किरातीले मनाए ढोङकुमो चाड

कान्तिपुर संवाददाता , ललितपुर


श्रावण २४, २०७४- किराती वाम्बुले राईहरुले परम्परागत चाड ढोङकुमो सोमबार धुमधासाथ मनाएका छन् । हरेक वर्ष भदौपूर्णिमाका दिन वाम्बुले राईहरुले यो चाड मनाउदछन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले परम्परागत चाड ढ्वाङुमो चाडको अवसरमा राजधानीको इमाडोलमा भेटघाट कार्यक्रमको आयोजना गरेको हो । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यसचिव गोविन्दलाल माझी, किरात राई यायोक्खाका उपाध्यक्ष दिवस राई र वाम्रासका अध्यक्ष तथा पत्रकार गजुरधन राईले २०७३ सालको एसईईमा उत्तीर्ण विद्यार्थीलाई कदरपत्र प्रदान गरेका थिए । त्यसैगरी वाम्बुले महिला तथा पुरुषले लोकसंस्कृति संगीना नाच प्रस्तुत गरेका थिए भने वाम्बुले युवाले बासुरी बजाएर प्रदर्शनी गरेका थिए ।

ओखलढुंगाको उबुगाउ ढ्वाङुमटारमा ढ्वाङुमो पूजा हुने मुख्य ठाउ देवस्थल रहेको छ । समाजका हरेक घरपरिवार सार्वजनिक स्थलमा भेला भएर कुलदेउता लिब्जु बाजेको पूजाआजा गर्दछन् । चार किसिमका कलुपूजारी जसलार्य ढ्वाङुर्मो नाक्सो, सिसि नाक्सो, काउर्मो नाक्सा, बुलु नाक्सोको विशेष भूमिका रहन्छ ।

त्यसैगरी खोटाङको झाप्पागाउ, उदयपुरको कटारी बजार, सुनसरीको पानमारा लगायत जिल्लाका वाम्बुले राई बस्तीहरुमा एकै दिन ढ्वाङुमो चाड मनाउने गरिन्छ ।

यो चाड सांस्कृतिक प्रथाजन्य कानुनमा आधारित चाड हो । किंवदन्तीअनुसार परापूर्व कालमा किरात वाम्बुले पुर्खाहरुले मालेगोरुको बलि चढाएर पूजा गर्दथे । राज्यले प्रतिबन्ध लगाउपछि बलि दिने प्रथाको अन्त्य भएको भन्ने बुढापाकाहरु बताउछन् ।

ढ्वाङुम पूजामा कुनै घर छुट्न् हुन्न । सबैतिरको समाज मिलेर मनाउने परम्परा छ । प्रत्येक घरबाट ढ्वाङुमको निम्ति टोलुमथुम्से, काउनीको जाड (जा ङासि, साम्बल), मासु लगायतका पूजाकार्यका सामग्री लिएर भेला हुने गर्दछन् । यदि कोही कुनै घर छुटेमा वा छुटाएमा के कति कारणले उपस्थित भएन भनेर खोजिनिधो गर्ने गरिन्छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेको छ । राजधानी काठमाडौं उपत्यकामा २०५८ सालदेखि यो चाड मनाउने परम्परा जारी छ ।



फोटो क्याप्सन ः ललितपुरमा इमाडोलमा किरात वाम्बुले राई जातिले परम्परागत चाड ढ्वाङुमो मनाउदै ।
तस्बिर ः गणेश राई/कान्तिपुर

प्रकाशित: श्रावण २४, २०७४
http://kantipur.ekantipur.com/printedition/news/2017-08-08/20170808071538.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि