Posts

Showing posts from September, 2017

समाचार - जनजातिको बजेट अब स्थानीय तहमा

गणेश राई आश्विन १०, २०७४-मुलुक संघीय ढाँचामा गएसँगै आदिवासी जनजातिलाई दिइँदै आएको केन्द्रीकृत बजेट स्थानीय तहमा व्यवस्थापन गरिएको छ । सूचीकृत ५९ आदिवासी जनजातिका निम्ति केन्द्रीय तहमा सञ्चालन गरिँदै आएका राष्ट्रिय कार्यक्रममध्ये ११ वटा स्थानीय तहमा गाभिएका छन् । २०३४ सालयता निरन्तर सञ्चालित ‘चेपाङ विकास कार्यक्रम’ समेत स्थानीय तहमा समायोजन भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमार्फत दिइने उक्त बजेट चालु आर्थिक वर्षदेखि स्थानीय तहका कार्यक्रममै समायोजन भएको छ । यो वर्ष प्रतिष्ठानलाई १३ करोड ४९ लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रतिष्ठानलाई छुट्याएको कुल बजेटमध्ये ५ करोड ९१ लाख रुपैयाँ स्थानीय तहमा पठाएको छ । ‘देश संघीयतामा गइसकेको सन्दर्भमा केन्द्रीकृत कार्यक्रम र बजेट यो वर्षबाट स्थानीय तहमार्फत् विनियोजन गर्ने नीति बनेको छ,’ प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले भने, ‘देशभरिका २ सय २८ गाउँपालिका र नगरपालिकामार्फत् आदिवासी जनजाति समुदायमा कार्यक्रम पुर्‍याइनेछ । त्यस निम्ति प्रतिष्ठानले स्थानीय विकास मन्त्

कोपिला - बेलायतका विद्यार्थी : स्कुल खुल्ने पहिलो दिन

Image
गणेश राई, बेलायत आश्विन ८, २०७४-स्कुल खुल्ने पहिलो दिन साँच्चै रमाइलो हुन्छ । नयाँ पोसाक लगाउँदा आफैंलाई सुकिलो लाग्छ । नयाँ झोलामा किताब, कापी बोक्दा पनि हल्का लाग्छ । कत्तिखेर साथीहरूको माझमा पुगौं हुन्छ । बेलायतमा यही सेप्टेम्बर ६ देखि नयाँ सेसन सुरु भएको छ । यहाँका सरकारी स्कुल यसै दिनबाट खुलेका छन् । बेलायती राजकुमारका छोरा प्रिन्स जर्ज पनि यसैपटक स्कुल भर्ना गरिएका छन् ।  बेलायतमा बस्दै आएका ७ वर्षीय रोचन राई यसपालि कक्षा ३ मा पुगेका छन् । उनलाई बिहान साढे ८ बजे आमाले युनिफर्म लगाइदिनुभयो । सर्ट, टाई, पेन्ट, स्वेटर सबै मिलाएर । उनले फुरुङ्ग हऽँदै थोरै खाजा खाए । उनले आफ्नो सानो पुन्टे झोला तयार पारे । झोलामा पेन्सिल, पेन्सिल केस, सानो नोटबुक राखे । किताब लैजानु पर्दैन । अर्को झोलामा स्यान्डविच, चिप्स, जुस, पानी, फलफूल खाजा लिएर गए । सानो स्कुटर (दुई पांग्रे खुट्टाले गुडाउने साइकल) चढेर हिँडे । आमाले खाजाको झोला बोकिदिनुभयो । उनकी १३ वर्षीया दिदी रेजिना राई पनि यसैपालि ९ कक्षा पुगेकी छन् । दिदीले कोट, सर्ट, टाई, स्कर्ट लगाइन् । दिदी र भाइको स्कुलनजिकै पैदल हिँडेर पुग

प्रवास - बेलायतको जीवनशैली सिक्दै भूपू लाहुरे परिवार

Image
गणेश राई, ग्रेटर रस्मोर (बेलायत) आश्विन ५, २०७४-फ्रान्बरोस्थित कम्युनिटी सेन्टरको हलमा पुग्दा एक हूल बुढयौली उमेरका महिला रातो सारी, चोलो लगाएर नेपाली दोहोरी गीतमा छमछमी नाचिरहेका थिए । त्यसको चाँजोपाँजो मिलाउन पुरुषहरू जुटेका थिए । ७० वर्षीया गंगामाया थापामगर आफ्ना समवयीलाई नाच्न हौस्याइरहेकी थिइन् । तनहुँकी उनी ब्रिटिस लाहुरे पत्नी हुन् । आवासीय भिसा पाएर उनी यता आएको सात वर्ष पुगिसकेको छ । पाँच वर्षअघि पतिको निधनपछि उनी नियास्रिने गरेकी छन् । कारण– उनलाई अंग्रेजी बोल्न मुस्किल पर्छ । साथमा छोरा, बुहारी, नातिनातिना भए पनि सहरबजार डुल्न साथ दिने कोही छैनन् । ‘श्रीमान् नहुँदा एक्लो महसुस हुन्छ,’ उनले भनिन्, ‘सबै जना काममा जान्छन्, एक्लै घरमा बस्नुपर्छ । साथी हुन्न । त्यसैले कम्युनिटी हलमा आएर नाचगान गरेर मन भुलाउने गरेकी छु ।’ गंगामायाजस्तै बेलायतमा आवासीय भिसा पाएका ३६ हजार जनाभन्दा बढी भूतपूर्व ब्रिटिस लाहुरे परिवारका बूढापाका यसैगरी समय काट्छन् । अवकाशप्राप्त सैनिकलाई ‘भेटेरान्स’ भनेर जानिन्छ । यी भेटेरान्स साताको मंगलबार यसैगरी भेला भएर गीत, संगीतमा रमाउँछन् । बिहीबार अंग

क्याम्पालाई लिब्जु–भुम्जु

Image
कान्तिपुर संवाददाता , काठमाडौं आश्विन १०, २०७४-वाम्बुले (ओम्बुले) राई मातृभाषा साहित्यका निम्ति समर्पित ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि अप्सन क्याम्पा राईलाई प्रदान गरिने भएको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिँदै आएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो । २०५० सालदेखि प्रकाशित ‘लिब्जु–भुम्जु’ पत्रिका वर्ष २३ पूर्णाङ्क–६५ २०७३ मा प्रकाशित ‘च्याँमाखा’ (धरती) शीर्षक कवितालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको विज्ञप्तिमा छ ।  ओखलढुंगाको उँबु–९ फोकुल गाउ“मा २०४९ साउन ११ गते जन्मिएका कवि अप्सन क्याप्पा करिब एक दशकदेखि वाम्बुले मातृभाषामा कविता र निबन्ध विधामा कलम चलाउँदै आएका छन् । उनी पेसाले गोर्खा भारतीय सैनिक, ७÷११ गोर्खा राइफल्समा कार्यरत छन् । हाल देहरादुनमा कार्यरत छन् । मातृभाषा संरक्षण अभियानमा जुटेका स्रष्टाहरूका निम्ति प्रदान गरिने पुरस्कार नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्य

ब्लग - शेक्सपियरको जन्मघरमा छिनछिनमै नाटक

Image
-  गणेश राई , काठमाडौं भाद्र २५, २०७४-विश्वभरिका कलमवाजहरुको सपना हुन्छ, शेक्सपियरजस्तै बन्ने । विलियम शेक्सपियर जो छन्, विश्वप्रसिद्ध लेखक । महान् नाटककार । बेलायतको स्टार्टफोर्ड अपन एभनमा उनको जन्मघर रहेको छ । उनको भौतिक आयु सन् १५९७ देखि १६१६ सम्म थियो । यतिखेर यहाँ करिब ६०० शताब्दी अघिको सम्पदाको चर्चा गरिंदैछ । जहाँ जीवन्त सम्पदा आजपर्यन्त रहेको छ । त्यो शताब्दीमा रचिएका शेक्सपियरका अंग्रेजी साहित्य अहिले पनि पढाइन्छ । सन् २०१७ को सेप्टेम्बर ४ तारिख बेलायतमा रहेका आफन्त जीवन राई (२११६८७५२, भूपू क्वीन्स गोर्खा सिग्नल) र रेवन राई दम्पतीका साथ लागेर शेक्सपियरको जन्मघर अवलोकन गर्ने अवसर जुर्‍यो । त्यही प्रसङ्ग देखिएका केही प्रसङ्गहरु यहाँ उल्लेख गरिंदैछ ।   शेक्सपियरको जन्मघर विलियम शेक्सपियरलाई उनको जन्मघरमै भेट्न सकिन्छ । तर, भौतिक रुपमा नभई उनको कृति र वंशथलो हेरेर जान्न सकिन्छ । उनी जहाँ जन्मेर बाल्यकाल बिताएका थिए । हुर्किंदै गर्दा खेलेको घर र आँगन जस्ताको तस्तै छ, त्यहाँ मात्र शेक्सपियर छैनन् । त्यही घरमा उनका बुबाले चलाएको व्यवसाय छालाको पञ्जा बनाउने घरेलु का

हाम्रो आन्दोलन देशको स्वाभिमानसँग जोडिएको छ : गेसो कार्यबाहक सभापति

Image
भूपू गाेर्खा सैनिक र तीनका परिवार गैरअावासीय नेपाली हाेइनन् सार्वजनिक संवाददाता    २३ भाद्र २०७४, शुक्रबार ०२:२४ अल्डरसट (बेलायत), २३ भदौ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) तथा सत्याग्रहका प्रतिनिधि र हाल बेलायत भ्रमणमा रहेका आदिवासी जनजाति पत्रकारहरुबीच भेटघाट तथा अन्तरक्रिया गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ नेतृत्वको आदिवासी जनजाति पत्रकारहरुको टोली केही दिनयता बेलायत भ्रमणमा रहेको छ । अल्डरसटस्थित गेसोको कार्यालयमा विहीबार गेसोका प्रतिनिधि, सत्याग्रहका प्रतिनिधि र नेपालका आदिवासी जनजाति पत्रकारहरुबीच अन्तरक्रिया गरिएको हो । सो क्रममा गेसोका केन्द्रीय कार्यबाहक सभापति धर्म तामाङले गेसो तथा सत्याग्रहले गर्दै आएको आन्दोलन गोर्खाहरुको लागि मात्रै नभएर समग्र नेपाल र नेपालको सार्वभौम स्वतन्तत्रा, स्वाभिमान र आत्मसम्मानसँग पनि जोडिएको बताए । ‘हाम्रो आन्दोलन देशको स्वाभिमान र आत्मसम्मानसँग पनि जोडिएको छ,’ उनले भने, ‘यो केवल गोर्खा सैनिकहरु मात्रैको सरोकारको विषय होइन, यो कुरा नेपालका शासक, वौद्धिक सर्कल र पत्रकारहरुले पनि बुझ

प्रवास - फोनिज युकेमा प्रमिला लाबुङ राई, गणेश राईको ‘बीस किराती लेखक’ सार्वजनिक

Image
कान्तिपुर संवाददाता , बेलायत भाद्र १३, २०७४-नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको दोस्रो अधिवेशनले प्रमिला लाबुङ राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको  छ । कार्यसमितिको उपाध्यक्ष नगेन्द्र नेम्बाङ, महासचिव खुशी लिम्बू, सचिव जमुना पुन, कोषाध्यक्ष गोमा राना छन् । तीन वर्षे कार्यकालका निम्ति चयन भएका फोनिज युकेका सदस्यहरु मिलन तमु, सबिन्द्रकुमार गुरुङ, होम सुनुवार, पुष्पा गुरुङ, सुमिरा सुनुवार, कर्म पहाडी शेर्पा, सुरेन्द्र इङनाम, विषण गुरुङ, मुकेश राई र बम थापा सूर्यवंशी मगर छन् । सम्मेलनले केन्द्रीय प्रतिनिधिमा विश्वासदीप तिगेला, नरेश खपाङ्गी, भावना परिस्कृत सुनुवार र लिलामान सेरपुन्जा चयन गरेको छ । सम्मेलन उद्घाटन सत्रमा फोनिज केन्द्रका अध्यक्ष डण्डबहादुर गुरुङ, आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष जंग गुरुङ र फोनिज युकेका अध्यक्ष विश्वासदीप तिगेलाले ‘दि जर्नालिस्ट’ स्मारिकाको विमोचन गरेका थिए । सम्मेलनमा नेपालबाट फोनिजका सचिव मनोज घर्तीमगर, पत्रकारहरु गणेश राई, हुम गुरुङ, देबेन्द्र खापुङ र रोशनी गुरुङको आतिथ्य रहेको थियो । नेपाल पत्रकार महास