Posts

Showing posts from April, 2024

आदिवासी भाषा दशक र गायक राजेश पायल राईहरू

Image
  कुब्जोङ किरात ३ वैशाख २०८१, सोमवार कला र साहित्य गायक राजेश पायल राई, अँध्यारोबाट उज्यालोतिर अन्तरवार्तामा त्यस दिन हामी सुन्दरीजल पिकनिक खान गएका थियौं । कुरो २०४८÷४९ सालतिरको हो । हाम्रो टोलीमा दुईजना उदीयमान गायक साथी थिए, राजेश पायल राई र यम बराल । साथै आरआर क्याम्पसमा आईए संगीत विषय पढ्दै गरेका केटी साथीहरू थिए । पिननिकमा सहभागी हुनुको रौनक तिनै दुई साथीको गीत सुन्न पाउनु थियो । उतिखेर राजेश पायल ल क्याम्पसमा भर्ना भएका थिए, सायद । हामी आरआरका सहपाठी थियौं । सबैजना आलाकाँचा अल्लारे थियौं, १६ देखि २०–२१ का । हामी अल्लारेहरूले खोला दहमा नाङ्गैभुतुङ्गै पौडी खेलेको फोटो अहिले पनि छ ।  उतिखेर बजारमा चर्चित गीत थियो, ‘सपना सपना म तिम्रो सपना, मायाले राखिदियो मेरो नाम सपना’ । त्यो गीत ‘सपना’ फिल्म (१९९३)को थियो । गीतमा नायक भुवन केसी र नायिका करिस्मा मानन्धरको प्रेमिल अभिनय थियो । सबै तन्नेरी पुस्ताको जिब्रोमा हरपल झुण्डिरहेको कुमार सानु र आशा भोसलेको स्वरमा थियो । त्यही गीत राजेश पायलजीले हामी साथीहरूमाझ दुरुस्तै गाएर हाम्रो पिकनिक सपना पूरा भएझैं भएको थियो । यमीजीले कुनचाहिं गीत गाएक

कोइँच भाषाको पत्रपत्रिकामा ‘हाम्सो’ र कोइँच लिपि

Image
  कुब्जोङ किरात २५ चैत २०८०, आइतवार समाज तथा संस्किृति कोइँच भाषाको पत्रपत्रिकामा ‘हाम्सो’ र कोइँच लिपि आफ्नो इतिहासको अभिलेखन आफैंले निर्माण गर्ने हो । अरुले गरिदिएको त निश्चित उद्देश्य पूर्तिका निम्तिमात्र हुनेगर्छ । नेपालमा जो पाइन्छन्, त्यही उद्देश्य पूर्तिका निम्ति गरिएका अभिलेखहरूलाई मूल स्रोतका रूपमा लिने गरिएको छ । सत्य, तथ्य, यकीन कुरा लेख्नका निम्ति आफैंले गर्ने हो । तर खतराचाहिं आत्म प्रशंसा र आफूलाई शक्तिशाली देखाउने प्रवृत्ति उहिल्यैदेखि राजामहाराजाले गरेकाले हामीमा त्यस्तो खाँडो जाग्न सक्छ । त्यसखाले भड्खालो खन्न सक्ने सम्भवनाहरू पर्याप्त छन् । तर, तत्कालै सार्वजनिक गरिने कामको अभिलेखमा त्यो विघ्नता कम हुन्छ । त्यो चाहिं तथ्यमा टेकेर सत्यको बयान बढी गरिन्छ । यतिखेर किरात कोइँच सुनुवार भाषाको मासिक पत्रिका ‘हाम्सो’ (उज्यालो) को प्रसंग कोट्याउँदैछु । विसं.२०७८ साउनमा यो पत्रिका शुभारम्भ भएको हो । २०८० चैतसम्ममा १६ अंक प्रकाशित छ । पहिलो अंकको प्रकाशकीयमा भनिएको छ– ‘.. हामी हाम्सोमार्फत् कोइँचको संस्कार, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले मैदानमा औपचारिक रूपमा आए

साकेला के हो ? उभौली–उधौली साकेला किन मनाइन्छ ?

Image
  २०८० चैत २५ आइतबार – राजेन खिम्बुले राई नेपालको सबैभन्दा प्राचीन सभ्यता नै किरात सभ्यता हो । यो संसारको सबैभन्दा प्राचीन सभ्यता मध्ये एक विशाल किरात सभ्यता भारतीय उपमहाद्वीपमा अवस्थित थियो । आदिम प्रागैतिहासिक काल अघिदेखि नै प्राचीन नेपाल वरपरको क्षेत्रमा किरातीहरुले विचरण भुमी बनाएका थिए । किरातीहरुको मुन्दुम अनुसार तयामा खियामा र हेत्छाकुप्पा (रैछाकुले) ले यही नेपालको भूमि हाल खोटाङको तुवाचुङमा जंगलीयुग, शिकारीयुग पार गर्दै कृषियुगको शुभारम्भ गरेको वर्णन पाइन्छ । नेपालको पहिलो राजा यलम्बर हाङको इतिहासबाट र किरात सभ्यताबाट नै नेपालको इतिहासको सुरुवात हुने गर्दछ । नेपाल राष्ट्र त्यति नै प्राचीन राष्ट्र हो जति किरात सभ्यता प्राचीन छ । किरात सभ्यताको किरातीहरुले प्राचीन किरातकालमा अपनाएको धर्म संस्कार संस्कृतिबाट नै नेपालको सभ्यता धर्म संस्कृतिको सुरुवात भएको हो । तसर्थ नेपालमा किरातीहरुले मनाउने धर्म संस्कृति र उधौली–उभौली साकेला जस्ता चाडहरु किरातको मात्र होइन सिँगो नेपाल राष्ट्र र नेपालीहरुकै मौलिक संस्कृति र चाडहरु हुन् । किरातीहरुले मनाउने उधौली उभौली साकेला जस्ता चाडहरु नेपालको प