भास्कोडिगामा अफ्रिका हुँदै भारतको पूर्वी तटको क्याटलिकमा पुगे। उनले त्यहाँ आफ्नो जहाज अड्याएर ब्यापार कोठी खोले। भास्कोडिगामाका साथ भारत पुगेको यिनै समुद्री यात्रीहरूले त्यहाँ क्रिश्चियन धर्म प्रचार गर्न सुरु गरेको पाइन्छ। भारतमा क्रिश्चियन धर्मको प्रचार सुरु भएको बेला काठमाडौं उपत्यकामा मल्ल राजाहरूको राज्य चलिरहेको थियो। नेपालमा सबैभन्दा पहिले विसं. १६८५ मा जेव्राल नामका पादरी आएका थिए। त्यसपछि प्रताप मल्लको पालामा विस. १७१८ मा ग्रोवर र डोरविन नामका पादरी आए। उनीहरू समुद्री मार्ग हुँदै क्रिश्चियन धर्म प्रचारका लागि चीन तिब्बत गएका थिए। तर त्यहाँ उनीहरूलाई मन पराइएन। चीन तिब्बतमा आफ्नो धर्म प्रचार गर्न नपाएपछि त्यहाँबाट ती पादरी नेपाल झरेका थिए। उनीहरूले राजा प्रताप मल्ललाई एउटा दूरविन उपहार दिएर प्रभावित तुल्याएका थिए (ज्ञानमणि नेपाल, 'अन्नपूर्ण पोस्ट डट

इतिहासः जङ्गबहादुरको ज्यान बचाउने ती लिम्बू लप्टन

Image
  राजकुमार दिक्पाल ७ पुस २०८०, शनिबार  ०६ : ००  बजे कुनै समय राज्यले राई लिम्बूलाई मात्र भर्नामा लिने गरी एउटा पल्टन खडा भएको थियो । यो पल्टनको नाम हो, भैरवनाथ पल्टन । तर लामो समय श्रीजङ्ग पल्टन खासगरी धनकुटामा रहेको र यसको निशान अहिले पनि धनकुटामै रहनुका साथै लिम्बूहरुले यो पल्टनका लागि खान्कीस्वरुप धेरै खेतहरु राज्यलाई चढाउनु परेकोले यो पल्टन लिम्बूहरुको पल्टन भएको हो कि भन्ने भ्रम परेको छ । तर राज्यले राई लिम्बूहरुका लागि श्रीजङ्ग पल्टन नभई भैरवनाथ पल्टन स्थापना गरेको हो । भैरवनाथ किन राई लिम्बूको लागि स्थापना गरिएको थियो ? यसबारे ध्यान दिऔँ । नेपालको सैनिक इतिहास भाग–२ (तुलसीराम वैद्य र अरु (सम्पा.) २०६५ः२८६) अनुसार राजा गिर्वाणयुद्धविक्रम शाहको समयमा वि.सं. १८६७ भदौ १२ गते भैरवनाथ कम्पनीको नामबाट यो पल्टन खडा भएको हो । नेपाल र अङ्ग्रेजबीच भएको युद्धपछि नेपालबाट गुरुङ, मगर, राई, लिम्बू आदि जातिलाई प्रलोभन दिएर अङ्ग्रेजहरुले उनीहरुलाई भारतस्थित सेनामा बढि मात्रामा भर्ना गर्न थाले । भैरवनाथको पुरानो रेकर्डअनुसार पूर्वी क्षेत्रका राई लिम्बूहरु बढि मात्रामा विदेशी फौजमा जान थालेकोले सो

इतिहासः नेपाली लाहुरेका पहिलो गल्लावाल

Image
  राजकुमार दिक्पाल लाहुर भर्ती जाने परम्परा रोकिएको छैन, नेपाली समाजमा । यसप्रति आकर्षण पनि उस्तै छ ।लाहुरे बन्न अर्थात् ब्रिटिस गोरखा सैन्यमा भर्ना हुन तीनवटा चरण पार गर्नुपर्ने हुन्छ । तीमध्ये पहिलो गल्लावालबाट छानिनुपर्छ । गल्लावालको काम हो– उम्मेदवारको शारीरिक तन्दुरुस्ती र प्रारम्भिक अनुशासन हेरी उनीहरूमध्येबाट योग्यलाई छानी अर्को छनोट प्रक्रियामा पठाउने । त्यहाँबाट छनोट भएका भावी लाहुरे बन्न इच्छुक एआरओमा पुग्छन्, अर्थात् एरिया वेल्फेयर अफिसरकहाँ । त्यहाँ शरीर मात्र होइन, उम्मेदवारको शिक्षा, बुद्धिको पनि परीक्षण हुन्छ । त्यसलाई छिचोलेपछि मात्र पुग्न सकिन्छ डिआरओकहाँ । डिआरओ अर्थात्, डाइरेक्टर रिक्रुटिङ अफिसर । त्यहाँबाट उत्तीर्ण भएपछि मात्र लाहुरे हुन योग्य ठहरिन्छ । यस प्रक्रियामा उम्मेदवारहरूबीच बुद्धि र शरीर दुवैको प्रतिस्पर्धा हुन्छ । अनि दसैँको खसीबोका छनोट गरेजसरी नेपाली युवाहरूलाई लाहुरे बनाइन्छ । नेपाली लाहुरेसम्बन्धी दुईवटा भ्रम तोडिइसकेका छन् । एक, बलभद्र कुँवरलाई पहिलो नेपाली लाहुरेका रूपमा धेरै वर्ष स्थापित गरियो, त्यो भ्रम भएको यस लेखकले अन्नपूर्ण पोस्ट (२०७३ फागुन १