Posts

Showing posts from March, 2021

राष्ट्रिय जनगणना, २०७८ को पूर्वतयारीमा जिल्ला जनगणना कार्यालय खोटाङ

Image
  रेडियो नेपाल २०७७ चैत १९ गते ९:३२ खोटाङ ।   राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भ पारेर खोटाङमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्ला जनगणना कार्यालयले बुधबार सचेतना गोष्ठी गरेको हो । आसन्न राष्ट्रिय जनगणनालाई फलदायी बनाउन जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख, पत्रकारलगायतलाई सहभागी गराएर सचेतनामूलक गोष्ठी सञ्चालन गरिएको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोइराला ९जेबी०ले बताउनुभयो । “जनगणना के हो, यो किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको प्रयोग, जनगणनाको इतिहास, आगामी जनगणनाको विशेषतासम्मका बारेमा जानकारी दिन सचेतना गोष्ठी गरिएको हो”, उहाँले भन्नुभयो, “सहभागीलाई गनगणनाका प्रश्नावली, घर परिवार लगत सूचीकरण, जनगणना २०७८ का मुख्य दिनहरु, जनगणनामा समेटिने विवरणका बारेमा पनि जानकारी गराइएको छ ।” जनगणना अभियान २०७८ अन्तर्गत दिक्तेलमा यही चैत ३ गते जिल्ला जनगणना कार्यालय स्थापना

खुवालुङ जोगाएर जेटबोट

Image
खुवालुङ क्षेत्रको बृहत्तर विकासको योजना निर्माण गर्न प्रदेश सरकारले अगुवाइ गर्ने मुख्यमन्त्री राईको प्रतिबद्धता चैत्र १७, २०७७ देवनाराण साह मोरङ — मुख्यमन्त्री शेरधन राईले खुवालुङको संरक्षण गर्दै जेटबोट सञ्चालन गरिने बताएका छन् । मंगलबार खुवालुङ पुगेका राईले सरकारी तहमा खुवालुङ फुटाउने कुनै निर्णय नभएको भन्दै यो ठाउँलाई सांस्कृतिक तथा धार्मिक क्षेत्रका रूपमा विकास गर्ने घोषणा गरे । किरात राई यायोख्खाको टोलीलगायत स्थानीयको उपस्थितिमा राईले खुवालुङ क्षेत्रको बृहत्तर विकासको योजना निर्माण गर्न प्रदेश सरकारले अगुवाइ गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सांस्कृतिक तथा धार्मिकस्थलको विकास गरी त्यस क्षेत्रका जनताको चौतर्फी विकासका लागि प्रदेश सरकारले अध्ययन गरिरहेको छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा आजै खुवालुङ फुटाउँछ जस्तो भ्रामक प्रचारमा कुनै सत्यता छैन किनकि सरकारीस्तरमा यो विषयमा कुनै निर्णय भएको छैन ।’ सप्तकोसी नदीमा जल यातायात सञ्चालनका लागि अहिले अध्ययन मात्रै भइरहेको राईको भनाइ थियो । मुख्यमन्त्री शेरधन राईले धनकुटा र उदयपुरको सिमानास्थित दूधकोसी र तमोर नदीको दोभानमा रहेको खुवालुङमा मंगलबार

किरात राई यायोक्खाले खुवालुङ फुटाउन नदिने

Image
  खुवालुङ फुटाउने कुनै निर्णय भएको छैन, केही फुर्सदिलाले यसमा विवाद झिके : मुख्यमन्त्री राई चैत्र ६, २०७७ प्रदीप मेन्याङ्बो सुनसरी — सरकारले सप्तकोसीमा जेटबोट चलाउन नदीबीचमा रहेको ढुंगा (खुवालुङ) फुटाउने घोषणा गरेपछि यसको विवाद केही सातादेखि चर्किएको छ । विवाद चर्किएसँगै खुवालुङ बचाउ अभियान पनि चलेको छ । यसै विवादबीच किरात राई यायोक्खाले किराती आस्थाको केन्द्र खुवालुङ फुटाउन नदिने बताएको छ । अरुण र दुधकोशीको संगमस्थलमा रहेको किराँती समुदायको आस्थाको केन्द्र खुवालुङ । तस्वीरः प्रदीप मेन्याङ्बो/कान्तिपुर फागुन ८ गते विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर भए पनि फुटाउने उद्घोष गरेपछि यो चर्चा र विवादको विषय बन्न पुगेको हो । यसअघि पनि अरुण र तमोरको संगमस्थलमा रहेको खुवालुङले जेटबोट चलाउन बाधा दिएको भन्दै यसलाई फुटाउन चतरामा रहेका जेटबोट संचालक कम्पनीका पदाधिकारीहरुले प्रयास गर्दै आएका थिए । जेटबोटबाट दुधकोसी नदीको दोलालघाटसम्म पुग्नका लागि बाधा दिने खुवालुङसहित नदीको बीचबीचमा भएक

प्रादेशिक विकासका योजनाकार डा. हर्क गुरुङ

Image
  योजना आयोगमा रहेका बेला हर्क गुरूङले तराई, पहाड र हिमाली प्रदेशको अर्थतन्त्र एकीकरण गर्ने र असमानता घटाउने खाका तयार गरेका थिए । उनी आयोगबाट बाहिरिएपछि खाका कार्यान्वयन हुन सकेन । तर पछिल्ला सबै योजनाले प्रादेशिक शब्द र तथ्यांक उल्लेख गरेकै छन् । फाल्गुन ७, २०७६ भीमप्रसाद सुवेदी ‘म पहाड (हिमाल) लाई माया गर्छु चाहे त्यो जतिसुकै सानो (होचो) किन नहोस्, म नदी (खोला) लाई प्रेम गर्छु चाहे त्यो जतिसुकै फोहोर किन नहोस् ।’ ‘नेपालमा जो हिमाल चढ्छन् उनीहरूले लेख्दैनन् र जो लेख्छन् उनीहरूले हिमाल चढेका छैनन् ।’ ‘नेपालमा विकास भनेको आरोहण गर्न सबैभन्दा चुनौतीपूर्ण हिमाल (पहाड) हो ।’ हर्कबहादुर गुरुङका यी भनाइले उनको देशप्रेम र विकासप्रतिको दृष्टिकोण बुझ्न सहयोग गर्छन् । भूगोल विषयमा गुरुङको व्यक्तित्व सगरमाथाजत्तिकै उँचो थियो । नेपाली समाज विज्ञानका अन्य विधामा पनि उनको उचाइ कम थिएन । उनलाई भूगोलशास्त्री, समाज–मानवशास्त्री, योजनाविद्, मन्त्री, विद्वान्, हिमाल अभिलेखक, स्पोर्ट्सम्यान, पर्यटनविद्, नियात्राकार, अल्पसंख्यक तथा आदिवासी जनजातिका अभियन्ता/रक्षकका रूपमा समेत चिनिन्छ । गुरुङ सन् १९३९ मा ल

पूर्व तताइरहेको ढुङ्गा : राजेश चाम्लिङ राई

Image
  विचार/दृष्टिकोण | राजेश चाम्लिङ राई       फाल्गुन २२, २०७७ शनिबार राजेश चाम्लिङ राई देशको पूर्वी क्षेत्रमा अहिले एउटा ढुङ्गाको विषयलाई लिएर तातो बहस भइरहेको छ । वराहक्षेत्रअन्तर्गत त्रिवेणीमा रहेको यो ढुङ्गा फुटाउने अभिव्यक्ति सार्वजनिक भएपछि एकाएक यसले पूर्व क्षेत्र तताएको हो । किरात राई समुदायले ‘खुवालुङ’ भनेर विश्वास गरेको ढुङ्गा फुटाउने विषयबारे चर्चा चुलिँदै जाँदा सामाजिक सञ्जाल, सडकदेखि सिङ्गो पूर्वी पहाड तरङ्गित भइरहेको छ । सामाजिक सञ्जालमा यो ढुङ्गा फुटाउन पाइन्न भनेर चर्को विरोध भइरहेको छ । किराती राई समुदायका सामाजिक संस्थाहरूले यसविरुद्ध सार्वजनिक अपिल नै गरेका छन् । ठाउँठाउँमा विद्यार्थी, युवा तथा प्राज्ञिक व्यक्तिहरूले समेत विरोध गरिरहेका छन् । यसअघि उक्त ढुङ्गाबारे खासै चर्चा थिएन । तर, केही साताअघि विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले दिनुभएको एक अभिव्यक्तिलाई उक्त ढुङ्गासँग जोडिएपछि यसले राजनीतिक तथा सामाजिक क्षेत्रको पारो तताइरहेको छ । प्रधानमन्त्रीले खुवालुङ भनेर विश्वास गरिएको ढुङ्गा फुटाउने भन्नुभएको छैन । उहाँले अरूण नदीमा हाल सञ्चालन भइरहेको जेटबोटको

‘खुवालुङ’को रक्षार्थ प्रतिरोध

Image
  तारामणि राई कसैको आस्थाको केन्द्र वा सांस्कृतिक बिम्बलाई भत्काएर सुखी नेपालीको कल्पना गर्न सकिएला ?   एकपछि अर्को सांस्कृतिक एवम् भाषिक दमनको क्रम बढ्दो छ । कहिले खोकना,  कहिले कमलपोखरी त कहिले बालाजु बाइपासमा सडक विस्तार र विकासको नाममा दमन भइरहेको छ भने कहिले मातृभाषामा कुराकानी  गरेबापत हिरासतमा जबर्जस्त बस्नुपर्ने अवस्था सिर्जना भएको छ । दमनको पछिल्लो शृंखलाको रूपमा ‘खुवालुङ’ फुटाउने कुरालाई लिन सकिन्छ, जसले राज्य अझ अनुदार र असहिष्णु बन्दै गइरहेको संकेत गर्छ ।    वर्तमान संविधान जारी भएपछिको निर्वाचित सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा तय गरेर समृद्धिको यात्रामा छ । समृद्धिको यात्रा निरपेक्ष छ वा सापेक्ष छ, यो छुट्टै बहसको विषय बन्न सक्ला, तर कसैको आस्थाको केन्द्र वा सांस्कृतिक बिम्बलाई भत्काएर सुखी नेपालीको कल्पना गर्न सकिएला ?    एकातिर आम किरातीहरूको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङ फुटाउने कुरा आइरहेको छ भने अर्कातिर पशुपतिनाथमा रहेको गर्भगृहमा एकसय किलोभन्दा बढी सुनको जललहरीले छपक्कै ढाक्ने कुरा आएको छ, जुन आफैँमा विरोधाभास छैन र ?    के हो खुवालुङ  ?    ‘ख

भोगीराज चाम्लिङ : पानीढुंगोमाथि ओलीको धावा !

Image
  फाल्गुन २९, २०७७ भोगीराज चाम्लिङ प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ८ मा विराटनगर पुगेर सप्तकोसीस्थित खुवालुङलाई ‘क्रेन लगाएर फुटाउने’ अभिव्यक्ति दिए । उनले भनेका थिए, ‘त्यहाँ बाधा भएको एउटा ढुंगो, त्यसलाई क्रेन लगाएर फुटाउँदै छौं र नदीको बाटो क्लियर गर्दै छौं स्टिमरका लागि ।’ तस्बिर सौजन्य : युवराज राई यो अभिव्यक्तिविरुद्ध सुरुमा विज्ञप्ति, सामाजिक सञ्जाल र गोष्ठीमा सुनिएको–देखिएको किरातीहरूको विरोध अहिले संगठित मार्चपाससम्म पुगेको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्ति नसच्चिए विरोधको आकार र आयाम अझ बढ्ने अवस्था देखिँदै छ । यो अभिव्यक्ति प्रधानमन्त्री ओलीमा नेपाली समाजको बहुसांस्कृतिक विशिष्टताप्रति पटक्कै संवेदनशीलता छैन भन्ने कुराको पछिल्लो ज्वलन्त साक्ष्य हो । एकातिर उनी पशुपतिमा सुनको जलहरी चढाउँछन्, उता किरातीहरूको आस्थाको केन्द्र खुवालुङचाहिँ भत्काउन आदेश दिन्छन् । उनमा यस प्रकारको असन्तुलन किन देखा पर्दै छ ? ओलीलाई खुवालुङबारे थाहा छैन भनेर पनि हामी भन्न सक्दैनौं किनभने सार्वजनिक अभिव्यक्तिबाट अनुमान गर्न सकिन्छ– उनी ‘पर्याप्त’ सूचना भएका व्यक्ति हुन् । त्यसो हो भने के उनी नेप